relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ श्रावण २१, मंगलबार

    सुकुम्वासी सधैँ सुकुम्वासी रहिरहनुपर्छ भन्ने छैन ः मन्त्री अर्याल

    भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले ‘भूमि सम्बन्धी आठौँ संशोधन विधेयक– २०७५ लाई छिटो समितिबाट पारित गरिदिन आग्रह गरेको छ । भूमिसम्बन्धी ऐन २०२१ लाई संशोधन गर्न बनेको सो विधेयक प्रतिनिधिसभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा दफावार छलफलका क्रममा रहेको छ । मन्त्रालयले सो विधेयक एक वर्ष अगाडि समितिमा पठाएको थियो । समितिको आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी...

  • २०७६ श्रावण २१, मंगलबार

    भ्रमण वर्षको तयारी तीव्र

    तेस्रो पर्यटकीय गन्तव्य चितवनमा भ्रमण वर्ष २०२० को तयारी शुरु गरिएको छ । सरकारी र निजी क्षेत्रले सहकार्य गरेर राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा यहाँको पर्यटकीय गन्तव्यको प्रचारका लागि गृहकार्य थालिएको हो । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार जिल्लास्थित सरोकारवालाहरूको सहभागितामा जिल्लास्तरीय सहजीकरण तथा आयोजक समिति गठन गर्न लागिएको छ । यसैगरी जिल्लाका सात वटै पालिकामा...

  • २०७६ श्रावण २१, मंगलबार

    पुरोहितको दक्षिणा रु एक सय एक

    माडी नगरपालिकाले पण्डितलाई दक्षिणास्वरुप दिइने पैसा निर्धारण गरेको छ । नगरपालिकाको दोस्रो कार्यपालिका बैठकले दक्षिणास्वरुप रु १०१ कायम गरेको हो । नगरपालिकाको दोस्रो नगरसभाको निर्णय आज सार्वजनिक गर्दै नगरप्रमुख ठाकुर ढकालले समाजमा हुने भड्किलोपनलाई नियन्त्रण गर्न यो निर्णय गरिएको बताउनुभयो । निर्णय कार्यान्वयनका लागि सम्पूर्ण नगरवासीलाई अपिल गरिने उहाँले जानकारी दिनुभयो । हुने खानेले विवाह,...

  • २०७६ श्रावण २१, मंगलबार

    औद्योगिक विकास निगममा १६ वर्षदेखि ताला

    करीब २० वर्ष अघिसम्म अहिलेजस्तो वाणिज्य बैंकहरू थिएनन् । बैंकिङ कारोवारका विषयमा नागरिकहरूमा पनि धेरै चेतना थिएन । सामान्य रकम चाहिएमा साहुसँग ऋण लिएर व्यापार व्यवसाय चलाउँदै साहुलाई ब्याजसहित फिर्ता गर्नुपथ्र्यो । सानो उद्योग सञ्चालन गर्नका लागि साहुकै भर पर्नुपथ्र्यो । वाणिज्य बैंकहरू नहुँदा भनेजस्तो ऋण पाउन पनि मुस्किल थियो । २० वर्षअघिको समयलाई नजरअन्दाज गर्ने हो भने अझ पञ्चायतकालीन अवस्थामा...

  • २०७६ श्रावण २१, मंगलबार

    ‘गुथियारसँग वार्ताको पहल भएको छैन’

    कला संस्कृतिले धनी नेवार समुदायको महत्वपूर्ण सम्पत्ति भनेको हजारौँ वर्षअघि आप्mना पुर्खाले स्थापना गरेको गुथी, योसँग जोडिएको संस्कार तथा धार्मिक गतिविधि हो । गुथी नेवार समुदायको जीवन्त संस्कृति तथा संस्कार मात्र नभएर आफ्नो मौलिक पहिचान हो । त्यति मात्र होइन, गुथी शब्द सयौँ वर्षदेखि देशको राष्ट्रिय पहिचानका रुपमा स्थापित भइसकेको छ । सरकारले नेवार समुदायको मौलिक पहिचान गुथी संरचनालाई सामन्ती...

  • २०७६ श्रावण २१, मंगलबार

    चर्चिच गित मुसुमुसु हाँसिदेऊ न लैलैुका गायक नोर्देनको निधन

    नेपाली जगतका चर्चित गायक मुसुमुसु हाँसिदेउन लै चर्चित गित तथा हिमालयन ब्याण्डका संस्थापक गायक संगीतकार नोर्देन तेन्जिङ भुटियाको निधन भएको छ । सन् १९५० मा भारतको खस्र्याङमा जन्मिएका हुन् । भुटियाको ६१ वर्षको उमेरमा सोमबार लन्डनमा निधन भएको हो । उनलाई केहि वर्ष अगाडि घाँटीको क्यान्सर भएको थियो । मुुसुमुसु हाँसीदेउ बोलको गितलाई पछि शानले गाएका थिए । सन् १९७१ मा बेलायती सैनिक सेवामा प्रवेश गरेका...

  • २०७६ श्रावण २०, सोमबार

    सुन्दरीजलबाट पशुपतिमा लाखौँ बोलबम यात्री

    साउनको तेस्रो सोमबार बिहानैदेखि वाग्मतीको शिरो भाग सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गर्ने भक्तजनको भीड लागेको छ । बोलबम काँवरिया सङ्घको आयोजनामा शुद्ध जल लिन लाखौँ भक्तजन आइतबार बेलुकी नै सुन्दरीजल आइपुगेका थिए । सङ्घले आइतबार रातिदेखि नै सुन्दरीजलमा भजन कीर्तनसहित विशेष कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा पूर्वउपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले धार्मिक,...

  • २०७६ श्रावण २०, सोमबार

    भदौदेखि ‘ई–टिकेटिङ’

    पोखरा महानगरपालिकाले भदौ १ गतेदेखि पोखराभित्र सञ्चालन हुने सार्वजनिक बसमा ‘ई–टिकेटिङ’ लागू गर्ने र त्यसलाई क्रमशः ‘कार्ड सिस्टम’ मा लैजाने भएको छ । महानगरप्रमुख मानबहादुर जिसीले सो कुराको जानकारी दिँदै यहाँका यातायात सेवालाई व्यवस्थापन गर्न महानगरपालिकाले विस्तृत योजना बनाइरहेको पनि बताउनुभयो । कास्की जिल्ला ट्राफिक कार्यालयलाई ट्राफिक कोण हस्तान्तरण गर्दै उहाँले भन्नुभयो, “अबको छ महीनामा योजना...

  • २०७६ श्रावण २०, सोमबार

    नागपोखरीमा मेला

    काठमाडौँ नगरपालिका–१ नागपोखरीमा आज नागपञ्चमीका दिन मेला लागेको छ । प्रत्येक वर्ष साउन शुक्लपञ्चमीका दिन नागपोखरीमा नागको पूजा गर्न काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रबाट भक्तजनको भीड लाग्ने गर्दछ । वडा कार्यालय, नक्साल बक्सिङ क्लबलगायतको आयोजनामा नागपोखरीमा धार्मिक अनुष्ठान, पूजा गरिएको छ । पोखरीमा तीन वटा डुङ्गा सञ्चालन गरिएको छ भने सर्वसाधारणले डुङ्गा सयर गरी मध्य भागमा रहेको नागको प्रतिमामा...

  • २०७६ श्रावण २०, सोमबार

    विद्यार्थीले गणितमा ३२ र नेपालीमा २० प्रतिशत अझै सिक्न सकेनन्

    अझै सामुदायिक विद्यालयका कक्षा ५ मा अध्ययनरत विद्यार्थीको गणितमा ३२ प्रतिशत र नेपाली विषयमा २० प्रतिशत सिकाइ कमजोर रहेको पाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शैक्षिक गुणस्तर परीक्षण केन्द्र र शिक्षा पत्रकार सञ्जालले आज यहाँ ‘विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण–२०७४ को नतिजा’ सार्वजनिक कार्यक्रममा केन्द्रका महानिर्देशक टेकनारायण पाण्डेले गणितमा ३२ प्रतिशत र नेपालीमा २० प्रतिशत...

  • २०७६ श्रावण २०, सोमबार

    गुथी विधेयकबारे छलफल गर्न समिति

    सरकारले हालै ल्याएको गुथी विधेयकको सन्दर्भमा गुथियारबीच छलफल चलाउन तथा विभिन्न कार्यक्रम सञ्चालन गर्न गुथियारहरुको एक कार्यसमिति गठन गरेको छ । काठमाडौँको ओलम्पस क्लबमा नेवार समुदायका विभिन्न खलः तथा पुचः सम्मिलित बैठकले समितिको अध्यक्षमा डा महेशमान श्रेष्ठ र उपाध्यक्षमा पवित्र बज्राचार्यलाई चयन गरेको छ । सचिवालय हेर्ने जिम्मेवारी नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकारलाई दिइएको छ । सदस्यहरुमा...

  • २०७६ श्रावण २०, सोमबार

    नागका मन्दिर र घरघरमा नागको पूजा

    श्रावण शुक्ल पञ्चमीका अवसरमा आज पोखरा र आसपासका नाग मन्दिर र घरघरमा नागको पूजा गरिएको छ । आज बिहानैदेखि पोखराको प्रसिद्ध कमलपोखरी, नागढुङ्गा, चिप्लेढुङ्गालगायतका स्थानमा नागको पूजाका लागि सर्वसाधारण पुगेका छन् । घरघरका साथै नागका थानमा पूजा गर्ने भक्तजनको भीड लागेकोछ । प्राचीन प्रचलनअनुसार नागको मूर्ति एवं तस्वीरमा दूध, दही, अक्षता, फूल, दुबो, कपास राखी पूजा गरी गाईको गोबरको [caption id="...

Pages