STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ जेठ २१, बुधबार

    एकै दिन २०१ जनामा संक्रमण, कुल संक्रमित २३०० पुग्याे

    काठमाडौं - बुधबार एकै दिन २०१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार २०१ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या दुई हजार तीन सय पुगेको छ। मंगलबार मात्र २८८ जनाका कोरोना संक्रमण पुष्टि भएको थियो। बुधबार पीसीआर विधिबाट ८० हजार दुई सय ४७ र आरडीटी विधिबाट एक लाख २० हजार तीन सय ८१ जनाको नमुना परीक्षण...

  • २०७७ जेठ २१, बुधबार

    कोरोनाबाट शिक्षण अस्पतालमा एकको मृत्यु, काेराेनाबाट मर्नेकाे संख्या ९ पुग्याे

    काठमाडौं - कोरोनाभाइरस संक्रमणबाट नेपालमा ९ औं व्यक्तिकाे मृत्यु भएकाे छ । मृत्यु हुने दोलखाका एक ७६ वर्षीय पुरुषको हुन् । उनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । ती पुरुष गत जेठ १३ गते काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका लागि भर्ना भएका थिए । उनलाई हेमोरेजिक स्ट्रोक भएकोमा सोको अपरेशन गरिएको थियो । यस्तै...

  • २०७७ जेठ २०, मंगलबार

    तीन चाटर्ड उडानबाट ५८२ यात्रु हङकङ फर्किए

    रासस - नेपाल वायु सेवा निगमले एकैदिन हङकङमा तीन चाटर्ड उडान गरेको छ। एयरलाइन्सका दुई न्यारोबडी ए–३२० तथा एक वाइडबडी ए–३३० जहाजमार्फत गए राति ५८२ यात्रु हङकङ फर्किएका छन्। उनीहरु केही हङकङेली र अधिकांश हङकङवासी नेपाली हुन्। निगमको दुई न्यारोबडी तथा एक वाइडबडी जहाजबाट एक–एक घण्टाको अन्तरालमा हङकङ उडान भरेको निगमले जनाएको छ। निगमको पछिल्लो उडान गए राति ११ बजे भएको थियो। नेपालमा बन्दाबन्दीका कारण...

  • २०७७ जेठ २०, मंगलबार

    कर्णालीमा थप २९ जनामा कोरोना संक्रमण

    काठमाडौं – कर्णाली प्रदेशमा मंगलबार २९ जना कोरोना भाइरस (कोभिड–१९)का संक्रमित थपिएका छन् । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सुर्खेतका ११ जना, सल्यान र अछामका ९–९ जना रहेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य सेवा महाशाखाले जनाएको छ । वीरेन्द्रनगर नगरपालिका–१ का १७ देखि ५० वर्षसम्मका ८ जना,...

  • २०७७ जेठ २०, मंगलबार

    थप २८८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ हजार ९९ पुग्यो

    काठमाडाैं - नेपालमा मंगलबार थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा थप २८८ जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताएका छन् । प्रदेश १ मा १६८, पदेश २ मा ८१६, बागमतीमा ५४, गण्डकीमा ३७, प्रदेश ५ मा ६९९, कर्णाली...

  • २०७७ जेठ २०, मंगलबार

    कोरोनाबाट मृत्यु हुनेको परिवारले एक लाख रुपैयाँ पाउने

    काठमाडाैं - प्रदेश ५ सरकारले कोरोना संक्रमणबाट मृत्यु हुनेको परिवारलाई एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद वैठकले कोरोना संक्रमणबाट मृत्यु हुने व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ राहतस्वरुप दिने निर्णय गरेको हो । यस्तै कोरोनाबाट मृतकको शब बोक्नका लागि दुई वटा शबवाहन खरिद गर्न दुईवटा अस्पताललाई १५–१५ लाख रुपैयाँ दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेकाे छ । दाङको...

  • २०७७ जेठ १९, सोमबार

    दोस्रो विश्व महिला कथावाचन गोष्ठी सम्पन्न

    काठमाडौं – हलिं नेवाः दबू, अमेरिका शाखाको आयोजनामा दोस्रो विश्व महिला कथावाचन गोष्ठी सम्पन्न भएको छ । शिकागो निवासी केशरमान ताम्राकारको संयोजकत्वमा सम्पन्न उक्त गोष्ठीमा नेपालभाषा साहित्य क्षेत्रका महिला कथाकारहरुले आ–आफ्ना कथा वाचन गरेका थिए । कथावाचन गोष्ठीलाई गत शनिबार प्रत्यक्ष प्रशारण गरिएको थियो । गोष्ठीमा नेपालभाषाका महिला साहित्यकारहरु सुवर्णकेशरी चित्रकार, सरस्वती तुलाधर, ईश्वरीमैयाँ...

  • २०७७ जेठ १९, सोमबार

    ११ महिने शिशुसहित एकैदिन २२६ जनामा कोरोना संक्रमण, कुल संक्रमित १७९८

    काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको जनाइएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २ सय १३ जना पुरुष र १३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा ११ महिने शिशु समेत छन् । दैलेखमा ४१ जना संक्रमित थपिएका छन् । उनीहरुमध्ये नारायण नागरपालिकाका २५ जना छन् ।...

  • २०७७ जेठ १९, सोमबार

    मकवानपुरका एकजना कोरोना संक्रमित पाटन अस्पतालमा भर्ना

    काठमाडौं– मनवानपुर हेटौंडाकी कोरोना संक्रमित ६१ वर्षीया महिलालाई अहिले पाटन अस्पताल लगिएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराउन ल्याउँदा उनीमा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले उनीलाई पाटन अस्पतालको आइसोलेसनमा राखिएको छ । ती महिलालाई उपचारका लागि नर्भिक अस्पतालमा बिहीबार राति ल्याइएको थियो । ल्याउनेवित्तिकै उनलाई कोरोना संक्रमितको उपचारका लागि तयार पारिएको आइसोलेसनमा राखिएर उपचार गरिएको...

  • २०७७ जेठ १९, सोमबार

    थप १३ जनामा संक्रमण, कूल संक्रमित १८११ पुग्याे

    काठमाडौं । सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार एकै दिन २ सय ३९ जनामा कोरोना संक्रमण भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८११ पुगेको छ ।  सोमबार साँझ घोषणा गरिएको १३ जनामा पाल्पा निस्दी गाउँपालिकाका २ जना, नवलपरासीको सरावल गाउँपालिकाका १ जना, गुल्मीको रेसुंगा नगरपालिकाका १ जना, कपिलवस्तुको मायादेवी गाउँपालिकाका ७ जना र रुपन्देहीको गैडहवाका २ जना रहेका छन् ।...

  • २०७७ जेठ १९, सोमबार

    असार १ बाट वैकल्पिक व्यवस्थाको पढाइ, मन्त्रालयबाट निर्देशिका स्वीकृत

    काठमाडौं – कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जारी लकडाउनका कारण विद्यालयहरु बन्द रहेका छन् । यसले घरमै रहेका विद्यार्थीहरुको पढाइबारे प्रश्नहरु उठिरहेका छन् । यससम्बन्धमा अब सरकारले वैकल्पिक व्यवस्था गरी असार १ गतेदेखि पठनपाठन गराइने भएको छ । कोरोना महामारीले तत्काल विद्यालय खुल्ने सम्भावना नरहेपछि शिक्षा मन्त्रालयले वैकल्पिक व्यवस्थाबाट विद्यार्थीलाई पठनपाठन गराउन लागेको हो । ...

  • २०७७ जेठ १८, आइतबार

    भारतीयको जबर्जस्तीपछि सीमामा हवाइ फायर

    काठमाडौं – भारतीय नागरिकको समूह जबर्जस्ती नेपाल प्रवेश गर्न खोजेपछि सर्लाहीको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले हवाइ फायर गरेको छ । सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रबाट करिब ३०–४० जनाको समूह नेपाल प्रवेश गर्न खोजेको थियो । सो समूहले हुलहुज्जत गरी हतियार खोस्ने प्रयाससमेत गरेपछि एक राउन्ड हवाइ फायर गर्नुपरेको प्रहरीले जनाएको छ । हवाइ फायर गरेपछि भारतीय समूह...

Pages