राष्ट्रिय
-
२०७६ फाल्गुण १४, बुधबार
हिमपातले उच्च पहाडी क्षेत्रका विकास योजना प्रभावित
म्याग्दीको उच्च पहाडी बस्तीहरुमा मङ्गलबार सातौँ पटक हिमपात भएको छ । सोमबार रातिदेखि भएको वर्षा र हिमपातका कारण जनजीवनका साथै विकास निर्माणका योजनाहरु प्रभावित भएका छन् । धवलागिरी गाउँपालिकाको गुर्जा, लुलाङ, मङ्गलाको टोड्के, झाँक्रीपानी, रघुगङ्गा गाउँपालिकाको रुइसे, भगवती, कुइनेमङ्गले, अन्नपूर्ण गाउँपालिकाको घोडेपानी, चित्रे, टिकोट, राम्चे लगायतका बस्तीमा हिउँ परेको छ । गुर्जामा एक फिट हिउँ जमेको...
-
२०७६ फाल्गुण १४, बुधबार
पुनःनिर्माणमा ऋण दिन बैंक तयार
सिन्धुपाल्चोकमा क्रियाशील बैंकहरु पुनःनिर्माणअन्तर्गत रु तीन लाख ऋण भूकम्पपीडित नागरिकलाई दिनका लागि तयार भएका छन् । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालद्वारा सञ्चालित भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रमअन्तर्गत भएको बैंक तथा सरोकारवालासँगको छलफलमा उपस्थित बैंकहरुले कार्यविधिमा उल्लेख भएबमोजिम पहिलो किस्ता लिएका तर दोस्रो किस्ता नलिएका लाभग्राहीलाई बैंकमार्फत रु तीन लाख ऋण उपलब्ध...
-
२०७६ फाल्गुण १३, मंगलबार
मौसम पूर्ण सुधार हुन अझै केही दिन लाग्ने
पश्चिमी न्यून चापीय वायुको प्रभाव अझै दुई–तीन पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रकृति कमजोर रहे पनि तल्लो वायुमण्डलमा स्थानीय वायुको प्रभाव रहेकाले बदलीसँगै हल्का वर्षा भइरहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । “अहिलेकोे प्रकृति हेर्दा अझै दुई–तीन दिन मौसम सुधार हुने अवस्था छैन”, मौसमविद् प्रधानाङ्गले भन्नुभयो । उहाँका अनुसार प्रि–मनसुनको...
-
२०७६ फाल्गुण १३, मंगलबार
ज्येष्ठ सञ्चारकर्मीको अभिनन्दन र तीन नेवाः मिडियालाई सम्मान गरिने
नेपालका तीनजना ज्येष्ठ पत्रकार सञ्चारकर्मी तथा समाजसेवीहरुलाई यही शनिबार अभिनन्दन गरिने भएको छ । नेवाः पत्रकार तथा सञ्चारकर्मीहरुहरुलाई आपत विपतमा सहयोग गर्न श्रमजीवीहरुद्वारा नै गठित नेवाः पत्रकार कोषको सहयोगार्थ नेवाः प्रेस दबू नेपाःको आयोजनामा गरिन लागिएको कार्यक्रममा पाका सञ्चारकर्मी तथा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष मदन दास श्रेष्ठ, वरिष्ठ सञ्चारकर्मी तथा समाजसेवी कृष्णा...
-
२०७६ फाल्गुण १३, मंगलबार
दैलेख कारागारका महिला कैदीबन्दीमा मानसिक समस्या
जिल्ला कारागार दैलेखमा रहेका १२ कैदीबन्दी र एक थुनुवा महिलामध्ये नौ जनामा आत्तिने र दुई जनामा अवसाद डिप्रेसनको समस्या देखिएको छ । नेपाल प्रहरी अस्पतालका मानसिकरोग विशेषज्ञ डा आशिष दत्तले उनीहरुमा यस्तो समस्या भएको बताउनुभयो । दैलेख जिल्ला कारागारमा बहुविवाहका लागि कैद सजाय भुक्तान गरिरहेका यी महिला मानसिक समस्यामा परेका छन् । कैद भुक्तान भइसकेपछि श्रीमान्सँगै बस्न नपाउने, दोस्रो विवाहबाट जन्मिएका...
-
२०७६ फाल्गुण १३, मंगलबार
जागिर खाने थलो मात्रै बन्यो सिटीइभिटी मन्त्री पोखरेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटीइभिटी जागिर खाने थलो मात्रै बनेको बताउनुभएको छ । सिटीइभिटीको ३२औँ वार्षिकोत्सव कार्यक्रमका अवसरमा सोमबार सानोठिमीमा उहाँले सिटीइभिटीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै सिटीइभिटी जागिर खाने थलोमा मात्रै परिणत भएको बताउनुभएको हो । नामअनुसारले सिटीइभिटीले काम गर्न नसकेको भन्दै उहाँले करारमा...
-
२०७६ फाल्गुण १३, मंगलबार
‘माथ में मोटरी जय सीयाराम’
आज मङ्गलबार मिथिला माध्यमिकी परिक्रमाको तेस्रो दिन । भारतको मधुवनी जिल्लाको कल्याणेश्वर कलना बाट परिक्रमा यात्रीको ताँती गिरिजास्थान फुलहर सम्मै अटुट देखिँदोछ । “जय जानकीजी, जय सीयाराम ” मैथिल जनबोलीमा सीताजीलाई सीयाजी भन्ने गरिएको छ । मान्छे नै मान्छे अर्थात् सडक पूरै ढाकेर धार्मिक यात्रामा निस्केका हजारौँ श्रद्धालु यात्रीको एउटै बोली, एउटै लय, “जय सीयाराम ” फागुन औँशीका दिन शुरु भएर लगातार १५...
-
२०७६ फाल्गुण १३, मंगलबार
औद्योगिकीकरणमा बामे सर्दै गण्डकी प्रदेश
गण्डकी प्रदेश औद्यागिकीकरणमा पछि परिरहेको अवस्थामा प्रदेश सरकारले यसको विकासलाई प्राथमिकतामा राखेको छ । उद्योगका क्षेत्रमा सात प्रदेशमध्ये पाँचौँमा पर्ने गण्डकीमा औद्योगिकीकरणलाई लक्षित गरी सरकारले ‘एक स्थानीय तह एक उद्योग ग्राम’ स्थापना गर्ने योजनालाई अघि सार्दै त्यसअनुरुप सम्भाव्यता अध्ययन शुरु गरेको हो । प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालका अनुसार सरकारको एक स्थानीय तह–...
-
२०७६ फाल्गुण १३, मंगलबार
ब्युताइँदै लोकभजन
बागलुङ र पर्वतमा यसै हप्ता लोकभजन प्रतियोगिता भए । महाशिवरात्रिमा बागलुङ, काठेखोला गाउँपालिका–५ बिहुँस्थित त्रिपुरेश्वर महादेव मन्दिर परिसर भजनमय बन्यो । पर्वतको रेडियो दिदीबहिनीले जलजला गाउँपालिकामा आयोजना गरेको महिला महोत्सवमा लोकभजन प्रतियोगिताले आकर्षण थप्यो । दुवै प्रतियोगिताका विजयी समूहले आकर्षक राशिको पुरस्कार थापे । त्रिपुरेश्वर मन्दिरमा मनाइने शिवरात्रि पर्व यसपटक पूजाआजामा मात्र...
-
२०७६ फाल्गुण १३, मंगलबार
राष्ट्रिय परिचयपत्र बनाउने क्रम बढ्दो
अछाममा राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्या साढे चार हजार नाघेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म चार हजार ६१९ जनाले परिचयपत्र बनाएका छन् । राष्ट्रिय परिचयपत्रका लागि फाराम भर्नेमा एक हजार ७२४ महिला र दुई हजार ८९५ जना पुरुष रहेको कार्यालयले जनाएको छ । रास्ट्रिय परिचयपत्रमा नाम दर्ता गराउनेमध्ये पुरुषको सङ्ख्या एक हजार १७१ ले बढी रहेको प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले जानकारी...
-
२०७६ फाल्गुण १२, सोमबार
प्रधानमन्त्री ओली पोखरामा
प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष केपी शर्मा ओली आज पोखरा आउनुभएको छ । नेकपा गण्डकी प्रदेशद्वारा आयोजित प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्न उहाँ पोखरा आउनुभएको हो । प्रधानमन्त्री ओलीलाई पोखरा विमानस्थलको अतिविशिष्ट कक्षमा प्रदेश प्रमुख अमिक शेरचन, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सभामुख नेत्रनाथ अधिकारी, प्रदेशका मन्त्री, प्रदेश मुख्य सचिव हरिप्रसाद...
-
२०७६ फाल्गुण १२, सोमबार
दुई अध्यक्षबीच समसामयिक विषयमा छलफल
प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे भएको भेटवार्तामा मुलुकको समसामयिक विषयबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिनुभयो । ‘‘अध्यक्ष दाहालले चितवनको डेलिगेशन लिएर आउनु भएको थियो’’, उहाँले भन्नुभयो, ‘‘सो डेलिकेशनका...


