STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ जेठ ३१, शुक्रबार

    केन्याको आर्थिक वृद्धि ६।३ प्रतिशत

    केन्याको अर्थतन्त्र सन् २०१९ मा करिब ६।३ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । सरकारी अधिकारीहरुका अनुसार यो वृद्धि सन् २०१८ कै हाराहारी हो । केन्याका अर्थमन्त्री हेनरी रोटिचले विश्वको बदलिँदो आर्थिक परिदृश्यमा समेत केन्याको आर्थिक वृद्धि स्थिर रहनु सकारात्मक रहेको बताउनुभयो । उहाँले सन् २०१८ कै हाराहारीमा सन् २०१९ को आर्थिक वृद्धि हुनु निकै राम्रो हो भन्नुभयो । केन्यामा मौसम खराब रहेका कारण...

  • २०७६ जेठ ३१, शुक्रबार

    युगान्डामा फैलिएको इबोलाप्रति डब्लुएचओको आकस्मिक बैठक

    अफ्रिकी मुलुकहरु कङ्गो र युगान्डामा प्राणघातक रोग इबोलाका बिरामी देखिएपछि विश्व स्वास्थ्य संगठन डब्लुएचओ को शुक्रबार आपतकालीन बैठक बस्दैछ । बैठकले इबोलाको महामारीलाई अन्तर्राष्ट्रिय खतराका रुपमा घोषणा गर्ने या नगर्ने भन्ने निर्णय गर्नेछ । सन् २००५ मा गठन भएको संगठनको आपतकालीन समूहको बैठक यसअघि चार पटक बसेको छ । यसअघि सन् २००९ मा महामारीको रुप धारण गरेको एच१एन१ अर्थात् स्वाइनफ्लु, सन् २०१४ को...

  • २०७६ जेठ ३१, शुक्रबार

    सैन्य कारबाहीमा बाह्र लडाकू मारिए

    अफगानिस्तानको घाज्नी प्रान्तमा लुकेर बसेका तालिबान लडाकूविरुद्ध  भएको सैन्य कारबाहीको क्रममा १२ जना लडाकू मारिएका सेनाद्वारा शुक्रबार प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।  स्थानीय समयानुसार बिहीबार अपराह्नबाट शुक्रबार बिहानसम्म जारी गरिएको यस कारबाहीमा केही सङ्ख्यामा तालिबान लडाकू घाइते हुनुका साथै ती लडाकू लुकेर बसेका बासस्थान ध्वस्त पारिएको छ ।  यस कारबाहीको क्रममा सर्वसाधारण र सुरक्षाबलतर्फ भने...

  • २०७६ जेठ ३१, शुक्रबार

    महिला सहकर्मीलाई थप्पड हानेको आरोपमा पक्राउ

    केन्यामा आफ्नो निर्वाचनक्षेत्रमा बजेट नदिएको भन्दै रशिद कास्सिम नाम गरेका एक सांसदले फातुमा गेडी नाम गरेकी सांसदलाई आक्रमण गरेको बताइएको छ । गेडी संसद्को बजेट समितिमा सदस्य पनि भएको समाचारमा उल्लेख छ । आक्रमणपछिको एक फोटोमा गेडी रुँदै गरेको र उनको मुखमा रगत निस्केको देखिन्छ । उक्त फोटो सामाजिक सञ्जालमा व्यापक भएपछि यस समाचारले बढी चर्चा पाएको छ । पूर्वी केन्याबाट सांसदमा निर्वाचित कास्सिमले आफ्नो...

  • २०७६ जेठ ३१, शुक्रबार

    आँधीपीडितको खुला आकाशमुनि बास

    धनगढी उपमहानगरपालिका–२ का सरिता रानाथारु साँझको समयमा घरमा खाना पकाइरहनु भएको थियो । जेठ २३ गते साँझ अन्दाजी ७ः३० बजे पश्चिमतर्फबाट एक्कासी आएको आँधीबेहरीले इँटाले बनेको घर भत्किँदा छोरी आस्था राना घाइते भइन् । आँधी नरोकिएपछि घाइते छोरीसहित उहाँले टेबुलमुनि ओत लागेर ज्यान जोगाउनुभयो । घर भत्किएपछि चार वर्षीया छोरी आस्थाको टाउको र खुट्टामा चोट लागेको छ । घरको दिवाल र छाना उडाएर क्षति पुगेपछि...

  • २०७६ जेठ ३१, शुक्रबार

    वसन्तयाममा ६५९ ले सगरमाथा चढे

    सन् २०१९ को वसन्तयाममा शेर्पा गाइड पथप्रदर्शक सहित ६५९ जनाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । पर्यटन विभागबाट आरोहण अनुमति प्राप्त २८१ आरोही र उनीहरुका सहयोगी ३७८ समेत गरेर जम्मा ६५९ जनाले सगरमाथाको आरोहण गरेको विभागले जनाएको छ ।   यस याममा सगरमाथा आरोहणका लागि विभिन्न ४४ आरोहण दलका ३८१ आरोही र उनीहरुलाई सहयोग गर्नका लागि ६४२ जना ९सरदार, गाइड र शेर्पासमेत गरेर० जम्मा एक हजार २३ रहेका...

  • २०७६ जेठ ३१, शुक्रबार

    पाँच वर्षमा गरीबी शून्यमा झाछौँ ः गृहमन्त्री थापा

    गृहमन्त्री रामबहादुर थापाले नेपालको गरीबी पाँच वर्षमा शून्यमा झार्ने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ । पूर्वी चितवनको रत्ननगरमा आज आयोजित वृत्ति परामर्श तथा रोजगार मेलाको उद्घाटन गर्दै उहाँले सरकारले अहिले रहेको १८ प्रतिशत गरीबीलाई शून्यमा झार्ने लक्ष्यसाथ काम अघि बढाइरहेको बताउनुभयो । यसका लागि औद्योगिक क्षेत्रको विकास आवश्यक रहेको उहाँको भनाइ थियो । जसअनुसार प्रत्येक प्रदेशमा एक औद्योगिक...

  • २०७६ जेठ ३१, शुक्रबार

    कृषकलाई आधुनिक मौरी घार  वितरण

    स्याङ्जाको भिरकोट नगरपालिकाले मौरीपालक किसानलाई अनुदानमा मौरी गोलासहितको आधुनिक घार वितरण गरेको छ ।  नगरपालिका–१, २, ३ र ४ का ४५ जना मौरीपालक किसानलाई ५० प्रतिशत अनुदानमा गोलासहितको मौरी घार वितरण गरेको हो ।    “पहिलो चरणमा पाँच वडाका ५० जना मौरीपालक किसानलाई चार दिनको आधारभूत तालीम प्रदान गरेका थियौँ”, भिरकोट नगरप्रमुख छायाराम खनालले भन्नुभयो, “दोस्रो चरणअन्तर्गत ४५ जना मौरीपालक किसानलाई चार...

  • २०७६ जेठ ३१, शुक्रबार

    तरकारी खेतीमा व्यस्त पूर्वमाओवादी नेता

    कुनै बेला बम र बन्दुक बोकेर जनयुद्ध लडेका डोटी केआइसिंह गाउँपालिका–१ का ७२ वर्षीय तत्कालीन माओवादी नेता प्रताब पुनमगर हिजोआज तरकारी खेतीमा व्यस्त हुनुहुन्छ ।  डोटीको दीपायलस्थित पिपल्ला बजारमा उहाँले तीन रोपनी जमीन भाडामा लिएर तरकारी खेती शुरु गर्नुभएको हो ।  राजनीतिले मात्रै खान लाउन र परिवार पाल्न नसकिने भएपछि तरकारी खेती शुरु गरेको नेता पुनमगरले बताउनुभयो । उहाँले भन्नुभयो, “निःस्वार्थ रुपमा...

  • २०७६ जेठ ३१, शुक्रबार

    खानेपानी समस्या समाधान गर्न माग

    दाङ जिल्लाको दङ्गीसरण गाउँपालिका–१ र २ का बासिन्दाले दशकौँदेखि भोग्दै आएको खानेपानीको समस्या समाधान गर्न  माग गरेका छन् ।विभिन्न निकायसँग पटक पटक गरिएका मागमा सुनुवाइ नभएपछि स्थानीयवासीले दाङ क्षेत्र नं ३ बाट प्रतिनिधित्व गर्नुभएका  प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीलाई आज संसद् सचिवालयमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । करीब आठ हजारले खानेपानीका लागि दैनिक आधादेखि दुई घण्टासम्म धाउनुपरेकाले न्याय...

  • २०७६ जेठ ३१, शुक्रबार

    रामपुर अस्पतालमा विशेषज्ञ सेवा ठप्प

    पाल्पाको रामपुरमा रहेको रामपुर अस्पतालमा विशेषज्ञ सेवा ठप्प भएको छ । ५० श्ययाको नयाँ भवन बनिरहेकाले भवन अभावमा सेवा दिन नसकिरहेको अस्पतालका सूचना अधिकृत रामप्रसाद कोइरालाले स्वीकार्नुभयो ।  पाल्पा जिल्लासँगै स्याङ्जा, तनहुँ र नवलपुरका बिरामीले दैनिक सेवा लिने अस्पतालमा विशेषज्ञ सेवाका लागि नौ जनाको दरबन्दी भए पनि रिक्त रहेको कोइरालाको भनाइ छ । त्यो मात्रै होइन अस्पतालमा प्रशासकीय कर्मचारीसमेत...

  • २०७६ जेठ ३१, शुक्रबार

    सुदूरपश्चिम पृतनापति ट्रफी शुरु

    नेपाली सेनाको सुदूरपश्चिम प्रदेशअन्तर्गत पृतनापति ट्रफी खेलकूद प्रतियोगिता आज शुक्रबारदेखि शुरु भएको छ । श्री नं २५ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी शरद ढलकाले कैलालीको अत्तरियास्थित तेघरी ब्यारेकमा आयोना गरिएको सो प्रतियोगिता शुभारम्भ गर्नुभयो । सहायकरथी ढकालले ‘खेलौँ र स्वस्थ रहौँ’ भन्ने मनसायसहित अनुशासनमा बसेरस्तरीय खेल प्रदर्शन गर्न खेलाडीहरुलाई निर्देशन दिनुभयो  ।प्रतियोगिताअन्तर्गत...

Pages