STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७५ फाल्गुण १४, मंगलबार

    ‘पठाओ’को सेवा नरोक्न सर्वोच्चको आदेश

    सर्वोच्च अदालतले यातायातको क्षेत्रमा निजी व्यवसाय सञ्चालन गरिरहेको ‘पठाओ’को सेवा रोक्न अस्वीकार गरेको छ । न्यायाधीश केदारप्रसाद चालिसे र अनिलकुमार सिन्हाको संयुक्त इजलासले आज मोटरसाइकल र स्कुटरबाट निजी व्यवसाय सञ्चालन गरिरहेको पठाओको सेवा रोक्न अस्वीकार गरेको हो । निजी प्रयोजनमा प्रयोग हुने मोटरसाइकल र स्कुटरमा व्यवसाय चलाउन रोक लगाउन माग गर्दै श्यामकुमार श्रेष्ठले गत माघ २८ गते सर्वोच्च अदातलमा...

  • २०७५ फाल्गुण १४, मंगलबार

    दोलखा र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर पराकम्प

    मंगलबार अपरान्ह दोलखा र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर पराकम्प गएको हो । भूकम्पमापन केन्द्रका अनुसार ४ः१५ बजे दोलखा केन्द्रबिन्दू र ४ः२० मा सिन्धाुपाल्चोक केन्द्रबिन्दू भएर भूकम्पको पराकम्प गएको हो । दोलखामा ४.४ रेक्टर स्केल र सिन्धुपाल्चोकमा ४.१ रेक्टर स्केलको पराकम्प गएको भूकम्पमापन केन्द्रले जनाएको छ । यसअघि फागुन ४ गते काठमाडौं केन्द्रबिन्दू बनाएर ४ रेक्टर स्केलको पराकम्प गएको थियो ।

  • २०७५ फाल्गुण १४, मंगलबार

    बेलायती राजदूत रिचार्ड मोरीस पूर्वप्रधानमन्त्री नेपाल बिच भेटवार्ता

    नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरीसले पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग आज भेटवार्ता गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीको निवास कोटेश्वरमा भएको भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्था, भूतपूर्व गोर्खा सैनिकको समस्या, बेलायती सेनामा नेपाली महिला सहभागिता, बेलायती सहयोगको अभिवृद्धि, गएको हप्ता बेलायतमा भएको नेपालमा लगानी वृद्धि गर्ने बारेको छलफललगायत विविध पक्षमा...

  • २०७५ फाल्गुण १३, सोमबार

    टोकियोमा आर्थिक स्थिति कमजोर तथा जेहेन्दार बिधार्थी सहयोगार्थ च्यारिटी बजार हुने

    आर्थिक स्थिति कमजोर तथा जेहेन्दार बिधार्थी सहयोगार्थ टोकियोमा च्यारिटी बजार हुने भएको छ। टोकियोको सिन कोईवा स्थित ठमेल हलमा च्यारिटी बजार हुने भएको छ ि२०१९ फेब्रुअरी २४ तारेख आईतवारका दिन टोकियो ,सिन कोईवाको ठमेल हलमा दिउँसो ११ बजे देखि च्यारिटी बजार हुने ग्लोबल नेपाल नेटवर्कका संयोजक सुनिल कुमार शाक्यले जानकारी दिएको छ । निम्न आय भएका तथा जेहेन्दार बिधार्थीहरुको सहयोगार्थ च्यारिटी बजार गर्न...

  • २०७५ फाल्गुण १३, सोमबार

    उपत्यकामा हर्न कारवाहीः एकैदिन १७१ सवारीसाधन कारवाहीमा

    ट्राफिक प्रहरीले जथाभावीरुपमा हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररुपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको हो । महाशाखाले आइतबार मात्र १७१ सवारीसाधनलाई कारवाही गरेको छ । ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास...

  • २०७५ फाल्गुण १२, आइतबार

    भाषाविज्ञ पोखरेलको निधन

    वरिष्ठ साहित्यकार एवं भाषाविद् प्राध्यापक बालकृष्ण पोखरेलको आज बिहान निधन भएको छ । विगत एक महीनादेखि अस्वथ्य स्व पोखरेलको आज बिहान १ बजे ८६ वर्षको उमेरमा निधन भएको हो । उहाँको विराटनगर–८ कलेज रोडस्थित आफ्नै घरमा निधन भएको हो । मस्तिष्कघातबाट पीडित प्राध्यापक पोखरेलको रक्तचाप एक्कासी घटेपछि शनिबार अस्पताल भर्ना गरिएको थियो । बालकृष्ण पोखरेलका ११५ कृति प्रकाशित भएको युवा साहित्कार मीनकुमार नवोदित...

  • २०७५ फाल्गुण १२, आइतबार

    मधेशी र थारु आयोगका प्रस्तावित अध्यक्षको संसदीय सुनुवाई

     हुँदैछ । दुबै आयोगका प्रस्तावित अध्यक्षको सुनुवाईका लागि संघीय संसदको सुनुवाई समितिको बैठक ११ बजेपछि बस्ने गरी बोलाइएको छ । संवैधानिक परिषदले मधेशी आयोगमा विजयकुमार दत्त र थारु आयोगमा विष्णुप्रसाद चौधरीको नाम प्रस्ताव गरेको थियो । यसअघिको बैठकमा सुनुवाई भएका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा प्रस्तावित बालनन्द पौडेल र राष्ट्रिय समावेशी आयोगमा प्रस्तावित शान्तराज सुवेदीको विषयमा पनि आजको...

  • २०७५ फाल्गुण १२, आइतबार

    सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ४८ हजार चालकलाई प्रशिक्षण

    काठमाडौँ, १२ फागुन ९रासस० स् नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनले सडकमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि ४८ हजार चालक तथा सहचालकलाई प्रशिक्षण दिने भएको छ । सङ्गठनले पछिल्लो समय सडकमा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सो अभियान सञ्चालन गर्न लागेको हो । सङ्गठनका अध्यक्ष भीमज्वाला राई नेपालमा दैनिक ७÷८ मानिसले सडक दुर्घटनाबाट अकालमा ज्यान गुमाउनु परेको घटनालाई मध्यनजर गर्दै उक्त...

  • २०७५ फाल्गुण ११, शनिबार

    नेपाल पत्रकार महासङ्घको विधान संशोधन ऐतिहासिकः महासङ्घ

    नेपाल पत्रकार महासङ्घले यही फागुन ९ र १० गते पोखरामा सम्पन्न भएको साधारणसभा तथा विधान अधिवेशन ऐतिहासिक रहेको बताएको छ । महासङ्घको इतिहासमा पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणाली अवलम्बन गर्ने गरी विधानमा व्यवस्था गरिनु ऐतिहासिक भएको र यसबाट महासङ्घको जीवनमा दूरगामी महत्व रहने महासङ्घले जनाएको छ । विधान अधिवेशनबाट पारित विशेष प्रस्ताव तथा निर्णय सार्वजनिक गर्न आज पोखरामा आयोजित पत्रकार भेटघाटमा...

  • २०७५ फाल्गुण ११, शनिबार

    नेपाल कम्युनिष्ट आन्दोलनका अग्रज नेता श्रेष्ठको निधनप्रति महासचिव किरणद्वारा दुःख व्यक्त

    नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण)ले नेपालको कम्युनिष्ट आन्दोलनका अग्रज नेता कृष्णदास श्रेष्ठको निधनमा गहिरो दुःख व्यक्त गर्नुभएको छ । सो पार्टीले आज प्रकाशित एक विज्ञप्तिमा महासचिव वैद्यले स्व श्रेष्ठ माक्र्सवादी दर्शनका व्याख्याता, विचारक, लेखक तथा अनुवादकका रुपमा अतुलनीय योगदान रहेको बताउँदै उहाँको निधनले स्तब्ध तुल्याएको उल्लेख गर्नुभएको छ ।...

  • २०७५ फाल्गुण ११, शनिबार

    एनसेल विष्फोटका शङ्कास्पद १६ पक्राउ

    मुलुकका विभिन्न क्षेत्रमा रहेको टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको टावरमा भएको बम विष्फोट र आगजनीको घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले १६ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । काठमाडौँ उपत्यकाबाट पक्राउ परेका छ र बाहिरी जिल्लाबाट पक्राउ परेका १० गरी १६ जनामाथि अनुसन्धान चलिरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो । “कसले विष्फोट गरायो भन्ने विषय र पक्राउ परेकाको विषयमा...

  • २०७५ फाल्गुण ११, शनिबार

    गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति ७० प्रतिशत, भदौदेखि व्यावसायिक उडान

    – रमेश लम्साल रासस सन् २०१७ को डिसेम्बरसम्म राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति मात्रै २६ प्रतिशत थियो । आयोजनामा चिनियाँ ठेकेदार ‘नर्थवेष्ट सिभिल एभिएसन’ र स्थानीय सहायक ठेकेदारको बीचमा समन्वय थिएन । कामको गति कछुवाको जस्तै थियो । समस्या समाधानका लागि भएका पहलसमेत सकारात्मक हुनसकेको थिएन । निर्माण सामग्री उपलब्ध हुनसकेको थिएन । नेपाल नागरिक उड्डयन प्राधिकरणले...

Pages