राष्ट्रिय
-
२०७६ माघ २३, बिहिबार
छिन्नमस्ता मन्दिर परिसर सौन्दर्य बढाउँदै
छिन्नमस्ता भगवती मन्दिर परिसरलाई सौन्दर्यीकरण गर्न कार्यक्रम शुरुआत गरिएको छ । समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले बुधबार यहाँ आयोजित कार्यक्रममा संयुक्त रुपमा कार्यक्रमको शुभारम्भ गर्नुभयो । ‘मुख्यमन्त्री स्वच्छता अभियान’अन्तर्गत करिब रु छ करोड ३० लाखको लागतमा मन्दिर परिसरमा रहेको पोखरी, धर्मशालालाई सौन्दर्यीकरण गर्न लागिएको जनाइएको छ...
-
२०७६ माघ २३, बिहिबार
विपद् प्रतिकार्यमा समुदायलाई सक्षम बनाईँदै
विपद्का अवस्थामा उद्धार कार्यमा समुदायको थप क्षमतालाई कसरी बढाउने भन्ने ध्येयले नेपाली सेना,भीमदलगणले यहाँ विपद् प्रतिकार्य तालीम शुरुआत गरेको छ । गणले तीन वटा विपद्का घटनालाई प्राथमिकतामा राखेर तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीमा तीनदिने सामुदायिक विपद् प्रतिकार्य तालीम शुरु गरेको हो । बाढीपहिरो, भूकम्प र आगलागीका घटना न्यूनीकरणका लागि स्थानीय समुदायको सहभागिता वृद्धि गर्न तिलाठीकोइलाडी...
-
२०७६ माघ २३, बिहिबार
व्यास मूर्ति निर्माण गर्न महायज्ञ
व्यासक्षेत्र शिवपाञ्चायन विकास कोषको आयोजनामा यहाँ जारी महायज्ञमा व्यास नगरपालिका–३ निवासी अशोककुमार श्रेष्ठले रु चार लाख एक हजार १०८ दान गर्नुभएको छ । १०८ फिटको व्यास मूर्ति निर्माणका महायज्ञ लगाइएको हो । उहाँ व्यासक्षेत्र शिवपञ्चायन विकास कोषको अध्यक्षसमेत हुनुहुन्छ । उहाँले सबैको साझा प्रयासले मात्र मूर्ति निर्माण सम्भव हुँदा दान गर्न आग्रह गर्नुभयो । सोमबारदेखि शुरु भएको महायज्ञमा हालसम्म...
-
२०७६ माघ २२, बुधबार
मुस्ताङमा छैन कोरोनाको चिन्ता
छिमेकी मुलुक चीनको तिब्बतसँग जोडिएको हिमालपारिको जिल्ला मुस्ताङमा कोरोना भाइरसको कुनै प्रभाव परेको छैन । चीनसँग नाका जोडिएका अन्य जिल्लामा उच्च सतर्कता अपनाइएको भए पनि मुस्ताङ जिल्लाभर कुनै प्रभाव नदेखिएको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार बाक्लो हिमपातका कारण उत्तरी मुस्ताङमा दुई सातादेखि आवतजावतसमेत ठप्प छ । उत्तरी मुस्ताङ र तिब्बत जोड्ने कालीगण्डकी...
-
२०७६ माघ २२, बुधबार
राप्ती बगरको मालपोत तिर्नुपर्ने बाध्यता
नदीले कटान गरेर डुडुवा गाउँपालिका–१ होलियाका बलिराम लोनियाको जमीन बगर बनायो । विसं २०४६ सम्म नदीले लगातार जमीन कटान गरेर सखाप बनाएपछि उहाँ सुकुम्वासी बन्नुभयो । “जमीन छैन भन्ने हो भने लालपुर्जा छ, तर जमीनले दिनेभन्दा लिने मात्र गरिरहेको छ”, उहाँले भन्नुभयो । नदीका कारण दुःख पाइरहेका उहाँलाई स्थानीय सरकारले पीडा थपिदिएको छ । उहाँले प्रतिकठ्ठा रु पाँचका दरले जमीनको मालपोत तिर्दै आउनुभएको छ । “...
-
२०७६ माघ २२, बुधबार
त्रिशूलीपारि सडक निर्माण गरिने
पृथ्वी राजमार्ग विस्तार भइरहँदा त्यसको विकल्पका रूपमा त्रिशूली परिपट्टि सडक निर्माणको योजना बनाइएको छ । राजमार्गको समानान्तरमा गल्छीदेखि विशालटारसम्म दुई लेनको सहायक सडक निर्माण गर्न लागिएको हो । पहिले नै ट्र्याक खुलिसकेको सडक भएकाले यसलाई स्तरोन्नति गरेर सञ्चालनमा ल्याउन समस्या नहुने सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताउनुभयो । स्थानीय निकायले अहिले नै...
-
२०७६ माघ २२, बुधबार
श्रेष्ठ एकोरबका महोत्तरी संयोजक
सामुदायिक रेडियो प्रसारक सङ्घ नेपाल एकोरब को महोत्तरी संयोजकमा राजकुमार श्रेष्ठ चयन हुनुभएको छ । मङ्गलबार बर्दिवासमा सम्पन्न जिल्लाका सामुदायिक रेडियोका प्रतिनिधिको भेलाले सामुदायिक रेडियो सुनगाभा बर्दिवासको सञ्चालक समितिका अध्यक्ष श्रेष्ठलाई सर्वसम्मतिले संयोजक चयन गरेको हो । संयोजक छानिएपछि श्रेष्ठले सामुदायिक रेडियोलाई विकास अवसरबाट ओझेलमा परेका समुदायको उत्थानमा प्रसारण सामग्री बनाउन अझ...
-
२०७६ माघ २२, बुधबार
कानूनी ज्ञानको अभावमा मुद्दा छिनोफानो गर्न समस्या
पाल्पाका स्थानीय न्यायिक समितिमा मुद्दा छिनोफानो गर्न समस्या देखिएको छ । न्यायिक समितिलाई कर्मचारी र कानूनी ज्ञानको अभावका कारण मुद्दा छिनोफानो गर्न चुनौती भएको हो । स्थानीय तहमा उपप्रमुखको नेतृत्वमा तीन सदस्यीय न्यायिक समितिलाई मुद्दा टुङ्ग्याउने अधिकार छ । तानसेन नगरपालिकाका उपप्रमुख लक्ष्मी पाठकले कर्मचारी अभावमा मुद्दा दर्ता गर्ने काम न्यायिक समिति संयोजकले गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो...
-
२०७६ माघ २२, बुधबार
सिमेन्ट उद्योगको धुलो, धुवाँ र ध्वनि प्रदूषणबाट आजित
घोराही उपमहानगरपालिका–४ मा सञ्चालित घोराही सिमेन्ट उद्योगबाट निस्कने धुवाँ, धुलो र ध्वनि प्रदूषणलाई नियन्त्रण गर्नेतर्फ कबुनै ध्यान नदिँदा अहिले स्थानीयवासी त्यसको विरोधमा उत्रिएका छन् । सिमेन्टको धुवाँ, धुलो र ध्वनिले आजित भएपछि त्यहाँका स्थानीयवासीले उद्योग प्रभावित वातावरण संरक्षण तथा सरोकार समिति नाम दिएर २०७१ सालदेखि निरन्तर आन्दोलन गर्दै आइरहेका छन् । घोराही–४ लक्ष्मीपुरका स्थानीयवासी...
-
२०७६ माघ २२, बुधबार
वडाध्यक्ष धामीको हत्या प्रकरणः अनुसन्धानका लागि सात जना प्रहरी नियन्त्रणमा
पञ्चदेवल–विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमाबहादुर धामी हत्याबारे घटनास्थलको सघन अनुसन्धान शुरु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार काठमाडाँैदेखि आएको सिआइबीको टोली र धनगढीबाट आएको कुकुरसहितको टोलीले घटनास्थलको अनुसन्धान शुरु गरेको हो । मङ्गलबार बिहानदेखि मृतक वडाध्यक्ष धामीको शव र घटनास्थललाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान शुरु गरिएकामा आज बिहान ७ बजेदेखि कुकुर ट्यापिङसहित...
-
२०७६ माघ २२, बुधबार
बच्चाको हातमा खाजा ः आमाको हातमा पैसा
झट्ट सुन्दा ‘बच्चाको हातमा खाजा ःआमाको हातमा पैसा’ धेरैलाई सामान्य लाग्नसक्छ । तर, त्यही खाजा प्रभावकारी बन्दै गएको छ । कपिलवस्तुको शिवराज नगरपालिकाले ल्याएको सामुदायिक विद्यालयमा अध्ययनरत प्रावि तहका विद्यार्थीको खाजाबापतको रकम विद्यार्थीका आमाले पाउने कार्यक्रम आम बच्चाको पोषण र स्वास्थ्य सुधारमा प्रभावकारी बन्दै गएको हो । नगरभित्र रहेका ६६ सामुदायिक विद्यालयमा ११ हजार २९६ विद्यार्थीलाई अहिले...
-
२०७६ माघ २२, बुधबार
कोरोना प्रभावित क्षेत्रबाट तत्काल नेपालीलाई उद्धार गर्न सरकारको ध्यानाकर्षण
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले चीनको वुहान प्रान्तबाट फैलिएको नोभेल कोरोना भाइरस विश्वव्यापी प्रभाव पारिरहेको भन्दै प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकलाई तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद कोमल ओलीले विश्वभर फैलिरहेको कोरोना भाइरस सङ्क्रमणको नेपालमा कस्तो अवस्था छ भनेर प्रश्न गर्नुभयो । चीनको प्रभावित क्षेत्रमा...


