राष्ट्रिय
-
२०७६ श्रावण २५, शनिबार
दक्षिणबाराहीमा राखियो तामाको छानो
शताब्दी पुरुष सत्यमोहन जोशीले कला, संस्कृतिको धनी मध्यपुरथिमि क्षेत्रका ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षणमा चासो दिनुपर्ने बताउनुभएको छ । गत विसं २०७२ को महाभूकम्पले भत्किएपछि पुनःनिर्माण सकिएको दक्षिण बाराही मन्दिरको पुनःनिर्माण एवं तामाको पाताको छाना छाउने कार्यको आज भएको समापन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । जोशीले कला, संस्कृति र पुरातात्विक सम्पदाको संरक्षणमा युवापुस्तालाई...
-
२०७६ श्रावण २५, शनिबार
म्हैपी क्षेत्र वरपर ३३ सिसी क्यामरा जडान
काठमाडौँ महानगरपालिका–१६ म्हैपी मन्दिर वरपरको क्षेत्रमा ३३ सिसी क्यामरा जडान गरिएको छ । प्रदेश–३ सरकारको रु ५० लाख आर्थिक सहयोगमा म्हैपी मन्दिर परिसरभित्र शौचालय तथा म्हैपी क्षेत्र वरपरका ३३ मुख्य मुख्य चोकमा सिसी क्यामरा जडान गरिएको हो । सिसी क्यामरा तथा नवनिर्मित शौचालयको आज म्हैपी मन्दिर परिसरमा एक कार्यक्रमका बीच काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गर्नुभयो ।...
-
२०७६ श्रावण २५, शनिबार
इतिहास उल्ट्याउन गरिने प्रयास निरर्थक अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिर्वतन निरन्तर अगाडि बढिरहने र पछाडि फर्किन नसक्ने भन्दै इतिहास उल्ट्याउन गरिने प्रयास निरर्थक हुने बताउनुभएको छ । आज राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको उपत्यकास्तरीय संयुक्त जिल्ला परिषद्लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले लामो सङ्घर्ष र बलिदानपछि प्राप्त उपलब्धिलाई कसैले उल्ट्याउन नसक्ने जिकिर गर्नुभयो । “...
-
२०७६ श्रावण २४, शुक्रबार
तीन जिल्लामा टेलिकम सेवा अवरुद्ध
खोटाङसहित प्रदेश नं १ मा पर्ने तीन जिल्लामा नेपाल टेलिकमका सबै सेवा अवरुद्ध छन् । बुधबार राति १२ बजेबाट खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लामा नेपाल टेलिकमद्वारा वितरित नमस्ते मोबाइल, ल्याण्डलाइन टेलिफोन तथा एडिएसएल सेवा अवरुद्ध भएको हो । हावाहुरीले उदयपुरको चित्रेथानमा रहेको टावरमा जडान गरिएको रेडियो लिङ्कको छाता अन्यन्त्र बङ्ग्याएपछि सेवा अवरुद्ध भएको नेपाल टेलिकम खोटाङका प्रमुख खगेन्द्र मगरले...
-
२०७६ श्रावण २४, शुक्रबार
धार्मिक क्षेत्रमा उपचारको प्रबन्ध
यही साउन ३० गते जनैपूर्णिमा पर्वका अवसरमा लाग्ने पवित्र तीर्थ गोसाइँकुण्ड मेलाका यात्रुको प्राथमिक उपचार गर्ने स्थान छनोट भएको छ । विगतको भन्दा यस वर्ष चिकित्सकको सङ्ख्या थप गरिएकाले उपचार सेवा बढी प्रभावकारी हुने अपेक्षा गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार १५ हजार भक्तजनले पवित्र तीर्थ गोसाइँकुण्ड पुग्ने लक्ष्यका साथ धार्मिकमार्गको छ स्थानमा...
-
२०७६ श्रावण २४, शुक्रबार
एक वर्षमा २० विधेयक प्रमाणीकरण
प्रदेश नं १ का प्रदेश प्रमुख प्राडा गोविन्दबहादुर तुम्बाहाङले प्रदेशसभा गठन भएयता ३३ वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । आर्थिक वर्ष २०७४÷७५ को तुलनामा आव २०७५÷७६ मा सात वटा बढी विधेयक प्रमाणीकरण भएकोे छ । अघिल्लो आवमा १३ विधेयक प्रमाणीकरण गर्नुभएका प्रमुख तुम्बाहाङले आव २०७५÷७६ को असार मसान्तसम्ममा २० विधेयकसहित ३३ विधेयक प्रमाणीकरण गरिसकेको प्रदेश प्रमुखका प्रेस सल्लाहकार शेखर रेग्मीले जानकारी...
-
२०७६ श्रावण २४, शुक्रबार
जहाँ सूचना अधिकारी नै छैनन्
यहाँका पाँच सरकारी कार्यालयले सूचना अधिकारी नै नतोकेको फेला परेको छ । विहीबार प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतको नेतृत्वमा जाजरकोटका १३ सरकारी कार्यालयको अनुगमन गर्दा यस्तो फेलापरेको हो । सूचना अधिकारी नै भएका कार्यालयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला विभाग, कृषि ज्ञान केन्द्र, बृहत् जलाधार कार्यालय, डिभिजन वन कार्यालय र जाजरकोट अस्पताल तथा स्वास्थ्य कार्यालयमा सूचना अधिकारी...
-
२०७६ श्रावण २४, शुक्रबार
कर भ्याटको बिरोधमा असन पसलहरु बन्द
खुद्रा व्यापारीलाई पनि अबदेखि अनिवार्य रुपमा भ्याट तथा प्यान लागु गरिएको हुनाले यसबाट पसल चलाउन नसकिने र पसलमा राख्ने सामान सम्म किन्न नमिल्ने भएकोले आज शुक्रबार असंन पसलेहरुले सबै पसल बन्द गरि विरोध गरेका छन् । सरकारले खुद्रा व्यापारीलाई समेत करको दायरामा राखेर करको नाममा कर आतंक गरेको भन्दै विरोधमा असन पसलहरु बन्द गरिएको हो ।
-
२०७६ श्रावण २४, शुक्रबार
नेपाल आर्दशमा नेवाः संस्कृति, संस्कारको प्रदर्शनी
नेवाः स्यनामि दबू नेपालमण्डलको आयोजनामा विभिन्न स्कुलका विद्यार्थीहरुको सहभागीतामा नेपाल आदर्शमा विभिन्न खालका संस्कृति र संस्कारको बृहत्त प्रदर्शनी भएको छ । सो प्रदर्शनी शताब्दी पुरुष सत्यमोहन जोशीं उद्घाटन गर्नुभयो । सो कार्यक्रम विद्यालयका पूर्व प्रधानाध्यापक कृष्णभक्त मानन्धरको सभापतित्वमा भएको थियो । प्रदर्शनीमा २६ वटा विद्यालयले नेवाः जातिको संस्कार संस्कृतिहरु प्रदर्शन गरेका छन् ।...
-
२०७६ श्रावण २४, शुक्रबार
सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्ने पुरुष बढ्दै
देवानी संहिता २०७५ लागू भएपछि झापा जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्ने पुरुषको सङ्ख्या बढेको छ । २०७५ भदौ १ गतेदेखि लागू भएको देवानी संहितापछि जिल्ला अदालतमा ३०४ वटा सम्बन्धविच्छेदका मुद्दा पुरुषले दर्ता गराएको तथ्याङ्कले देखाएको छ । देवानी संहिता लागू भएपछिको ११ महीनाको अवधिमा मात्र सम्बन्धविच्छेदका ८१८ मुद्दा दर्ता भएको अदालतको तथ्याङ्कमा छ । महिलातर्फ ५१४ र पुरुषले ३०४ मुद्दा...
-
२०७६ श्रावण २४, शुक्रबार
ललितपुरमा पनि यान्त्रिक कुचो
ललितपुर महानगरपालिकाको मुख्य सडकमा अब दैनिक एक घण्टा ब्रुमर ९यान्त्रिक कुचो० सञ्चालन हुने भएको छ । हिलो र धुलोमुक्त महानगर बनाउने अभियानअनुरुप ललितपुरमा आज दुई ब्रुमर र दुई पानी ट्याङ्करको उद्घाटन महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले गर्नुभयो । उहाँले भन्नुभयो, “ललितपुरको मुख्य सडक थापाथली पुलदेखि सातदोबाटोसम्म दैनिक एक घण्टा ब्रुमरले सडक सफा गर्नेछ । यी ब्रुमर ललितपुरका अन्य मुख्य सडक...
-
२०७६ श्रावण २४, शुक्रबार
मासुमा शङ्का लागे डिएनए परीक्षण
तपाईंले खाइरहनुभएको मासु कुन जनावरको हो भन्ने शङ्का लागेको छ रु खसी, बोका वा कुखुराको भन्दै अरु कुनै जन्तुको मासु खाइरहनु भएको त छैन र यदि यस्तो तपाईंलाई शङ्का छ भने त्यसको समाधान हुनसक्छ डिएनए परीक्षण । खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गत आवमा मात्रै झण्डै ६५ वटा जनावरसम्बन्धी मुद्दामा डिएनए परीक्षणद्वारा समाधान निकालिएको छ । तीमध्ये ४९ वटा मुद्दा वन्यजन्तुसम्बन्धी र १६ मुद्दा...


