राष्ट्रिय
-
२०७६ श्रावण २३, बिहिबार
वरिष्ठ कलाकार चिनीकाजी ताम्राकार र टेकवीर मुखियालाई आधुनिक कला सम्मान
सोसाइटी अफ मोडर्न आर्टिष्ट (सोमा)ले वरिष्ठ कलाकार चिनीकाजी ताम्राकार र टेकवीर मुखियालाई कलाकार लैनसिंह वाङ्देलका स्मृतिमा स्थापित ‘आधुनिक कला सम्मान–२०७६’ प्रदान गर्ने भएको छ । सोमाको आयोजनामा नेपाल कला परिषद्मा आगामी भदौ ५–९ गतेसम्म हुने ‘कलापुञ्ज–६’ का अवसरमा सो सम्मान प्रदान गर्न लागिएको सोमाका महासचिव जीवन राजोपाध्यायले जानकारी दिनुभयो । सोही अवसरमा कलाकार हीरालाल डङ्गोल, कर्ण मास्के र...
-
२०७६ श्रावण २३, बिहिबार
सार्वजनिक जग्गा खोजी गर्दै काठमाडौँ महानगरपालिका
काठमाडौँ महानगरपालिकाले महानगरभित्रका सार्वजनिक जग्गाको अभिलेख राख्ने भएको छ । सबै वडा कार्यालयमार्फत महानगरभित्रका सार्वजनिक जग्गाको खोजी गरेर एकीकृत तथ्याङ्क राख्न लागिएको कामपाले जनाएको छ । विसं २०७२ को भूकम्पपछि महानगरवासीले आफ्नो वडामा भएका सार्वजनिक जग्गाको संरक्षण होस् भन्ने चाहेको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताउनुभयो । छ महीना पहिले सबै वडालाई आफ्नो वडा भित्रका सार्वजनिक जग्गाको...
-
२०७६ श्रावण २३, बिहिबार
बागलुङका बिरामीलाई पोर्चुगलबाट सहयोग
बागलुङ समाज पोर्चुगलले बागलुङ जिल्लाका मिर्गौलापीडित र क्सान्सरपीडित बिरामीलाई आर्थिक सहयोग प्रदान गरेको छ । समाजको पहलमा पोर्चुगलमा सङ्कलन भएको दुई हजार ४०० युरो अर्थात् रु दुई लाख ९३ हजार २८० जिल्लाका तीन बिरामीलाई सहयोगस्वरुप प्रदान गरिएको समाजका अध्यक्ष प्रेम खड्काले राससलाई जानकारी दिनुभयो । अर्थाभावका कारण उपचारमा समस्या भएको खबर प्राप्त भएपछि बिरामीको उपचार नरोकियोस् भन्ने उद्देश्यले रकम...
-
२०७६ श्रावण २३, बिहिबार
विश्वविद्यालयमा तालाबन्दी
तीन दिनदेखि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा विद्यार्थी सङ्गठनहरुले तालाबन्दी गरेका छन् । विश्वविद्यालयले हरेक वर्ष १० प्रतिशतका दरले गर्ने भर्ना शुल्कमा वृद्धि खारेज गर्नुपर्ने माग गर्दै आन्दोलित विद्यार्थी सङ्गठनहरुले तालाबन्दी गरेका हुन् । विभिन्न माग राख्दै तीन दिनयता स्वतन्त्र विद्यार्थी युनियन र संयुक्त विद्यार्थी सङ्गठनले ताला लगाएका छन् । उपकुलपतिको कार्यालय,...
-
२०७६ श्रावण २२, बुधबार
प्रधानमन्त्री स्तब्ध, समवेदना व्यक्त
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका वरिष्ठ नेता तथा पूर्वविदेशमन्त्री शुष्मा स्वराजको असामयिक निधन भएको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ । सिङ्गापुरमा स्वास्थ्योपचार गराइरहनुभएका प्रधानमन्त्री ओलीले ट्विट गर्दै भारत सरकार र त्यहाँका जनताका साथै शोकाकुल परिवारजनमा गहिरो सहानुभूति एवं समवेदना व्यक्त गर्नुभएको छ । यसैगरी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि भारतका पूर्वबाह्य मामिलामन्त्री...
-
२०७६ श्रावण २२, बुधबार
गोसाइँकुण्ड जाने दुई पदमार्ग सञ्चालनमा
गोसाइँकुण्डमा जनैपूर्णिमाका अवसरमा लाग्ने मेलामा सहभागी हुन नुवाकोट हुँदै जाने अर्को पदमार्ग पनि व्यवस्थित गरी सञ्चालनमा ल्याइएको छ । काठमाडौँको सुन्दरीजल र नुवाकोटको समुन्द्रटार हुँदै जाने सो पदमार्ग सुधार गरिएको हो । साथै रसुवाको धुञ्चे हुँदै जाने मुख्य पदमार्ग पनि यथावत छ । हिन्दू र बौद्ध धर्मालम्वीको अस्थाको केन्द्रको रूपमा रहेको गोसाइँकुण्डसम्म पुग्न पर्यटकीय पदमार्ग तथा प्राकृतिक...
-
२०७६ श्रावण २२, बुधबार
‘बिआरआई समृद्धिको वाहक’
चीनले अघि सारेको अर्बौं अमेरिकी डलर लगानी हुने महत्वाकाङ्क्षी परियोजना बिआरआई समृद्धिको वाहक भएको र त्यसमा जोडिने देश प्रगतिको पथतर्फ उन्मुुख हुने अभिमत सार्वजनिक भएको छ । एकसय ३५ राष्ट्र र ३० वटा अन्तर्राष्ट्रिय सङ्घसंस्थाले आबद्धताका निम्ति समझदारीपत्रमा हस्ताक्षर गरेर साझेदारीका निम्ति प्रतिबद्धता व्यक्त गरेको बिआरआई शान्ति र विकासको वाहक पनि भएको चिनियाँ अधिकारीहरू बताउँछन् । प्रतिस्पर्धा...
-
२०७६ श्रावण २२, बुधबार
लिलामी नहुँदा भन्सारमै थन्किए सवारी साधन
सरकारी निकायको बेवास्ताका कारण नेपालगञ्ज भन्सार कार्यालयमा लाखौँ मूल्यका सवारी साधन लिलाम नहुँदा थन्किएका छन् । मूल्याङ्कन गर्न ढिलाइ भएका कारण बरामद भएका सवारी सधानको लिलाम प्रक्रिया शुरु गर्न नसकिएको भन्सार कार्यालयले जनाएको छ । लिलामी हुन नसक्दा सवारी साधन जीर्ण अवस्थामा थन्किएका छन् । सुरक्षाकर्मीले करीब पाँच वर्षअघिदेखि नियन्त्रणमा लिएका चोरीका सवारी साधन अझै लिलाम बिक्री हुन सकेका छैनन् ।...
-
२०७६ श्रावण २२, बुधबार
आलेख ः गाउँघरमा सिलोक गाउन छाडे
‘इज्जत थाम्न भनेर धेरै गहना मागेर ल्याइकन । भोलिपल्ट फुकाल्नुपर्दछ नी उहाँ देखि बोक्नु किन ।। चार दिनलाई भनेर मागन गई पाइन्छ यहीँ पनि । भोलिपल्ट थाहा हुनेछ गहना कस्का रहेछन् भनी ।।’ यी पङ्क्ति नेपाली समाजमा बिहेबारीका क्रममा गाउने सिलोक श्लोक हुन् । यसको आफ्नै लय हुन्छ । जेनतेन छोरीलाई अर्काको घर पठाउन मन बाँधेर बिदाइ गर्न लागेका बाबुआमा र आफन्तलाई यस्ता सिलोकले धुरुधुरु रुवाइदिन्छ । बेहुली...
-
२०७६ श्रावण २२, बुधबार
बोटे बस्तीमा घरबास सञ्चालन गरिने
मकवानपुरको मनहरी गाउँपालिका रमौली प्रतापपुरमा निर्माण गरिएको एकीकृत बोटे बस्तीलाई होमस्टे घरबास का रुपमा विकास गरिने भएको छ । मनहरी गाउँपालिकाको पहलमा प्रदेश सरकारको रु ५० लाख र गाउँपालिकाको रु २० लाख लगानी गरेर निर्माणाधीन बोटे बस्तीलाई गाउँपालिकाले नै होमस्टे निर्माण गरेर आर्थिक अवस्था सुधारका लागि काम गरिने जनाएको छ । रमौलीमा बोटे समुदायका लागि १४ वटा घर निर्माणाधीन रहेकोे गाउँपालिकाका अध्यक्ष...
-
२०७६ श्रावण २२, बुधबार
विपद् पूर्वानुमान गर्न सेन्सर जडान
विपद् व्यवस्थापनका लागि बाँकेको कोहलपुर र बैजनाथमा सेन्सर जडान गरिएको छ । विपद्सम्बन्धी पूर्वजानकारी दिन बाँकेका आठ स्थानीय तहमध्ये दुई स्थानीय तहमा अत्याधुनिक सेन्सर जडान गरिएको हो । स्थानीय तहसँगको समन्वयमा ताइवानी संस्था नेशनल साइन्स एण्ड टेक्नोलोजी सेन्टर फर डिजास्टर रिडक्सन ९एनसिडीआर०को आर्थिक सहयोगमा कोहलपुर र बैजनाथका १२ स्थानमा सेन्सर जडान गरिएको हो । जडान गरिएका सेन्सरलाई नियन्त्रण...
-
२०७६ श्रावण २२, बुधबार
अभिलेखालयमै पुग्दैनन् २५ वर्ष पुराना सरकारी अभिलेख
अभिलेख संरक्षण ऐन २०४६ मा सबै सरकारी कार्यालयले २५ वर्ष पुराना अभिलेख संरक्षणका लागि राष्ट्रिय अभिलेखालयमा बुझाउनुपर्ने व्यवस्था गरे पनि कार्यान्वयन भने हुन सकेको छैन । कानून बनेको ३० वर्षमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण, कानून, न्याय तथा संसदीय मामिला र रक्षा मन्त्रालयले मात्र अभिलेख शाखा स्थापना गरी २५ वर्ष पुराना अभिलेख अभिलेखालयमा पठाएका छन् । बाँकी मन्त्रालय तथा विभागले उक्त...


