STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ चैत्र ४, मंगलबार

    चलचित्र पत्रकार संघमा सिटौला निर्वाचित

    काठमाडौं– चलचित्र पत्रकार संघ नेपालको आठौं महाधिवेशनबाट दिनेश सिटौला अध्यक्ष पदमा निर्वाचित भएका छन् । सोमबार (चैत ३ गते) काठमाडौं कालोपुलस्थित हिरारत्न हलको बेस्ट भेन्युमा भएको उक्त महाधिवेशनलाई सिनेपत्रकार विजयरत्न तुलाधर असंबरेले उद्घाटन गरेका थिए । चलचित्र विकास बोर्डका सदस्य दयाराम दाहाल, नेपाल पत्रकार महासंघका प्रतिनिधि राधेश्याम दाहाल, चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष विदुर गिरीलगायतका...

  • २०७६ चैत्र ४, मंगलबार

    कोरोनाको आशङ्का गरिएका नौ बिरामी स्वस्थ्य रहेको पुष्ट

    कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको आशङ्कामा थप परीक्षणका लागि जनकपुर पठाएका सबै बिरामी स्वस्थ्य रहेको पुष्टि भएको छ । केही दिनअघि भारतबाट फर्केका सिरहा नगरपालिका–१० नरहैयाका नौ बिरामीमा कोरोना भाइरस सङ्क्रमण हुनसक्ने आशङ्कामा थप परीक्षणका लागि सोमबार साँझ जानकी मेडिकल कलेज जनकपुर पठाइएको थियो । पठाएका सबैमा कोरोनाको कुनै लक्षण नभेटिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव...

  • २०७६ चैत्र ३, सोमबार

    पोर्चुगलमा कोभिड–१९ बाट नेपाली सङ्क्रमित

    पोर्चुगलको फारोमा कृषि मजदुरका रुपमा ग्रामीण इलाकामा काम गर्ने एक नेपाली नागरिकलाई कोरोना सङ्क्रमण भएको छ । फारो नगरपालिकाका प्रमुख रोगिरियो बाकलहाउले सो घटनाको पुष्टि गर्नुभएको हो । नेपालीमा कोभिड– १९ पुष्टि भएपछि सङ्क्रमण फैलन नदिन उनीसंँगै काम गर्ने र उनको सम्पर्कमा भएका अन्यको आइतबार व्यापक खोजी गरिएको थियो । यसै क्रममा सङ्क्रमित नेपालीसंँगै बस्ने, सँंगै काम गरेका र सम्पर्कमा भएका ७४...

  • २०७६ चैत्र ३, सोमबार

    हात नमिलाउन र अङ्कमाल नगर्न आग्रह

    वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाका निमित्त प्रदेश कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किशोरकुमार दाहालले कोरोना भाइरसबाट बच्न कोहीसँंग पनि अङ्कमाल तथा हात नमिलाउन र नमस्कार मात्रै गरेर शिष्टाचार अभिवादन गर्न आग्रह गर्नुभएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडा र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको समन्वयमा बनेपाको चारदोबाटोमा सञ्चालन गरेको कोभिड–१९ बारे आज...

  • २०७६ चैत्र ३, सोमबार

    खोजिहिँड्ने भीमबहादुरले के पाउनुभो सय वर्षमा ?

    ‘शुभकामना, शान्ति, समानता, एकता र नेपालको गुमेको जमिन फिर्ता हुनुपर्छ ।’ कोही नयाँ व्यक्तिसँग भेट हुने बित्तिकै यही बाक्यबाट शुरु हुने रहेछ उहाँको वार्ता । उहाँ अर्थात भीमबहादुर थापा । तर उहाँलाई नेपाली समाजले चिन्ने नाम हो ‘खोज बाजे’ । उमेरले १०० पुग्नै लागेका उहाँले नेपालमा ‘खोजी’ गरेको चार दशक नाघिसक्यो । यति लामो खोजीबाट के पाउनुभयो त ? यो प्रश्नको जवाफ भने उहाँसँग छैन । “यो खोज अभियान कुनै...

  • २०७६ चैत्र ३, सोमबार

    झापामा आपतकालीन क्वारेन्टाइनको तयारीमा जुट्न आग्रह

    झापामा कोभिड–१९ विरुद्ध सचेतना अपनाउँदै आपतकालीन क्वारेन्टाइनको तयारीमा जुट्न जिल्ला प्रशासन कार्यालयले स्थानीय तहहरुलाई आग्रह गरेको छ । आज बसेको कार्यालय प्रमुखहरुको बैठकमा प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले कोभिड–१९ लागेको हो या होइन भनेर थाहा पाउन प्रदेश नं १ मै ल्याब टेस्टको व्यवस्था गर्न माग भइरहेको जानकारी दिँदै सबै स्थानीय तहलाई आपतकालीन क्वारेन्टाइनको तयारी अवस्थामा बस्न...

  • २०७६ चैत्र ३, सोमबार

    काँक्रेविहार पुनःनिर्माणमा ठेकेदारको बेवास्ता

    ठेकेदार कम्पनीको लापरवाहीका कारण काँक्रेविहार पुनःनिर्माण कार्य पुनःसुस्ताएको छ । निर्माण कम्पनी सिद्धबाबा कन्स्ट्रक्सन प्रालीले काँक्रेविहारमा गजुर राखेको सात महिना बितिसक्दासमेत फिनिसिङ, कम्पाउन्डिङलगायतका कार्य अधुरै छाडेको छ । निर्माण कम्पनीले भदौ पहिलो साता गजुर राख्दै फिनिसिङको कार्य तत्काल शुरु गर्ने प्रतिबद्धता जनाएको थियो । काँक्रेविहारमा मूर्ति अड्याउन राखिएका फलामका डण्डीसमेत...

  • २०७६ चैत्र २, आइतबार

    कोरोनाका कारण लेखापढी व्यवसायीको महाधिवेशन स्थगित

    काठमाडौं– कोरोना भाइरसका कारण नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनको आठौं राष्ट्रिय महाधिवेशन स्थगित भएको छ । यही चैत १४–१६ गते बुटबलमा महाधिवेशन हुने तय गरिएको थियो । तर कोरोना भाइरसको प्रभावका कारण अर्को सूचना जारी नभएसम्मका लागि महाधिवेशन स्थगित गरिएको हो । कोरोना भाइरसका कारण देशको अवस्था अनुकूल नभएकोले महाधिवेशन स्थगित गर्नुपरेको केन्द्रीय अध्यक्ष सीताराम दाहालले जानकारी गराएका छन् । कोरोना...

  • २०७६ चैत्र २, आइतबार

    नेपाल संवत्‌को नववर्ष र नेवार चाडपर्वमा एकरुपता ल्याउन छलफल

    काठमाडौं– नेपाल संवत्‌को नयाँ वर्षलगायत चाडपर्वको तिथिमिति गोलमाल हुँदै आएकोमा यसमा एकरुपता ल्याउन एक छलफल कार्यक्रम भएको छ । नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४० को आयोजनामा काठमाडौंस्थित नेपाः ब्यांक्वेटमा आइतबार (चैत २ गते) बिहान उक्त छलफल कार्यक्रम भएको थियो । समितिका अध्यक्ष रमेश महर्जनको सभापतित्वमा भएको छलफलमा नेपालभाषा मंकाः खलःका अध्यक्ष जनकवि दुर्गालाल श्रेष्ठ, नेवार अगुवा...

  • २०७६ चैत्र २, आइतबार

    काठमाडौंको ठूलो चाड पाहांचःह्रेको जात्रा नहुने

    काठमाडौं– काठमाडौंमा विशेष रुपमा मनाइने ठूलो चाड पाहांचःह्रे (पिशाच चतुर्दशी) पनि कोरोनाभाइरसको चपेटामा परेको छ । कोरोनाभाइरस संक्रमण हुन नदिने पूर्वतयारी अनुरुप यस वर्षको पाहांचःह्रेको जात्रा स्थगित गरिने निर्णय भएको छ । पाहांचःह्रेको समय लुँमधि, कंग, म्हय्‌पि, तखति, मैति, ङतमरु र बछला अजिमाको खटजात्रा हुने गर्दछ । जात्रा मनाउने विभिन्न संघसंस्थाले यस वर्ष जात्रा ननिकाल्ने निर्णय गरेको छ ।...

  • २०७६ चैत्र २, आइतबार

    कास्कीको लुम्ले केन्द्रविन्दु भएर पाँच रेक्टरस्केलको भूकम्प

    कास्कीको लुम्ले केन्द्रविन्दु भएर आज साँझ भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार कास्कीको लुम्ले केन्द्रविन्द्र भएर ५ रेक्टरस्केलको भूकम्प गएको हो । केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले आज साँझ ८ बजेर ४५ मिनेटमा भूकम्प गएको जानकारी दिनुभयो । उक्त भूकम्प गोरखा भूकम्पको पराकम्प हो या नयाँ भूकम्प हो भन्ने बारेमा अनुसन्धान भइरहेको भट्टराईले बताउनुभयो । भूकम्पको धक्का...

  • २०७६ चैत्र २, आइतबार

    एक लाख ६८ हजार मास्क बरामद, सात जना पक्राउ

    काठमाडौँको कपनबाट आज प्रहरीले ठूलो परिमाणमा मास्क बरामद गरेको छ । लुकाएर राखिएको अवस्थामा एक लाख ६८ हजार मास्क बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणको जोखिम भएका बेला यसरी प्रहरीले मास्क बरामद गरेको हो । कालोबजारी गरेको आरोपमा मास्कसहित सात जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी...

Pages