STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ फाल्गुण २४, शनिबार

    उपभोग्य वस्तुको भण्डारणमा हतार नगर्न सरकारको आग्रह

    सरकारले भ्रममा परेर उपभोग्य वस्तुको खरिद तथा भण्डारणमा हतार नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।   अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै समस्या नभएकाले अफवाहको पछि नलाग्न आग्रह गर्दै सरकारले कालोबजारी र कृत्रिम अभाव सिर्जना गरेको थाहा पाए खबर गर्न अनुरोध गरेको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी आम सञ्चारमाध्यामलाई सत्यतथ्य समाचार सम्प्रेषण गर्न र जनमानसमा त्रासदीपूर्ण अवस्था सिर्जना हुन नदिन...

  • २०७६ फाल्गुण २४, शनिबार

    सत्य मोहन जोशीद्वारा ‘स्याचुपि’ लोकार्पण

    ल्याय्म्ह पुचः थिमिद्वारा प्रकाशित “स्याचुपि” नामक कविता संग्रह पुस्तक आज थिमिमा लोकार्पण गरिएको छ । बाङ्गमय शताब्दी पुरुष एवं संस्कृतिविद् डा सत्यमोहन जोशीले उक्त पुस्तकको लोकार्पण गर्दै कविताको माध्यमबाट पनि समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै कविताको महत्वका विषयमा चर्चा गर्नुभएको थियो । मुलुकको विभिन्न कालखण्डमा घटेका घटनालाई कविताको माध्यमबाट जनमानसमा चेतना दिने र स्याचुपिको...

  • २०७६ फाल्गुण २३, शुक्रबार

    भक्तपुर महोत्सव स्थगित

    भक्तपुर नगरपालिकाले कोभिड–१९ का कारण ‘भक्तपुर महोत्सव’ स्थगित गरेको छ । पाँचदिने सो महोत्सव आगामी चैत ४ गतेदेखि ८ गतेसम्म यहाँ आयोजना हुँदै थियो । तत्कालका लागि महोत्सव स्थगित गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो । नगरपालिकाले महोत्सवलाई भव्यरुपमा सफल पार्न, होटल व्यवसायी, सांस्कृतिककर्मी, शिक्षा सरोकारवाला, बाजाका गुरुलगायतका पक्षहरुसँग छलफल गर्ने तथा अन्य...

  • २०७६ फाल्गुण २३, शुक्रबार

    ‘अनौठो गुफा’ प्रचारप्रसारका लागि खुला

    स्थानीय नागरिकको माग गरेपछि पाल्पाको रामपुरमा रहेको ‘अनौठो गुफा’को प्रचारप्रसारका लागि खुला गरिएको छ । रामपुर नगरपालिका–४ रामघाट भुलादी खोला भुद्रुङघाटमा गत वर्ष मात्रै फेला परेको सो गुफा हेर्ने मानिसको भीड लागेको थियो । साँघुरो स्थानमा भीड बढेपछि दुर्घटना हुन सक्ने भन्दै प्रवेशद्वारमा ढुङ्गा र सिमेन्टले बन्द गरिएको थियो । पाल्पाको रामघाट क्षेत्रमा रहेको सप्तगुफालाई धार्मिक हिसाबले समेत हेरिएको छ...

  • २०७६ फाल्गुण २३, शुक्रबार

    सर्जिकल मास्क अभाव

    प्रदेश राजधानी वीरेन्द्रनगरस्थित मेडिकलहरुमा सर्जिकल मास्क अभाव देखिएको छ । नेपालमा पनि कोभिड – १९ को संक्रमण फैलिन सक्ने सन्त्रास बढेपछि यहाँका व्यवसायीले महँगो मूल्यमा मौज्दात सर्जिकल मास्क काठमाडौँ निर्यात गरेपछि अभाव सिर्जना भएको हो । नेपाल औषधि व्यवसायी सङ्घ सुर्खेतका अध्यक्ष रणबहादुर खड्काले जिल्लामा रहेका करीब १०० मेडिकल तथा सर्जिकल सप्लायर्समा हाल मास्क मौज्दात नरहेको जानकारी दिनुभयो । “...

  • २०७६ फाल्गुण २३, शुक्रबार

    आँखाले कालीतिरको पानी हेरेर प्यास मेट्ने दिन गए

    समथर जमिन र बाक्लो बस्ती । खानेपानीको सधैँ चरम अभाव । नजिकै कालीगण्डकी र धापेखोलाको सलल बगेको पानी हेरेर बागलुङ नारायणस्थान स्थानीयवासी लामो समयदेखि चित्त बुझाउनुपर्ने अवस्था । हाल बागलुङ नगरपालिका–१४ को सो स्थानमा पानीका मुहान छैनन् । छिमेकी अमलाचौरको धापेखोला र पैञ्युपाटाको राधापानी मुहानबाट ल्याएको पानीले यहाँका सर्वसाधारणको दैनिकी मुश्किलले चलिरहेको छ । खानेपानीको सास्ती खेप्दै आएका सो...

  • २०७६ फाल्गुण २३, शुक्रबार

    सरकारी कार्यालयका ‘वेब पोर्टल’ नै असुरक्षित

    नेपालगञ्जमा रहेका सरकारी कार्यालयका आधिकारिक पोर्टल नै असुरक्षित देखिएका छन् । ‘सेक्युवर सकेट लेयर’ एसएसएल सर्टिफिकेट प्रयोग नगरिएकाले पोर्टल असुरक्षित देखिएको बताइएको छ । यहाँका अधिकांश सरकारी वेब पोर्टलमा वेब सुरक्षाका लागि एसएसएल सर्टिफिकेट प्रयोग नगरिएको जनाइएको छ । प्रदेशअन्तर्गतका केही मन्त्रालयको वेब साइटमा सेक्युरिटी लक छ । बाँके र बर्दियामा रहेका अधिकांश सरकारी, गैरसरकारी तथा ठूला...

  • २०७६ फाल्गुण २३, शुक्रबार

    पाटीबाट चिटिक्क घरमा सर्दा ।

    पाँचखाल नगरपालिका–२ रातो पहिरोका ६२ वर्षीया खड्कादेवी चौलागाई बल्ल सुरक्षित घरभित्रबस्न पाउनुभएको छ । विनाशकारी भूकम्पले घर भत्काएपछि उहाँ करिब साढे चार वर्षसम्म नजिकैको मन्दिरको पाटीमा त्रिपाल र बोराले बेरेर बस्दै जीवन गुजार्दै आउनुभएको थियो । श्रीमान् र कमाएर खाने जग्गाजमिन समेत नहुँदा उहाँ सालको पात बेचेर दैनिक छाक टार्न विवश हुनुहुन्थ्यो । ‘नेपाल पुनःनिर्माण सहयोग कार्यक्रम’ अन्तर्गत...

  • २०७६ फाल्गुण २३, शुक्रबार

    विवाह दर्तामा महिला नेतृत्व लिँदै

    पछिल्लो समय यहाँका महिला व्यक्तिगत घटना दर्ता गराउन अग्रसर हुन थालेका छन् । श्रीमान्वाट विभिन्न पीडा पाउन थालेपछि उनीहरु त्यस्ता घटना दर्ता गराउन अग्रसर हुन थालेका हुन् । जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद् तथा बसाइसराइँ जस्ता मानिसका आफ्ना निजी घटना स्थानीय पञ्जिकाधिकारीकोमा गई दर्ता गराउने र प्रमाणपत्र लिने कार्यलाई व्यक्तिगत घटना दर्ता भन्ने गरिन्छ । दिपायल सिलगढी नगरपालिका–४ का वडाध्यक्ष...

  • २०७६ फाल्गुण २३, शुक्रबार

    मेयर्स रिसर्च फेलोसिपमा आएन आवेदन

    काठमाडौँ महानगरपालिकाले शहरी समस्याको दिगो समाधानका लागि ‘मेयर्स रिसर्च फेलोसिप कार्यक्रम २०२०’ अघि सारे पनि त्यसका लागि हालसम्म एउटा पनि आवेदन परेको छैन । कामपा शहरी योजना आयोगले उक्त कार्यक्रमका लागि गत माघ महिनामानै सूचना प्रकाशित गरी आगामी चैत पहिलो सातासम्म मात्र आवेदन दिने मिति तय गरेको भए पनि हालसम्म एउटा पनि आवेदन परेको छैन । “यो युवा लक्षित कार्यक्रम हो, निवेदन नआउने भन्ने त हुँदैन,...

  • २०७६ फाल्गुण २३, शुक्रबार

    जनसम्बन्ध विस्तार अभियान सञ्चालन गरिने

    नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला सङ्गठन कमिटी म्याग्दीले पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्ने भएको छ । गण्डकी प्रदेश कमिटीको निर्देशनअनुसार हालै बेनीमा बसेको जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकले चैत १ गतेदेखि जेठ मसान्तसम्म जिल्लाव्यापी अभियान सञ्चालन गर्न जिम्मेवारी बाँडफाँट गरेको छ । स्थानीय तह र वडास्तरमा पार्टी एकतालाई थप सुदृढ बनाउने, जनवर्गीय सङ्गठनको एकतालाई...

  • २०७६ फाल्गुण २३, शुक्रबार

    देवघाटमा राति दाहसंस्कार गर्न नपाइने

    तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटमा रातिमा दाहसंस्कार गर्न नपाइने भएको छ । देवघाट क्षेत्र विकास समितिले आगामी वैशाख १ गतेदेखि राति १० बजेबाट बिहान ४ बजेसम्म दाहसंस्कार गर्न रोक लगाउने निर्णय गरेको हो । समितिको बिहीबार देवघाट गाउँपालिका–५ मा सम्पन्न बैठकले सो निर्णय गरेको समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिनुभयो । देवघाटस्थित कालीगण्डकी र त्रिशूली नदीको सङ्गम वेणीमा दाहसंस्कार गर्न...

Pages