STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ जेठ ३१, शुक्रबार

    उद्यमी व्यापारी जनताप्रति उत्तरदायी हुनुपर्छ – प्रदेश प्रमुख

    प्रदेश नं १ का प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले उद्योगी व्यापारीले जनताप्रति उत्तरदायी भएर व्यवसाय सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।   विराट व्यापार सङ्घको १०औँ वार्षिक साधारणसभाको यहाँ आज उद्घाटन गर्दै उहाँले यस क्षेत्रका जनतालाई आवश्यक पर्ने वस्तु उत्पादन गरी सहज ढङ्गले उपलब्ध गराउन आग्रह गर्नुभयो ।   प्रदेश उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुशियतले मुलुकलाई...

  • २०७६ जेठ ३१, शुक्रबार

    स्पोर्टस् अवार्डमा डिस होम मिडियाको सहयोग

    पल्सर स्पोर्टस् अवार्डका लागि नेपाल खेलकूद पत्रकार मञ्च एनएसजेएफ लाई डिसहोम मिडिया नेटवर्क लिमिटेडले रु ११ लाख बराबरको रकम सहयोग गर्ने भएको छ । आगामी असार १७ गते आयोजना हुने उक्त अवार्डका लागि मञ्चले डिस होमसँग सम्झौता नवीकरण गरेको हो ।     मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र डिस होमका प्रबन्ध निर्देशक सुदीप आचार्यले यहाँ आज आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौतानुसार डिस...

  • २०७६ जेठ ३१, शुक्रबार

    नेपाल चार स्थान तल 

    फिफा वरियतामा नेपाल चार स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल चार स्थान तल झर्दै १६५औँ स्थानमा रहेको हो । यसअघि नेपाल १६१औँ स्थानमा थियो ।    चार स्थान तल झरेको नेपाल दक्षिण एशियामा भने तेस्रो स्थानमा छ । नेपालभन्दा माथि भारत १०१ औँ स्थानमा छ भने माल्दिभ्स १५१ औँ स्थानमा रहेको छ । नेपालभन्दा तल रहेको बङ्गलादेश १८३औँ स्थानमा छ भने भूटान १८६औँ...

  • २०७६ जेठ ३१, शुक्रबार

    रारा छायानाथ घुम्न हेलिकप्टर प्याकेज

    मुगुको रारा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । तर, रारा पुग्ने पर्यटकलाई थप घुम्ने र मनोरञ्जन दिन नसकिएको अवस्थामा असार पहिलो सातादेखि रारादेखि छायानाथ धाम पुग्न राराछाँयानाथ हेलिकप्टर प्याकेज शुरु हुने भएको छ । हिन्दूको चारधाममध्येको छाँया क्षेत्रधाम हेलिकप्टरमार्फत पुग्नका लागि भिजिट कर्णाली टुर एण्ड ट्राभल्सले हेलिकप्टर प्याकेज ल्याउन लागेको ट्राभल्सका सञ्चालक राजु कार्कीले...

  • २०७६ जेठ ३१, शुक्रबार

    कृषि फार्मलाई अनुदान रकम वितरण

    कृषिको उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि बागलुङ र पवर्तका साना तथा मझौला फार्मलाई रु एक करोड अनुदान प्रदान गरिइएको छ ।  भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बागलुङले ती दुबै जिल्लाका कृषि, पशुपक्षी, तरकारी तथा मत्स्यसंग सम्बन्धित ३७ वटा साना तथा मझौला फार्मलाई सो अनुदान प्रदान गरिएको हो ।  कृषिजन्य तथा पशुजन्य उत्पादनमा जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले चालू आर्थिक वर्षमा...

  • २०७६ जेठ ३०, बिहिबार

    स्कूल बसको झ्यालबाट टाउको निकाल्दा बालकको मृत्यु

    सिन्धुलीमा स्कूल बसको झ्यालबाट टाउको निकाल्दा एक बालकको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका–५ मुलकोट भोटेखोलाको पुलस्थित विपी राजमार्ग सडकखण्डमा बुधबार रातामाटाबाट मुल्कोटतर्फ जाँदै गरेको स्कूल बसको झ्यालबाट टाउको निकाल्दा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मृत्यु हुनेमा प्रगतिशील माध्यमिक विद्यालय रातामाटामा कक्षा ९ मा अध्ययनरत रामेछाप खाडादेवी गाउँपालिका–३ का १४...

  • २०७६ जेठ ३०, बिहिबार

    गुठीसम्बन्धी विधेयकका विषयमा वार्ता गर्न मानव अधिकारको आग्रह

    राष्ट्रिय मानवअधिकार आयोगले गुठीसम्बन्धीे विधेयकका विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न सरकारसँग आग्रह गरेको छ । आयोगका निर्देशक डा टीकाराम पोखरेलले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा शान्तिपूर्णरूपमा भेला हुने तथा प्रदर्शन गर्ने नागरिकको अधिकारको सम्मान गर्न, घाइतेको स्वास्थ्य उपचार गर्न, दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याई वार्ता र संवादबाट समस्याको समाधान गर्न सरकारसँग आग्रह...

  • २०७६ जेठ ३०, बिहिबार

    सङ्घीय सरकारको निर्णयबाट सुरक्षाकर्मी हटाइएको

    प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय सरकारको पत्रअनुसार अतिविशिष्ट व्यक्तिको मृत्युपश्चात निवासमा रहेका सुरक्षाकर्मी हटाउने निर्णयअनुसार विराटनगरस्थित कोइराला निवासमा रहेका सुरक्षाकर्मी हटाएको बताउनुभएको छ ।   प्रदेश नं १ प्रदेशसभाको विभिन्न मितिमा सदस्यहरूले शून्य समयमा राख्नुभएको सार्वजनिक महत्वको प्रश्नको जवाफ दिँदै उहाँले स्व गिरिजाप्रसाद कोइरालाको...

  • २०७६ जेठ ३०, बिहिबार

    पाँच भारतीय गाडी पक्राउ

    दाङमा अवैधरूपमा चलिरहेका पाँच भारतीय गाडीलाई पक्राउ गरी कारवाही गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले विभिन्न बहानामा दाङ आएर सस्तोमा सामान ढुवानी तथा यात्रु ओसारपसार गर्ने गरेका पाँच गाडीलाई पक्राउ गरेको हो । ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख मदन कुँवरका अनुसार भारतीय गाडीले गर्दा यहाँका यातायात व्यवसायी मर्कामा परेको गुनासो आएपछि यसमा कडाइ गर्न थालिएको छ । “अहिले भारतीय गाडी दाङ...

  • २०७६ जेठ ३०, बिहिबार

    सवारीसाधन केरूङ जान थाले

    पालोको आधारमा केरूङ जान पाउनुपर्ने माग राख्दै रसुवागढी नाकामा गरिएको चक्काजाम बुधबारदेखि खुला भएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार राजनीतिक दल, चक्काजाम गर्ने व्यवसायी र सुरक्षा निकायसमेतको छलफल र सहमतिबाट चक्काजाम खुला भएको हो । सबैको अधिकार सुनिश्चित गर्न जुन–जुन सवारीसाधन लाइनमा बस्छ त्यसैलाई पालोको हिसाबले मालसामान लिन जान पाउनुपर्ने माग पूरा भएको बताइएको छ । केरूङ जाने...

  • २०७६ जेठ ३०, बिहिबार

    अपहरण गरी हत्या आरोपमा एक पक्राउ

    सिरहाको धनगढीमाई नगरपालिका–६ का युवकको अपहरण गरी हत्या गरेको आरोपमा सिरहा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नगरपालिका–६ स्थित कसहा र वसन्तपुरचोकबाट स्थानीय १७ वर्षीय सुभाषकुमार यादवको अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले सिरहाकै औरही गाउँपालिका–२ निवासी २१ वर्षीय गङ्गाराम मण्डल खत्बेलाई पक्राउ गरेको हो । यादवलाई गत २०७५ फागुन ९ गते अपहरण गरी भारतको मधुवनी भुतही बलान तटबन्ध नजिक लगेर गोली हानी...

  • २०७६ जेठ ३०, बिहिबार

    ट्याङ्कीमा डुबेर चार वर्षीय बालकको मृत्यु

    पोखरामा हिजो साँझ पानीको ट्याङ्कीमा डुबेर एक बालकको ज्यान गएको छ । स्याङ्जा घर भई हाल पोखरा महानगरपालिका–७ मासबारस्थित मामा राजेन्द्र पौडेलको घरमा बस्दै आएका चार वर्षीय बालक श्रीकृष्ण कोइरालाको साँझ ७ः३० बजे मामाघरसँगैको निर्माणाधीन घरको पानी ट्याङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिनुभयो । साथीसँग खेल्ने क्रममा घरको भ¥याङमुनि रहेको...

Pages