सिनेमा
-
२०७५ चैत्र २७, बुधबार
चैते दशैँ र नयाँ वर्षको प्रभाव पोखरादेखि मुस्ताङसम्म
नयाँ वर्ष २०७६ नेपालीका घरआँगनमा भित्रँदै गर्दा यही समयमा परेको चैते दशैँ समेतको प्रभाव यतिखेर पोखरादेखि मुस्ताङसम्म परेको छ । विद्यार्थीको एक शैक्षिक वर्ष समाप्त भई अर्को शुरु हुने अवस्थाका साथै कार्यालयमा वर्षको बचेका बिदासमेतको उपयोग गर्ने आन्तरिक पर्यटकका कारण पोखरादेखि मुस्ताङसम्म नै चहलपहल बढाएको हो । विशेषतः चैतको अन्तिमतिर दुई÷चार दिन बिदा समय मिलाएर पोखरा घुम्नकै लागि देशका विभिन्न...
-
२०७५ चैत्र २७, बुधबार
भक्तपुरमा आजबाट बिस्केटजात्रा शुरु
भक्तपुरमा आजबाट बिस्केटजात्रा शुरु नयाँवर्षको आगमनसंँगै शुरु हुने तान्त्रिक महत्व बोकेको यहाँको प्रसिद्घ ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेकोे लिच्छवीकालीन बिस्केटजात्रा आजदेखि भव्य रुपमा मनाइँदैछ । आज बिहान भैरबनाथको पूजा भएसँगै शुरु हुने यो जात्रामा दिउँसो स्थानीयवासीको पूजा सकिएर गुठी कार्यालयले ल्याएको सरकारी पूजा सकिएपछि रथ तानेर जात्रा शुरु भएको गुठी संस्थानका प्रमुख हरिप्रसाद सुवेदीले...
-
२०७५ चैत्र २६, मंगलबार
सारङ्गी सङ्कटमा
कपिलवस्तुको लक्ष्मणघाटस्थित गन्धर्व टोलमा बस्दै आएका झण्डै ३५ गन्धर्व परिवारमध्ये केहीले परम्परा धान्न मात्र सारङ्गी बजाउने गरेका छन् । पहिले पहिले सडक, चोक र सार्वजनिक समारोहमा सारङ्गी बजाई गीत गाएर जीविका चलाउँदै आएका उनीहरुको पेशा अहिले सङ्कटमा परेको छ । गन्धर्व जातिका युवालाई गाउंँमा तालीम दिएर पेशा हराउन नदिन पटक पटक आग्रह गरिए पनि कसैको यसप्रति रुचि छैन । राष्ट्रिय बाजाका रुपमा रहेको...
-
२०७५ चैत्र २२, शुक्रबार
नेवार समुदायको पाँहाचह्े पर्व
देशभरी छरिएर रहेका नेवार समुदायले बिहीबार हर्षोल्लासका साथ पाँहाचह्े पर्व मनाएका छन् । पाँहाचह्े नेवार समुदायको दोस्रो ठूलो चाड हो । बिहानदेखि नुहाइधुहाइ गरी चोखो पारी विभिन्न थरिको भोज बनाउनुका साथै साँझपख सडकको खाल्टोमा लुकेर बसेको लुकुमहाद्योको पूजा गर्ने गरिन्छ । काठमाडौँ, भक्तपुर, ललितपुर दोलखा, पाल्पा आदि ठाउँमा छरिएर बसेका नेवार समुदायले मनाउने यो चाड काठमाडौँ उपत्यकाका नेवार समुदायको...
-
२०७५ चैत्र २१, बिहिबार
बिस्केट जात्रा दुई चरणमा
टोखामा यस वर्षको बिस्केट जात्रा आजदेखि शुरु भएको छ । प्रत्येक वर्ष घोडेजात्राको अघिल्लो दिन स्थानीय ठनेलाक्षी चोकमा लिङ्गो उठाएपछि जात्रा प्रारम्भ भएको मानिन्छ । यहाँको बिस्केट जात्रा दुई चरणमा मनाइन्छ । लिङ्गो ठडाएपछि तीन दिनसम्म गरिने धार्मिक गतिविधि पहिलो चरणमा पर्छ भने चैत मसान्तदेखि पाँच दिनसम्म गरिने पूजा तथा जात्रालाई दोस्रो चरणमा लिइएको छ । विभिन्न धोजाले सिङ्गारिएको उक्त लिङ्गोलाई...
-
२०७५ चैत्र १०, आइतबार
नेपाल आइडललाई राउटेको ढाका टोपी
गाउँघरमा पाएजति मजदुरी गरेर परिवारको जोहो गर्दै आउनुभएका लोपोन्मुख राउटे समुदायका करवीर राउटे शनिबार साङ्गीतिक कार्यक्रम उद्घाटनका लागि भीमदत्तनगर आइपुग्नुभयो । कञ्चनपुरको भीमदत्तनगरपालिका–९ मटेनास्थित सडक छेउमा विगत केही वर्षयता आश्रय लिँदै आउनुभएका करवीर जङ्गलबाट बस्तीमा बसाइ सरेयता पहिलोपटक साङ्गीतिक कार्यक्रममा सहभागी हुनुभएको हो । यहाँस्थित एमएनआर ह्याप्पीले नेपाल आइडल रवि ओड र ¥यापर भि–...
-
२०७५ चैत्र ७, बिहिबार
तराई–मधेशमा आज हर्षोल्लासपूर्वक होली मनाइँदै
समानता र निष्छलताको पर्व होली तराई–मधेशमा आज हर्षोल्लासपूर्वक मनाइँदैछ । सद्भाव, सौन्दर्य र रशरङ्गको रङ्गीन पर्वसमेत मानिएको होली एक प्राचीन पर्व हो । भौगोलिक संरचना र मान्यताअनुरूप मधेशमा फागुन शुक्ल पूर्णिमाको भोलिपल्ट, हिमाली र पहाडी भेकमा पूर्णिमाका दिन मनाइने यो पर्वलाई हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । पूर्णिमाका दिन होलिका दहन गरी मनाइने भएकाले यसलाई ‘होली’ भनिएको हो ।...
-
२०७५ चैत्र ६, बुधबार
अश्लील, उत्तेजित अन्तरवार्ता सञ्चालन गरेको आरोपमा फुल्चोकी मिडियाका सञ्चालक,मोडल परी तामाङ पक्राउ
अमर्यादित अश्लील, उत्तेजित अन्तरवार्ता सञ्चालन गरेको आरोपमा फुल्चोकी मिडियाका सञ्चालक राजकुमार कुँवर, कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तान तथा अन्तरवार्ता दिने मोडल परी तामाङलाई महानगरीय प्रहरी परिसर काठमाडौँले मङगलबार कलङ्कीबाट पक्राउ गरी साइवर क्राइम अपराधमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
-
२०७५ चैत्र ६, बुधबार
रङ्गै–रङ्गको पर्व होलीको उमङ्ग
रङ दल्दै आपसमा खुशियाली साटासाट गरेर मनाइने रङ्गै–रङ्गको पर्व होलीको उमङ्ग शुरु भएको छ । विजयको प्रतीकको रुपमा मनाइने परम्परा रहेको होली काठमाडौँ उपत्यकालगायत हिमाली र पहाडी क्षेत्रमा धुमधामका साथ एक–अर्कामा रङ दलेर मनाउन थालिएको छ । तराईका जिल्लामा भने भोली होली मनाइन्छ । चितवनलगायतका कतिपय जिलामा दुवै दिन होली मनाउने चलन छ । आज बिहानैदेखि उपत्यकामा बालबालिका तथा युवा सेतो टिसर्टमा...
-
२०७५ फाल्गुण २७, सोमबार
चर्चित गायिका रत्नशोभा महर्जनको एकल सांगितिक कार्यक्रम हुने
ज्ञानमाला भजन संग्रह २१ औं संस्करण सार्वजनिक, ज्ञानमाला मंगलहेरा पुरस्कार वितरण ज्ञानमाला भजन खलः स्वयम्भूको तीर्थनारायण महर्जनको सभापतित्वमा स्वयम्भू वना पासा मुना मंकाः ग्वाहालि पुचःको आयोजनामा चर्चित कर्णप्रिय स्वरकी धनी गायिका रत्नशोभा महर्जनको एकल सांगितिक कार्यक्रम ‘रत्नं भय् ब्यूगु यइपुगु सः’ हुनेभएको छ । गायिका रत्नशोभा महर्जनको एकल कार्यक्रम ‘रत्नं भय् ब्यूगु यइपुगु सः’ प्रस्तुतिको...
-
२०७५ फाल्गुण २६, आइतबार
प्रकाश दीपको ३ वटा गीति संग्रह सार्वजनिक
गीतकार दीप ४ दशकदेखि सक्रिय रहँदै आउनु भएका गीतकार प्रकाश दीपको एकल रचनामा चौबन्दी चोलो, गोरी गोरी अलि काली काली र परदेशी दाजै गीति संग्रह सार्वजनिक गरिएको छ । चौवन्दी चोलो गीति संग्रहमा मुक्ति एण्ड रिभाइभलको चौवन्दी चोलो गीतका साथै अनिल शाक्य, विरेन शाक्य, शम्भु राई, गोपाल श्रेष्ठ, नविन कार्की, सत्यनारायण प्रजापति, मदनसिँह नेपालीको संगीत संग्रहित छन् भने मुक्ति शाक्य, शम्भु राई, गोपाल श्रेष्ठ,...
-
२०७५ फाल्गुण २३, बिहिबार
अब नायिका आशिष्मा नकर्मी पनि विज्ञापनमा
नेपालभाषा तथा खस नेपाली चलचित्रका चर्चित नायिका आशिष्मा नकर्मी हिजोआज चलचित्रको अलावा विभिन्न उत्पादनका विज्ञापनहरुमा व्यस्त हुन थालेकी छिन्। नेपालभाषा चलचित्रका चर्चित नायिका बनिसकेकी नकर्मीले पछिल्लो पल्ट गोल्डेन डायमण्ड एण्ड ज्वेलरीको विज्ञापनमा मोडलिङ गरेकी छन् । सुन र डायमण्ड जनजीवनसंग सम्बन्धित महत्वलाई दर्शाउन र त्यसको आवश्यकतालाई जस्ताको तस्तै प्रस्तुत गर्ने उदेश्य अनुरुप उक्त विज्ञापनमा...



