राष्ट्रिय
-
२०७६ फाल्गुण १०, शनिबार
पश्चिमी न्यूनचापीय वायुको प्रभाव लम्बिने
दुई दिनदेखि नेपालमा स्थिर रहेको पश्चिमी न्यूनचापीय वायुको प्रभाव अझै केही दिन लम्बिने अनुमान गरिएको छ । मौसमविद् शान्ति कँडेलको भनाइमा नेपाल प्रवेश गरेको पश्चिमी न्यूनचापीय प्रणाली प्रकृति हेर्दा अझै एक÷दुई दिन रहने सम्भावना छ । यसले मौसम पूर्णरुपमा सुधार आउन केही दिन लाग्ने देखिएको छ । तथापी नेपालमा नयाँ मौसमी प्रणालीका अलावा प्रिःमनसुनको मौसमको पूर्वअवस्था भएकाले आगामी दिनमा मौसमी गतिविधि...
-
२०७६ फाल्गुण १०, शनिबार
पशुपतिको फोहर सफाइ शुरु
महाविशरात्रिका अवसरमा पशुपति क्षेत्रमा जम्मा भएको फोहर सफाइ अभियान शुरु गरिएको छ । महाशिवरात्रि सकिएलगत्तै वाग्मती सफाइ महाअभियानको ३५४औँ हप्ताको सफाइका क्रममा पशुपतिनाथ मन्दिरअघिको राममन्दिर क्षेत्रमा सफाइ गरिएको थियो । सफाइमा पशुपति क्षेत्र विकास कोष, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत १४ संस्थाका ३५० जनाभन्दा बढी अभियानकर्मीको...
-
२०७६ फाल्गुण १०, शनिबार
देशमा नीतिगत भ्रष्टाचार मौलाएको छ अध्यक्ष थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा नीतिगत भ्रष्टाचार मौलाएको आरोप लगाउनुभएको छ । शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले आमूल परिवर्तनको नारा भ्रष्टाचारमा मात्र सिमित भएको बताउनुभयो । अध्यक्ष थापाले भन्नुभयो, “लोकतन्त्रको आवरणमा अहिले देशमा भ्रष्टाचार व्याप्त छ, अहिलेको देशको ठूलो चुनौती नै भ्रष्टाचार हो ।” देशमा संस्थागत र नीतिगत रुपमै भ्रष्टाचार भइरहेकाले यसलाई रोक्न...
-
२०७६ फाल्गुण १०, शनिबार
गल्ती गर्ने छुट कसैलाई छैन ः अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट नदिने बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल नवलपुरद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा दाहालले कसैले गल्ती गरेको भए उसलाई पार्टीले संरक्षण नगर्ने स्पष्ट पार्नुभएको हो । “सञ्चारमन्त्रीको विषयमा आएको कुराका बारेमा प्रधानमन्त्रीले तत्काल पहल लिएर उहाँलाई राजीनामा दिने र बाँकी अनुसन्धान गर्नुपर्ने...
-
२०७६ फाल्गुण १०, शनिबार
यौन तथा प्रजनन शिक्षामा छुट्टै पाठ्यक्रम बनाउन माग
कर्णाली प्रदेशका किशोर–किशोरीले यौन तथा प्रजनन शिक्षामा छुट्टै पाठ्यक्रम बनाउन माग गरेका छन् । बृहत्तर यौनिकता शिक्षाका लागि पाठ्यक्रम अति आवश्यक भएको उनीहरुले औल्याउँदै यस्तो शिक्षाले समृद्ध जीवन बनाउन सहयोग पुग्ने जनाएका छन् । सिडिएस पार्क मुगुद्वारा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शुक्रबार आयोजित ‘सुरक्षित गर्भपतन’ सम्बन्धी छलफलमा सहभागीले पाठ्यक्रममा यौन तथा प्रजननको विषय भएमा धेरै...
-
२०७६ फाल्गुण १०, शनिबार
आफू मरेर यात्रुलाई बचाउने चालकद्वयका शालिक चार वर्षदेखि थन्किए
‘नआत्तिनुहोस् हामी मरेर पनि तपाईहरुलाई बचाउँछौँ ’ एयर काष्ठमण्डपका चालक दिनेश न्यौपानेले जहाज दुर्घटनाको सङ्केत पाउँदै गर्दा यात्रुलाई अन्तिम सन्देश दिँदै भन्नुभएको थियो, ‘नआत्तिनुहोस् हामी मरेर पनि तपाईहरुलाई बचाउँछौँ ।’ उहाँका शब्द नसकिँदै जहाज अकल्पनीय दुर्घटनामा प¥यो । कालीकोटको चिलखाँयामा फोर्स ल्यान्डिङ गर्ने क्रममा सो कम्पनीको जहाज २०७२ साल फागुन १४ गत दुर्घटनामा परेको थियो ।...
-
२०७६ फाल्गुण १०, शनिबार
टेलिकम र निगम हाँकेका कंसाकार भन्नुहुन्छ, ‘अवसर पाए अझै काम गर्छु’
–रमेश लम्साल विगत २२ वर्षदेखि नियमित दैनिकी जस्तै छ, बाबा रामदेवको योग । त्यतिबेला रामदेव को हुन् भन्ने कुरा नेपालमा धेरैलाई थाहा थिएन । उनकै अनुशरण गरेकाले नै हुनुपर्छ स्वास्थ्य राम्रो छ । जीवनभर नेपाली जनताको सेवा गरेकाले पनि मलाई निजी क्षेत्रका कुनै पनि संस्थाले तान्न सक्दैनन् । पटकपटक निजी क्षेत्रको संस्थाको नेतृत्व लिइदिनुप¥यो भनेर प्रस्ताव पनि आए, आइरहेकै पनि छ । मलाई किनकिन निजी क्षेत्रमा...
-
२०७६ फाल्गुण १०, शनिबार
कोरोनाभाइरस प्रकोपले दरबार हाइस्कुल हस्तान्तरणमा ढिलाइ
चीनबाट फैलिएको कोरोनाभाइरस प्रकोपका कारण रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल ९भानु माध्यमिक विद्यालय० को पुनःनिर्माणको काम सकिए पनि हस्तान्तरणमा ढिलाइ भएको छ । स्कुलको पुनःनिर्माण सके पनि चिनियाँ सरकारी टोली उक्त स्कुलको अनुगमन गर्न आउनुपर्ने भएको हुँदा हस्तान्तरणमा ढिलाइ भएको हो । चीनको वुहानबाट शुरु भएको कोरोनाभाइरस प्रकोपका कारण अनुगमन टोली आउन समस्या भएको छ । माघको पहलो साता नै निर्माण...
-
२०७६ फाल्गुण १०, शनिबार
एमसिसी परिमार्जनसहित अनुमोदन हुन्छ अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन एमसिसी परिमार्जनसहित अनुमोदन हुने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले एमसिसी अध्ययन गरेर परिमार्जनसहित अनुमोदन गरिने बताउनुभएको हो । शुक्रबार एमसिसी अध्ययन गर्न बनेको नेकपाको कार्यदलले प्रतिवेदन पेस गरेको बताउँदै यस विषयमा विस्तृत अध्ययन गरी परिमार्जनसहित...
-
२०७६ फाल्गुण ९, शुक्रबार
शिवालयमा भक्तजनको भीड ः डेढ लाखबाट पशुपतिको दर्शन
महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ । बिहान ७ बजेसम्म डेढ लाख बढी भक्तजनले पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरी पूजा आराधना एवं दर्शन गरिसकेका छन् । लाखौँ भक्तजन पवित्र तीर्थस्थल पशुपति क्षेत्रमा लाम लागेर दर्शनको प्रतीक्षामा छन् । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने...
-
२०७६ फाल्गुण ९, शुक्रबार
गाँजा सेवन गर्न नपाउने भएपछि हराए भोलेबाबा
बागेश्वरी मन्दिरको पूर्वतर्फ शिव महादेवको मूर्ति छ । शिवरात्रिमा भोलेबाबाले खचाखच भरिने बागेश्वरी मन्दिर परिसरमा यस वर्ष शिवभक्त देखिएनन् । उसो त अन्य समयमा पनि जुँगे महादेवको पूजा अर्चना गर्न बागेश्वरीमा उस्तै भीड हुन्छ । अन्य समयभन्दा शिवरात्रिका दिन भीड बढ्ने गर्छ । जुँगे महादेवको मूर्तिमा प्रसाद चढाउन र पूजाअर्चना गर्न भक्तजन लामो समय लाममा बस्नुप¥यो । नेपाल प्रहरीले लामलाई व्यवस्थित...
-
२०७६ फाल्गुण ९, शुक्रबार
मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
पश्चिमी न्यून चापीय वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी भेगका धेरैजसो स्थान र मध्य तथा पूर्वी भूभागका केही स्थानमा मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ । महाशाखाले पश्चिमी भेगका धेरै र मध्य तथा...


