राष्ट्रिय
-
२०७६ श्रावण १७, शुक्रबार
चलचित्र क्षेत्रको उत्थानका लागि सरकार प्रतिबद्धः मन्त्री बाँस्कोटा
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चलचित्र क्षेत्रको संरक्षण र उत्थानका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल चलचित्र कलाकार सङ्घको नवनिर्वाचित कार्य समितिलाई आज मन्त्रालयमा स्वागत गर्दै उहाँले सरकारले ल्याउन लागेको चलचित्रसम्बन्धी विधेयकमा लिखित सुझाव पेश गर्न सङ्घलाई आग्रह गर्नुभयो । मन्त्री बाँस्कोटाले विधेयक प्रक्रियामा अघि बढिसकेपछि प्रतिपक्षलगायत विभिन्न...
-
२०७६ श्रावण १७, शुक्रबार
लोकमार्गमा सास्ती उस्तै
सदरमुकाम बागलुङ बजार कटेर पश्चिम लागेपछि मध्यपहाडी पुष्पलाल लोकमार्गको दयनीय अवस्था आँखाअघि आउँछ । वर्षायाममा त लोकमार्ग झन् ‘बेहाल’ देखिन्छ । पहिरो छल्दै, हिलो छिचोल्दै यात्रा गर्नुपर्छ । घोडाबाँधे नपुगुञ्जेल सास्ती घट्दैन । त्यतिञ्जेल २५ किमी यात्रा तय भइसकेको हुन्छ । त्यहाँ पुगेपछि भने केही राहत महसुस हुन्छ । थकित बनेका यात्रुले सन्तोषको सास फेर्छन् । काठेखोला गाउँपालिकाको घोडाबाँधेबाट भने...
-
२०७६ श्रावण १७, शुक्रबार
वरिष्ठ नेता पौडेलद्वारा शोक व्यक्त
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराईको आमाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज शोकवक्तव्य जारी गर्दै भट्टराईकी आमा वसुन्धरा भट्टराईको निधनले आफूलाई स्तब्ध बनाएको बताउनुभयो । “काङ्ग्रेसका क्रियाशील सदस्य रहनुभएकी भट्टराईको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको छ”, उहाँको शोक वक्तव्यमा उल्लेख छ । वरिष्ठ नेता पौडेलले यस दुःखद् घडीमा...
-
२०७६ श्रावण १७, शुक्रबार
जीवराज आश्रित सङ्ग्रहालय सर्र्वसाधारणका लागि खुला गरिने
बुटवलमा निर्माण गरिएको जीवराज आश्रित सङ्ग्रहालय सर्र्वसाधारणका लागि खुला गरिने भएको छ । जीवराज आश्रित स्मृति प्रतिष्ठान नेपालले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी साउन १८ गतेदेखि सङ्ग्रहालय खुला गरिने जानकारी गराएको हो । सङ्ग्रहालयमा जीवराज आश्रित र उहाँको जीवनसँग जोडिएका विभिन्न सामग्रीहरु राखिएको प्रतिष्ठानका अध्यक्ष उमाकान्त बस्यालले जानकारी दिनुभयो । प्रतिष्ठानले बुटवल उपमहानगरपालिका वडा नं...
-
२०७६ श्रावण १७, शुक्रबार
कार्यालय प्रमुखसँग नगरप्रमुखको कार्यसम्पादन सम्झौता
भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले कार्यालय प्रमुखसित विहीबार कार्यसम्पादन सम्झौता गर्नुभएको छ । नगरपालिका कार्यालयमा नगरप्रमुख विष्ट र निमित्त प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्टले कार्यसम्पादन सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । नगरपालिकाकाको कार्यसम्पादनलाई प्रभावकारी बनाउन हस्ताक्षर गरिएको सम्झौतापत्रमा प्रमुख प्रशासकीय अधिकृतका लागि १५ बुँदे काम, कर्तव्य, उत्तरदायित्व र...
-
२०७६ श्रावण १७, शुक्रबार
१४४ मजदूर हटाइयो,एकको मृत्यु
मकवानपुर जिल्लाको उद्योगहरुमा कार्यरत १४४ जना मजदूरलाई यस वर्ष जागिरबाट हटाइएको छ । साथै एक मजदूरको काम गर्दागर्दै करेण्ट लागेर मृत्यु भएको श्रम तथा रोजगार कार्यालय हेटौँडाले जनाएको छ । कार्यालयबाट आर्थिक वर्ष ७५÷७६ को प्राप्त विवरणअनुसार हेटौँडा औद्योगिक क्षेत्रमा रहेको युनिक शोप एण्ड केमिकल्स इण्डस्ट्रिज प्रालि तथा अन्य औद्योगिक प्रतिष्ठानबाट उक्त मजदूर हटाइएको बताइएको छ । सोही आर्थिक वर्षमा...
-
२०७६ श्रावण १७, शुक्रबार
विराटनगरमा ‘खारजी ग्रिनपार्क’ सञ्चालन
विराटनगर महानगरपालिका–४ स्थित निर्माण गरिएको ‘खारजी ग्रिनपार्क’ बिहीबारदेखि सञ्चालनमा आएको छ । महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगरको प्रत्येक वडामा एक उद्यान निर्माणको अभियान शुरूआत भएको बताउनुभयो । उहाँले उद्यानको निर्माणबाट वडाको सौन्दर्य बढाउनुका साथै वडावासी युवतायुवतीका साथै ज्येष्ठ नागरिकलाई एकै स्थानमा भेला हुने थलो बन्ने धारणा व्यक्त गर्नुभयो । निःशुल्क वाइफाइजडित उक्त उद्यानको बीचमा...
-
२०७६ श्रावण १७, शुक्रबार
सामूहिक तरकारी खेती
सामूहिक तरकारीखेतीमा जिल्लाका बेरोजगार युवाले रोजगारी पाउन थालेका छन् । तानसेन नगरपालिका–७, प्रभाषमा सामूहिक तरकारीखेतीमा १३ युवाले रोजगारी पाएका हुन् । उनीहरूले जनही मासिक रु नौ हजार पारिश्रमिक पाउँछन् । सामूहिक तरकारी खेतीका लागि केही युवाले ४० रोपनी जग्गा भाडामा लिएबापत वार्षिक रु ८० हजार जग्गाधनीलाई तिर्नेगरी व्यावसायिक तरकारी उत्पादनमा जुटेका हुन् । विसं २०७५ माघ महीनादेखि सञ्चालित सामूहिक...
-
२०७६ श्रावण १७, शुक्रबार
राष्ट्रिय प्रसारणमा २२ मेगावाट थप
पाँचथरको फिदिम नगरपालिका–४ मा हालै निर्माण सम्पन्न भएको तल्लो हेवा जलविद्युत् आयोजनाबाट २२।३४ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । काबेली कोरिडोर १३२ केभी प्रसारण लाइनको निर्माण पूरा भएसँगै साउन ४ बाट यस आयोजनाको परीक्षण उत्पादन भइरहेको छ । यहाँ उत्पादित विद्युत् अहिले केन्द्रीय प्रसारण लाइनमा धमाधम प्रवाह भइरहेको छ । २२।१ मेगावाट लक्ष्यको तल्लो हेवाको अहिलेको वास्तविक उत्पादन २२...
-
२०७६ श्रावण १७, शुक्रबार
कर्णालीसम्म पुग्छ बाँकेका ईंटा
नेपालगञ्जको पुरानो बजार एकलैनी, सदरलाइन, त्रिभुवन चोक जस्ता बस्ती सयौं वर्षअघि बने । ईंटाको पर्खाल र ईंटाकै ढलान भएका घरहरु अहिले पनि देख्न सकिन्छ । यी घरहरु बन्ने बेलामा नेपालगञ्जमा ईंटा पाइँदैन्थ्यो । घर बनाउनका लागि भारतबाट ईंटा ल्याउनुपथ्र्यो । विसं २०६४ साल अघिसम्म भारतको बाबागञ्जबाट नेपालगञ्जमा ईंटा भित्रिन्थ्यो । त्यहाँबाट ल्याइएका ईंटाबाट यहाँका धेरै घर बने । बाबागञ्जको ईंटाले सुर्खेतसम्म...
-
२०७६ श्रावण १७, शुक्रबार
सांसद विकास कोषको लगानीमा डिजेल प्लान्ट जुम्ला पुग्यो
सानाजलद्यिुत् उपभोक्ता समितिको निर्माणाधीन विद्युत् बन्न ढिलाइ भएपछि १७ दिनदेखि पूर्ण अँध्यारो जुम्ला सदरमुकाम उज्यालो गर्न सांसद विकास कोषको लगानीमा डिजेल प्लान्टबाट बत्ती बालिने भएको छ । भारतीय राजदूतावासको सहयोगमा निर्माणाधीन मेसिन जडान नहँुदै बिग्रिएपछि मेसिन बन्ने समयसम्म डिजेलबाट जुम्ला सदरमुकाम उज्यालो गरिने भएको साना जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर बुढ्थापाले जानकारी...
-
२०७६ श्रावण १७, शुक्रबार
वडा कार्यालय भवन निर्माण गर्दै कामपा
काठमाडौँ महानगरपालिकाले आवश्यकतानुसार वडा कार्यालयका भवन निर्माण गर्ने र तला थप्ने भएको छ । अहिले कामपा–६, ७, ८, १४ र २६ को भवन पुनर्निर्माण गर्न लागिएको हो । कामपाले वडा नं १५, ३२ लगायत अन्य वडा कार्यालयमा भने अहिले भइरहेको भवनमा तला थप्ने भएकोे छ । तला थप र नयाँ भवन निर्माणका लागि यस वर्षको बजेटमा ती वडामा रु चार करोडदेखि रु आठ करोडसम्म बजेट विनियोजन गरिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले...


