STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

साहित्य-कला

  • २०७९ श्रावण २९, आइतबार

    मुदिता सेवा गृहका सहयोगी हातहरु सम्मानित

    सामाजिक सेवा र स्वास्थ्य सेवामा सकृय रहँदै आएको सामाजिक संस्था मुदिता सेवा गृह को नवौं वार्षिकोत्सव इक कार्यक्रमका बीच सम्पन्न भएको छ ।  महिला बाल विकास तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले  प्रमुख अतिथीका रुपमा यो संस्था नौ वर्ष पुगेको प्रतिक स्वरुप नौ वटै सुकुण्दा मा दिप प्रज्वलन गरी वार्षिकोत्सव समारोहको समुदघाटन गर्नु भएको थियो । उहाँले यो संस्थाको लागि दस लाख रुपिंया सरकारबाट अनुदान दिने...

  • २०७९ श्रावण २८, शनिबार

    वरिष्ठ संगीतकार राजु सिंहलाई गोपाल योन्जन एचिभमेंट अवार्ड

    नेपाली संगीत आकाशमा एक सुविख्यात संगीतज्ञका रुपमा कालजयी बन्नु भएका अमर संगीतकार गोपाल योन्जनको ८०अौं जन्मजयन्तीको अवसरमा   नेवाः साधना कला केन्द्रको आयोजनामा एक सांगितिक कार्यक्रमका साथै वरिष्ठ संगीतकर्मि राजु सिंहलाई गोपाल योन्जन एचिभमेंट अवार्ड प्रदान गरिएको छ ।  नेवाः साधना कला केन्द्रका संस्थापक बागमति भाइ सुन्दर मान श्रेष्ठको सभापतित्वमा सम्पन्न समारोहमा वरिष्ठ संगीत विश्लेशक तथा चलचित्र...

  • २०७९ श्रावण २६, बिहिबार

    फोकस फेसनको मोडलिङ प्रतियोगिता सम्पन्न

    नेपाली मोडलिङ क्षेत्रको प्रवद्र्धन तथा मोडल उत्पादनका लागि फोकस फेसनले राजधानीमा आयोजना गरेको पहिलो संस्करणको द फ्लीक मोडल्स नामक मोडलिङ प्रतियोगितामा गायक तथा मोडल दिपेन्द्र सोनाम र व्युटिसियन तथा मेकअप आर्टिष्ट सीमा श्रेष्ठले प्रमूख उपाधि चुमेका छन्। उनीहरुले उपाधिवापत ५० हजार रुपियाँ नगद प्राप्त गरेका छन्। सिन्धुपालचोकका दिपेन्द्र गायक, मोडल र युवा व्यवसायी हुन्। सात गीत गाईसकेका उनले तीन...

  • २०७९ श्रावण २५, बुधबार

    चौधौं उपन्यास लिएर आए विश्व कीर्तिमानी डा. डीआर उपाध्याय खनाल

    गीतसंगीत तथा विविध विधाबाट  ११० विश्व रेकर्ड रेकर्ड कायमगर्नु भएका सर्जक  गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्याय खनालको चौंधौं उपन्यास कृति ‘कसुर’ बुधबार सार्वजनिक  गरिएको छ ।   कार्यक्रमका प्रमुख अतिथि निर्देशक/लेखक तथा वशिष्टि कलाकार मोहन निरौला र विशिष्ट अतिथीहरुमा गीतकार संघका निर्वतमान अध्यक्ष चुडामणी देवकोटा, अन्तर्राष्ट्रिय नेपाली समाजका पूर्व अध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष...

  • २०७९ श्रावण २५, बुधबार

    डाक्टर सुन्दरी श्रेष्ठ माेडल हन्टकाे फिनालेमा

    काठमाडौं - २८ वर्षकी डाक्टर पल्पसा श्रेष्ठ सुन्दरी प्रतियोगिता मोडल हन्ट नेपाल २०२२ को फिनालेमा पुगेकी छिन् । ब्लुक्रस अस्पताल तथा ट्रमा सेन्टरमा मेडिकल अफिसरको रुपमा कार्यरत डाक्टर श्रेष्ठले शनिबार आयोजित हुने फिनालेमा २७ जना प्रतियोगीसँग प्रतिस्पर्धा गर्नेछिन् । डाक्टर श्रेष्ठले सम्पूर्ण डाक्टरलाई प्रतिनिधित्व गरेर प्रतियोगितामा समावेश भएको बताएकी छिन् । सुन्दरी प्रतियोगितामा भाग लिएदेखि आफूले...

  • २०७९ श्रावण २३, सोमबार

    ‘आदिवासी जनजाति आन्दोलनको समीक्षा र अबको कार्यदिशा’ बारे बृहत अन्तर्क्रिया सम्पन्न

    २८औं विश्व आदिवासी दिवसका सन्दर्भमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले सोमबार आयोजना गरेको अन्तरक्रियामा नेपाल आदिवासी जनजाति महासंघका संस्थापक महासचिव तथा राष्ट्रिय सभाका सदस्य सुरेश आले मगरले जनजाति आन्दोलन सुस्ताएको बताएका छन् भने उनले एक उचाइबाट आदिवासी जनजातिको आन्दोलन भएको थियो तर अहिले  सबै आन्दोलन शिथिल छ भनी बताए । तीन दशकअघि जनजाति महासंघ स्थापना भएको थियो । विभिन्न जातीय...

  • २०७९ श्रावण २३, सोमबार

    मदन पुरस्कारका लागि आठ कृति छनोट

    काठमाडाैँ - मदन पुरस्कार गुठीले यस वर्षको मदन पुरस्कारका लागि आठ कृति छनोट गरेको छ । विभिन्न स्रष्टाका २९९ पुस्तकबाट ती कृति छनोट गरिएको हो । साहित्यकार डा नवराज लम्सालको ‘अग्नि’, दामोदर पुडासैनीको ‘नीलो बतास’, वसन्त बस्नेतको ‘महाभारा’, दीपा मेवाहाङ राईको ‘यादको सन्दुक’, डा नयनाथ पौडेलको ‘लिच्छिवी लिपि’, प्रा निलमणि ढुङ्गानाको ‘संस्कृत-नेपाली शब्दकोश’, सुजित मैनालीको ‘सती’ र पद्यसुन्दर जोशीको ‘...

  • २०७९ श्रावण २३, सोमबार

    बौद्ध वक्तृत्वकलामा पुरस्कारले पचास हजार पुर्याउने घोषणा

    बौद्ध युवा कमिटी ललितपुरले आयोजना गरेको यस वर्षको २८ औं नेपालमण्डलव्यापी बौद्ध वक्तृत्वकला प्रतियोगितामा मैत्रीय युवा संघ भक्तपुरका प्रमिला धुख्वाः प्रथम हुनुभएको छ । बौद्ध युवा कमिटी ललितपुरले श्रावण २१  गते शनिबार सो प्रतियोगितामा प्रथम हुने धुख्वाःले विद्यालयको शिक्षामा परियति शिक्षाको आवश्यकता विषयमा बोल्नुभएको थियो । प्रतियोगितामा शाक्यसिंह बौद्ध परियति शिक्षालयका अनिशा श्रेष्ठ द्वितीय र ...

  • २०७९ श्रावण २३, सोमबार

    "चट्ट कपाल कोरेर" को म्युजिक भिडियो सार्वजनिक

    गायक तथा मोडेल दिपक बिडारी राजदिपले गाएको आधुनिक गीत "चट्ट कपाल कोरेर" को म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ। गायक राजदिप लाई उक्त गीतमा निकिता थापाले गायनमा साथ दिनु भएकी छिन् सो गीतमा बृजेश श्रेष्ठ को एरेन्ज र आशिष् प्रजापतिको सब्द रहेको , भिडियो आर्या इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भयको हो। उक्त गीतको भिडियोलाई कपिल कार्कीको निर्देशन र अर्जुन सिलवालको कोरियोग्राफी रहेको छ। करिब एक दर्जन...

  • २०७९ श्रावण २१, शनिबार

    सङ्गीतकार जीतेन राईलाई साधना म्युजिक अवार्डमा ‘लाईफ टाईम अचिभमेन्ट अवार्ड’ दिइने

    ‘अग्रजलाई सम्मान नवलाई प्रोत्साहन, कला संस्कृती संरक्षणमा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ अवार्ड आयोजना गरी स्रष्टा सर्जकहरूलाई सम्मान र प्रोत्साहन गर्दै आईरहेको संस्था सामना म्युजिक क्रियसनले यस पटक सम्पन्न गर्न लागेको तेस्रो राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) २०७९ मा विशिष्ट गायक तथा सङ्गीतकार जीतेन राईलाई नगद राशिसहित ‘लाईफ टाईम अचिभमेन्ट अवार्ड २०७९’ प्रदान गर्ने घोषणा गरेको छ ।...

  • २०७९ श्रावण १८, बुधबार

    अभिनेत्री पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई निशा घिमिरे स्मृति पुरस्कार

    निशा घिमिरे स्मृति कोषको २०७९ श्रावण १४ गते बसेको बैठकले स्थापना वर्षको निशा घिमिरे स्मृति पुरस्कार अभिनेत्री, मोडल तथा कोरियोग्राफर  पवित्रा आचार्य र मोडल  उषा उप्रेतीलाई (जनही २५ हजार रकम र सम्मानपत्र) प्रदान गर्ने निर्णय गरेको छ । कोषका संयोजक  दुर्गानाथ दाहालको अध्यक्षतामा बसेको बैठकले नर्भिक अस्पतालका  मेघा चौधरी, संचारकर्मी  प्रकाश सुवेदी र नवजीवन परोपकार समाजलाई विशेष सम्मानद्वारा...

  • २०७९ श्रावण १५, आइतबार

    मानन्धर युवा समूहकाे रजत जयन्तीमा लोपोन्मुख बाजाको प्रदर्शन

    थिमि चाेडे टाेलस्थित मानन्धर युवा समूहकाे “रजत जयन्ती समारोह” शंखधर चाेकस्थित थिमि बैंक्वेटमा सम्पन्न भएको छ ।  “आफ्नो धर्म संस्कृतिलाई सधैं माथि उकासौं” भन्ने मूल नारा दिएर स्थापना गरेको  मानन्धर युवा समूहले कार्यक्रममा लाेपाेन्मुख नौ बाजाको प्रदर्शन गरेको थियो ।  समूहको २५ अाैं वर्ष पूरा गरेकाे अवसरमा आयोजित समारोहमा बोल्नुहुँदै प्रमुख अतिथि नगर प्रमुख सुरेन्द्र श्रेष्ठले संस्कृति जगेर्ना गर्ने...

Pages