STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

साहित्य-कला

  • २०७८ फाल्गुण २९, आइतबार

    नेपालभाषाको तीन गीतको म्यूजिक भिडियो एकै दिन सार्वजनिक

    ललितपुर हरिसिद्वि का गायक द्वय राजेन्द्रकुमार महर्जन र अशोक महर्जनको नेपालभाषाको तीन गीत “शिला चह्रे पाहाँ चह्रे”, “स्वाँया बासना” र “छंगु रुप खना” को म्यूजिक भिडियो हिजो एक कार्यक्रम बीच सार्वजनिक गरिएको छ ।नेपालभाषा म्यूजिक भिडियोका प्रथम निर्देशक तथा सिने पत्रकार विजयरत्न असंबरेको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विशेष अतिथी हरु समाजसेवी महेन्द्र श्रेष्ठ  र मंगल महर्जन , तुल्सी महर्जन...

  • २०७८ फाल्गुण ११, बुधबार

    एक शताब्दिपछि हरिसिद्धिको नाच दोलखामा पनि नचाइने

    नेपालको पहिलो मुकुट नाचका रूपमा परिचित ललितपुरको पौराणिक हरसिद्धीको १२ वर्षे नाच यस वर्ष चैत्र मसान्त अगावै दोलखामा पनि नचाईने भएको छ । दोलखा स्थलगत निरीक्षण भ्रमणमा पुगेका हरसिद्धी देवगणको टोलीलाई भिमेश्वर नगरपालिकामा आयोजित स्वागत तथा नाच ब्यवस्थापनकालागि सम्पन्न सामूहिक तयारी बैठक पछि नगरप्रमुख भरत केसीले सो कुराको उदघोष गरेका हुन् । मेयर केसीको अध्यक्षतामा नगरपालिका भवनको महांकाल सभाहलमा...

  • २०७८ फाल्गुण १०, मंगलबार

    ‘वासुदा’ उपन्यासमा सङ्घर्षशील युवाको कथा

    युवा स्रष्टा भीष्मराज फुलारा संघर्ष, जीवनका भोगाई र विभिन्न घट्ना, परिघटनाबाट सिक्दै अघि बढिरहनुभएका उदयमान साहित्यिक स्रष्टा हुनुहुन्छ ।  बिद्यार्थीकालदेखि नै कलम चलाउँदै आउनु भएका फुलाराको नविनतम् कृति ‘वासुदा’को एक कार्यक्रम बीच आईतबार राजधानीको पाचतारे एभरेश्ट होटेल बानेश्वरमा विमोचन भएको छ ।  सन्चारकर्मि  डा. नवराज लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विशेष अतिथि का रुपमा एटर्नी...

  • २०७८ फाल्गुण ७, शनिबार

    नेपाली चलचित्रमा शिवताण्डव

    नृत्य साधकहरुका लागि ठुलो साधनाको रुपमा लिइने शिवताण्डव गीत  एरा प्रोडक्सन प्रा.ली.को ब्यानरमा निर्माण भैरहेको चलचित्र "चिट्ठी"का लागि हालै रेकर्ड गरिएको छ । संगीतकार राजेन्द्र बजगाईको संगीत संयोजन र बसन्त अर्यालको स्वर रहेको सो ताण्डव गीतलाई सुरसंगीत डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको थियो । गीतलाई मनोज परियारले मिक्सिङ गर्ने छन् । दुर्गामाण्डौ , कुउनेटो लगायतका प्रशंसित र पुरस्कृत...

  • २०७८ फाल्गुण ३, मंगलबार

    पहिलो समावेशी म्युजिक अवार्डको मनोनयन सार्वजनिक

    काठमाण्डौ– “नेपाली हुनुमा गर्व गरौ, नेपाली कला र संस्कृतिको जगेर्ना” गरौं भन्ने मुल नाराका साथ आयोजना हुदै आएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ (निम अवार्ड) को उत्कृष्टको मनोनयन सार्वजनिक गरिएको छ । नेपालको पहिलो समावेशी अवार्डको रुपमा परिचित राष्ट्रिय समावेशी म्युजिक अवार्ड को पाँचौ संस्करणको लागि उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको हो ।पावर इन्टरनेशनल...

  • २०७८ माघ २४, सोमबार

    ललितपुर सुनागुथिका संगीतकर्मी कृष्णभक्त महर्जनले हङकङमा बसी सार्वजनिक गरे “हाम्रो जोडी...” (भिडियो)

    ललितपुर जिल्लाको ऐतिहासिक नेवाः बस्ती सुनागुथिका चर्चित गायक, संगीतकार एवं गीतकार कृष्णभक्त महर्जनले ‘हाम्रो जोडी...’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । हाल सबपरिवारका साथ हङकङमा रहँदै आउनुभएका संगीतकर्मी कृष्णभक्त महर्जनको शव्द तथा संगीतमा उक्त नयाँ गीतको म्यूजिक भिडियो ‘हाम्रो जोडी...’ सार्वजनिक भएको हो । संगीतकर्मी महर्जनद्वारा रचित एवं संगीतबद्ध ‘चैत मास ऐ रेशम कोइलीले गायो हाम्रो...

  • २०७८ माघ १८, मंगलबार

    कोरोना महामारीका कारण “वृहत सांस्कृतिक तथा सम्मान कार्यक्रम–२०७८” स्थगित

    यही माघ १४ र १५ गते निर्धारित “वृहत सांस्कृतिक तथा सम्मान कार्यक्रम–२०७८” स्थगित भएको छ । विश्वमै महामारीको रुपमा फैलिरहेको कोभिडले गर्दा विभिन्न कार्यक्रमहरू स्थगित र रद्द भैरहेको सन्दर्भमा यो कार्यक्रम पनि स्थगित गर्नुपरेको जानकारी आयोजक संस्थाले दिएको छ । नेपाल सांस्कृतिक कला मन्दिरले करिब दुई दशकदेखि गर्दै आइरहेको कार्यक्रम यस वर्ष भने कोभिडकै कारण नेपाल सरकारले कुनै पनि कार्यक्रम गर्न निषेध...

  • २०७८ माघ १८, मंगलबार

    मान्सी भइन् ‘मिस तामाङ’

    बैदाम तामा तामाङ सेवा समाजको आयोजनामा भएको छैटौं मिस तामाङको उपाधि पोखरा रानीपौवाकी मान्सी तामाङले जितेकी छन् । उनले शनिबार पोखरामा सम्पन्न ग्राण्ड फिनालेमा ९ प्रतियोगीहरुलाई पछि पार्दै बेस्ट स्माइल टाइटल सहित १ लाख पुरस्कार हात पारिन् । प्रतियोगितामा मिस अर्गनाइज्डको टाइटल सहित आशिका तामाङ फस्ट रनर अप बनिन् । उनले रु. ५० हजार नगद पुरस्कार प्राप्त गरिन् । यस्तै, सेकेन्ड रनर अप पूजा तामाङ भइन् ।...

  • २०७८ माघ ४, मंगलबार

    नील शाक्यको संगीतमा हिन्दी गीत

    नेपालभाषाको गीतसंगीतको क्षेत्रमा लामो समयदेखि सकृय रहँदै आएका लोकप्रिय संगीतकार नील शाक्यद्वारा संगीतबद्द एउटा हिन्दि गीत सार्वजनिक हुने तर्खरमा छ । लोकप्रिय गायिका मनिषा पोखरेलद्वारा स्वरबद्द " दिल से दिल" बोलको यो गीतको रचनाकार प्रकाशदिप श्रेष्ठ हुन् भने संगीतकार नील शाक्य हुन् । जिवित जल्मी ले संगीत संयोजन गरेको यो गीत ज्योति रेकर्डस मा रेकर्ड गरिएको हो भने यस गीतका रेकर्डिस्ट फिरोज...

  • २०७८ पौष २९, बिहिबार

    गंकी धुस्वां–वसुन्धरा पुरस्कार कोरोनाको कारण स्थगित

    गंकी धुस्वां–वसुन्धरा प्रतिष्ठानद्वारा गर्ने भनिएको पुरस्कार वितरण कार्यक्रम हाललाई स्थगित गरिएको कुरा एक विज्ञप्ति मा्र्फत जानकारी गराएको छ । सो प्रतिष्ठानद्वारा यही मिति २०७८ माघ १ गते शनिबारका दिन एक समारोहको आयोजना गरि उपन्यास विधामा दिइने ‘गंकी धुस्वां–वसुन्धरा पुरस्कार’ तथा कला क्षेत्रका विशिष्ट व्यक्तित्वलाई दिइने ‘धुस्वां साय्मि सिर्जना पुरस्कार’ विश्वमा महामारीको रुपमा फैलिएको कोरोना...

  • २०७८ पौष २५, आइतबार

    नेपाल सांगीतिक संघको अध्यक्षमा मिलन मोक्तान

    ‘सम्पूर्ण संगीतकर्मीहरुको एकमात्र छाता संगठन’को नारा लिएर २०५६ सालमा स्थापना भएको नेपाल सांगीतिक संघको २२ औं साधारणसभाबाट संगीतकार  मिलन मोक्तानको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ । सर्वसम्मत को आधारमा सम्पन्न भएको कार्य समितिमा अध्यक्ष संगीतकार मिलन मोक्तान,दुई जना  उपाध्यक्षमा गायक तथा वाद्यवादक खर्क बहादुर बुढा र संगीतकार आशिष अबिरल चयन भएका छन् भने महासचिवमा गीतकार सुमन बैरागी,...

  • २०७८ पौष २३, शुक्रबार

    नेपाली गायकको जापानी गीत

    जापानमा बस्दै आउनु भएका नेपालका गायक बज्र गुरुङले गाउनु भएको एउटा जापानी गीत आइताकु नारु को म्युजिक भिडयो बिहिवार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।  गायक गुरुङ स्वयंद्वा्रा रचित अनि संगीतबद्द यस गीतको छायाँकन भने नेपालका रमणीय स्थलहरुमा गरिएको छ । सुप्रसिद्द संगीतज्ञ नाट्य कला प्रज्ञा प्रतिष्ठानका पूर्व उप कुलपति शम्भुजित बास्कोटाले प्रमुख अतिथीका रुपमा सो गीतको भिडयो सार्वजनिक गर्नु भएको...

Pages