राष्ट्रिय
-
२०७७ जेठ २३, शुक्रबार
एकै दिन २७८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २९१२ पुग्याे
काठमाडौं - बिहीबार एकै दिन २७८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार शुक्रबार २७८ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या दुई हजार ९ सय १२ पुगेको हो। बिहीबार ३३४, बुधबार २०१ र मंगलबार २८८ जनाका कोरोना संक्रमण पुष्टि भएको थियो। हरेक दिन संक्रमितको संख्या बढ्दै गएको छ। शुक्रबार पीसीआर विधिबाट ८८ हजार तीन सय...
-
२०७७ जेठ २३, शुक्रबार
कोरोना संक्रमणबाट ११ जनाको मृत्यु पुष्टि
काठमाडौं - नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबार थप एकजनाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि गरे। यसअघि कोरोनाकै कारण १० जनाको मृत्यु भएको र शुक्रबार एक थपिएसँगै ११ जना पुगेको उनको प्रष्ट पारे। बिहीबार मृत्यु भएका सुर्खेतको पञ्चपुरीका २८ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो। जेठ ८ गते...
-
२०७७ जेठ २२, बिहिबार
कोरोना उपचारमा १० अर्ब खर्च
काठमाडौं - कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले १० अर्ब रुपैयाँ खर्च गरिसकेको जनाएको छ। कोरोना नियन्त्रण उपचार, क्वारेन्टाइन निर्माण र राहत वितरणमा यो रकम खर्च भएको सरकारको भनाइ छ। यो रकम केन्द्र एउटैले मात्र गरेको खर्च विवरण भने होइन। केन्द्र, प्रदेश र स्थानीय सरकारबाट ४ महिनायता भएको खर्चको एकमुष्ट विवरण हो। खर्च भएको रकममध्ये केन्द्रीय सरकारबाट ६ अर्ब ३ करोड, सातै वटा प्रदेश...
-
२०७७ जेठ २२, बिहिबार
शनिबारसम्म देशका अधिकांश क्षेत्रमा वर्षा हुने पुर्वानुमान
काठमाडाैं - भारतको आएको निसर्ग चक्रवातका कारण नेपालमा शनिबारसम्म देशका अधिकांश क्षेत्रमा मेघगर्जन सहितको वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार बुधबार भारतको महाराष्ट्रको तटीय क्षेत्रमा प्रवेश गरेको चक्रवातको असर शनिबारसम्म नेपालको मौसममा पर्नेछ। यो अवधिमा उच्च हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको महाशाखाको भनाइ छ। निसर्ग चक्रवात बिस्तारै कमजोर भएर भारतको भू-भाग...
-
२०७७ जेठ २२, बिहिबार
स्वास्थ्यकर्मीमाथिको कुटपिटविरुद्ध प्रदर्शन
काठमाडौं – नेपाल मेडिकल कलेज (एनएमसी) का स्वास्थ्यकर्मीमाथि कुटपिट गरिएको विरोधमा हिजो देशैभरिका अस्पतालहरुमा प्रदर्शन गरिएको छ । विरोध प्रदर्शनकै क्रममा हिजै काठमाडौं न्युरोडस्थित ट्रमा सेन्ट र वीर अस्पतालमा पनि स्वास्थ्यकर्मीहरुले प्रदर्शन गरेका थिए । केही दिनअघि नेपाल मेडिकल कलेजमा दुर्घटनामा परी ल्याइएका एकजना बिरामीको मृत्यु भएपछि उनको कोरोना परीक्षण गरिनुपर्ने सुझाव त्यहाँका...
-
२०७७ जेठ २२, बिहिबार
लकडाउनको मोडालिटी परिवर्तन गर्न मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं - कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अपनाइएको लकडाउनको मोडालिटी परिवर्तनलगायतका विषयमा छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठक अपराह्न चार बजे बस्दै छ । स्वास्थ्यविद्, अर्थविद्, योजनाविद्लगायतले लकडाउनको मोडालिटी परिवर्तन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । यसअघि उच्चस्तरीय समितिको बैठकमा पनि यसबारे सामान्य छलफल भइसकेको र व्यापारीहरूले लकडाउन...
-
२०७७ जेठ २२, बिहिबार
विदेशमा रहेका नेपालीको भोलिदेखि उद्धार हुँदै
काठमाडौं - कोभिड-१९ महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीको उद्धार शुक्रबारदेखि सुरु हुने भएको छ । पहिलोपटक बर्माबाट २६ जना नेपाली लिएर म्यानमारकै सैनिक जहाज शुक्रबार काठमाडौं आउने भएको छ। बर्मामा कार्यरत नेपालीहरू पछिल्लो समय काम नभएर अलपत्र परेपछि नेपाल सरकारको अनुरोधमा बर्माले आफ्नै खर्चमा नेपाल ल्याइदिन लागेको हो । फर्किने बेला सो विमानले काठमाडौंमा रहेका बर्मेली नागरिक लिएर जानेछ ।...
-
२०७७ जेठ २२, बिहिबार
उपत्यकामा लकडाउन खुकुलो बनाउन प्रशासन तयार
काठमाडाैं - उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्लासहित सरोकारवाला निकाय लकडाउन खुकुलो बनाउन तयार भएको छ । उद्योगी तथा व्यापारीहरुले लकडाउन उल्लघंन गर्दै व्यवसाय सञ्चालन गर्न थालेपछि दवावमा रहेको प्रशासन लकडाउन खुकुलो बनाउन तयार देखिएको हो । बिहीबार जिल्ला समन्वय समिति काठमाडौँको हलमा बसेको संयुक्त बैठकमा काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित सरोकारवाला लकडाउन खुकुलो...
-
२०७७ जेठ २२, बिहिबार
काठमाडौँ महानगरपालिकाद्वारा लकडाउन अवधिमा पनि पूर्वाधार विकासका कामलाई निरन्तरता
विजयरत्न असंबरे लकडाउनका बीचमा पनि काठमाडौँ महानगरपालिकाले विकास निर्माण र पूर्वाधारका कामलाई निरन्तरता दिएको छ । काठमाडौँ महानगरपालिका शहरी पूर्वाधार विभागका प्रमुख राम थापाले बन्दाबन्दीको समयमा पनि आकाशे पुल निर्माणसँगै अन्य भौतिक पूर्वाधारका काम अघि बढिरहेको जानकारी दिनुभयो । ‘केही दिन अघि मात्रै वडा–८ को जयबागेश्वरीमा सार्न मिल्ने आकाशे पुलको शिलान्यास भएको छ,’ थापाले भन्नुभयो, ‘माइतीघर...
-
२०७७ जेठ २२, बिहिबार
एकैदिन ३३४ जनामा कोरोना संक्रमण, कोरोनाबाट मृत्यु हुने १० पुग्यो
काठमाडौं - बिहीबार एकै दिन ३३४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यसैगरी कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १० पुगेको छ । नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएअनुसार बुधबार ३३४ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या दुई हजार ६ सय ३४ पुगेको छ । बुधबार पीसीआर विधिबाट ८४ हजार एक सय ३४ र...
-
२०७७ जेठ २१, बुधबार
हाजिर जमानीमा छुटे 'भिआइपी' जुवाडेहरु
काठमाडाैं - लकडाउनका समयमा जुवाखालबाट ९ जना ठूला व्यापारी रङ्गेहात पक्राउ परेका छन् । सोमबार राति कमलादीस्थित गणगौर रिजेन्सी बुटिक होटलमा जुवा खेलाइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारी ९ व्यवसायीलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त दरबारमार्गले जुवाको खालबाट व्यापारीहरू रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, बिमल खेतान, विमल आहुजा, पुरुषोत्तम अग्रवाल, गोविन्द अग्रवाल, अशोककुमार अग्रवाल,...
-
२०७७ जेठ २१, बुधबार
पाँच महिनाको शिशुसहित थप १६ जनामा संक्रमण
काठमाडाैं - कर्णाली प्रदेशमा बुधबार १६ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १६ जनामध्ये दैलेखका ७ जना, सल्यानका २ र कालिकोटका ७ जना रहेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण...


