साहित्य-कला
-
२०७९ श्रावण १४, शनिबार
"नजाउ टाढा" गीतले पाए कम समयमा अत्याधिक दर्शक
बहुमुखी प्रतिभाका धनी कलाकार स्वतन्त्र संसार महर्जन नायक बनेको पहिलो नेपाली म्युजिक भिडियो "नजाउ टाढा"ले दुई हप्तामा नयाँ कीर्तिमान कायम गरेको छ। कलाकार महर्जन अभिनित नजाऊ टाढा क्षितिजमा बोलको गीत संसार्स अनलाइन टिभिको युट्युब मा रिलिज गरिएको हो । सन् २०२० को सेप्टेम्बर २३ देखि संचालनमा आएको यो युट्युबमा अहिले सम्ममा करिब छ सय वटा भिडियो सामग्री अपलोड गरिसकेको छ भने ती सबैको गरी कुल भ्युज करिब...
-
२०७९ श्रावण १४, शनिबार
सशक्त सन्चारकर्मी गीता अधिकारीको नयाँ गीत सार्वजनिक
सशक्त सन्चारकर्मिका रुपमा ख्यातिप्राप्त गीता अधिकारीद्वारा रचित नयाँ गीत तीज गीत ‘छम्म छम्म नाचौँ न’ को म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरिएको छ । सो म्युजिक भिडियोकाे निर्देशन नारायण रिजालको रहेको छ । शान्तिश्री परियार र सारिका घिमिरेको स्वर रहेको यो गीतलाई योगेशकाजीले संगीत सृजना र संगीत एरेञ्ज गरेका छन् । यो गीतको पवन विश्वकर्माको मिक्सिङ तथा मास्टरिङ गरेका छन् । म्युजिक भिडियो सार्वजनिक...
-
२०७९ श्रावण १०, मंगलबार
लोपोन्मुख परम्परा जोगाउन “सायाः नखः” हुने घोषणा
हास्यव्यङ्ग र कटाक्षको पर्व का रुपमा लिइने सापारु (गाईजात्रा) को अवसर पारी लोकप्रिय कलाकारहरुको प्रस्तुतिका साथमा झीगु सः तथा सुकुन्दा फिल्मसको संयुक्त आयोजनामा " सायाः नखः” आयोजना हुने भएको छ । भाद्र ४ गते शनिबार ललितपुर भोलढोकास्थित ज्यापु प्रज्ञाभवनमा दिनको २ शो कार्यक्रम आयोजना हुने आयोजकले पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको छ । झीगु सःका संरक्षक एवं वरिष्ठ सिने पत्रकार विजयरत्न...
-
२०७९ श्रावण ७, शनिबार
नइ पुरस्कार तथा नइ रजत महोत्सव पदक प्रदान
नइ प्रकाशनले शनिवार राजधानी काठमाडौमा देशदेशान्तरका पच्चीस जनालाई २०७८ सालको नइ पुरस्कार प्रदान गरेको छ । सोही अवसरमा नेपालभित्र र नेपालबाहिरका चौबीस देशका नेपाली र विदेशी प्रतिभालाई पनि नइ रजत महोत्सव पदक प्रदान गरिएको थियो । नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनु भए अनुसार गत वर्ष र यस वर्ष गरी जम्मा ४१० जना व्यक्तिहरु नइ रजत महोत्सव पदकबाट सम्मनित हुनु भएको छ । नइ प्रकाशनले...
-
२०७९ श्रावण ७, शनिबार
नेवाः फिल्म सम्बन्धि विविध कार्यक्रमको घोषणा
नेपालको पहिलो राष्ट्रिय गान नेपालभाषाको लोकगीत ‘राजमति कुमति’ नै हो भनेर काठमाडौंमा शुक्रबार सम्पन्न कार्यक्रमका वक्ताहरुले दावी गरेका छन् । काठमाडौंमा सम्पन्न नेवाः कलाकार भेला र दुई एल्बम विमोचन कार्यक्रमका वक्ताहरुले नेपालको पहिलो राष्ट्रिय गानको रुपमा राजमति कुमति नै प्रयोग गरिएको भए तापनि राज्यको एक भाषा नीतिका कारण यो ईतिहास दबाइएको दावी गरिएको थियो । कार्यक्रममा राजमति कुमति गीतको महिला...
-
२०७९ श्रावण ७, शनिबार
ललितपुरमा स्थानीय तहले शुरु गर्यो योग साधना केन्द्र
ललितपुरमा स्थानीय तहले आम मानिसको सुस्वास्थ्यलाई ध्यानमा राख्दै योग साधना केन्द्र शुरु गरेको छ । यसैक्रममा ललितपुर महानगरपालिका १६ वडाले योग साधना केन्द्र संचालन आरम्भ गरेको हो । केन्द्रका अध्यक्ष एवं संंरक्षक वडा १६ अध्यक्ष निर्मलरत्न शाक्यले स्वागत मन्तव्य राख्नुहुँदै वडा स्तरमा पहिलो पल्ट योग साधना केन्द्र संचालन भएको उल्लेख गर्नु भयो र यस कार्यलाई सार्थक बनाउने सम्पूर्णप्रति धन्यवाद ज्ञापन...
-
२०७९ श्रावण ४, बुधबार
एक करोड राशीको रियालिटि शो हुने घोषणा
अहिले मनोरन्जन संसारमा रियालिटि शो हरुको लोकप्रियता धेरै बढीरहेको छ । यसै क्रममा इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाको आयोजनामा विश्वभर फैलिएर रहेका नेपाली भाषीहरुलाई समेट्ने गरी एउटा विश्वव्यापी स्तरको रियालिटि शो आयोजना गर्ने कुराको हालै घोषणा गरिएको छ । राजधानीको मेरियट होटलमा सोमबार आयोजना गरिएको एक कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष डिल्ली अधिकारीले गरेको घोषणा अनुसार...
-
२०७९ श्रावण २, सोमबार
पत्नी पिडित पात्र बटुकजीको म्युजिक भिडियो सार्वजनिक
लामो समयसम्म फिल्ममा अभिनय र मूख्य सहायक निर्देशक भएर अनुभव बटुलेका तथा केही समयदेखि टिकटकमा हिट भएका फिल्मकर्मी सन्तोष पौडलद्वारा अभिनीत पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ। टिकटकमा पत्नी पिडित पात्र बटुकजीको पात्रका रुपमा लोकप्रियता कमाएका पौडलले "हजुरै हो" बोलको गीतमा अभिनय गरेको भिडियो सार्वजनिक भएको हो। फिल्मी शैलीमा तयार पारिएको सामाजिक कथा बुनिएको गीतको भिडियोमा बटुकजीको पत्नीका रुपमा...
-
२०७९ आषाढ ३०, बिहिबार
स्वतन्त्रसंसार महर्जनको अभिनयमा कमब्याक
नेपालभाषाको चलचित्र र संगीत क्षेत्रमा पृथक पहिचान कायम गरेका सकृय कलाकर्मि स्वतन्त्रसंसार महर्जन आफ्नो खराब स्वास्थ्यको कारण अभिनय क्षेत्रबाट टाढा रहँदै आउनु भएको थियो भने अहिले पुनः अभिनय क्षेत्रमा कमब्याक हुनु भएको छ । संसार्स अनलाइन टेलिभिजनका निमित्त संसार क्रियशन्स नेपालद्वारा निर्माण गरिएको "नजाउ टाढा क्षितिजमा "बोलको नेपाली म्युजिक भिडियोमा प्रमूख पात्रका रुपमा देखिनु भएका...
-
२०७९ आषाढ २६, आइतबार
नइ प्रकाशनको पुरस्कार समारोहमा तीन सय जना भन्दा बढी सहभागी हुने
नइ प्रकाशनले २०७८ सालका पुरस्कार र 'नइ रजत महोत्सव पदक' आगामी साउन ७ गते राजधमाी काठमाडाैँमा’ समर्पण गर्ने निर्णय गरेको छ । साथै गत वर्ष पुरस्कार ग्रहण गर्न छुट्नुभएका महानुभावहरुलाई पनि साेही दिन पुरस्कार प्रदान गरिने भएको छ । पर्याप्त ठाउँको अभावका कारण उक्त दिन सम्मानित महानुभावहरुलाई मात्र ठेगाना, स्थान र समयको जानकारी गराइएको छ । साे दिन सम्मानित हुने देशदेशान्तरका तीन सय जनाभन्दा धेरै...
-
२०७९ आषाढ २४, शुक्रबार
कीर्तिपुरमा सनस्टार क्लबद्वारा युवापुस्ता लक्षित धिमे बाजा प्रशिक्षण अभियान शुभारम्भ
कीर्तिपुर नपा १० वडा कार्यालय, तःननी दाफा खलः र सनस्टार क्लबको संयुक्त आयोजनामा धिमे बाजा प्रशिक्षण शुभारम्भ युवापुस्तालाई लक्षिण गरी तथा धिमे बाजा संरक्षण गर्ने उद्देश्य अनुरुप कीर्तिपुर नगरपालिका १० वडामा अवस्थित तःननी टोल, चिथु विहार टोल र भरियांपुखुसि टोलको युवा समुदायहरु समेटी धिमे बाजा प्रशिक्षण कार्यक्रम ने.सं. ११४२ दिल्लाथ्व अस्तमि ( २०७९ असार २३ गते) बिहिवारदेखि संचालन गरेको छ ।...
-
२०७९ आषाढ ८, बुधबार
विभिन्न व्यक्तित्वहरुलाई 'नइ रजत महोत्सव पदक'
नइ प्रकाशनको प्रतिष्ठा, गरिमा र महिमाको उचाइ अभिवृद्धिका लागि विशिष्ट योगदान पुर्याएबापत देशदेशान्तरका विभिन्न महानुभावलाई ‘नइ रजत महोत्सव पदक’ अर्पण गर्ने निर्णय गरिएको छ । नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले आगामी साउन ७ गते राजधानी काठमाडौँमा ‘नइ रजत महोत्सव पदक’ समर्पण गरिने निर्णय भएको हो । नइ प्रकाशनले नइ रजत महोत्सव (२०५२—२०७७) एक वर्षसम्म मनाएको...


