-
२०७६ जेठ ३०, बिहिबार
अपाङ्गता भएका व्यक्तिलाई बाख्रा र बङ्गुर वितरण
कैलालीको जानकी गाउँपालिका–८ अपाङ्गता भएका व्यक्तिलाई बाख्रा तथा बङ्गुर वितरण गरिएको छ । चालू आर्थिक वर्षमा सामाजिक विकास कार्यक्रमअन्तर्गत अपाङ्गता भएका व्यक्तिका लागि विनियोजित रकमबाट उनीहरुलाई बाख्रा र बङ्गुर वितरण गरिएको हो । अपाङ्गता भएका मानिसलाई व्यवसायतर्फ आकर्षित गर्न बाख्रा र बङ्गुर वितरण गरिएको वडा नं ८ का वडाध्यक्ष डम्बरबहादुर थारूले बताउनुभयो । “अपाङ्गता भएका व्यक्ति केही गर्न...
-
२०७६ जेठ ३०, बिहिबार
फुटसल प्रतियोगिता शुक्रबारदेखि शुरु
कखरा ईभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने दोस्रो संस्करणको अन्तरविद्यालय फुटसल प्रतियोगिता भोलिदेखि शुरु हुने भएको छ । दुईदिने उक्त प्रतियोगितामा विभिन्न ३२ भन्दा बढी विद्यालयका विद्यार्थीको सहभागिता रहनेछ । प्रतियोगितामा १६ वर्षभन्दा मुनीका विद्यार्थीले मात्र खेल्न पाउने प्रावधान छ । च्यासलस्थित नेशनल स्पोर्ट्स सेन्टरमा आयोजना हुने उक्त प्रतियोगिता नकआउटका आधारमा सञ्चालन हुनेछ ।...
-
२०७६ जेठ ३०, बिहिबार
गुठी विधेयकले निजी गुठीलाई समाप्त पार्ने
गुठीसम्बन्धी कानूनलाई एकीकरण तथा संशोधन गर्न बनेको विधेयक–२०७५ ले निजी गुठीलाई समाप्त पार्ने आज यहाँ आयोजित एक कार्यक्रमका वक्ताहरुले विचार व्यक्त गरेका छन् । स्वर्गद्वारी आश्रम, नेपाल विद्वत परिषद्, हिन्दू जागरण अभियानलगायतका संस्थाले आज यहाँ पत्रकार सम्मेलन गरी संसद्मा पेश भएको गुठीसम्बन्धी विधेयकले गुठीहरूको समस्या समाधान गर्ने नाममा गुठी सम्पदा र सनातन संस्कृतिलाई नियन्त्रण गरी प्राचीन र...
-
२०७६ जेठ ३०, बिहिबार
हावाहुरीबाट केरा खेती नष्ट
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का किसानले लगाएको केरा खेतीमा हावाहुरीले व्यापक क्षति पु¥याएको छ । गत बिहीबार राति आएको हावाहुरीले घरी लाग्नै थालेको र लागेको केराका बोटहरु ढालेपछि किसानले निकै क्षति व्यहोरेका हुन् । कालागौंडी, तिलकी र दमलपट्टिका १५ जनाभन्दा बढी किसानले १० बिघा जग्गामा लगाइएको केरामा हावाहुरीले ९० प्रतिशत क्षति गरेको किसान मङ्गल चौधरीले बताउनुभयो । उहाँका अनुसार हावाहुरीले...
-
२०७६ जेठ ३०, बिहिबार
क्याम्पसमा छात्रावासको शिलान्यास
धौलागिरिको एक मात्र आङ्गिक क्याम्पस धौलागिरि बहुमुखी क्याम्पस बागलुङले निर्माण गर्न लागेको सुविधा सम्पन्न छात्रावास भवनको आज एक कार्यक्रमको आयोजना गरी शिलान्यास गरिएको छ । साविक धौलागिरि अञ्चलका छात्राहरुलाई क्याम्पस अध्ययनका लागि आवासीय सुविधा प्रदान गर्ने उद्देश्यले निर्माण गर्न थालिएको छात्रावास भवनको त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाले शिलान्याश गर्नुभएको हो । क्याम्पसले हाल...
-
२०७६ जेठ ३०, बिहिबार
विप्लव समूहका जुम्ला इञ्चार्ज पक्राउ
नेत्रविक्रम चन्द समूहका एक नेता जुम्लामा पक्राउ परेका छन् । उक्त समूहका जिल्ला इञ्चार्ज चन्द्रवीर तिरुवा रवि किरण लाई प्रहरीले पक्राउ गरेको हो । बुधबार राति १ बजे सिँजा गाउँपालिका–२ चुलेलगाउँस्थित आफ्नै घरमा सुतिरहेका बेला उनलाई छापा मारेर पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिताराम रिजालले जानकारी दिनुभयो । सोही कार्यालयमा हिरासतमा राखिएको जनाइएको छ ।
-
२०७६ जेठ ३०, बिहिबार
दुर्घटना सैनिकको मृत्यु
मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ सामरी पुल नजिकै गए राति भएको सवारी दुर्घटनामा घाइते हुनुभएका सैनिकको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ ।र्घटनामा परी मृत्यु हुनेमा नेपाली सेनाका लेस नायक विवेश तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा ७ च ३८४८ नम्बरको कारले हेटौँडाबाट भैसैतर्फ जाँदै गरेको बा ४१ प ५३८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो...
-
२०७६ जेठ ३०, बिहिबार
प्रम ओली पेरिसमा
प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त अधिराज्यको औपचारिक भ्रमण सम्पन्न गरी फ्रान्सको तीनदिने भ्रमणका लागि राजधानी पेरिस पुग्नुभएको छ । प्रधानमन्त्री ओलीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा प्रधानमन्त्रीका सल्लाहकार तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारी पनि हुनुहुन्छ । पेरिसको गेर दु नोर्द स्टेसन आइपुग्दा उहाँलाई फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारी...
-
२०७६ जेठ ३०, बिहिबार
बालविवाह विरुद्ध साझा प्रतिबद्धता
बढ्दो बालविवाह न्यूनीकरणका लागि सामाजिक सङ्घ संस्थालेसमेत साथ दिन थालेका छन् । ती सङ्घसंस्थाले स्थानीय तहसँग मिलेर बालविवाह विरुद्धको अभियानमा लाग्ने प्रतिबद्धता गरेका हुन् ।जिल्ला सदरमुकाममा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावल, जिल्ला प्रहरी कार्यालय, गैसस, पत्रकार, नागरिक अगुवासमेतले एकैसाथ बालविवाह न्यूनीकरणका लागि साझा पत्रमा हस्ताक्षर गर्दै सो अभियानमा जुट्न...
-
२०७६ जेठ ३०, बिहिबार
एउटै वडामा १३८ बालबालिका कुपोषित
दाङको एउटै वडामा १३८ जना बालबालिका कुपोषित भएको भेटिएका छन् । तुलसीपुर उपमहानगरपालिका–११ का १३८ बालबालिकामा कुपोषणको समस्या देखिएको हो । तीमध्ये ४७ जना बालबालिका मात्र सम्पर्कमा आएको र अन्य बालबालिकाहरु सम्पर्कमा नआएको स्वास्थ्य चौकी टरिगाउँका फोकल पर्सन रेणु केसीले जानकारी दिनुभयो । “हाम्रो वडा नं ११ मा १३८ जना बालबालिकामा कुपोषण देखिएको छ”, उहाँले भन्नुभयो, “तर ४७ जना मात्रै सम्पर्कमा...
-
२०७६ जेठ ३०, बिहिबार
भिस्वा बजार सुनसानः सीमावर्ती भारतीय बजार गुलजार
चालिस वर्ष अघिसम्म समृद्ध र गुलजार बजारको रुपमा पहिचान पाएका भिस्वा बजार हिजोआज सुनसान देखिन थालेको छ । पश्चिमी पर्साको दर्जनभन्दा बढी गाउँ तथा सीमावर्ती भारतका मानिसहरुको किनमेल गर्ने थलोका रुपमा परिचय पाएका यो बजार कालान्तरमा आएर उजाड हुँदै गएको छ । ग्राहकको अभावमा अहिले परम्परागत शैलीको व्यवसाय र कष्टपूर्ण दैनिकी यहाँको व्यापारीको दिनचर्या भएको छ । त्यतिबेला सीमावर्ती भारतीय बजार सिकटा,...
-
२०७६ जेठ ३०, बिहिबार
विद्यालयमा लागुऔषधविरुद्धको एकाइ गठन गर्न निर्देशन
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहका प्रत्येक विद्यालयमा लागुऔषध विरुद्धको एकाइ गठन गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयको अनुरोधमा सङ्घीय मन्त्रालयले स्थानीय तहका प्रत्येक विद्यालयमा एकाइ गठन गर्न निर्देशन दिएको स्थानीय तह समन्वय शाखाका अधिकृत जनकराज शर्माले जानकारी दिनुभयो । मन्त्रालयले लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा...


