relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ चैत्र ८, शनिबार

    सोमबारदेखि पशुपतिमा विशेष पूजा बन्द

    कोरोना भाइरस (कोभिड १९ ) जोखिमबाट सतर्कता अपनाउन सोमबारदेखि पशुपतिमा विशेष पूजा नगरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले शुक्रबारदेखि नै विशेष पूजाको रसिद काट्न बन्द गरेको थियो । बिहीबारसम्म काटेका रसिदको विशेष पूजा आइतबार सकिएपछि सोमबारदेखि भक्तजनले मनोकांक्षा पूरा गर्ने उद्देश्यले गर्ने विशेष पूजा नगरिने कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिनुभयो । कोषले...

  • २०७६ चैत्र ७, शुक्रबार

    नेपाल स्काउटले ५० स्थानमा हात धुने तथा स्यानिटाइजर स्टेशन राख्ने

    काठमाडौं– विश्वभर फैलिएको कोरोनाको महामारी विरुद्ध नेपाल स्काउटले उपत्यकाका ५० स्थानमा हात धुने तथा स्यानिटाइजर स्टेशन राख्ने भएको छ । नेपाल स्काउट राष्ट्रिय तदर्थ समिति संयोजक लोकबहादुर भण्डारीले दिएको जानकारीअनुसार उपत्यकाका ५० स्थान छनोट गरी ३ देखि ५ जनाको प्रशिक्षित स्वयंसेवक टोलीले सम्भावित संक्रमणबाट बच्न सुरक्षित हात धुने तरिका, स्यानिटाइजरको प्रयोग, पर्चा वितरण लगायतका कार्य गर्नेछन् ।...

  • २०७६ चैत्र ७, शुक्रबार

    कोरोना जोखिम पूर्वनियन्त्रणमा सहयोग गर्न नेवाः देय् दबूको सर्कुलर

    काठमाडौं– नेवाः देय् दबूले आफ्ना सम्पूर्ण तहका समिति, आबद्ध जातीय संघसंस्था, संघसंस्था तथा सम्बन्धित सबैमा कोरोना भाइरसको सम्भावित संक्रमण र जोखिम नियन्त्रणका लागि पूर्वतयारी गर्न तथा विशेष सतर्कता अपनाउन विशेष सर्कुलर जारी गरेको छ । नेवाः देय् दबूका अध्यक्ष नरेशकुमार ताम्राकारद्वारा हस्ताक्षरित चैत ६ गते जारी अपीलमा कोरोना भाइरस नियन्त्रण पूर्वतयारी तथा विशेष सतर्कता अपनाउन चैत ५ गते नेपाल...

  • २०७६ चैत्र ७, शुक्रबार

    चैत २१ गतेसम्म अदालत बन्द रहने

    सर्वोच्च अदालतमा आज बसेको पूर्ण बैठकले यही चैत २१ गतेसम्म सम्पूर्ण अदालत बन्द गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीशसहित न्यायाधीशको आज बसेको बैठकले दुई हप्ता बन्दीप्रत्यक्षीकरणको मुद्दाबाहेक अरु सबैको सुनुवाइ नहुने गरी सर्वोच्च अदालतसहित सबै अदालत बन्द गरिने निर्णय गरेको अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो ।

  • २०७६ चैत्र ७, शुक्रबार

    तीन दिनमा दुई लाख ९५ हजार ५२१ जनाले उपत्यका छाडे

    कोरोना भाइरसका कारण उपत्यका छाड्ने यात्रुको सङ्ख्यामा वुद्धि भएको छ । ट्राफिक प्रहरी महाशाखाका अनुसार केही दिनयता काठमाडौँ भित्रिने भन्दा बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि भएको छ । गत मङ्गलबारदेखि बिहीबारसम्म तीन दिनमा झण्डै तीन लाखले उपत्यका छाडेका छन् । महाशाखाले तीन दिनमा दुई लाख ९५ हजार ५२१ जनाले उपत्यका छाडेका जनाएको छ । महाशाखाका अनुसार सरकारले स्कुल÷कलेज बन्द तथा बढी भिडभाड हुने...

  • २०७६ चैत्र ७, शुक्रबार

    विदेशीलाई पदयात्रा बन्द

    कोभिड–१९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालमा विदेशी नागरिकका लागि पदयात्रा बन्द गरिएको छ । नेपाल पर्यटन बोर्डले आज सूचना जारी गर्दै पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स)कार्ड वितरण बन्द गरिएको जनाएको छ । योसँगै अब विदेशीले पदयात्रा जान नपाउने भएका छन् । बोर्डले आजैबाट लागू हुने गरी टिम्स वितरण अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको जनाएको हो । नेपालको पदयात्रामा जाने विदेशीले...

  • २०७६ चैत्र ७, शुक्रबार

    चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै सेवाहरू बन्द

    चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै सेवाहरू बन्द प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई संबोधन गर्दै सरकारले चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै सेवाहरू बन्द गर्ने आग्रह गरेका छ । प्रधानमन्त्री ओलीले संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्न आग्रह गरेका हुन् । सरकारी...

  • २०७६ चैत्र ६, बिहिबार

    हाटबजार बन्द गर्ने निर्णय

    धनगढीमा सबैभन्दा बढी मानिसहरुको जमघट हुने त्रिनगर कृषि उपज हाटबजारलाई बन्द गरिने भएको छ । विश्वमा फैलिएको कोराना भाइरसका सङ्क्रमणका कारण आइतबारका दिनदेखि हाटबजार बन्द गरिने त्रिनगर कृषि उपज हाटबजार व्यवस्थापन समितिका अध्यक्ष भवानीसिंह चैसिरले जानकारी दिनुभयो । धनगढी उपमहानगरपालिका, किसान र व्यवसायीहरुसँग छलफल गरी बन्द गर्ने निर्णय गरिएको हो । ५०० भन्दा बढी व्यापारीहरुले व्यवसाय गर्ने कृषि...

  • २०७६ चैत्र ६, बिहिबार

    रानीपोखरी पुनःनिर्माणमा अनुमति नलिइ बिजुली प्रयोग

    अनुमति नै नलिइ ऐतिहासिक रानीपोखरीको पुनःनिर्माणमा विद्युत् प्रयोग भएको पाइएपछि नेपाल विद्युत् प्राधिकरणले कारवाही गरेको छ । प्राधिकरणको रत्नपार्क वितरण केन्द्रले रानीपोखरीको पुनःनिर्माण अनुमति नलिइ विद्युत् लिइएको पाइएपछि जरिवाना गरेको हो । केन्द्र प्रमुख प्रज्वलमान श्रेष्ठका अनुसार, रत्नपार्क वितरण केन्द्रको चुहावट नियन्त्रण टोलीले रानीपोखरीको छेउबाट गएको वितरण लाइनबाट प्रत्यक्ष हुकिङ गरी...

  • २०७६ चैत्र ६, बिहिबार

    कोरोना भाइरसबारे अरनिको समाजको टेलिभिजन कार्यक्रम

    काठमाडौं– कोरोना भाइरसले सबैभन्दा पहिले महामारीको रुप लिएको चीनको ऊहान सहरमा भाइरस नियन्त्रणका लागि चीनले चालेका महत्वपूर्ण कदमबारे जानकारी दिने उद्देश्यले टेलिभिजन कार्यक्रम प्रशारण गर्ने भएको छ । अरनिको समाजका कार्यसमितिका सदस्य इन्जिनियर राजिन महर्जनका अनुसार चीनको ऊहान सहरमा कोरोना प्रभावितहरुको संख्या घट्दै गएको तर चीनबाहेक इटाली, स्पेन, अमेरिका, इरान, पाकिस्तान, भारतलगायत सिंगो विश्वमा यसको...

  • २०७६ चैत्र ६, बिहिबार

    मनकामना केबुलकार सेवा चैत ३० सम्म बन्द

    काठमाडौं– विश्वव्यापी महामारी बनिरहेको कोरोना भाइरस (कोभिड–१९)को प्रभाव नबढोस् भन्ने हेतुले स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्ने क्रममा मनकामना दर्शन प्रा.लि. आफ्नो केबुलकार सेवा चैत ३० गतेसम्मको लागि बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिने पूर्वनियन्त्रण कार्यमा सहयोग पुर्याउन केबुलकार सेवा स्थगित गरिएको जानकारी कम्पनीले दिएको छ । गोर्खास्थित मनकामना मन्दिर जान सहज...

  • २०७६ चैत्र ६, बिहिबार

    संकटा र महांकाल मन्दिरमा भक्तजनलाई प्रवेश निषेध !

    काठमाडाैं- नोबल कोरोना भाइरस कोभिड–१९ संक्रमण नियन्त्रण व्यवस्थापनको लागि काठमाडौं टेबहालस्थित संकटा मन्दिर र महांकाल मन्दिरमा अब भक्तजनको लागि प्रवेश निषेध हुनेभएको छ । काठमाडौं महानगरपालिका २२ वडाले संकटा मन्दिर संरक्षण तथा व्यवस्थापन समितिलाई एक पत्र काटी चैत ७ गते शुक्रबारदेखि संकटा मन्दिरमा नियमित नित्यपूजा बाहेक भक्तजनहरुको लागि प्रवेश निषेध गरिदिन अनुरोध गरेको छ । काठमाडौं २२ वडाका...

Pages