relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ श्रावण १९, आइतबार

    एक्काइस सय लिटर नष्ट

    सूर्यविनायक नगरपालिका–७ स्थित क्वुवा चोक क्षेत्रमा अवैधरूपमा उत्पादन गरिएको करीब दुई हजार १०० लिटर अवैध घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ । यस क्षेत्रमा अत्याधिक मात्रामा घरेलु मदिरा उत्पादन गर्ने र स्थानीय तथा अन्य बजारमा बिक्री गर्दा झगडा एवं हिंसा बढेपछि स्थानीयले दिएको उजुरीको आधारमा महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले आकस्मिकरूपमा छापा मारेर उत्पादन भइरहेको क्षेत्रबाट नियन्त्रणमा...

  • २०७६ श्रावण १९, आइतबार

    पत्रकार थापाको मृत्यु

    नेपाल पत्रकार महासङ्घ जाजरकोटका निवर्तमान उपाध्यक्ष तथा प्रदेश सभासद डिल्लीबहादुर थापाको शनिबार मृत्यु भएको छ । उच्च रक्तचापका विरामी थापालाई जाजरकोट अस्पतालमा शनिबार दिउँसो भर्ना गरिएकोमा थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । कुशे गाउँपालिका–५ दम्दालका स्थानीयवासी लामो समयदेखि पत्रकारितामा सक्रिय ४० वर्षीय थापा पछिल्लो समय नेपाल पोष्ट खबर डटकममा आवद्ध हुनुहुन्थ्यो ।...

  • २०७६ श्रावण १९, आइतबार

    रोल्पाकै पहिलो महिला अधिवक्ता

    रोल्पा नगरपालिका–४ लिवाङकी प्रकृति मल्ल रोल्पा जिल्लाको पहिलो महिला अधिवक्ता बन्नुभएको छ । नेपाल कानून व्यवसायी परिषद्ले लिएको अधिवक्ता तहको २६औँ परीक्षा उत्तिर्णसँगै मल्ल जिल्लाकै पहिलो महिला अधिवक्ता बन्नुभएको हो । अधिवक्ता परीक्षामा सयौँ प्रतिस्पर्धीलाई पछि पार्दै उहाँले चौथो स्थान हासिल गर्नुभयो । परिषद्ले उत्कृष्ट १० स्थान हासिल गर्नेहरुको नामसमेत सार्वजनिक गर्ने गर्दछ । त्यसरी नाम सार्वजनिक...

  • २०७६ श्रावण १९, आइतबार

    पर्यटन मजदुरलाई निःशुल्क चिनियाँ भाषा तालीम

    पोखरामा पर्यटन क्षेत्रमा कार्यरत मजदुुरहरुका लागि चिनियाँ भाषाको निःशुल्क तालीम शुरु भएको छ । नेपाल भ्रमण वर्ष २०२० तथा गण्डकी प्रदेश सरकारको आन्तिरक पर्यटन वर्षलाई सफल बनाउने उद्देश्यले नेपाल ट्रेकिङ–ट्राभल्स–¥याफटिङ–एयरलाइन्स, पुरातात्विक–संस्कृति कार्गो, कुरियर कर्मचारी मजदुर युनियन ९युनिट्राभ० गण्डकी प्रदेशको आयोजनामा शनिबारदेखि शुरु भएको सो तालीम आगामी भदौ १८ गतेसम्म सञ्चालन हुनेछ । नेपालमा...

  • २०७६ श्रावण १९, आइतबार

    रणनीतिक महत्वको त्रिशूली थ्री बी सवस्टेशन ः लोभलाग्दो प्रगति

    तोकिएको समयमा काम नहुने रोगबाट व्याप्त छ नेपाल । साना, मझौला तथा ठूला आयोजना त्यसैको मारमा परेका छन् । निर्माण व्यवसायीको अनेकन बहाना, स्थानीयवासीको अवरोध तथा अन्य प्राविधिक र प्रशासनिक झन्झटका कारण पनि परियोजनामा ढिलाइ हुँदै आएको छ । प्राकृतिक विपत्ति तथा अन्य कारण पनि आयोजनाको ढिलाइका कारण बन्दै आएका छन् । त्यस्ता कारणले गर्दा सरकारको अपेक्षासमेत पूरा नहुने र समय र लागत बढ्दा पर्ने नकारात्मक...

  • २०७६ श्रावण १९, आइतबार

    ग्यारेजमा थन्किए घुम्ती शौचालय

    नेपालगञ्ज उपमहानगरपालिकाका मुख्य चोकहरुमा सार्वजनिक शौचालय छैनन् । यहाँका मुख्य चोकहरुमा सवारीसाधन र पैदलयात्रुको भीडभाड नै हुन्छ । यसैलाई मध्यनजर गर्दै एशियाली विकास बैंक ९एडिबी०को सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाले रु ५९ लाखमा खरीद गरेर ल्याएका चार घुम्ती शौचालय आजभोलि घुम्न छाडेर उपयोगविहीन भएका छन् । करीब तीन महीना चोक–चोकमा राखिएका घुम्ती शौचालयमा शौच गर्न ग्राहकहरु नै नआएको भन्दै ती शौचालय...

  • २०७६ श्रावण १९, आइतबार

    मटिहानीमा झुलनोत्सव पर्व

    महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–७स्थित प्रसिद्ध लक्ष्मीनारायण मठमा परम्परागत रुपमा मनाउँँदै आइएको पौराणिक झुलनोत्सव पर्व आजदेखि शुरु भएको छ । आउँदो पूर्णिमा दिनसम्म मनाइने सो पर्वका अवसरमा मटिहानीस्थित लक्ष्मीनारायण मठबाट प्रत्येक दिन कलात्मक पालकीमा बाजागाजाका साथ भगवान् रामसीताको मूर्ति राखी भजन किर्तन गर्दै झुलाघरमा लगिने गरिन्छ । उक्त मठका साथै जनकपुरधाम, सर्लाही, सिराहा, सप्तरी र भारतको...

  • २०७६ श्रावण १९, आइतबार

    आपत्कालीन कोषले आयआर्जनमा टेवा पु¥याउँदै

    कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिलकीका मङ्गलप्रसाद चौधरीलाई ऋण खोज्नका लागि बैंक र सहकारी संस्था चहार्दै हिँडनु पर्दैन । ऋण लिनका लागि सिफारिश र अन्य कागजात बनाउने झन्झटसमेत छैन । चाहेको बेला बिनाझन्झट ऋण पाइने गरेको छ । गाउँमै गठन गरिएको इटाहा सामुदायिक विपद् व्यवस्थापन समितिमा चौधरी आबद्ध भएपछि उहाँले सहजरूपमा ऋण पाउन थाल्नुभएको छ । न्यून ब्याजमा सहजरूपमा ऋण पाइन थालेपछि समितिमा आबद्ध...

  • २०७६ श्रावण १९, आइतबार

    प्रदेश नं। २ मा रु तीन अर्ब ५९ करोडको क्षति

    अत्यधिक वर्षाका कारण गत महिना आएको बाढीपहिरो र डुबानमा परी सबैभन्दा बढी प्रदेश नं। २ मा करीब रु तीन अर्ब ५९ करोडको क्षति भएको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आज बसेको बैठकमा कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणी खनालले सो विवरण प्रस्तुत गर्नुभएको हो । उहाँले प्रदेश २ का ८ जिल्लामा कृषितर्फ रु १ अर्ब ९७ करोड तथा पशुपक्षीतर्फ रु १ अर्ब ६२ करोडको क्षति...

  • २०७६ श्रावण १९, आइतबार

    ६० परिवारलाई गोबरग्यास वितरण गरिँदै

    राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरले त्यहाँ पालिएका गाईको गोबरबाट ६० परिवारलाई पुग्ने गरी ग्यास उत्पादनको अन्तिम तयारी गरेको छ । फार्ममा रहेका १६० गाईको मलमूत्रले धान्ने गरी २०० घनमिटरको गोबरग्यास प्लान्ट निर्माण गरिएको हो । कार्यक्रमका प्रमुख डा माधवप्रसाद आचार्यका अनुसार गोबरग्यास प्लान्ट निर्माण गरी घर–घरमा पाइप लाइन विस्तारसमेत गरिसकिएको छ । त्यहाँ उत्पादित ग्यास कार्यक्रमका कर्मचारीको...

  • २०७६ श्रावण १९, आइतबार

    सर्प, अग्नि र चट्याङको भयबाट बच्न नाग पूजा साउन २० गते प्रचार प्रसार गर्ने

    प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको तस्वीरसहित पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी लगायतका जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने भएकाले सोमबार नागपञ्चमीको...

  • २०७६ श्रावण १९, आइतबार

    बौद्ध सङ्ग्रहालय स्थापना हुँदै

    महामानव गौतमबुद्धको अस्तुधातु रहेको प्राचीन रामग्राम स्तूप प्रवद्र्धनका लागि बौद्ध सङ्ग्रहालय स्थापना गरिने भएको छ । पश्चिम नवलपरासीको रामग्राम–७ स्थित रामग्राम स्तूप क्षेत्रमा प्रदेश ५ सरकारले स्थापना गर्ने उक्त सङ्ग्रहालयका लागि प्रक्रिया पनि शुरु गरिएको छ । प्रदेश सरकारले चालू आव को बजेटमा उक्त स्तूपमा बुद्धकालीन सङ्ग्रहालय स्थापना गर्ने घोषणा गर्नाका साथै रु एक करोड विनियोजन गरेको छ । अहिले...

Pages