राष्ट्रिय
-
२०७७ जेठ ३२, आइतबार
नेपालमा मनसुन भित्रियो
काठमाडौं – नेपालमा मनसुन भित्रिएको छ । सामान्यतयाः १० जुन मा नेपालको पूर्वी भागबाट मनसुन प्रवेश गर्दछ । तर यस वर्ष दुई दिन ढिलो अर्थात् १२ जुनदेखि मनसुन नेपाल प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गत वर्ष नेपालमा १० दिन ढिलो अर्थात् ५ असार (२० जुन) मा मनसुन भित्रिएर असोज २५ मा बाहिरिएको थियो । नेपालबाट मनसुन बाहिरिने सामान्य मिति भनेको २३ सेप्टेम्बर हो । १२ जुनमा पूर्वी नेपालबाट...
-
२०७७ जेठ ३१, शनिबार
थप २७३ जनामा संक्रमण, कुल संक्रमित ५३३५ र १८ जनाकाे मृत्यु पुष्टि
काठमाडौं - पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ५३३५ पुगेको छ । यसैगरी कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार अनुसार पर्साका २५ वर्षीय पुरुष र निजगढ, बाराका ५ वर्षीय बालकको मृत्यु भएको हो । पर्सामा जेठ २८ गते एक पुरुषको...
-
२०७७ जेठ ३०, शुक्रबार
‘नेपाल–इजरायल कोरोना योजना’ गठन
विजयरत्न असंबरे कोराेनाको महामारीबाट उत्पन्न प्रभाव कम गर्न र आवश्यक चिकित्सकीय व्यवस्थापनका लागि नेपाल–इजरायल केरोना योजना (एनआइसीआई ) गठन गरेको कुरा इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यले जानकारी दिनुभएको छ । कोभिड–१९ को उपचार सम्बन्धी ज्ञान र अनुभव एकापसमा आदान–प्रदान गर्दै कोरोना सम्बन्धी समस्या समाधानका लागि पहल गर्ने उदेश्यले नेपाल–इजरायल कोरोना योजना (एनआइसीआई) गठन भएको हो । गत...
-
२०७७ जेठ ३०, शुक्रबार
जोर–बिजोर उल्लङ्घनमा तीन सय बढी कारबाहीमा, चालकमात्र चढ्न भन्नु 'अव्यावहारिक'
काठमाडाैं - मोटरसाइकललगायत दुई पांग्रे सवारीमा चालकमात्र चढ्न दिनु अव्यावहारिक भएको गुनासो सर्वसाधारणले गरेका छन् । जोर–विजोर लागु भएको आज पहिलो दिन यस नियमको उल्लंघन गर्ने सयौं सर्वसाधारण कारबाहीमा परेका छन् । योबाहेक चालकलाई मात्र चढ्न दिएकाले मोटरसाइकललाई जोर बिजोर लागु हुने नहुने भन्ने अन्योल पनि सर्वसाधारणमा परेको देखिन्छ । जसले गर्दा शुक्रबार उपत्यकाका सडकमा जोरबिजोर दुवै नम्बर प्लेटका...
-
२०७७ जेठ ३०, शुक्रबार
एकै दिन संक्रमित बढ्नेमा रेकर्ड, शुक्रबार ४४८ जनामा संक्रमण पुष्टि, संक्रमणबाट मृत्यु हुने १६ पुग्याे
काठमाडौं - नेपालमा शुक्रबार थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा नेपालमा हालसम्म ५ हजार ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । संक्रमितमध्ये ८७७ जना उपचारपछि निको भएका छन् । शुक्रबारसम्म नेपालमा १ लाख २१ हजार ८ सय ६२ जनाको पिसिआर...
-
२०७७ जेठ २९, बिहिबार
असार १ देखि सरकारी कार्यालयहरु पनि खुल्ने
काठमाडाैं - बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आउँदो असार १ गतेदेखि सरकारी कार्यालयहरु खोल्ने निर्णय गरेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले पसलहरु खोल्न दिने तथा काठमाडौं उपत्यकालगायतका कोरोना भाइरसको संक्रमण कम देखिएका क्षेत्रमा जोर-बिजोर प्रणालीका आधारमा सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ । सरकारले लकडाउन मोडालिटी बनाउँदै स्थिति हेरी लकडाउन खुकुलो बनाउने...
-
२०७७ जेठ २९, बिहिबार
बालुवाटारकाे आजकाे विरोध प्रदर्शनमा अश्रुग्यास र पानीकाे फाेहरा
काठमाडौं - सरकारविरुद्ध बालुवाटारमा विरोध प्रदर्शन भएको छ । प्रहरीले पानीको फोहोरा र अश्रुग्याससमेत प्रहार गरेर प्रदर्शनकारीलाई तितरवितर पारेको छ । कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नुपर्नेलगायतका माग राखेर सरकारविरुद्ध प्रदर्शन भएको हो । ११ चैतदेखि लकडाउन सुरु भययता यति धेरै संख्यामा प्रदर्शन भएको पहिलो पटक हो ।...
-
२०७७ जेठ २९, बिहिबार
सरिता गिरीकाे अहम् - ‘पार्टीको कारवाही मञ्जुर तर विधेयक फिर्ता लिन्नँ’
काठमाडौँ - समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई संसद सचिवालयबाट विधेयक फिर्ता लिन आग्रह गर्न नेताहरु उनकै घरमै पुगेका छन् । समाजवादी पार्टीको संसदीय दलले विधेयक फिर्ता लिन दिएको निर्देशन पत्र बुझाउन हिजो सांसद गिरीलाई पटक–पटक फोनबाट सम्पर्क गर्दा फोन उठेको थिएन । पछि गिरीको फोन नै अफ भएपछि पार्टीका नेताहरु निवासमै पुगेका हुन् । पत्र लिएर संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरिया पुगेका थिए ।...
-
२०७७ जेठ २९, बिहिबार
थप २५० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
काठमाडाैं - बितेको २४ घण्टामा नेपालमा थप २५० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित पत्रकार सम्मेलनमा थप २५० जनामा संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् । नयाँ संक्रमितमा पुरुष २३० पुरुष र २० जना महिला रहेको उनले बताए । योसँगै कुल संक्रमितको संख्या ४ हजार ६१४ पुगेको छ । यस्तै बितेको २४ घण्टामा १८७ जना कोरोना निको...
-
२०७७ जेठ २९, बिहिबार
लकडाउन खुकुलाे : अझै के के गर्न राेक लगाइएकाे छ त !
काठमाडौं - सरकारले जारी लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले बिहीबारको पत्रकार सम्मेलनमा जानकारी दिए । पत्रकार सम्मेलनमा अर्थ र सञ्चारमन्त्री समेत रहेका खतिवडाले स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला गर्ने निर्णय भएको जानकारी दिए । जसअनुसार निजी क्लिनिक समेत सञ्चालन हुनेछन् । यसैगरी सबै...
-
२०७७ जेठ २९, बिहिबार
जोरविजोर प्रणालीमा निजी सवारी, मोटरसाइकलमा चालकमात्र बस्नुपर्ने
काठमाडौं - सरकारले लकडाउनको मोडालिटी परिर्वतन गरेसँगै जोरविजोर प्रणालीमा निजी सवारी साधान चलाउने पाइने भएको छ । जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारी साधन र विजोर गतेका दिन विजोर नम्बर प्लेट भएको सवारी साधन सञ्चालन गर्नु पर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाईने छैन । उपत्यकाको हकमा तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो...
-
२०७७ जेठ २९, बिहिबार
असारभित्रै विद्यार्थीलाई एसईईको प्रमाणपत्र
काठमाडाैं - मन्त्रीपरिषद्को बुधबार सम्पन्न बैठकले विद्यालयले आन्तरिक मुल्याङकनको आधार मानेर विद्यार्थीलाई प्रमाणपत्र दिने निर्णय गरेको थियो । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले असार महिनाभित्र एसईईको सबै काम सक्नेगरी तयारी भैरहेको बताउनुभएको छ । गत चैतमा ५ गते स्थगित भएको २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन नहुने भएपछि मन्त्रालयले कार्यविधि निर्माण शुरु गरेको छ...


