राष्ट्रिय
-
२०७६ चैत्र २८, शुक्रबार
शनिबारदेखि काठमाडौँ उपत्यका क्वारेन्टाइनको अवलोकन
सरकारले स्थानीय तह तथा अन्य निकायमार्फत व्यवस्थापन गरिएका क्वारेन्टाइनको मापदण्ड पुगे नपुगेकोबारे स्थलगत अवलोकन र आवश्यक सहजीकरण थाल्ने भएको छ । विदेशबाट आएका तथा शङ्कास्पद अन्य व्यक्तिलाई कोरोनाको संक्रमण हुन नदिन सरकारले बनाएको क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चालन कार्यविधिअनुसार मापदण्ड पूरा भएनभएको स्थलगत अनुगमन र आवश्यक सहजीकरण गर्न लागिएको हो । सोहीअनुरुप शनिबार मध्याह्न स्थानीय...
-
२०७६ चैत्र २७, बिहिबार
जाजरकोटबाट कीर्तिपुर बस्न आएपछि स्थानीय त्रसित
ललेन्द्र शाक्य कीर्तिपुर – जाजरकोटबाट एकजना गर्भवती महिला र उनको श्रीमान् कीर्तिपुर नगरपालिका १० वडा तःननि टोलमा बस्न आएपछि स्थानीयमा डर, त्रास फैलिएको छ । स्थानीयको डर, त्रासले बाध्य भएर कीर्तिपुर १० वडाका वडाध्यक्ष अमन महर्जनले ती महिला बस्ने घरमा तालाबन्दी नै गर्नुपरेको छ । बुधबार (चैत २६ गते) साँझ ५ बजे ती गर्भवती महिला श्रीमान्सँग एम्बुलेन्सबाट उक्त टोलमा आइपुगेका थिए । उपचारको लागि उनीहरु...
-
२०७६ चैत्र २६, बुधबार
राष्ट्रपतिबाट बेलायती प्रमको स्वास्थ्यलाभको कामना
राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यकी महारानी एलिजाबेथ द्वितीयालाई आज अपराह्न टेलिफोन सम्पर्क गरी कोरोना भाइरस सङ्क्रमित भई उपचाररत प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपाल बेलायतबीच विद्यमान करीब दुई सय वर्षको सम्बन्ध स्मरण गर्दै विश्वमा महामारीका रुपमा फैलिएको कोभिड–१९ विरुद्ध लड्न सम्पूर्ण विश्व एक हुुनुपर्ने आवश्यकता पनि...
-
२०७६ चैत्र २५, मंगलबार
तपाईंको प्रश्न, मेयर शाक्यको जवाफ
"नेवाः युट्युब च्यानलको प्रत्यक्ष प्रशारणबाट मेयर शाक्यले महानगरबासीका जिज्ञासाका जवाफ दिने" काठमाडौं– लकडाउनको समय काठमाडौं महानगरपालिकाले के कस्ता काम गरिरहेका छन् बुझ्न चाहनुहुन्छ वा महानगरपालिकासँग तपाईंका केही जिज्ञासा वा प्रश्न छन् ? अब तपाईंको जिज्ञासा तथा प्रश्नको उत्तर स्वयं काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले दिनेछन् । नेवाः युट्युबले काठमाडौं महानगरपालिकाका मेयर...
-
२०७६ चैत्र २४, सोमबार
काठमाडौं महानगरपालिकाको आकस्मिक बैठक बस्दै
काठमाडौं– कोरोना भाइरस संक्रमण रोकथाम एवं नियन्त्रणको लागि जारी लकडाउनको समयमा काठमाडौं महानगरपालिकाको आकस्मिक बैठक बस्ने तयारी हुँदैछ । काठमाडौं मनपाभित्रका ३२ वटा वडामा राहत वितरणको कार्य सोमबार (चैत २४) सकिँदैछ । यसपछिको महत्वपूर्ण कार्य के हुन सक्छ भन्ने विषयमा छलफल गरी निर्णय लिन आकस्मिक बैठक बस्न लागेको थाहा हुन आएको छ । काठमाडौं महानगरपालिकाले तत्कालको लागि १० करोड रुपैयाँ रहेको उद्धार...
-
२०७६ चैत्र २४, सोमबार
वैशाख ३ सम्म लकडाउन थपिने तयारी
काठमाडौं– विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना संक्रमण रोकथाम र नियन्त्रणको लागि लागू गरिएको ‘लकडाउन’ एक साताको लागि थपिने तयारी हुँदैछ । आइतबार (चैत २३) गते बसेको कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिको बैठकमा ‘लकडाउन’ ७ दिन थप गर्नको लागि सिफारिस गर्ने निर्णय भएको थियो । यही निर्णय अनुमोदनसहित अन्य विषयमा छलफल गर्न सोमबार (चैत २४) गते दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास...
-
२०७६ चैत्र २४, सोमबार
लकडाउन वैशाख ३ सम्म लम्बियो
काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि अहिले जारी लकडाउन यही वैशाख ३ गतेसम्मको लागि लम्बिएको छ । सरकारले लकडाउन ८ दिन थप्ने निर्णय गरेको छ । मन्त्रीपरिषदको आज दिउँसो बसेको बैठकले लकडाउनको अवधि तेस्रो पटक बढाएको हो । पहिलो चरणमा चैत ११ देखि १८ गतेसम्म ‘लकडाउन’ गरिएको थयो भने दोस्रो निर्णयानुसार चैत २५ गतेसम्म लकडाउनको अवधि थपिएको थियो । आइतबार (...
-
२०७६ चैत्र २३, आइतबार
‘नेपालमा दीप प्रज्ज्वलन कार्यक्रम भ्रामक’
काठमाडौं– कोरोना भाइरससँग जुध्न आइतबार (चैत २३ गते) नेवार समुदायबाट कुनै पनि प्रकारको दीप प्रज्ज्वलन कार्यक्रम नरहेको र यस्ता भ्रामक समाचारको पछि नलाग्न नेवार अगुवाहरुले सुझाएका छन् । विभिन्न सामाजिक सञ्जालबाट आइतबार साँझ ७ बजेर ७ मिनेटमा आ–आफ्ना घरमा दियो, मैनबत्ती बालिदिने अनुरोधहरु आइरहेका छन् । यस्ता कार्यक्रम कुनै विशेष एक धर्म र जाति विशेषको कार्यक्रम जस्तो देखिने भएकोले यसल लकडाउनको समय...
-
२०७६ चैत्र २३, आइतबार
स्वास्थ्य सामग्री प्रचलित कानूनअनुसार नै खरिद गरिनेछ ः नेपाली सेना
नेपाली सेनाले सरकारले प्रदान गरेको जिम्मेवारीअनुसार कोभिड–१९ को रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि आवश्यक पर्ने औषधि, उपकरण तथा अन्य सामग्री खरिद प्रक्रिया प्रचलित कानूनबमोजिम हुने र गुणस्तरमा कुुनै सम्झौता नहुने स्पष्ट पारेको छ । नेपाल सरकारले यही चैत १६ गते मन्त्रिपरिषद्बाट कोरोना भाइरसको रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि आवश्यक सामग्री स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग समन्वय...
-
२०७६ चैत्र २३, आइतबार
धुलिखेलअस्पतालमा कोरोना परीक्षण
काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको धुलिखेल अस्पतालमा आजदेखि कोरोना सङ्क्रमणको शङ्कास्पदहरुको परीक्षण गर्ने काम शुरु भएको छ । परीक्षणका लागि विदेशबाट आएका र केही शङ्कास्पद व्यक्तिहरु गरी पहिलो पटक ११ जनाको स्वाब लिइएको धुलिखेल अस्पतालले जनाएको छ । विदेशबाट फर्किएका र केही शङ्कास्पद व्यक्तिहरुको स्वाब परीक्षण गरिएको धुलिखेल अस्पतालले जनाएको छ । सरकारले ‘टेष्ट किट’ उपलब्ध गराएपछि आजदेखि...
-
२०७६ चैत्र २२, शनिबार
नेपालमा पहिलोपटक स्थानीयमा कोरोना संक्रमण पुष्टि
काठमाडौं – विदेशबाट फर्किएका बाहेकका स्थानीयमा कोरोना संक्रमणको पुष्टि स्वास्थ्य मन्त्रालयले गरेको छ । कैलालीमा यसअघि देखिएका चौथो संक्रमित व्यक्तिका आफन्तमा कोरोना संक्रमणको पुष्टि भएको छ । कैलालीका ३४ वर्षीय ती महिला यसअघि संक्रमित व्यक्तिका आफन्त हुन् । स्वास्थ्य मन्त्रालयले आफ्नो फेसबुक पृष्ठबाट नेपालमा थप तीनजनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेको छ । तीनजनामध्ये एकजना भारतबाट फर्किएका...
-
२०७६ चैत्र २२, शनिबार
‘नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा’
काठमाडाैं – सुदूरपश्चिममा आज थप तीनजना नेपालीमा कोरोना संक्रमण देखिएको र यसमा पनि एकजना स्थानीयमा अर्को व्यक्तिबाट संक्रमण सरेको पाइएकोले सरकारले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको बताएको छ । नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना संक्रमणको जानकारी दिँदै नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा...


