राष्ट्रिय
-
२०७६ माघ २०, सोमबार
हिमालयबाट चीनका तीन शहरको उडान स्थगित
चीनको वुहान प्रान्तमा फैलिएको कोरोना भाइरसका कारण नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले चीनका विभिन्न गन्तव्यमा उडान स्थगन गरेको छ । एयरलाइन्सले तत्कालका लागि चीनका तीन शहर सेन्जेन, छाङसा र गोया उडान स्थगित गरेको हो । कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले कोरोना भाइरसको प्रकोपको सम्भावित जोखिमलाई दृष्टिगत गरी केही समयका लागि उडान स्थगन गरिएको राससलाई जानकारी दिनुभयो । हिमालयले चार्टड...
-
२०७६ माघ २०, सोमबार
गाउँमा स्वास्थ्य सेवा
सिरहा धनगढीमाई नगरपालिका–११ सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा १३५ ले स्वास्थ्य जाँच गराएका छन् । धनगढीमाई नगरपालिका–११ को आयोजनामा सम्पन्न शिविरमा मधुमेह, रक्तचाप, थाइराइड, पिसाब तथा स्त्रीरोगसम्बन्धी बढी बिरामी भेटिएको नगरपालिका–११ का वडाध्यक्ष गङ्गाराम यादवले जानकारी दिनुभयो । शिविरमा डा सुभाष चौधरी, डा लुस्युन यादव, अनमी पार्वती चौधरी, चन्दा चौधरीलगायतले सेवा प्रदान गर्नुभएको थियो ।...
-
२०७६ माघ २०, सोमबार
रेडक्रसमा हुने ‘राजनीति’ अन्त्य हुनुपर्छ ः मन्त्री बाँस्कोटा
सञ्चार तथा सूचना प्रविधि गोकुलप्रसाद बाँस्कोटाले रेडक्रसमा ‘मति र गति’ भावनानुसार नपाइएपछि विवाद उत्पन्न भएको बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोकद्वारा ‘ग्रामीण आपत्कालीन तथा ट्रमा प्रणाली सदृढीकरण परियोजना’ अन्तर्गत आयोजित एम्बुलेन्स हस्तान्तरण कार्यक्रमलाई आज बनेपामा सम्बोधन गर्दै उहाँले भन्नुभयो “रेडक्रसजस्तो मानवीय पवित्र संस्थामा किन यस्ता विवाद उठ्छन्, रेडक्रसको विश्वव्यापी...
-
२०७६ माघ २०, सोमबार
सभागृहको काम अघि बढ्दै
अर्थ मन्त्रालयले रु एक अर्ब ५९ करोड ६७ लाखको स्रोत सुनिश्चित गरिदिएपछि सभागृह सिटिहल को काम अघि बढेको छ । भरतपुर महानगरपालिका–१० मा जिल्ला समन्वय समितिले उपलब्ध गराएको चार बिघा दुई कट्ठा जग्गामा निर्माण हुँदैछ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले यही महिनाभित्रमा सभागृह निर्माणका लागि बोलपत्र आह्वान गरिने र आगामी बैशाख महिनाभित्रमा शिलान्यास गरिने जानकारी दिनुभयो । सघन शहरी तथा भवन निर्माण...
-
२०७६ माघ २०, सोमबार
सरकार सही गतिमा छ ः मन्त्री भट्टराई
संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले केपी शर्मा ओली नेतृत्वको सरकार सही बाटोमा रहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा तनहुँले आज दमौलीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सरकार गलत बाटोमा नरहेको जिकिर गर्नुभयो । मन्त्री भट्टराईले सरकारको बाटो, दिशा र गन्तव्य सही रहेको बताउँदै भन्नुभयो, “सरकारको बाटो सही हुँदाहुँदै पनि कहिलेकाहीँ अप्ठ्यारा बाटो...
-
२०७६ माघ २०, सोमबार
रश्मोर बरो काउन्सिल र गोरखाबीच भगिनी सम्बन्ध
गोरखा नगरपालिका र बेलायतको रश्मोर बरो काउन्सिलबीच भगिनी सम्बन्ध कायम भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा रश्मोर बरोका तर्फबाट मेयर सेलस्वई कार्टर र गोरखाका तर्फबाट नगर प्रमुख राजनराज पन्तले हस्ताक्षर गर्नुभयो । नेपालको कूटनीतिक सम्बन्धमा सबैभन्दा पुरानो मित्र एवं बेलायतको सेनामा आफ्नो छुट्टै पहिचान बनाएको ब्रिगेड अफ गुर्खाजÞमा कार्यरत नेपालीको योगदानलाई बेलायत सरकारले सम्मान गर्दै आइरहेको छ ।...
-
२०७६ माघ २०, सोमबार
नेपाल टेलिभिजन अङ्ग्रेजी च्यानल सञ्चालनमा ल्याइने
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले यसै आर्थिक वर्षभित्र नेपाल टेलिभिजनको अङ्ग्रेजी विश्व च्यानलको शुभारम्भ गराइने घोषणा गर्नुभएको छ । सो टेलिभिजनको ३५औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले राष्ट्रको छवि माथि उठ्ने नयाँ कामका रुपमा सो परियोजनालाई लिएर आगामी छ महिनाभित्र ‘एनटिभी वल्र्ड’ शुभारम्भको तयारी गर्न व्यवस्थापनलाई निर्देशन दिनुभयो । उहाँले...
-
२०७६ माघ २०, सोमबार
सिद्धगुफाभित्र काव्य वाचन
तनहुँको भीमाद नगरपालिका–९ धन्धुरस्थित सिद्धगुफाभित्र सेतीकाली साहित्य सङ्गमद्वारा आयोजित २८ आँै काव्य शृङ्खला सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १०० नयाँ पर्यटकीय गन्तव्यका रुपमा सो गुफालाई सूचीकृत गरेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन र गुफाको प्रचारप्रसार गर्ने उद्देश्यले गुफाभित्र काव्य शृङ्खला सम्पन्न गरिएको सङ्गमका अध्यक्ष नारायणकैलाश सिग्देलले जानकारी...
-
२०७६ माघ २०, सोमबार
भक्तपुरमा दुई ‘स्याटेलाइट सिटी’ बन्ने
सरकारले भक्तपुरका दुई ठाउँमा ‘स्याटेलाइट सिटी’ बनाउने भएको छ । काठमाडौँभित्र बनाइने चारमध्ये दुई भक्तपुरमा बन्ने भएको हो । काठमाडौँ उपत्यका विकास प्राधिकरणले भक्तपुरमा निर्माण हुने स्याटेलाइट सिटीको विस्तृत परियोजना प्रतिवेदन डीपीआर निर्माण गरेको छ । सरकारले काठमाडौँ उपत्यकाको पूर्वतर्फ करिब एक लाख रोपनीमा फैलिने गरी सबैभन्दा ठूलो अत्याधुनिक शहर बनाउने भएको हो । उपत्यकाबाट ‘इशान’ कोणको रुपमा...
-
२०७६ माघ १९, आइतबार
नगरसभाद्वारा १२ ऐन स्वीकृत
बँेसीशहर नगरपालिकाको छैटौँ नगरसभाले संशोधित बजेट, कानून, ऐननियम र कार्यविधि स्वीकृत गरेको छ । नगरप्रमुख गुमानसिंह अर्यालले उद्घाटन गर्नुभएको नगरसभाले १२ ऐन, नियम र कार्यविधि स्वीकृत गरेको छ । शनिबार सम्पन्न नगरसभामा चालू आर्थिक वर्षका लागि कूल संशोधित बजेट रु ७३ करोड ९८ लाख ४८ हजार स्वीकृत गरेको र हालसम्म रु १३ करोड ६९ लाख २६ हजार खर्च भएको जानकारी दिइएको थियो । स्वीकृत ऐन र कार्यविधिमा स्थानीय...
-
२०७६ माघ १९, आइतबार
पुम्फालाई किमोथेरापी पछि शल्यक्रिया गरिने
तीन वर्षदेखि आर्थिक अभावका कारण उपचार हुन नसकेर अर्बुद रोगले थलिएकी तातोपानी गाउँपालिका–२ जुम्ला जर्मीगाउँकी ६५ वर्षीया पुम्फा दमार्इंको बिपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचार शुरु भएको छ । उहाँको उपचारमा सम्लग्न डा तोसीमा कार्कीले पहिलो चरणमा स्वास्थ्य परीक्षण सम्पन्न गरिएको जानकारी दिनुभयो । “पुम्फालाई जाँच गर्दा क्यान्सर चौथो स्टेजमा पुगेको छ”, उहाँले भन्नुभयो, “अवस्था जटिल...
-
२०७६ माघ १९, आइतबार
एकमहिनापछि राराको सौन्दर्य बल्ल नेटमार्फत आफन्तजनमा
मुगु लगायत कर्णालीका जिल्लामा बल्ल इन्टरनेट सेवा सुचारु भएको छ । गत पुस १७ गतेबाट नेपाल टेलिकमद्वारा वितरीत एडिएसएल इन्टरनेट र ल्याण्डलाइन सेवा अवरुद्ध हुँदै आएको थियो । टेलिकमले सेवा सुचारु भएको जनाएको छ । बाक्लो हिमपातसँगै जुम्लाको डाँफे र दैलेखको महावुलेकमा रहेको रेडियोलिङ्क टावरमा समस्या आएपछि मुगु, हुम्ला, जुम्ला, डोल्पा र कालिकोट जिल्लाका अधिकांश क्षेत्रमा सञ्चारसेवा प्रभावित भएको थियो ।...


