-
२०७५ चैत्र १०, आइतबार
लण्डनमा ब्रेक्जिट विरोधीद्वारा भव्य प्रदर्शन
ब्रेक्जिटबारे अन्यौल कायम रहेका समय संयुक्त अधिराज्य ९बेलायत० मा यूरोपियन यूनियनबाट बेलायत बाहिरिनु हुन्न भन्ने समूहद्वारा ब्रेक्जिट बिषयमा अर्को जनमत सङ्ग्रहको माग गर्दै भव्य प्रदर्शन गरेका छन् । इयूबाट बेलायतको बहिर्गमन हुनुहुन्न भन्ने पक्षका ठूलो समूहमा राजधानी पुगेका समर्थक लण्डनको हाइड पार्कमा जम्मा भै मध्य लण्डन हुँदै शहरका विभिन्न स्थानमा पुगेका थिए । उनीहरूले ब्रेक्जिटको बिषयले राजनीतिक...
-
२०७५ चैत्र १०, आइतबार
खुला राष्ट्रिय पुरुष भलिबलको उपाधि दुप्चेश्वरलाई
नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको आयोजनामा सम्पन्न ‘दोस्रो दुप्चेश्वर कप खुला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को उपाधि आयोजक दुप्चेश्वर गाउँपालिकाले जितेको छ । दुप्चेश्वर गाउँपालिका–५ स्थित कल्याण माविमा सम्पन्न फाइनल खेलमा दुप्चेश्वरले सोसियल सर्भिस युथ क्लबलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको खेल व्यवस्थापक विक्रम थापाले जानकारी दिनुभयो । प्रतियोगिताको फाइनलमा दुप्चेश्वरले सोसियल...
-
२०७५ चैत्र १०, आइतबार
बौद्धबाट सात जुवाडे पक्राउ
महानगरीय प्रहरी वृत्त बौद्धले शनिबार साँझ बौद्ध फूलबारीबाट रु २ लाख ९८ हजारसहित सात जुवाडे पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–६ बौद्ध फूलबारीस्थित छेदेन लामाको घर भाडामा बस्दै आएका तेन्जिङ शेर्पाले सञ्चालन गर्दै आएकोे भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोलीले पक्राउ गरेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । पक्राउ पर्नेमा सञ्चालक ३४ वर्षीय...
-
२०७५ चैत्र १०, आइतबार
पार्टीभित्र गुट हुनु स्वाभाविक होः नेता कोइराला
नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र गुट हुनु स्वाभाविक भए पनि गिरोह हुनु दुर्भाग्यपूर्ण हुने बताउनु भएको छ । नेपाली काङ्ग्रेस चितवनले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “गिरोहले पार्टी सञ्चालन गरे त्यो खतरनाक हुन्छ ।” नेता कोइरालाले पार्टीको प्रतिपक्षको भूमिकामा गुट हुने र यसले पार्टी बलियो बनाउन सहयोग पुग्ने बताउँदै गुटले नेतृत्वलाई पार्टी बनाउन...
-
२०७५ चैत्र १०, आइतबार
बममाथि सुतेर वार्ताको कल्पना गरिन्न ः सरकारका प्रवक्ता
सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले हिंसात्मक गतिविधिलाई प्रोत्साहन दिई गरिने पत्रकारिता प्रेस स्वतन्त्रताको मर्यादाभित्र नरहने बताउनुभएको छ । नेपाल प्रेस इन्स्टिच्यूट र नेपाल प्रेस काउन्सिलको सहकार्यमा आयोजित पत्रकारिता प्रशिक्षणको ३५औँ समूहको उद्घाटन समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले सञ्चार क्षेत्रमाथि प्रश्न गर्दै भन्नुभयो, “अन्यायविरुद्ध बोल्ने पत्रकारिताको धर्म हो तर...
-
२०७५ चैत्र १०, आइतबार
प्रहरी पूर्वउपरीक्षक विष्टलाई धरौटीमा रिहा आदेश
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसुर र यातनाविरुद्धको कसुर मुद्दामा जिल्ला अदालतले आज पूर्वप्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई रु १० लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश जारी गरेको छ । पाँच दिनअघि जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक विष्टको गत शुक्रबार अदालतमा बयानपछि...
-
२०७५ चैत्र १०, आइतबार
‘एक वर्षमा सय कानून’
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको एक वर्षका अवधिमा संविधानबमोजिम १२६ नयाँ कानून निर्माण हुनु संसदीय इतिहासकै पहिलो घटना भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसबीचमा १२६ कानून निर्माण, १३ ऐन संशोधन र केही ‘केही नेपाल ऐन संशोधन’ हुनु संसदीय इतिहासमै पहिलो भएको जिकिर गर्नुभयो । उहाँले यसबीचमा केन्द्र, प्रदेश र स्थानीय तहबीच सुसम्बन्ध र...
-
२०७५ चैत्र १०, आइतबार
सामुदायिक वनमा आगलागीे
केही दिनयता उदयपुरका विभिन्न सामुदायिक वनमा आगलागी भएको छ । उदयपुर हँडिया सामुदायिक वन र शिवशक्ति सामुदायिक वनको साउने खाँबु क्षेत्रमा विगत चार दिनदेखि जारी रहेको आगलागी नियन्त्रणका लागि दमकल प्रयोग गरिएको र अहिले आगलागी नियन्त्रणमा आएको डिभिजन वन कार्यालय गाईघाट उदयपुरले जनाएको छ । यसैगरी उदयपुरका करिब एक सयभन्दा बढी सामुदायिक वनमा आगलागी भइरहेको र यसको नियन्त्रण गर्ने कार्य कर्मचारी र...
-
२०७५ चैत्र १०, आइतबार
मंकाः खलमा जनकवि
जनकवि दुर्गालाल श्रेष्ठको अध्यक्षतामा पाँच सदस्यीय नेपाल भाषा मंकाः खलः पुनः गठन भएको छ । शुक्रबार बसेको खलःका सदस्यको भेलाले खलःलाई पुनः गठन गरी अगाडि लैजाने निर्णय गरेको छ । सो संस्थाका सदस्यमा गणेश सायमी, मल्ल के। सुन्दर, किरण श्रेष्ठ र राजा शाक्य रहनुभएको छ ।
-
२०७५ चैत्र १०, आइतबार
महायज्ञमा रु १० करोड सङ्कलन
सामुदायिक अस्पताल निर्माणका लागि आयोजित श्रीमतभागवत् ज्ञान महायज्ञमा रु १० करोड भन्दाबढी रकम सङ्कलन भएको छ । विकट गाउँ मुक्लिमा सुविधासम्पन्न अस्पताल निर्माण गर्ने उद्देश्यले आयोजित महायज्ञमा रु १० करोड ७७ लाख ४२ हजार ६५८ सङ्कलन भएको हो । कतिपय दाताले नगद तथा चेक प्रदान गरेका गरेका थिए भने धेरैले तोकिएबमोजिमको रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । थुलुङ दूधकोशी गाउँपालिकाको केन्द्र मुक्लिमा...
-
२०७५ चैत्र १०, आइतबार
इन्डोनेसियामा ६।३ म्याग्नीच्युडको भूकम्प
इन्डोनेसियाको पूर्वी उत्तरी क्षेत्रमा आइतबार भूकम्प गएको छ । भूकम्पपछिको तुफानको सम्भावना भने नरहेको मौसम तथा भूगर्भ विभागका अधिकारीहरुले स्पष्ट पारेका छन् । स्थानीय समय अनुसार दिउसो १ बजेर ३७ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु उत्तर पश्चिमी जैलोलोमा रहेको अधिकारीहरुले जनाएका छन् । “अहिलेसम्म तुफानको कुनै सम्भावना देखिएको छैन,” एक अधिकारीले सिन्ह्वालाई टेलिफोनमा जानकारी दिए ।...
-
२०७५ चैत्र १०, आइतबार
राष्ट्रपतिको मानसिक क्षमतामा प्रश्न गर्ने विपक्षी नेता पक्राउ
जाम्बियाका विपक्षी नेतालाई प्रहरीले पक्राउ गरिएको जनाएको छ । राष्ट्रपति इड्गार लुङ्गुको मानसिक क्षमतामाथी प्रश्न उठाएको आरोपमा उहाँलाई पक्राउ गरिएको हो । विपक्षी दल ओटस फर इकोनोमिक प्रोग्रेसका अध्यक्ष सेन टेम्बोले राष्ट्रपति इड्गारलाई मानसिक समस्या रहेकाले राम्रोसँग देश चलाउन नसकेको टिप्पणी सामाजिक सञ्जाल मार्फत् गर्नुभएको थियो । प्रहरी प्रवक्ता स्थेर म्वाता कातोङगोले विपक्षी दलका नेतालाई...


