STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७५ माघ २५, शुक्रबार

    मौसम बदलीसँगै वर्षा र हिमपात

    पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि मुलुकभर शुरु भएको वर्षा र हिमपात आज पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमबाट नेपाल प्रवेश गरेको यो मौसमी प्रणालीको प्रभाव गएरातिदेखि पूर्वतर्फ बढ्दै गएको महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । शनिबारसम्म पश्चिमबाट मौसममा केही सुधार देखिने जानकारी दिँदै उहाँले पूर्वतिर भने शनिबार पनि अहिलेकै अवस्थाको...

  • २०७५ कार्तिक १६, शुक्रबार

    सभामुख कृष्णबहादुर महराद्वारा पद्मरत्नको स्वास्थ्य स्थिति बारे जानकारी

    सभामुख कृष्णबहादुर महराले हिजो थापाथली नर्भिक अस्ताल पग्नु भै वरिष्ठ मानव अधिकारवादी नेता तथा भाषा आन्दोलनका अगुवा पद्मरत्न तुलाधरको स्वास्थ्य स्थिति बारे जानकारी लिनुभयो । माइतीघर स्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार गराई रहनु भएका श्री तुलाधरलाई गत मंगलबार त्यहाँबाट नर्भिक अस्पताल पु¥याइएको थियो । नर्भिकका चिकित्सकद्वय आरके अग्रवाल र राजीजव झालगायतले उनको उपचार गरिरहेका छन् । सभामुख महराले...

  • २०७५ कार्तिक १६, शुक्रबार

    काष्ठमण्डप पुनःनिर्माणमा काठ उपलब्ध गराइने

    ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको काष्ठमण्डप पुनःनिर्माणका लागि दि टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडले १७ हजार क्यूफिट काठ उपलब्ध गराउने भएको छ । विसं २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको पुनःनिर्माणका लागि सोही मात्रामा कर्पोरेशनले काठ उपलब्ध गराउन लागेको हो । काष्ठमण्डप पुनःनिर्माणका लागि काठ उपलब्ध गराउने बारेमा काष्ठमण्डप पुनःनिर्माण...

  • २०७५ कार्तिक १६, शुक्रबार

    फूलमा भविष्य खोज्दै भण्डारी दम्पती

     पोखरा महानगरपालिका वडा नं १७ का वसन्त भण्डारी र उहाँकी श्रीमती मञ्जीताले पुष्प व्यवसाय शुरु गरेको छ वर्ष पुगिसक्यो । शुरुमा बोडी खेती गर्न तयार पारेको बारीमा केही ठाउँ खाली भएपछि नजिकैको नर्सरीबाट भण्डारी दम्पतीले १५० वटा फूलका बिरुवा किनेर लगाउनुभयो । पहिलो वर्षमा नै राम्रो भएर बिक्री बढेपछि फूल खेतीतर्फ आकर्षित बनेका भण्डारी दम्पतीले अर्को वर्ष भने ८०० बिरुवा थप्यो। त्यसपछि उसले क्रमिकरुपले...

  • २०७५ कार्तिक १६, शुक्रबार

    जापान सरकारले विदेशी कामदार लिने विधेयक स्वीकृत ग¥यो

    टोकियो, विदेशी कामदारलाई जापानमा आकर्षित गर्ने उद्देश्यले जापानको मन्त्रिपरिषदले शुक्रबार नयाँ मस्यौदा विधेयक स्वीकृत गरेको छ । श्रमिक कामदारको अभाव झेलिरहेको जापानले यो विवादास्पद विधेयक स्वीकृत गरेको बताइएको छ । उक्त मस्यौदा विधेयक छलफलका लागि संसदमा प्रस्तुत गरिने जापानको मन्त्रिपरिषद सचिवालयले जनाएको छ । विधेयकमाथि विपक्षी दल सहित प्रधानमन्त्री शिन्जो आबेको दलका सांसदले समेत विरोध गरेका छन्...

  • २०७५ कार्तिक १५, बिहिबार

    ‘सरकारको लोकप्रियता घटेको छैन’

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले वर्तमान सरकारको लोकप्रियता नघटेको बताउनुभएको छ । विमानस्थलमा आज यहाँ सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले जनताले दिएको जनादेशअनुसार सरकारले काम गरिरहेकाले यसको लोकप्रियतामा कुनै कमी नआएको प्रस्ट पार्नुभयो । सरकारले चिनीको बिक्री मूल्य रु ७० तोकेको हुनाले सोही अनुसार उपभोक्तालाई खरीद गर्न आग्रह गर्दै कहीँ कतै उक्त मूल्यभन्दा...

  • २०७५ कार्तिक १५, बिहिबार

    रेडक्रसको प्रदेश कार्यालय

    नेपाल रेडक्रस सोसाइटीको गण्डकी प्रदेश कार्यालय सञ्चालनमा आएको छ । बुधबार प्रदेश कार्यालय सञ्चालन शुभारम्भ गर्दै रेडक्रसका केन्द्रीय अध्यक्ष सञ्जीव थापाले मानवीय सेवाका विभिन्न क्षेत्रमा काम गर्न कार्यालय सञ्चालन महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्नुभयो । सङ्घीयतासँगै आफूहरुले प्रदेश समिति र कार्यालय सञ्चालनमा ल्याएको सोसाइटीका उपमहामन्त्री हरिप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

  • २०७५ कार्तिक १५, बिहिबार

    बियुस मान प्रधानद्वारा ग्लोबल नेपाल सुपर स्टार अवार्डलाई आर्थिक सहयोग

    कोलोराडो ,अमेरिका निवासी बियुस मान प्रधानद्वारा ग्लोबल नेपाल सुपर स्टार अवार्ड अक्षय कोषलाई आर्थिक सहयोग प्रदान गरेको छ ।प्रधानले आउँदो नोवेम्बरमा काठमामाडौंमा घोषणा हुने ग्लोबल नेपाल सुपर स्टार अवार्ड कार्यक्रममा उक्त सहयोग रकम हस्तान्तरण गर्ने ग्लोबल नेपाल नेटवर्कले सार्वजनिक गरेको छ ।ग्लोबल नेपाल नेटवर्कको आह्वानमा नेपाल भाषा सिनेमाका कलाकारहरुलाई प्रोत्साहन स्वरुप अवार्ड प्रदान गर्न ३० लाख...

  • २०७५ कार्तिक १५, बिहिबार

    पद्मरत्न तुलाधरको स्वास्थ्य सुधार

    वरिष्ठ मानव अधिकारवादी नेता आदिवासी जनजाती आन्दोलनका अग्रज पद्मरत्न तुलाधरको स्वास्थ्य स्थितिमा केही सुधार आएको अस्पताल सुत्रले जनाएको छ । वहाँको घरपरिवारले दिएको जानकरी अनुसार मंगलबार न्यूरो हस्पिटलबाट वहाँ लाई नर्भिक अस्पतालमा लगेपछि स्वास्थ्यमा सुधार आएको देखिएको हो । तुलाधरको पिसाब कमी भएको र किड्नीमा इन्फेक्सन देखिएकोले डाइलेसिस गरेको थियो । डाइलेसिस पछि केही सुधार देखिएकोले बुधबार पनि...

  • २०७५ कार्तिक १५, बिहिबार

    नेपाल संवत नयाँ वर्षको अवसरमा जिल्ला जिल्लामा विविध कार्यक्रम

    नेपालको मौलिक संवत् नेपाल संवत ११३९ नयाँ वर्षको अवसरमा पाटनको भिन्छेँबहालमा विविध सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । यहीँ आउँदो नेपाल संवत ११३८ कौलागा आमई लक्ष्मीपूजाका दिन कार्तिक २१ गते बुधबार सो कार्यक्रम गर्ने आयोजकले जनाएको छ । ललितपुरको भिन्छेँबहालको मयूरवर्ण मिसा पुचःको आयोजनामा हुन गइरहेको सो सांस्कृतिक कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुत गर्नको लागि आयोजक मयूरवर्ण महाविहार मिसा पुचःलाई...

  • २०७५ कार्तिक १५, बिहिबार

    प्रजातान्त्रिक योद्धा यादवको निधन

    बर्दिवास, महोत्तरीका प्रजातान्त्रिक योद्धा फुलगेन यादवको हृदयघातका कारण ६० वर्षको उमेरमा गए राति निधन भएको छ । राति १२ बजेतिर पिसाब फेर्न बाहिर निस्कँदा लडेर बेहोस भएपछि उहाँलाई बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पताल लगिएकामा चिकित्सकले मृत घोषित गरेका थिए । यादवको पार्थिव शरीर अन्त्येष्टिका लागि पैत्रिक थलो बगडा लगिएको छ । पछिल्लो समय जिल्लाको चेरुगणन्ता साझेदारी वन उपभोक्ता समितिमा उहाँ आवद्ध...

  • २०७५ कार्तिक १५, बिहिबार

    ललितपुर महानगरपालिकाको तीन स्थानमा इकोपार्क बन्न

    ललितपुर महानगरपालिकाले पुल्चोकस्थित इञ्जिनीयरिङ अध्ययन सस्थान, यहाँस्थित संयुक्त राष्ट्रसङ्घीय भवन कम्पाउण्ड र जावालाखेलमा पर्यवरणीय हरियाली  इकोपार्क  निर्माण गर्ने भएको छ । यसका लागि महानगरले इञ्जिनीयरिङ अध्ययन सस्थानको अति सुन्दर एवं आकर्षक राणाकालीन मूल भवन तथा राष्ट्रसङ्घीय भवन वरिपरिका कमाउण्डको पर्खाल भत्काउने जनाएको छ । “ती दुई निकायका सहमतिमा नै त्यहाँका भौतिक संरचनामा कुनै असर नपु¥याई...

Pages