राष्ट्रिय
-
२०७६ फाल्गुण १२, सोमबार
ग्याल्बो ल्होसारमा नेकपा अध्यक्ष दाहालको शुभकामना
नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ग्याल्बो ल्होसार पर्वले आपसी भ्रातृत्व, मित्रता, सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ गर्दै देशलाई आर्थिक समृद्धिमा लैजान सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । सो पर्वका उपलक्ष्यमा आज उहाँले शुभकामना सन्देश जारी गर्दै नेपाली समाज बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधताले भरिएकाले अनेक जातीय समुदायसँगको सामिप्यता...
-
२०७६ फाल्गुण १२, सोमबार
अनशनरत वडाध्यक्ष पौडेल अस्पताल भर्ना
छ दिनदेखि आमरण अनशन बसिरहनुभएका माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भरतपुर अस्पतालमा भर्ना गरिएको छ । विभिन्न माग राख्दै उहाँ फागुन ७ गतेदेखि अनशनमा बस्नुभएको थियो । अनशनका क्रममा उहाँको स्वास्थ्य जटिल बन्दै गएपछि आइतबार भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा श्रीराम तिवारीसहितको टोलीले परीक्षण गरेको थियो । परीक्षणका क्रममा उहाँको शरिरमा अक्सिजनको...
-
२०७६ फाल्गुण १२, सोमबार
सुरक्षा व्यवस्था सबल बनाउन उच्च प्राथमिकता ः गृहमन्त्री थापा
गृहमन्त्री रामबहादुर थापाले निर्यातमुखी अर्थतन्त्र सबल हुनुपर्ने बताउनुभएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र काठमाडौँद्वारा रत्ननगरमा आयोजित ‘व्यापार, विश्लेषण तथा निकासी प्रवद्र्धन’सम्बन्धी तालीमको आज शुभारम्भ गर्दै उहाँले औद्योगिक, व्यापार र अर्थनीतिको विश्लेषण गरेर सुधार गर्नुपर्नेमा जोड दिनुभयो । गृहमन्त्री थापाले उत्पादन बढाइ निर्यातमा वृद्धि गर्न आग्रह गर्दै आन्तरिक सुरक्षा...
-
२०७६ फाल्गुण १२, सोमबार
छाडा चौपायाको जगजगी बढ्यो
जिल्लाका नगर चोक, बजार क्षेत्र र बस्तीमा छाडा चौपायाको जगजगी बढेको छ । यसले ट्रफिक समस्या र फोहरसमेत थपिएको छ । उज्यालो हुनासाथै पशुधनीले आफ्ना बस्तु फुकाएर बजार तथा चोकतिर लघार्ने यहाँ आम चलनजस्तै बनेको छ । चोक र बजार परिसरमा खुला विचरण गर्ने चौपायाले पैदलयात्रु सबैभन्दा बढी मर्कामा पर्ने गरेका छन् । जिल्ला सदरमुकाम जलेश्वरसहित सबैजसो बजार क्षेत्रका मुख्य सडक पेटिमा सडक ढाकेर गाईबस्तु देखिनु...
-
२०७६ फाल्गुण १२, सोमबार
राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन गरिने
राष्ट्रपति विद्यादेवी भण्डारी यही फागुन १५ गते बैतडी आउने हुनुभएको छ । राष्ट्रपति भण्डारीले १५ गते दिउँसो २ बजे त्रिपुरासुन्दरी मन्दिरमा विशेष पूजाआजा गर्ने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राष्ट्रपतिले त्रिपुरासुन्दरीमा पूजाआजा गरिसकेपछि दशरथचन्द नगरपालिकाले उहाँलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले दिउँसो ३ बजे पाटनस्थित भीमदत्त पोलिटेक्निक...
-
२०७६ फाल्गुण १२, सोमबार
शेर्पा समुदायको संस्कृतिको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको छ ः मुख्यमन्त्री पौडेल
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो साहस र सामथ्र्यका माध्यमबाट देशलाई संसारभर चिनाउन महत्वपूर्ण योगदान दिएका शेर्पा समुदायको सम्मान, भाषा, कला, संस्कृतिको संरक्षण तथा संवद्र्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । शेर्पा समुदायको महान् सांस्कृतिक पर्व ग्याल्पो ल्होसार २१४७ का अवसरमा आज एक शुभकामना सन्देश प्रकाशित गर्दै उहाँले यस पर्वले नेपाली नेपाली बीचको भ्रातृत्व...
-
२०७६ फाल्गुण १२, सोमबार
राष्ट्रिय विभूति अमरसिंह थापाको शालिक राखिने
गलकोट नगरपालिका–७ मल्ममा राष्ट्रिय विभूति अमरसिंह थापाको अर्धकदको सालिक राखिने भएको छ । सोही ठाउँमा निर्माणाधीन अमरसिंह पदमार्गछेउ सालिक राख्न निर्माणको काम शुरु भएको हो । आगामी चैत १४ गते कर्णेल उजिरसिंह थापाको २२४औँ स्मृति दिवसका अवसरमा सालिक अनावरण गरिने सात सय बगाले थापा समाज मल्मका केन्द्रीय प्रतिनिधि छुमबहादुर थापाले जानकारी दिनुभयो । “जगसहित अरू संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ...
-
२०७६ फाल्गुण १२, सोमबार
पुराना पाइप विस्थापित हुने
काठमाडौँ उपत्यकामा रहेका पुराना पाइपहरु क्रमशः विस्थापित हुने भएका छन् । मेलम्ची खानेपानी आयोजनाका लागि आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेकै पाइपबाट सबै पानी वितरण गर्ने हुँदा पुराना पाइप अब प्रयोगमा नआउने भएको छ । हालका लागि पुरानै पाइपबाट पानी वितरण भए पनि आगामी वर्षबाट निर्देशनालयले निर्माण गरेकै पाइपबाट पानी वितरण गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० का प्रमुख...
-
२०७६ फाल्गुण १२, सोमबार
प्रधानमन्त्री ओली पोखरामा
प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष केपी शर्मा ओली आज पोखरा आउनुभएको छ । नेकपा गण्डकी प्रदेशद्वारा आयोजित प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्न उहाँ पोखरा आउनुभएको हो । प्रधानमन्त्री ओलीलाई पोखरा विमानस्थलको अतिविशिष्ट कक्षमा प्रदेश प्रमुख अमिक शेरचन, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सभामुख नेत्रनाथ अधिकारी, प्रदेशका मन्त्री, प्रदेश मुख्य सचिव हरिप्रसाद...
-
२०७६ फाल्गुण १२, सोमबार
दुई अध्यक्षबीच समसामयिक विषयमा छलफल
प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे भएको भेटवार्तामा मुलुकको समसामयिक विषयबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिनुभयो । ‘‘अध्यक्ष दाहालले चितवनको डेलिगेशन लिएर आउनु भएको थियो’’, उहाँले भन्नुभयो, ‘‘सो डेलिकेशनका...
-
२०७६ फाल्गुण १२, सोमबार
पोर्चुगलमा नेपाली दूतावास खोल्न माग
परराष्ट्रमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीले कुनै पनि व्यक्तिलाई भ्रष्टाचार गर्न र अवैध कमिशन लिन छुट नभएको बताउनुभएको छ । प्रवासी नेपाली एकता मञ्च युरोपका नेता तथा कार्यकर्तालाई आइतबार स्पेनको बार्सिलोनामा सम्बोधन गर्दै उहाँले भ्रष्टाचार गर्ने कसैलाई पनि सरकारले कारवाही गरेर छाड्ने बताउनुभयो । प्रवासी नेपाली एकता मञ्चका नेताकार्यकर्तालाई प्रवासमा राजनीतिक रस्साकस्सी नगरी...
-
२०७६ फाल्गुण ११, आइतबार
सकारात्मक सन्देश प्रवाह गर्न सञ्चारमन्त्रीको आग्रह
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले सभ्य समाज निर्माणका लागि सकारात्मक सन्देश प्रवाह गर्न आमसञ्चार माध्यमसँग आग्रह गर्नुभएको छ । अर्थमन्त्रीसमेत रहनुभएका मन्त्री खतिवडाले आज सञ्चारमन्त्रीको पदबहाली गर्दै सरकारले गरेका काममध्ये राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रोभन्दा पनि जस्ताको जस्तै जनता समक्ष पु¥याउनुपर्नेमा जोड दिनुभयो । उहाँले संविधान कार्यान्वयनसँगै मुलुकलाई आर्थिक,...


