STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७५ चैत्र ८, शुक्रबार

    डिजिटल बस बिसौनीले नगरको सौन्दर्यता बढ्यो

    नेपालगञ्ज उपमहनगरपालिकाभित्र निर्माण गरिएका अत्याधुनिक ९डिजिटल० बस बिसौनीले यहाँको सौन्दर्य बढाएको छ । रु सात करोडको लागतमा नेपालगञ्जको राँझा चोकदेखि ट्राफिक चोकसम्म सुर्खेत रोडका २१ स्थानमा अत्याधुनिक बस बिसौनी निर्माण भएका छन् । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले डिजिटल बस बिसौनीले नगरको सौन्दर्यतासँगै यातायात व्यवस्थापन र यात्रुलाई समेत सहजता भएको बताउनुभयो । “...

  • २०७५ चैत्र ८, शुक्रबार

    उत्तर कोरियाले कर्मचारी फर्कायो

    दुई कोरियाबीचको सम्बन्ध बढाउन स्थापना भएको सम्पर्क कार्यालयबाट उत्तर कोरियाले आफ्नो सबै कर्मचारी फर्र्काएको दक्षिण कोरियाली अधिकारीहरुले जानकारी दिएका छन् । केही हप्ता अगाडि भियतनामको राजधानी हनोईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–अनबीच भएको भेटवार्ता कुनै सम्झौता बिना नै टुङ्गिएपछि समग्र शान्ति प्रक्रिया धरापमा परेको छ । गत सेप्टेम्बरमा उत्तर कोरियाली शहर केएसोङमा...

  • २०७५ चैत्र ८, शुक्रबार

    डुडेमौरी पालन घट्दै

    पहाडी क्षेत्रको परम्परागत डुडेमौरी पालन पेशा हिजोआज घट्दै जान थालेको छ । अहिले व्यावसायिक रुपमा आधुनिक तरिकाले घारेमौरी पाल्ने क्रम बढेको र यसबाट धेरै मह उत्पादन हुने र डुडे मौरीबाट मह उत्पादन कम हुने भएकाले यो पेशा घट्दै जान थालेको उदयपुर जिल्लाको रौतामाई गाउँपालिका मलबासेका कृषक बिष्णु पुलामी मगर बताउनुहुन्छ । डुडेमौरी पहाडी क्षेत्रको रौता, मुर्कुची, भुटार, साउने, खाँबु, बलाम्ता, सल्ले, बराह,...

  • २०७५ चैत्र ८, शुक्रबार

    छाडा गाई र कुकुर व्यवस्थापन गर्न माग

    मुख्य मुख्य शहरमा गाई छाडा छोडिँदा सार्वजनिक यातायात सञ्चालन एवं मानव आवागमनमा परेको प्रभावका बारेमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद दिलकुमारी रावलले शहरमा गाईलाई उपेक्षा गरिँदा वेवारिसे बनेको बताउनुभयो । “छाडा छोडिएको गाईकै कारण सडकमा दुर्घटना हुने गरेको छ, काठमाडौँमा मात्र होइन, देशका विभिन्न शहरको अवस्था यस्तै छ । हुल्का हुल गाईबस्तु...

  • २०७५ चैत्र ७, बिहिबार

    देशको राजनीति सङ्घवादी र गैरसङ्घवादीबिच ध्रुविकृत हुँदै गएको छ ः सहअध्यक्ष श्रेष्ठ

    भक्तपुर, चैत्र ५  सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष तथा पार्टी नीति तथा कार्यक्रम मस्यौदा समितिका संयोजक राजेन्द्र प्रसाद श्रेष्ठले अहिले देशको राजनीति सङ्घवादी र गैरसङ्घवादीबिच ध्रुविकृत हुँदै गएको बताएको छ । उनले उक्त कुरा पार्टीको नीति तथा कार्यक्रम मस्यौदा समितिको आयोजनामा भक्तपुरको सूर्यविनायकमा भएको कार्यशाला गोष्ठीमा समापन मन्तव्य दिंदै बताएको हो । संयोजक श्रेष्ठले सङ्घीय समाजवाद...

  • २०७५ चैत्र ७, बिहिबार

    मैत्रीपूर्ण खेलमा नेपाल–कुबेत भिड्दै

    अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । दुई मैत्रीपूर्ण खेल खेल्न कुबेत पुगेको नेपाली टोलीले आज पहिलो खेल खेल्न लागेको हो । नेपाल पहिलो खेल जित्ने लक्ष्यसहित मैदान उत्रदै छ । नेपाली टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेयता योहान कालिनको यो पहिलो हो । खेलअघि आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक कालिनले आफ्ना लागि आजको खेल...

  • २०७५ चैत्र ७, बिहिबार

    दुर्घटनामा दुईको मृत्यु, तीन सख्त घाइते

    काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा होली खेल्ने क्रममा भएको दुर्घटनामा परी दुईको मृत्यु भएको र तीन सख्त घाइते भएका छन् । होेली पर्वमा जथाभावी सवारी साधन चलाउँदा स्वयम्भु र सातदोबाटोमा भएको दुर्घटनामा दुईको मृत्यु भएको र तीनको अवस्था जटिल छ । ती दुर्घटनामा काठमाडौँ कीर्तिपुरका ३१ वर्षीय सुनिल शाही र ललितपुर गोदावरीका १७ वर्षीय सचिन श्रेष्ठको मृत्यु भएको थियो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका...

  • २०७५ चैत्र ७, बिहिबार

    १२० तोला सुन लुटपाट

    कमलामाई नगरपालिका–६ स्टलबजारमा सुनचाँदीका गरगहना बनाउने कालिगढलाई बन्दुक देखाउँदै अज्ञात समूहले १२० तोला सुन लुटेको छ । सिन्धुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष अम्रेशचन्द्र वैदारले होलीका दिन दिउँसो सो घटना भएकामा चिन्ता व्यक्त गर्दै राज्यले व्यवसायीलाई सुरक्षाको प्रत्याभूति गर्न र लुटपाटमा संलग्न व्यक्तिलाई शीघ्र कारवाही गर्न माग गर्नुभयो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रबहादुर...

  • २०७५ चैत्र ७, बिहिबार

    तराई–मधेशमा आज हर्षोल्लासपूर्वक होली मनाइँदै

    समानता र निष्छलताको पर्व होली तराई–मधेशमा आज हर्षोल्लासपूर्वक मनाइँदैछ । सद्भाव, सौन्दर्य र रशरङ्गको रङ्गीन पर्वसमेत मानिएको होली एक प्राचीन पर्व हो । भौगोलिक संरचना र मान्यताअनुरूप मधेशमा फागुन शुक्ल पूर्णिमाको भोलिपल्ट, हिमाली र पहाडी भेकमा पूर्णिमाका दिन मनाइने यो पर्वलाई हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । पूर्णिमाका दिन होलिका दहन गरी मनाइने भएकाले यसलाई ‘होली’ भनिएको हो ।...

  • २०७५ चैत्र ७, बिहिबार

    सुनकोशीमा बालक बेपत्ता

     तेमाल गाउँपालिका–२ चुखाबेँसीस्थित सुनकोशी नदीमा डुबेर एक बालक बुधबार दिउँसो बेपत्ता भएका छन् ।  फागु खेलेर पौडी खेल्न गएका तेमाल गाउँपालिका–२ लामबगरका मोहनलाल तामाङका १४ वर्षीय छोरा सुमन नदीमा डुबेर बेपत्ता भएका हुन् । अन्य तीन साथीसँग दिउँसो ३ बजे सुनकोशी नदीको दहमा पौडी खेल्न गएका उनी पहिला हामफालेको र डुबेर बेपत्ता भएको उनका भिनाजु पेमा लामाले जानकारी दिनुभयो । स्थानीयवासी र प्रहरीले राति...

  • २०७५ चैत्र ७, बिहिबार

    बिरामीको चाप हुँदा भुइँमा राखेर उपचार

    जाजरकोट अस्पतालमा बिरामीको चाप बढ्न थालेकाले बिरामीलाई भुइँमा राखेर उपचार गरिँदै आएको छ । पचास श्ययाको अस्पतालमा स्तरोन्नति नहुँदा बिरामीको चाप बढेपछि भुइँमा राखेर उपचार गर्न बाध्य भएको अस्पतालका डा महेश सेजुवालले जानकारी दिनुभयो । झाडापखाला र टाउको दुखाइलगायत रोगका बढी बिरामी उपचारका लागि आएको उहाँले बताउनुभयो । निर्माण व्यवसायीको लापरवाहीका कारण अस्पतालका भवन पाँच वर्षदेखि निर्माण नहुँदा...

  • २०७५ चैत्र ७, बिहिबार

    प्रधानमन्त्रीबाट जनताको लगानीमा आवेदन शुभारम्भ

    प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत त्रिशूली ‘बी’ को शेयर खरीद गरी आज जनताको शेयर आवेदन शुभारम्भ गर्नुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उहाँले १० हजार कित्ता शेयरका लागि आवेदन दिनुभएको हो । उहाँकी धर्मपत्नी राधिका शाक्यले १० हजार, ऊर्जामन्त्री वर्षमान पुनले एक हजार र पूर्वसभामुख ओनसरी घर्तीले दुई...

Pages