राष्ट्रिय
-
२०७७ आषाढ १३, शनिबार
कैलालीका कोराना सङ्क्रमितको चितवनमा मृत्यु
चितवन : भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना सङ्क्रमित एक पुरुषको मृत्यु भएको छ । उनी फोक्सोको क्यान्सरबाट पीडित रहेको बताइएको छ । विहीबार राति उनमा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले कैलालीको लालगढ नगरपालिका–७ गोदावरीका ५० वर्षीय पुरुषको उपचारतका क्रममा आज बिहान मृत्यु भएको बताउनुभयो । उहाँका अनुसार ती पुरुष क्यान्सरका उपचारका सिलसिलामा भारतबाट...
-
२०७७ आषाढ १३, शनिबार
थप ५ सय ५४ जनामा संक्रमण, संक्रमित १२ हजार नाघ्याे, मृत्यु हुने २८ पुगे
काठमाडाैं - शनिबार मात्र ५ सय ५४ जनाको रिपोर्ट पोजिटिभ आएसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार मात्र १२० महिला ४३४ पुरुष गरेर पाँच सय ५४ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । संक्रमितमध्ये एक हजार तीन सय ६९ महिला र १० हजार नौ सय ४० पुरुष छन् । कुल १२ हजार तीन सय ९ जनामा संक्रमण...
-
२०७७ आषाढ १३, शनिबार
‘कोरोना रिमुभिङ कार्ड’ले मुटु तथा कलेजोमा गम्भीर असर पार्ने : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोरोना रिमुभिङ कार्ड’ मा प्रयोग भएको रसायनहरुले मुटु तथा कलेजोमा गम्भीर असर गर्ने बताएको छ । कोरोना संक्रमण रोक्न÷नियन्त्रणका लागि आहिलेसम्म कुनै पनि औषधिको विकास नभएको भन्दै मन्त्रालयले भ्रम नफैलाउन समेत आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ‘कोरोना रिमुभिङ कार्ड’ नामक कार्डमा प्रयोग भएको रसायनले मुटु, कलेजो र फोक्सोमा गम्भीर असर गर्ने बताए...
-
२०७७ आषाढ १३, शनिबार
नेपालमा सलह भित्रिएपछि विज्ञले लिए पाकिस्तानी वैज्ञानिकसँग परामर्श
काठमाडौं । नेपालमा सलह भित्रिएपछि कृषि मन्त्रालय माताहतका एक दर्जनबढी विज्ञले पाकिस्तानी वैज्ञानिकसँग सलह नियन्त्रण उपायबारे परामर्श लिएका छन् । सलह नियन्त्रणमा सफलता हात पारेका पाकिस्तानी किट वैज्ञानिकसँग दुई घण्टा भर्चुअल छलफल भएको मन्त्रालयका उपसचिव डा.गंगादत्त आचार्यले बताए । मन्त्रालयका सहसचिव डा. हरिबहादुर केसी, प्लान्ट क्वरिन्टिन तथा विषादी व्यावस्थापन केन्द्रका प्रमुख शहदेव हुमागाईसहितका...
-
२०७७ आषाढ १२, शुक्रबार
नेपालको जनसंख्या तीन करोड नाघ्याे
काठमाडौं - नेपालको जनसंख्या तीन करोड नाघेको छ । केन्द्रीय तथ्यांक विभागको जनसंख्या घडीमा शुक्रबार मध्याह्न नेपालको जनसंख्या ३ करोड ६३४ जना देखाइएको छ । विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार यो वैज्ञानिक आधारमा प्रक्षेपण गरिएको जनसंख्या हो । यो घडी २०६८ को जनगणनाको आधारमा सेट गरिएको हो । घडीले जन्मदर, मृत्युदर र बसाइँसराइ दरको आधारमा जनसंख्या देखाउँछ । २०६८ सालको जनगणनाअनुसार नेपालको...
-
२०७७ आषाढ १२, शुक्रबार
सुरक्षित हवाईयात्राको अभ्यास उडान
‘कृपया अब हामी बुद्ध एयरको उडान नं. ६०१ बाट पोखरा प्रस्थान गर्दैछौँ । बाह्र हजार फिटको उचाइबाट २५ मिनेटको यात्रापछि पोखरा विमानस्थलमा अवतरण हुनेछौँ । यात्रु महानुभावहरु ध्यानदिनुहोला ! “कोभिड–१९ को महामारीबाट सुरक्षित रहनका लागि हवाई यात्रामा पालना गर्नुपर्ने सुरक्षा निर्देशन” कृपया आफ्नो सिटबेल्ट बाँधिदिनु होला, यात्रा अवधिभर मास्क र फेससिट लगाउनुहोला । उडानका बेला हिँडडुल नगर्नु होला, अति...
-
२०७७ आषाढ १२, शुक्रबार
बालबालिकालाई झाडापखालाविरुद्ध खोप दिइँदै
काठमाडौँ : सरकारले पहिलोपटक झाडापखाला रोक्नका लागि खोप दिने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जन्मदेखि पाँच वर्षमुनिका बच्चालाई झाडापखालाविरद्ध खोप ‘रोटारिक्स’ दिने भएको हो । महाशाखाका बालस्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा झलक शर्मा गौतमले झाडापखालाबाट वर्षेनि बालबालिकाको मृत्यु हुने गरेकाले त्यसलाई रोक्न उक्त खोप दिन थालिएको बताउनुभयो । उहाँका अनुसार वर्षेनि तीन लाख ५०...
-
२०७७ आषाढ १२, शुक्रबार
‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ को कारणले स्थगित ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम पुनः सञ्चालन गर्ने भएको छ । यही असार २२ र २३ गते सो कार्यक्रम पुनः सञ्चालन हुने स्वास्थ्य सेवा विभाग, पोषण शाखा प्रमुख केदार पराजुलीले जानकारी दिनुभयो । कोभिड १९ को कारणले बन्दाबन्दीले गत वैशाख ६ र ७ गते तय गरिएको सो कार्यक्रम मन्त्रालयले गत चैत २१ गते स्थगन गरेको थियो । ‘राष्ट्रिय भिटामिन ए’...
-
२०७७ आषाढ ११, बिहिबार
ललितपुरमा कोभिडबाट दोस्रो व्यक्तिको मृत्यु
ललितपुर जिल्लामा कोरोना सङ्क्रमणबाट दोस्रो व्यक्तिको मृत्यु भएको छ । यही असार ४ गते महालक्ष्मी नगरपालिका वडा नं ५ टीकाथली बस्ने स्थायी ठेगाना चितवन जिल्ला रत्ननगर घर भएका ५० वर्षीय पुरुषको कोरोना पुष्टि भएसँगै आज बिहान ७ बजे पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरमा प्रमुख डा खगेश्वर गेलालले बताउनुभयो । उहाँले भन्नुभयो, “ती व्यक्तिको पाँच महिनाअघि...
-
२०७७ आषाढ ११, बिहिबार
उपत्यकामा ९ जनासहित थप ४३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ४३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित पत्रकार सम्मेलनमा ४८ महिला र ३८६ पुरुष गरी थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै नेपालमा संक्रमितको कूल संख्या ११ हजार १६२ जना पुगेको जानकारी दिए । हालसम्म कोरोना जित्नेको संख्या २ हजार ६५० पुगेको छ । बितेको...
-
२०७७ आषाढ १०, बुधबार
स्वीकृतिबिना रेष्टुरेन्ट तथा होटल सञ्चालन गर्न रोक
भरतपुर, १० असार : जिल्ला प्रशासन कार्यालय चितवनले बिनास्वीकृति रेष्टुरेन्ट तथा होटल सञ्चालन नगर्न निर्देशन दिएको छ । मङ्गलबार एक सूचना जारी गर्दैै प्रशासनले बिनास्वीकृति रेष्टुरेन्ट तथा होटल सञ्चालन गरेको पाइएमा सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा रेष्टुरेन्टबाट ‘टेक अवे’ सेवा दिन र होटलले...
-
२०७७ आषाढ १०, बुधबार
खानेपानी मन्त्रालयले देशैभरका क्वारेन्टिनमा शौचालय निर्माण गर्ने
काठमाडौँ, १० असार - खानेपानी मन्त्रालयले देशभरका सबै क्वारेन्टिनमा शौचालय बनाउने तयारी अघि बढाएको छ । मन्त्रिपरिषद्को गत साताको बैठकले मन्त्रालयलाई शौचालय निर्माणको जिम्मेवारी दिएको थियो । मन्त्रालयले कुन मोडलको बनाउने, कुन क्वारेन्टिनमा कति सङ्ख्यामा बनाउनेलगायतका विषयमा छलफल अघि बढाएको छ । मन्त्री विना मगर, सचिव माधव बेल्वासे, खानेपानी तथा सरसफाइ विभागका प्रतिनिधि, खानेपानी मन्त्रालयका...


