-
२०७६ जेठ ३०, बिहिबार
हाइड्रोपावरले ड्याम खोल्दा एक बेपत्ता
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका र नीलकण्ठ नगरपालिकाको सिमानामा पर्ने टारीबेँसी नजिकै बुधबार १९ वर्षीया युवती आँखुखोलाले बगाएर बेपत्ता भएकी छिन् । लुगा धुन र नुहाउन भनी दिउँसो खोलामा गएकी युवतीलाई खोलाले बगाएको हो । दाङ जिल्ला घर भएकी युवती काठमाडौँस्थित विनायक अस्पतालमा अध्ययनरत थिइन् । अध्ययनकै सिलसिलामा उनी ‘प्राक्टिकल’का लागि सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा आएकी हुन् । आँखुखोला...
-
२०७६ जेठ ३०, बिहिबार
बिरामीको रोजाइमा भरतपुर अस्पताल
यहाँको सरकारी अस्पताल भरतपुर अस्पतालमा उपचार गर्नका लागि लामो समय पालो कुर्नुपर्छ । प्रचण्ड गर्मीका कारण असिनपसिन भएर पनि यस क्षेत्रका बिरामीको उपचारमा पहिलो रोजाइ भने यही अस्पताल हुने गरेको छ । जिल्लामा दुई सुविधासम्पन्न मेडिकल कलेज र २५ भन्दा बढी साना–ठूला अस्पताल छन् । पालो पाएसम्म अधिकांश बिरामीको रोजाइ सरकारी अस्पताल हुने गरेको छ । नेपाल चिकित्सक सङ्घ चितवनका अध्यक्ष डा प्रकाश खतिवडा...
-
२०७६ जेठ ३०, बिहिबार
कैदीलाई कारागारमै सामग्री
दैलेख कारागारका कैदीबन्दीलाई सामग्री हस्तान्तरण गरिएको छ । नेपाली प्रजातान्त्रिक आन्दोलनकी अग्रणी महिला नेतृ शैलजा आचार्यको १०औँ स्मृति दिवसका अवसरमा नेपाल महिला सङ्घ दैलेखले सामग्री हस्तान्तरण गरिएको हो । नेपालको पहिलो महिला उपप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसकी वरिष्ठ नेतृसमेत रहनुभएकी आचार्यको स्मृति दिवसको अवसरमा कारागारका कैदीलाई सामग्री हस्तान्तरण गरिएको हो । स्मृति दिवसका अवसरमा नेपाल...
-
२०७६ जेठ ३०, बिहिबार
विपीवाद खोज्दै सङ्ग्रहालय विराटनगर यात्रामा
विपी सङ्ग्रहालय समितिले विपीवादको खोजी गर्दै आजदेखि सुन्दरीजलबाट विराटनगरस्थित कोइराला निवाससम्म यात्रा शुरु गरेको छ । लोकतान्त्रिक मूल्यमान्यतालाई बलियो बनाउन विपीवादको खोजी गर्न दोस्रो चरणको यात्रा शुरु गरिएको सङ्ग्रहालय समितिका संस्थापक अध्यक्ष परशुराम पोखरेलले राससलाई जानकारी दिनुभयो । यात्रा जेठ ३२ गते सुन्दरीजलमै आएर समाप्त हुनेछ । यात्राका क्रममा सङ्ग्रहालयको माटो चाँदीको कचौरा एवं सिसाको...
-
२०७६ जेठ ३०, बिहिबार
मोटरसाइकल एकापसमा ठोक्किँदा दुईको मृत्यु
सर्लाहीको हरिपुर नगरपालिकामा गए राति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुईको मृत्यु भएको छ भने चार घाइते भएका छन् । हरिपुर नगरपालिका–७ चिताइस्थित भित्री सडकखण्डमा ना२५प ६९२२ नंको मोटरसाइकल र ज२प ७८८६ नंको मोटरसाइकल एकापसमा गए राति करीब १०ः३० बजेको समयमा ठोक्किँदा ईश्वरपुर नगरपालिका–१५ का ३० वर्षीय अनिल चौधरी र ईश्वरपुर नगरपालिका–१४ का ३५ वर्षीय अशोक चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवै...
-
२०७६ जेठ ३०, बिहिबार
थाइले बनाइदिएको भवन विद्यालयलाई हस्तान्तरण
थाइल्याण्डका एक नागरिकले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित सावित्रा माविमा पक्की भवन निर्माण गरिदिनुभएको छ । थाइ नागरिक मास्टर वान्चाइ रौइ एरीको रु ४० लाख लगानीमा चारकोठे दुईतले पक्की भवन निर्माण गरिएको हो । एरीको लगानीमा निर्माण गरिएको विद्यालय भवन बुधबार नेपालका लागि थाइल्याण्डका राजदूत भाकवत टान्स्कुलले औपचारिकरूपमा उद्घाटन गर्नुभएको छ । नवनिर्मित भवनका लागि आवश्यक...
-
२०७६ जेठ ३०, बिहिबार
सगरमाथा नाप्ने कार्कीलाई सम्मान
नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरीबी मन्त्रालयअन्तर्गतको नापी विभागले पहिलोपटक गर्न लागेको सगरमाथाको उचाइ मापन सफलतापूर्वक सहभागी भई फर्किनुभएका मापन टोलीका एक सदस्य रविन कार्कीलाई गृहजिल्लामा सम्मान गरिएको छ । नापी विभागले पठाएको चार जनाको टोलीमध्ये कार्की सगरमाथाको चुचुरोमै पुग्ने दुईमध्येका एक हुन् । नेपालले पहिलोपटक सगरमाथाको उचाइ मापनमा सफलतापूर्वकरूपमा जिम्मेवारी पूरा गर्नुभएको...
-
२०७६ जेठ ३०, बिहिबार
जनता पाटनमा, विकास निर्माणका काम अलपत्र
स्थानीयवासी डोल्पाका विभिन्न पाटनमा पाइने यार्सागुम्बा सङ्कलनका लागि गएपछि जाजरकोट र डोल्पाका गाउँमा विकास निर्माणको काम ठप्प भएको छ । विकासे कामदेखि विद्यालयमा पढाइसमेत प्रभावित हुँदै समस्या भएको स्थानीय तहले बताएका छन् । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र अन्य सामुदायिक वनले डोल्पामा जेठ १३ देखि असार २५ सम्मका लागि जिल्लाका पाटनमा यार्सा सङ्कलन खुला गरेको छ । स्थानीय बासिन्दा यार्साको खोजीमा...
-
२०७६ जेठ ३०, बिहिबार
धवलागिरि आधार शिविर जाने पदमार्ग निर्माण
म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ ८,१६७ मिटर अग्लो धवलागिरि हिमालको आधार शिविर जाने पदमार्ग निर्माण गरिएको छ । भीर र जङ्गलको जोखिमपूर्ण पदमार्गलाई फराकिलो बनाएर पूर्वाधार निर्माण गरिएको हो । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु ५० लाख बजेटबाट नाउराभीरदेखि सल्लाघारीसम्म पदमार्ग मर्मत गरिएको छ । सो खण्डको नौ किलोमिटर ४०० मिटर अप्ठ्यारो...
-
२०७६ जेठ ३०, बिहिबार
नेकपाको शपथग्रहण सम्पन्न
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा डोटीका जिल्ला कमिटी सदस्यको आज शपथग्रहण सम्पन्न भएको छ । पार्टीका सुदूरपश्चिम प्रदेश कमिटी इञ्चार्ज भीम रावलले १३५ जिल्ला कमिटी सदस्यलाई शपथग्रहण गराउनुभएको हो । शपथग्रहण गर्नेमा पूर्वएमालेबाट ८१ तथा पूर्वमाओवादी केन्द्रबाट ५४ जिल्ला कमिटी सदस्य छन् । उहाँहरुले पद तथा गोपनीयताको शपथग्रहण गर्दै आगामी दिनमा पार्टीका नियमित क्रियाकलापमा कटिबद्ध भएर लाग्ने...
-
२०७६ जेठ ३०, बिहिबार
इञ्जिनीयर श्रेष्ठ घुससहित पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनीयर विकास श्रेष्ठलाई घुससहित आज बिहान रङ्गेहात पक्राउ गरेको छ । आयोग इटहरीबाट प्रहरी नायब उपरीक्षक श्याम सारुख मगरको नेतृत्वमा खटिएको टोलीले झोलुङ्गेपुल निर्माण सम्पन्न भइसकेको पुलको बिल भुक्तानी गर्ने विषयमा रु एक लाख घुस लिएको आरोपमा उनलाई पक्राउ गरिएको आयोगका प्रमुख महेश आचार्यले जानकारी दिनुभयो । कुन ठाउँको झोलुङ्गेपुल...
-
२०७६ जेठ ३०, बिहिबार
प्रविधिमैत्री सेवामा जोड दिनुपर्छः प्रहरी नायब महानिरीक्षक अधिकारी
प्रदेश नं ५ का प्रहरी प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक पिताम्बर अधिकारीले रामपुर नगरपालिका–३ स्थित प्रहरी चौकी केलादीको नवनिर्मित कार्यालय भवनको बुधबार उद्घाटन गर्नुभएको छ । नेपाल प्रहरीको भौतिक पूर्वाधार निर्माणअन्तर्गत रु एक करोड आठ लाख ३५ हजार ९१६ को लागतमा निर्माण भएको उक्त दुईतले भवनमा भान्साघर, बाथरुम र शौचालयसहित प्रतिक्षालय, पार्किङस्थल र गार्डपोष्ट पनि निर्माण भएको छ । सो अवसरमा...


