राष्ट्रिय
-
२०७६ चैत्र १२, बुधबार
तीन सय गाडी नियन्त्रणमा
कोरोना भाइरस (कोभिड–¬१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने ३०० भन्दा बढी सवारीसाधनलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट गाडी नियन्त्रणमा लिएको हो । अटेर गरी सवारीसाधन सञ्चालन गरेका साधनलाई नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो । घरबाट...
-
२०७६ चैत्र १२, बुधबार
नेपालमा तेस्रो व्यक्तिमा कोरोना संक्रमण पुष्टि
काठमाडौं– नेपालमा तेस्रो व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ताले तेस्रो संक्रमित भेटिएको पुष्टि गरेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल एवं सरुवा रोग अस्पतालमा पठाइएको नमूना परीक्षणको क्रममा कोरोना भाइरसको संक्रमण पोजिटिभ पाइएको हो । संक्रमति रोगीलाई आइसोलेसनमा राखिएको छ । यसअघि चीन र फ्रान्सबाट फर्किएका विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । चीनबाट...
-
२०७६ चैत्र ११, मंगलबार
‘लकडाउन’ काठमाडौँ उपत्यका सुनसान
विश्वमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी सरकारले लकडाउन गरेसँगै काठमाडौँ उपत्यका सुनसान बन्दै गएको छ । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको सोमबार साँझ बसेको बैठकले कोभिड–१९ को सङ्क्रमण थप नबढोस् भन्नाका लागि आज बिहान ६ बजेदेखि चैत १८ गते साँझ ६ बजेसम्म ‘लकडाउन’ गर्ने घोषणा गरेको थियो । सरकारले नेपालमा फ्रान्सबाट आएकी १९ वर्षीया...
-
२०७६ चैत्र ११, मंगलबार
‘लकडाउन’ नियम उल्लंघन गरे ६ महिना कैद !
काठमाडौं– सरकारले कोरोनाभाइरसको संक्रमण रोक्ने उपायको रुपमा चैत ११ गते मंगलबारदेखि एक हप्ताकोलागि ‘लकडाउन’ गरेको छ । अहिलेको विषम परिस्थितिमा कसैले पनि यस नियमको उल्लंघन गरेमा ६ महिनासम्म कैद वा ६०० रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुनसक्ने घोषणा पनि सरकारले गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमणबाट नेपाललाई बचाउन यही चैत १८ गतेसम्म बिहानको ६ बजेदेखि बेलुकाका ६ बजेसम्म...
-
२०७६ चैत्र ११, मंगलबार
‘लकडाउनको समय गुठीसम्बन्धी समिति गठन संयोगमात्र’
काठमाडौं– कोरोना भाइरसको सन्त्रास रहेकै समय विवादित गुठी विधयेकबारे नेवार समुदायको सुझाव लिन भूमिसुधार मन्त्रालयबाट समिति गठन हुनु एक संयोग मात्र भएको समितिका संयोजक जीवनराम श्रेष्ठले बताएका छन् । यस संयोगलाई अन्यथा नलिन पनि प्रदेशसभा सांसद श्रेष्ठले अनुरोध गरेका छन् । कोरोना संक्रमण रोक्नको लागि सरकारले ‘लकडाउन’ गरेको समय गुठी सम्बन्धी समिति गठन भएकोमा विभिन्न प्रश्नहरु उब्जिरहेका सन्दर्भमा...
-
२०७६ चैत्र ११, मंगलबार
सम्भावित सङ्क्रमित काठमाडौँ आउनुु नपर्ने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न अस्पतालमा भर्ना भएका सम्भावित सङ्क्रमित कोभिड–१९ को नमूना परीक्षणका लागि बिरामी काठमाडौँ आउने नपर्ने जनाएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सम्भावित सङ्क्रमितलाई सम्बन्धित अस्पतालले व्यक्तिलाई आइसोलेसनमा राखेर सिफारिस (रिफर) नगरी कोभिड–१९ को नमूना परीक्षण गर्न मात्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन निर्देशन दिइएको बताउनुभयो ।...
-
२०७६ चैत्र ११, मंगलबार
वाग्मती प्रदेश सरकारद्वारा १० करोडको आपत्कालीन उपचार कोष
वाग्मती प्रदेश सरकारले कोरोना भाइरसको उपचार र नियन्त्रणको लागि आपत्कालीन उपचार कोषको स्थापना गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को बैठकले रु १० करोडको आपत्कालीन कोषको स्थापना गरेको प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जानकारी दिनुभयो । उक्त कोषमा मुख्यमन्त्री पौडेललगायत अन्य मन्त्रीहरु र राजनीतिक नियुक्ति...
-
२०७६ चैत्र १०, सोमबार
उपत्यका नगरपालिका फोरम’ले ‘कोरोनाविरुद्धको महाभियान’ सञ्चालन गर्ने
कोभिड १९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई नियन्त्रण गर्न ‘उपत्यका नगरपालिका फोरम’ले ‘कोरोनाविरुद्धको महाभियान’ सञ्चालन गर्ने भएको छ । दुई महानगरपालिका र १६ नगरपालिकाको संयुक्त संस्थाका रुपमा रहेको सो फोरमको आइतबार यहाँ सम्पन्न आकस्मिक बैठकले सो महाअभियान सञ्चालन सहित १० बुँदे साझा अवधारणा आज सार्वजनिक गरेको छ । फोरमका सचिव एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोना...
-
२०७६ चैत्र १०, सोमबार
लामो दूरीका सवारीसाधन आवागमन रोकिए
कोरोना भाइरसको सम्भावित जोखिम रोक्नआजदेखि लामो दूरीका सवारीसाधन आवागमन रोकिएको छ । सरकारको आजदेखि लामो दूरीका सवारीसाधन रोक्ने निर्णयलाई कार्यान्वयन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको आइतबार बसेको बैठकले आजदेखि लामो दूरीका सवारीसाधन आवागमन रोक्ने निर्णय गरेको थियो सवारीसाधनमा हुने भीडभाडका कारण सो भाइरसको सङ्क्रमणको जोखिम बढ्ने जनाउँदै सरकारले चैत २१ गतेसम्म सार्वजनिक सवारीसाधन...
-
२०७६ चैत्र १०, सोमबार
सङ्ग्रहालय बन्द
कोरोना भाइरसको सङ्क्रमणलाई ध्यानमा राखी सरकारले अनावश्यक भीडभाड नगर्न तथा अत्यावश्यकका कामबाहेक बाहिर ननिस्कन निर्देशन दिएसँगै विभिन्न स्थानमा सञ्चालन गरिएको सङ्ग्रहालय तथा म्युजियम बन्द भएका छन् । नेपाल पर्वतारोहण सङ्घअन्तर्गत पोखरामा सञ्चालन गरिएको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय र ककनीमा रहेको अन्तर्राष्ट्रिय पर्वतारोहण स्मृति उद्यान बन्द गरिएको छ । पर्वतारोहण सङ्घका महासचिव कुलबहादुर...
-
२०७६ चैत्र १०, सोमबार
काठमाडौंमा एक युवतीमा कोरोनाभाइरसको संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले फ्रान्सबाट नेपाल आएकी नेपाली विद्यार्थीमा कोरोनाको संक्रमण पुष्टि भएको सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । १९ वर्षीय एक युवतीमा कोरोनाभाइरसको संक्रमण देखिएको र अहिले उनलाई टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा राखिएको मन्त्री ढकालले जानकारी दिए । उनी गत चैत ४ फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिइन् ।...
-
२०७६ चैत्र १०, सोमबार
सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा गुठी समिति गठन
गुठी सम्बन्धी रायसुझाव पेश गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय प्रतिनिधि सभाका सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा गुठी समिति गठन गठन गरेको छ । चैत ५ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार उक्त समिति गठन गरिएको हो । काठमाडौं उपत्यकाभित्रका गुठीको धार्मिक, सांस्कृतिक विविधता, परम्परा तथा गुठी किसान मोहीको विषयमा के गर्ने भन्नेत विषयका सन्दर्भमा सरोकारवाला, गुठीयार तथा जनप्रतिनिधिहरुसँग...


