STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ आषाढ ९, सोमबार

    कार्यालयको गल्तीमा सेवाग्राहीले अब जरिवाना तिर्ननपर्ने

    चालक अनुमतित्रपत्र छपाईमा कार्यालयकै गल्तीका कारण पुनः छपाइ गर्दासमेत सेवाग्राहीले जरिवाना तिर्दै आएकामा सो जरिवाना हटाउने तयारी भएको छ । नयाँ चालक अनुमतिपत्र वा नवीकरण गर्दा ‘स्मार्ट’ चालक अनुमतिपत्रमा फोटो वा विवरण स्पष्ट नहुँदा दिइएको प्रतिलिपिका लागि पनि चालक रकम तिर्न बाध्य थिए, यसैगरी सेवाग्राहीको गल्ती नभए पनि विगतमा पुनःछपाइ गर्दा उनीहरुसँग रकम लिने गरिएको यातायात व्यवस्था विभागका...

  • २०७६ आषाढ ९, सोमबार

    रेल दुर्घटनामा चारको मृत्यु एक सय घाइते

    उत्तरपूर्वी बङ्गलादेशमा भएको एक रेल दुर्घटनामा परी चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य १ सय भन्दा बढी घाइते भएका एक सरकारी अधिकारीले सोमबार जानकारी दिएका छन् । बङ्गलादेशको राजधानी ढाकाबाट २ सय ३ किल्लो मिटर टाढा रहेको माउल्भिबाजार जिल्लामा सो दुर्घटना भएको छ । स्थानीय समायानुसार आइतबार राती ११ः५० बजे सो दुर्घटना भएको अग्नी नियन्त्रण सेनाका एक अधिकारी नुर्नु नाबीले सिन्हवा समाचार समितिलाई...

  • २०७६ आषाढ ९, सोमबार

    ट्रम्पले दुई दिने दक्षिण कोरियाको भ्रमण गर्ने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण गर्न लाग्नु भएको छ । दक्षिण कोरियाको राष्ट्रपति भवन ब्लु हाउसले सोमबार उक्त जानकारी दिएको छ । ब्लु हाउसमा प्रवक्ता को मिन जुङ्गले एक पत्रकार सम्मेलनमा ट्रम्पले अगामी शनिबारबाट दक्षिण कोरियाको दुई दिने भ्रमण गर्न लाग्नु भएको बताउनु भएको छ । सो भ्रमणको क्रममा ट्रम्पले दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनसँग आइतबार...

  • २०७६ आषाढ ९, सोमबार

    ट्याङ्करको ठक्करबाट एकको मृत्यु

    मोरङको बूढीगङ्गा गाउँपालिका–१ स्थित कोशी राजमार्गमा ट्याङ्करको ठक्करबाट आज बिहान एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–४ का २९ वर्षीय सन्दीप पौडेल रहेको छ । ना४ख १९०५ नंको ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको को२६प ३०५९ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक शिक्षक पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी...

  • २०७६ आषाढ ९, सोमबार

    जनताले अनुभूति गर्ने गरी काम गर्नुपर्छ ः अध्यक्ष दाहाल

    नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय, प्रदेश र सङ्घ सरकारको समन्वयमा जनताले विकासको अनुभूति गर्ने गरी काम गर्न आवश्यक रहेको बताउनुभएको छ । आज यहाँ आयोजित माडी नगरपालिकाको तेस्रो नगरसभामा उहाँले तीनै तहको समन्वयले विकास र समृद्धि सम्भव हुने बताउनुभयो । अहिले तीनै तहको समन्वय गर्ने काम भइरहेको उहाँको भनाइ थियो । कानून निर्माणको क्रममा...

  • २०७६ आषाढ ९, सोमबार

    अलैँची रोप्ने चटारोमा किसान

    मकै थन्क्याउन र धान रोप्न व्यस्त भइरहेका बेला यहाँका अलैँची किसान भने बिरुवा रोप्ने चटारोमा छन् । जिल्लामा यतिबेला अलैँचीका बिरुवा लगाउने मौसम भएकाले किसानलाई बिरुवा रोप्ने चटारो भएको हो । बेंसीशहर नगरपालिका– १० खाँचेका सोमबहादुर तामाङले जेठको २९ गतेदेखि अलैँचीका बिरुवा लगाउँन थाल्नुभएको हो । करीब ४० रोपनी क्षेत्रफलमा अलैँची रोप्ने तयारी उहाँले गर्नुभएको छ । अहिलेसम्म ४५ हजार बिरुवा रोपिसकेको र...

  • २०७६ आषाढ ९, सोमबार

    ज्येष्ठ नागरिक सामाजिक सुरक्षाभत्ताबाट वञ्चित

    सप्तरी बोदे बर्साइन नगरपालिकाको लापरवाहीका कारण ज्येष्ठ नागरिक तथा एकल महिलाले सामाजिक सुरक्षाभत्ता पाउनबाट वञ्चित भएका छन् । नगरपालिका कार्यालयले समयमै बैंक खाता खोल्न ध्यान नदिँदा नगरपालिकाको १० वटै वडाका करीब एक हजारभन्दा बढी ज्येष्ठ नागरिक तथा एकल महिलाले विगत आठ महीनादेखि सामाजिक सुरक्षाभत्ता पाउनबाट वञ्चित भएका हुन् । गत वर्षको मङ्सिर महीनायता सामाजिक सुरक्षाभत्ताबापत कुनै रकम पाउन नसकेको...

  • २०७६ आषाढ ९, सोमबार

    विपद् व्यवस्थापनको लागि सम्पूर्ण तयारी गरिएको छ – गृहमन्त्रालय

    सरकारले मनसुनको समयमा बाढी, पहिरो र डुवानबाट हुनसक्ने जनधनको क्षति र जोखिमको विश्लेषण गरी सम्पूर्ण आवश्यक पूर्व तयारी गरिएको जनाएको छ । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्रालयका सचिव प्रेमकुमार राईले सबै प्रदेशका विभिन्न रणनीतिक स्थानमा खोज उद्धार सामग्रीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको खोज तथा उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको बताउनुभयो । त्यस...

  • २०७६ आषाढ ९, सोमबार

    बालविवाह रोक्न ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

    बालविवाह न्यूनीकरणका लागि टीकापुर नगरपालिकाले ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम ल्याउने भएको छ । नगरपालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा आउँदो साउन १ गतेपछि नगरपालिकाभित्र जन्मिएका प्रत्येक छोरीको बैंक खाता खोली वाषर््िाक एक हजार रकम उपलब्ध गराइने उल्लेख छ । तर उक्त रकम २० वर्षअघि विवाह गर्ने छोरीलाई उपलब्ध नगराइने व्यवस्था नीति तथा कार्यक्रममा गरिएको छ ।...

  • २०७६ आषाढ ९, सोमबार

    महिला फुटबल–विराटनगर सेमिफाइनलमा

    राजधानीमा जारी अन्तर नगरपालिका उपमेयर कप महिला फुटबल प्रतियोगितामा विराटनगर महानगरपालिका, विदुर नगरपालिकालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । हलचोकस्थित सशस्त्र प्रहरी बल एपिएफ को मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा विराटनगरले विदुर नगरपालिकालाई ३–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । यो खेलसँगै उक्त प्रतियोगिताको सेमिफाइनल समीकरणसमेत पूरा भएको छ । विराटनगरसँगै...

  • २०७६ आषाढ ९, सोमबार

    सुरक्षित गर्भपतनको ज्ञान नहुँदा अकालमा मृत्यु

    कानूनीरुपमा गर्भपतन निःशुल्करुपमा गरिने व्यवस्था भए पनि ग्रामीण भेगका धेरै महिलालाई त्यसबारे जानकारी भएको देखिदैन । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकारसम्बन्धी ऐन २०७५ कार्यान्वयनको अवस्थामा आइसकेको छ । तर कानूनको जानकारी नहुँदा महिला असुरक्षितरुपमा गर्भपतन गर्न बाध्य छन् । राष्ट्रिय महिला आयोग र महिला, विकास तथा महिला मञ्चले यहाँ आज आयोजना गरेको ‘सुरक्षित मातृत्व तथा प्रजनन...

  • २०७६ आषाढ ९, सोमबार

    शेयर बजार बढ्यो

    आइतबार ओरालो लागेको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५।७५ बिन्दुले उकालो लागेर एक हजार २६०।१० अङ्कमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १।४४ बिन्दुले बढेर २७१।०४ मा पुगेको छ । नेप्से परिसूचक उकालो लागे पनि कारोवार रकम भने उल्लेख्यमात्रामा अगाडि बढ्न सकेन । कूल १७३ कम्पनीको १५ लाख चार हजार...

Pages