सिनेमा
-
२०७६ श्रावण १७, शुक्रबार
लोकबाजा जोगाउँदै जैमिनी सङ्कीर्तन
बागलुङ जिल्लाको जैमिनी नगरपालिकास्थित जैमिनी सङ्कीर्तन समूहले लोपोन्मुख अवस्थामा रहेको लोकबाजा जोगाउन प्रयास थालेको छ । वर्षेनी युवापुस्तामा लोकबाजाप्रतिको मोह घट्दै गएको सन्दर्भमा यहाँको सङ्कीर्तन समूहले लोकबाजा प्रशिक्षण गरी युवापुस्तालाई आकर्षित गर्न थालेको हो । सङ्कीर्तन समूहले बुधबार मात्रै १५ दिने लोकबाजा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जिल्लामा लोकबाजा हराउन थालेपछि समूह नै गठन गरेर...
-
२०७६ श्रावण १७, शुक्रबार
भक्तपुरमा एक महीने गुंला पर्व शुरु
भक्तपुरमा एक महीनासम्म मनाइने गुंला पर्व आजबाट शुरु भएको छ । परापूर्व कालदेखि यहाँका शाक्य, बज्राचार्य, मानन्धरलगायतका समुदायले गुंलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महीना विभिन्न धार्मिककार्य गरी मनाउने गरिन्छ । गुंला पर्व विशेषगरी बुद्धधर्मावलम्बी नेवारले मनाउँदै आए पनि पछिल्लो समयमा हिन्दू धर्मावलम्बीले पनि मनाउन थालेका छन् । सबैको ऐतिहासिक पर्व भएको बताउँदै गुंला ङकधलं व्यवस्थापन समितिका...
-
२०७६ श्रावण १६, बिहिबार
आदिबासी चलचित्रकर्मीहरुको वर्कशप सम्पन्न
नेपालको चलचित्र क्षेत्रको लागि राज्यको एकमात्र आधिकरिक विकास चलचित्र विकास बोर्ड अन्तर्गत रहेको आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्धन समितिको आयोजनामा धुलिखेलमा भएको तीन दिने कार्यशाला गोष्ठी बुधवार सम्पन्न भएको छ । आदिवासी जनजाति चलचित्रकर्मी संघ संस्थाहरुको रणनिति तर्जुमा र सक्षमता विकास तालिम को रुपमा सम्पन्न भएको सो वर्कशपमा आदिवासी जनजाति चलचित्रकर्मीहरुका विभिन्न १३ वटा संघ संस्थाहरुका...
-
२०७६ श्रावण १५, बुधबार
‘केराको पात’ सार्वजनिक
नेपाली साङ्गीतिक क्षेत्रमा परिचित गायक अमृत खाती र गायिक स्मृति गौतमको स्वरमा ‘केराको पात’ नामक तीज गीत सार्वजनिक भएको छ । गायक खाती र चर्चित गायिका गौतमले चर्चित गायक शिरिष देवकोटा र प्रिया भण्डारीसँगको सहकार्यमा हरितालिका तीजको शुभकामनासहित नयाँ तीज गीत केराको पात यूटुबमार्फत बजारमा सार्वजनिक भएको हो । आफूलाई लोक गायक भन्न रुचाउने खातीले अन्य खालका गीत गाइसकेको हुनाले यो वर्ष पनि महिलाको विशेष...
-
२०७६ श्रावण १४, मंगलबार
नेवार समुदायको मौलिक पर्व गठामुंगः धुमधामले मनाइँदै
साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा बसोबास गर्ने नेवार समुदायले घर शान्तिको कामनासहित घण्टाकर्णको पूजा गर्दै गठामुंगः पर्व मनाउँदैछन् । यस दिन नेवार समुदायले आफ्नो घरगृह शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोगव्याधी नलागोस् भनेर घण्टाकर्णको पूजा गरी घर–घरबाट भूतप्रेत मन्छाउने गर्दछन् । विशेषगरी किसानले वैशाख महीनामा पर्ने अक्षय तृतीयाका दिन...
-
२०७६ श्रावण १३, सोमबार
पशुपतिनाथलगायत शिव मन्दिरमा बोलबम यात्रीको लर्को
साउन महीनाको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पवित्र नदी, ताल, तलाउ एवं पोखरीबाट शुद्ध जल लगी चढाउने भक्तजनको भीड लागेको छ । पशुपतिनाथमा वाग्मतीको शिरोभाग सुन्दरीजलबाट जल ल्याई चढाउने भक्तजनको लर्को छ । आइतबार राति नै सुन्दरीजल गई बसेका बोलबम यात्री बिहान सुन्दरीमाई मन्दिरमुनिको नदीमा स्नान गरी जल सङ्कल्प गरेपछि काँवरमा राखेर त्यहाबाट ल्याएको जल पशुपतिनाथमा चढाउन...
-
२०७६ श्रावण १३, सोमबार
धुलिखेलमा आदिवासी चलचित्रकर्मीहरुको बृहत कार्यशाला
आदिवासी जनजाति मातृभाषी चलचित्रकर्मीहरुको संघ संस्थाहरुको रणनीति तर्जुमा तथा सक्षमता विकास र्साउन १३ गतेदेखि १५ गतेसम्मको तीनदिने कार्यशाला शुरु भएको छ । नेपाल सरकार चलिचित्र विकास बोर्डको आदिवासी जनजाति चलचित्रकर्मि प्रबर्द्धन समितिद्वारा आयोजित सो कार्यशालामा बरिष्ठ सिने पत्रकार , निर्देशक एवं आदिवासी जनजाति चलचित्र महासंघका संस्थापक उपाध्यक्ष विजयरत्न तुलाधर असंबरेले आदिवासी जनजाति चलचित्र...
-
२०७६ श्रावण १२, आइतबार
पाँच कलाकार सम्मानित
लोकदोहोरी क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएवापत पाँच जना कलाकारलाई यहाँ सम्मान गरिएको छ । शनिबार बेँसीशहरमा आयोजित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा लमजुङको सातौँ अधिवेशन, सम्मान तथा विविध सांस्कृतिक कार्यक्रमका अवसरमा उहाँहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा माया गुरुङ, विमाकुमारी दुरा, अनुज अधिकारी, प्रशान्त तामाङ र प्रिती गिरी रहेका छन् । प्रतिष्ठान केन्द्रीय प्रथम...
-
२०७६ श्रावण ८, बुधबार
तीजको विकृति रोक्न प्रशासनलाई ज्ञापनपत्र
सामाजिक, सांस्कृतिक एवं धार्मिक महत्व बोकेको हरितालिका तीज पर्व सुसभ्य तरिकाले मनाउने वातावरणका लागि नारी जागरण अभियान कास्कीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । तीज आउनु महीना दिन अगाडिदेखिनै सामाजिकरूपमा देखिने भड्किलो गतिविधिले तीजको मौलिकता हराउँदै गएको भन्दै प्रमुख जिल्ला अधिकारी चत्रबहादुर बुढासमक्ष ज्ञापनपत्र बुझाएको अभियानका संयोजक अञ्जु केसीेले जानकारी दिनुभयो । “तीज पर्व...
-
२०७६ श्रावण ७, मंगलबार
मुर्चुङ्गाले सम्झियो अरुण
‘जति माया लाए पनि।।।’ मधुरो गुञ्जिरह्यो । सङ्गीतप्रेमी झुमिरहे । प्रेक्षालयमा छिनमै गहिरो मौनता छाउँथ्यो । घरी वाहीवाही चल्थ्यो । आइतबारको छिप्पिँदो साँझ बागलुङका लागि भिन्न बन्यो । साउन ५ गायक अरुण थापाको स्मृति दिवस । बागलुङमा यसपालि मुर्चुङ्गा कलाकार समूहले अरुणलाई सम्झियो । समूहले २०औँ स्मृति दिवस पारेर ‘अरुण स्मृति साँझ’ को तारतम्य मिलाएको थियो । आफ्ना प्रिय गायकको सम्झनामा गायक किशोर थापा,...
-
२०७६ श्रावण ६, सोमबार
मैथिल महिलाको सांस्कृतिक पर्व मधुश्रावणी शुरु
मिथिलाञ्चलमा मैथिल महिलाको सांस्कृतिक पर्व मधुश्रावणी आजदेखि शुरु भएको छ । सामाजिक सांस्कृतिक परम्परामा आधारित योपर्व वैवाहिक जीवनको प्रवेशमा पहिलो वर्ष धुमधामसँग मनाइन्छ भने त्यसपछि प्रत्येक वर्ष सो अवसरमा कथा सुन्ने सुनाउने परम्परा रहेको छ । तेह्र दिनसम्म मनाइने यस पर्वमा मैथिलपुत्री विभिन्न गीत गाउँदै श्रीमान्ले ल्याए वा पठाएको फरिया, घोघट लगाएर सखीहरूसँग फूलबारीमा फूल टिप्दै लोकाचारलाई...
-
२०७६ श्रावण ६, सोमबार
‘जामनः गुभाजु’ ऐतिहासिक कथा, जीवन्त अभिनय
सिद्धहस्त एक तान्त्रिकको जीवनीलाई लिएर नेपालभाषामा बनेको चलचित्र ‘जामनः गुभाजु’ गत वर्ष मङ्सिर ८ गतेदेखि हालसम्म लगातार चलिरहेको छ । अब चलचित्रले ५१ शो मनाउने तयारी पनि गर्दैछ । आदिवासी जनजातीय चलचित्र हुनाले बक्स अफिसमा पर्न नसकिएको भनिए पनि प्रायः शनिबारजसो मात्र प्रदर्शन हुने पाएको चलचित्रले नौ महिनाको अवधिमा करीब सात हजार दर्शक भने पाइसकेको छ । आफ्नै समाजको मौलिक कथा र अभिनय बोकेको चलचित्र...



