relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ श्रावण २०, सोमबार

    एघार निर्माण कम्पनीबाट दुई करोड बढी हर्जाना असुल

    डिभिजन सडक कार्यालय कञ्चनपुरले तोकिएको समयमा निर्माणकार्य पूरा नगर्ने निर्माण कम्पनीलाई कारवाहीको दायरामा ल्याएको छ । गत आर्थिक वर्षमा मात्रै कार्यालयले काम लिने तर समयमा पूरा नगर्ने ११ वटा निर्माण कम्पनीलाई कारवाही गरेको डिभिजन सडक कार्यालयका सूचना अधिकृत लक्ष्मीदत्त जोशीले जानकारी दिनुभयो । “सम्झौतामै समयमा काम नसक्ने निर्माण पक्षलाई पूर्व निर्धारित क्षतिपूर्ति उल्लेख हुन्छ ।” सूचना अधिकृत...

  • २०७६ श्रावण २०, सोमबार

    जीर्ण अवस्थाको मन्दिरको पुनःनिर्माण

    पाँचथरको सदरमुकाम फिदिम नगरपालिका– १ मा जीर्ण अवस्थामा अवस्थित शिवालय मन्दिरको पुनःनिर्माण गरिएको छ । फिदिम नगरपालिकाको रु आठ लाख र विभिन्न सङ्घ संस्था, व्यक्तिको सहयोग गरी रु २४ लाख २५ हजारको लागतमा मन्दिरको पुनःनिर्माण गरिएको मन्दिर निर्माण तथा संरक्षण समितिका अध्यक्ष मित्रप्रसाद काफ्लेले बताउनुभयो । सदरमुकाम फिदिमको मुटुमा अवस्थित उक्त शिवालय मन्दिर मर्मतसम्भार र संरक्षणको अवस्थामा भत्किन...

  • २०७६ श्रावण २०, सोमबार

    मनसुन पुनः सक्रिय हुँदा भारी वर्षाको सम्भावना

    केही दिनदेखि कमजोर रहेको मनसुन आजदेखि पुनःसक्रिय भएको छ । मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तरतिर नेपाल तर्फ सरेकाले भारी वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेले बताउनुभयो । हाल देशभर सामान्य तथा पूर्ण बदली हुनाका साथै तराईका धेरैजसो स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । । महाशाखाको पछिल्लो...

  • २०७६ श्रावण २०, सोमबार

    रोटरी क्लव ललितपुर मिडटाउनको आयोजनामा वाङमय शताब्दी पुरुष डा। सत्यमोहन जोशीलाई अभिनन्दन

    रोटरी क्लव ललितपुर मिडटाउनको आयोजनामा वाङमय शताब्दी पुरुष डा। सत्यमोहन जोशीलाई अभिनन्दन गरेको छ । क्लवले ललितपुरस्थित होटल हिमालयमा एक कार्यक्रमको आयोजना जोशीलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर अभिनन्दन गरेको हो । सम्मान तथा अभिनन्दन ग्रहणपछि संस्कृतिविद समेत रहेका जोशीले क्लवको कार्यको प्रशंसा गरेका थिए । उनले रोटरीले आफूलाई सम्झेर सम्मान गरेकामा खुसी व्यक्त गरे । कार्यक्रमको प्रमुख अतिथिका रुपमा...

  • २०७६ श्रावण २०, सोमबार

    लिगलिगे दौडदेखि राष्ट्रसङ्घीय शान्ति गोष्ठीसम्म

    सरकारको स्न २०२० को भ्रमण वर्ष सफल तुल्याउन नेपाली सेनाले ऐतिहासिक लिगलिगे दौडदेखि संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना कार्यसम्बन्धी गोष्ठी गर्ने भएको छ । रक्षा मन्त्रालय र नेपाली सेनाबाट आव २०७५÷७६मा सम्पादित कार्यको वार्षिक प्रगति समीक्षा बैठकमा प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाल सरकारको प्राथमिकतामा परेको भ्रमण वर्ष २०२० लाई सफल तुल्याउन सेनाले विभिन्न कार्यक्रम सञ्चालनका लागि गृहकार्य...

  • २०७६ श्रावण २०, सोमबार

    सुन्दरीजलबाट पशुपतिमा लाखौँ बोलबम यात्री

    साउनको तेस्रो सोमबार बिहानैदेखि वाग्मतीको शिरो भाग सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गर्ने भक्तजनको भीड लागेको छ । बोलबम काँवरिया सङ्घको आयोजनामा शुद्ध जल लिन लाखौँ भक्तजन आइतबार बेलुकी नै सुन्दरीजल आइपुगेका थिए । सङ्घले आइतबार रातिदेखि नै सुन्दरीजलमा भजन कीर्तनसहित विशेष कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा पूर्वउपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले धार्मिक,...

  • २०७६ श्रावण २०, सोमबार

    भदौदेखि ‘ई–टिकेटिङ’

    पोखरा महानगरपालिकाले भदौ १ गतेदेखि पोखराभित्र सञ्चालन हुने सार्वजनिक बसमा ‘ई–टिकेटिङ’ लागू गर्ने र त्यसलाई क्रमशः ‘कार्ड सिस्टम’ मा लैजाने भएको छ । महानगरप्रमुख मानबहादुर जिसीले सो कुराको जानकारी दिँदै यहाँका यातायात सेवालाई व्यवस्थापन गर्न महानगरपालिकाले विस्तृत योजना बनाइरहेको पनि बताउनुभयो । कास्की जिल्ला ट्राफिक कार्यालयलाई ट्राफिक कोण हस्तान्तरण गर्दै उहाँले भन्नुभयो, “अबको छ महीनामा योजना...

  • २०७६ श्रावण २०, सोमबार

    नागपोखरीमा मेला

    काठमाडौँ नगरपालिका–१ नागपोखरीमा आज नागपञ्चमीका दिन मेला लागेको छ । प्रत्येक वर्ष साउन शुक्लपञ्चमीका दिन नागपोखरीमा नागको पूजा गर्न काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रबाट भक्तजनको भीड लाग्ने गर्दछ । वडा कार्यालय, नक्साल बक्सिङ क्लबलगायतको आयोजनामा नागपोखरीमा धार्मिक अनुष्ठान, पूजा गरिएको छ । पोखरीमा तीन वटा डुङ्गा सञ्चालन गरिएको छ भने सर्वसाधारणले डुङ्गा सयर गरी मध्य भागमा रहेको नागको प्रतिमामा...

  • २०७६ श्रावण २०, सोमबार

    विद्यार्थीले गणितमा ३२ र नेपालीमा २० प्रतिशत अझै सिक्न सकेनन्

    अझै सामुदायिक विद्यालयका कक्षा ५ मा अध्ययनरत विद्यार्थीको गणितमा ३२ प्रतिशत र नेपाली विषयमा २० प्रतिशत सिकाइ कमजोर रहेको पाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शैक्षिक गुणस्तर परीक्षण केन्द्र र शिक्षा पत्रकार सञ्जालले आज यहाँ ‘विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण–२०७४ को नतिजा’ सार्वजनिक कार्यक्रममा केन्द्रका महानिर्देशक टेकनारायण पाण्डेले गणितमा ३२ प्रतिशत र नेपालीमा २० प्रतिशत...

  • २०७६ श्रावण १९, आइतबार

    प्रदेश नं। २ मा रु तीन अर्ब ५९ करोडको क्षति

    अत्यधिक वर्षाका कारण गत महिना आएको बाढीपहिरो र डुबानमा परी सबैभन्दा बढी प्रदेश नं। २ मा करीब रु तीन अर्ब ५९ करोडको क्षति भएको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आज बसेको बैठकमा कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणी खनालले सो विवरण प्रस्तुत गर्नुभएको हो । उहाँले प्रदेश २ का ८ जिल्लामा कृषितर्फ रु १ अर्ब ९७ करोड तथा पशुपक्षीतर्फ रु १ अर्ब ६२ करोडको क्षति...

  • २०७६ श्रावण १९, आइतबार

    आपत्कालीन कोषले आयआर्जनमा टेवा पु¥याउँदै

    कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिलकीका मङ्गलप्रसाद चौधरीलाई ऋण खोज्नका लागि बैंक र सहकारी संस्था चहार्दै हिँडनु पर्दैन । ऋण लिनका लागि सिफारिश र अन्य कागजात बनाउने झन्झटसमेत छैन । चाहेको बेला बिनाझन्झट ऋण पाइने गरेको छ । गाउँमै गठन गरिएको इटाहा सामुदायिक विपद् व्यवस्थापन समितिमा चौधरी आबद्ध भएपछि उहाँले सहजरूपमा ऋण पाउन थाल्नुभएको छ । न्यून ब्याजमा सहजरूपमा ऋण पाइन थालेपछि समितिमा आबद्ध...

  • २०७६ श्रावण १९, आइतबार

    सर्प, अग्नि र चट्याङको भयबाट बच्न नाग पूजा साउन २० गते प्रचार प्रसार गर्ने

    प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको तस्वीरसहित पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी लगायतका जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने भएकाले सोमबार नागपञ्चमीको...

Pages