राष्ट्रिय
-
२०७६ श्रावण १९, आइतबार
बौद्ध सङ्ग्रहालय स्थापना हुँदै
महामानव गौतमबुद्धको अस्तुधातु रहेको प्राचीन रामग्राम स्तूप प्रवद्र्धनका लागि बौद्ध सङ्ग्रहालय स्थापना गरिने भएको छ । पश्चिम नवलपरासीको रामग्राम–७ स्थित रामग्राम स्तूप क्षेत्रमा प्रदेश ५ सरकारले स्थापना गर्ने उक्त सङ्ग्रहालयका लागि प्रक्रिया पनि शुरु गरिएको छ । प्रदेश सरकारले चालू आव को बजेटमा उक्त स्तूपमा बुद्धकालीन सङ्ग्रहालय स्थापना गर्ने घोषणा गर्नाका साथै रु एक करोड विनियोजन गरेको छ । अहिले...
-
२०७६ श्रावण १८, शनिबार
लेकसाइडको व्यवसाय विवाद अदालतमा
पर्यटकीय शहर पोखराको लेकसाइड २४ सैँ घण्टा खुलाउन रेष्टुराँ एन्ड बार एशोसिएशन अफ नेपाल रेबान पोखराले पहल थालिरहँदा होटल सङ्घ भने यसको विपक्षमा उभिएको छ । लेकसाइडका स्थानीय आमा समूह, सामुदायिक प्रहरी सेवा केन्द्रलगायत होटल व्यवसायीनै साँझको ९ बजेपछि सञ्चालन हुने डान्स बार, क्याबिन रेष्टुराँ, दोहोरी साँझ, गजल, स्पा, डिस्को क्लब बन्दनै गराउनुपर्ने आसयको मागसहित अदालत पुगे पछि यतिबेला पोखरामा यस...
-
२०७६ श्रावण १८, शनिबार
प्रम ओली स्वास्थ्य परीक्षण गर्न सिङ्गापुरमा
प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज सिङ्गापुर जानुहुने भएको छ । आज राति सिङ्गापुर जान लाग्नुभएको उहाँका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो । प्रेस सल्लाहकार अर्यालका अनुसार प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण हुनेछ । भोलिदेखि नै उहाँको स्वास्थ्य परीक्षण शुरु हुनेछ । उहाँले एक हप्तासम्म अस्पतालमै रहेर...
-
२०७६ श्रावण १८, शनिबार
दहचोकलाई नमूना पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्छ अध्यक्ष तिमल्सिना
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दहचोकमा रहेको कालुपाण्डे समाधिस्थललाई नमूना पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्र दहचोकस्थित कालुपाण्डेको समाधिस्थलको आज निरीक्षण गर्दै उहाँले समाधिस्थलमा निर्माणाधीन भ्यूटावरलाई आधुनिक प्रविधि र उपकरणको व्यवस्था गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । “कालु पाण्डे समाधिस्थल...
-
२०७६ श्रावण १७, शुक्रबार
कार्यसम्पादन सम्झौताले सरकारको कामलाई नयाँ गति दिन्छ ः अर्थमन्त्री डा खतिवडा
प्रतिनिधिसभा, अर्थ समितिमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ माथि आगामी साउन १९ गतेदेखि दफावार छलफल हुुने भएको छ । समितिको आजको बैठकमा सो विधेयकमाथि संशोधनकर्ता सांसदले आ–आफ्नो धारणा राख्ने कार्य समाप्त भएकाले आइतबारदेखि दफावार छलफल शुुरु हुन लागेको हो । सरकारले वित्तीय सङ्घीयतालाई अझ प्रभावकारी बनाउन सो विधेयक ल्याएको हो । विधेयकले सरकारी...
-
२०७६ श्रावण १७, शुक्रबार
मन्दिरबाट सहयोगापेक्षीको उद्धार
बागलुङ कालिका भगवती मन्दिर परिसरमा रहेका सहयोगपेक्षी मगन्ते को उद्धार गरिएको छ । स्थानीय प्रशासनको सहयोगमा मानवसेवा आश्रमले मन्दिरमा मागेर जीवन गुजारिरहेका उनीहरूलाई उद्धार गरी आश्रममा ल्याइएको हो ।“कोही पनि मानिस सडकमा मागेर बस्नु नपरोस् भनेर अभियान शुरु गरेका छौँ” आश्रमका संयोजक सुमिरा लामाले भन्नुभयो, “एक वर्षभित्र मगन्तेरहित बागलुङ सडक बनाउने हाम्रो लक्ष्य छ ।”मन्दिरबाट तीन जनालाई उद्धार गरी...
-
२०७६ श्रावण १७, शुक्रबार
लोकमार्गमा सास्ती उस्तै
सदरमुकाम बागलुङ बजार कटेर पश्चिम लागेपछि मध्यपहाडी पुष्पलाल लोकमार्गको दयनीय अवस्था आँखाअघि आउँछ । वर्षायाममा त लोकमार्ग झन् ‘बेहाल’ देखिन्छ । पहिरो छल्दै, हिलो छिचोल्दै यात्रा गर्नुपर्छ । घोडाबाँधे नपुगुञ्जेल सास्ती घट्दैन । त्यतिञ्जेल २५ किमी यात्रा तय भइसकेको हुन्छ । त्यहाँ पुगेपछि भने केही राहत महसुस हुन्छ । थकित बनेका यात्रुले सन्तोषको सास फेर्छन् । काठेखोला गाउँपालिकाको घोडाबाँधेबाट भने...
-
२०७६ श्रावण १७, शुक्रबार
चलचित्र क्षेत्रको उत्थानका लागि सरकार प्रतिबद्धः मन्त्री बाँस्कोटा
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चलचित्र क्षेत्रको संरक्षण र उत्थानका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल चलचित्र कलाकार सङ्घको नवनिर्वाचित कार्य समितिलाई आज मन्त्रालयमा स्वागत गर्दै उहाँले सरकारले ल्याउन लागेको चलचित्रसम्बन्धी विधेयकमा लिखित सुझाव पेश गर्न सङ्घलाई आग्रह गर्नुभयो । मन्त्री बाँस्कोटाले विधेयक प्रक्रियामा अघि बढिसकेपछि प्रतिपक्षलगायत विभिन्न...
-
२०७६ श्रावण १७, शुक्रबार
जीवराज आश्रित सङ्ग्रहालय सर्र्वसाधारणका लागि खुला गरिने
बुटवलमा निर्माण गरिएको जीवराज आश्रित सङ्ग्रहालय सर्र्वसाधारणका लागि खुला गरिने भएको छ । जीवराज आश्रित स्मृति प्रतिष्ठान नेपालले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी साउन १८ गतेदेखि सङ्ग्रहालय खुला गरिने जानकारी गराएको हो । सङ्ग्रहालयमा जीवराज आश्रित र उहाँको जीवनसँग जोडिएका विभिन्न सामग्रीहरु राखिएको प्रतिष्ठानका अध्यक्ष उमाकान्त बस्यालले जानकारी दिनुभयो । प्रतिष्ठानले बुटवल उपमहानगरपालिका वडा नं...
-
२०७६ श्रावण १७, शुक्रबार
वरिष्ठ नेता पौडेलद्वारा शोक व्यक्त
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराईको आमाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज शोकवक्तव्य जारी गर्दै भट्टराईकी आमा वसुन्धरा भट्टराईको निधनले आफूलाई स्तब्ध बनाएको बताउनुभयो । “काङ्ग्रेसका क्रियाशील सदस्य रहनुभएकी भट्टराईको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको छ”, उहाँको शोक वक्तव्यमा उल्लेख छ । वरिष्ठ नेता पौडेलले यस दुःखद् घडीमा...
-
२०७६ श्रावण १७, शुक्रबार
कार्यालय प्रमुखसँग नगरप्रमुखको कार्यसम्पादन सम्झौता
भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले कार्यालय प्रमुखसित विहीबार कार्यसम्पादन सम्झौता गर्नुभएको छ । नगरपालिका कार्यालयमा नगरप्रमुख विष्ट र निमित्त प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्टले कार्यसम्पादन सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । नगरपालिकाकाको कार्यसम्पादनलाई प्रभावकारी बनाउन हस्ताक्षर गरिएको सम्झौतापत्रमा प्रमुख प्रशासकीय अधिकृतका लागि १५ बुँदे काम, कर्तव्य, उत्तरदायित्व र...
-
२०७६ श्रावण १७, शुक्रबार
१४४ मजदूर हटाइयो,एकको मृत्यु
मकवानपुर जिल्लाको उद्योगहरुमा कार्यरत १४४ जना मजदूरलाई यस वर्ष जागिरबाट हटाइएको छ । साथै एक मजदूरको काम गर्दागर्दै करेण्ट लागेर मृत्यु भएको श्रम तथा रोजगार कार्यालय हेटौँडाले जनाएको छ । कार्यालयबाट आर्थिक वर्ष ७५÷७६ को प्राप्त विवरणअनुसार हेटौँडा औद्योगिक क्षेत्रमा रहेको युनिक शोप एण्ड केमिकल्स इण्डस्ट्रिज प्रालि तथा अन्य औद्योगिक प्रतिष्ठानबाट उक्त मजदूर हटाइएको बताइएको छ । सोही आर्थिक वर्षमा...


