-
२०७५ चैत्र ८, शुक्रबार
धनगढी–अछामबीच हवाई सेवा सञ्चालन
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीदेखि अछामको साँफेबगरसम्म पहिलोपटक हवाई सेवा शुरु भएको छ । निजी हवाई कम्पनी समिट एयरले पहिलोपटक धनगढीदेखि साँफेबगरसम्मको उडान सञ्चालनमा ल्याएको हो । यस क्षेत्रका यात्रुको सहजताका लागि आजदेखि धनगढीदेखि साँफेबगरका लागि नियमित उडान भर्न शुरु गरिएको समिट एयरका अछाम प्रतिनिधि दीपक दुवालले जानकारी दिनुभयो । समिट एयरमा धनगढी–साँफेबगरसम्म १७ मिनेटमै यात्रा गर्न...
-
२०७५ चैत्र ८, शुक्रबार
चन्द समूहलाई संवैधानिक दायरामा आउन आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा चन्द समूह आपराधिक गतिविधि छाडेर संवैधानिक दायराभित्र रही सार्वभौमसत्ता रक्षा र स्वाधीनताको पक्षमा लाग्नुपर्ने बताउनुभएको छ । उहाँले सो समूहलाई आपराधिक गतिविधि नगर्न आग्रह गर्दा विरोध गरिनु आश्चर्यको विषय हो भन्नुभयोे । उहाँले सिके राउत समूह विखण्डनको राजनीति छाडेर मूलधारको राजनीतिमा आएकैले उक्त समूहसँग सरकारले सम्झौता गरेको पनि स्मरण गराउनुभयो । उहाँ...
-
२०७५ चैत्र ८, शुक्रबार
दुई चिनियाँ फर्ममाथि प्रतिबन्ध लगाउने अमेरिकी घोषणा
संयुक्तराज्य अमेरिकाले दुईवटा चिनियाँ सिपिङ कम्पनीमाथि राष्ट्रसङ्घीय प्रतिबन्धको बेवास्ता गरी उत्तर कोरियालाई सहयोग गरेको आरोपमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । उक्त कदमले अमेरिकाको उत्तर कोरियामाथि थप दबाब सिर्जना गर्ने उद्देश्य यथावत रहेको देखिएको छ । अमेरिकी अर्थ मन्त्रालयले चीनका दुई कम्पनीहरु डालियान हाइबो इन्टरनेसनल फ्राइट र लाओनिङ डानझिङ इन्टरनेसनल फर्वार्डिङमाथि प्रतिबन्ध लगाएको जनाएको छ...
-
२०७५ चैत्र ८, शुक्रबार
पुल निर्माण अलपत्र
निर्माण कम्पनीको ढिलासुस्ती र डिजाइनमा देखिएको समस्या लगायतका कारणले कञ्चनपुर–कैलालीमा करीब १४ वटा पुल निर्माण अलपत्र परेका छन् । साना र ठूला गरी कञ्चनपुरमा ४० र कैलालीमा १५ वटा पुल चालु आर्थिक वर्षमा निर्माणाधीन अवस्थामा छन् । जसमध्ये १४ वटा पुल विविध कारणले निर्माणमा ढिलाइ भएको डिभिजन सडक कार्यालय भीमदत्तनगरले जनाएको छ । पुल निर्माणमा ५५ प्रतिशत भौतिक प्रगति भएको छ । डिभिजन सडक कार्यालय...
-
२०७५ चैत्र ८, शुक्रबार
छात्रा र शिक्षिकालाई सेनेटरी प्याड
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा छात्रा र शिक्षिकालाई सेनेटरी प्याडको व्यवस्थापन गरिएको छ । विशेष गरी ग्रामीण क्षेत्रका स्कुले छात्रा महिनावारी भएको बेला विद्यालय आउन छाड्ने समस्यालाई मध्यनगर गरी सबै सामुदायिक विद्यालयमा सेनेटरी प्याडको व्यवस्थापन गरिएको हो । महिनावारी भएको बेला विभिन्न कारणले विद्यालय नआउने छात्रालाई विद्यालय आउने वातावरण सिर्जना गर्न आवश्यकता अनुसार...
-
२०७५ चैत्र ८, शुक्रबार
महिला आयोगमा बढे ‘लिभिङ टुगेदर’ का उजूरी
पछिल्लो समयमा ‘लिभिङ टुगेदर’को परम्परा देखिएसँगै राष्ट्रिय महिला आयोगमा त्यससँग सम्बन्धित उजूरी पनि बढ्न थालेका छन् । आर्थिकसँग सम्बन्धित नभई सम्बन्ध स्थापित गरी पाउँ भन्ने खालका उजूरी बढ्न थालेको आयोगका सूचना अधिकारी धु्रवराज क्षेत्रीले जानकारी दिनुभयो । “दुई जनाको सहमतिमा सँगै बस्न थालेपछि पुरुषले आफ्नो स्वार्थ पूरा गरेर बेपत्ता भइसकेपछि मात्र महिला आयोगमा आइ पुग्छन्”, क्षेत्रीले भन्नुभयो ।...
-
२०७५ चैत्र ८, शुक्रबार
राउटेलाई सामान्य जीवनमा ल्याउन जोड
नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले मुलुकको विकास र समृद्धिका लागि अहिलेको सरकारसँग स्पष्ट दृष्टिकोण रहेको बताउनुभएको छ । राउटे लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानले यहाँ आज आयोजना गरेको ‘आदर्श दम्पती तथा युवा सम्मान’कार्यक्रममा उहाँले मुलुकमा ठूलो राजनीतिक परिवर्तन भए पनि आर्थिक र सांस्कृतिक रुपान्तरण हुन नसकेकाले कम्युनिष्ट नेतृत्वको सरकारले सामाजिक रुपान्तरण गर्ने...
-
२०७५ चैत्र ८, शुक्रबार
‘सडकको खाल्टाखुल्टी कहिले टालिन्छु
राष्ट्रियसभाका सांसदले देशका विभिन्न स्थानमा देखिएको सडक समस्याबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सङ्घीय संसद्, राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदले राजधानी र देशका अन्य स्थानमा समेत देखिएको सडकको खाल्टाखुल्टी र धुवाँधुलोको समस्या समाधान गर्न माग गर्नुभयो । सांसद धनकुमारी खतिवडाले काठमाडौँको धुवाँधुलोको अन्त्य कहिले हुन्छ भनी सरकारसँग प्रश्न गर्नुभयो । सांसद चन्दा चपाईँले सुर्खेत...
-
२०७५ चैत्र ८, शुक्रबार
ऋण तिर्न नसक्दा वादी बिचल्लीमा
पढाइ, घर खर्च र विवाह गर्दा जयपृथ्वी नगरपालिका–१० चैनपुरका सुरेन्द्र वादीले स्थानीय लक्ष्मी सुनारबाट १० वर्ष अगाडि लिएको रु ३० हजार ऋण तिर्न नसक्दा साहुले घरमा ताला लगाइदिएपछि अहिले उनी अरुको घरमा बस्न बाध्य भएका छन् । साँवाब्याज जोडेर उनले रु ७३ हजार साहुलाई तिर्न बाँकी छ । ऋण तिर्न नसकेर साहुले घरमा ताला लगाइदिएपछि आफूहरु अर्काको घरमा बस्न बाध्य भएको सुरेन्द्रका भाई कमल वादीले बताउनुभयो ।...
-
२०७५ चैत्र ८, शुक्रबार
बुटवलमा प्रदेशस्तरीय मेडिकल बन्नेः प्रम
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ५ को रुपन्देहीस्थित तिलोत्तमा नगरपालिकामा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको आज उद्घाटन गर्नुभएको छ । सरकारको एक प्रदेश एक मेडिकल कलेजको अवधारणानुरुप सो कलेज बन्न लागेको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार विकास निर्माणमा सरकार गम्भीर ढङ्गले लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “जनता सधैँ पीडामा बस्ने होइन, अब खुशी र सुखी बन्न...
-
२०७५ चैत्र ८, शुक्रबार
अफगानिस्तानमा दुई अमेरिकी सैनिकको हत्या
अफगानिस्तानमा शुक्रबार दुई जना अमेरिकी सैनिक मारिएको नेटोले जनाएको छ । वासिङटन र तालिबानबीच शान्तिवार्ता जारी नै रहेको अवस्थामा अन्तर्राष्ट्रिय संयुक्त गठबन्धनमा आबद्ध सेनाको मृत्यु भएको हो । अफगानिस्तानका लागि नेटोआबद्ध सहयोग मिसनले यस विषयमा विस्तृत विवरण दिन अस्वीकार गरेको छ । कुनै विशेष कारबाहीमा खटिएको आवस्थामा ती सैनिक मारिएको नेटोको भनाई छ । अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको बम...
-
२०७५ चैत्र ८, शुक्रबार
रुसीहरुको अमेरिका मोह, बच्चा जन्माउन अमेरिका पुग्न थाले
हरेक वर्ष सयौं गर्भवती रुसी महिलाहरु संयुक्तराज्य अमेरिकाको यात्रामा निस्कन्छन् । उनीहरु घुमघामका लागि अमेरिका आइपुगेका होइनन्, आफ्नो नवजात शिशुलाई अमेरिकी नागरिकले पाए सरहका सुविधा दिलाउने चाहना हो । यात्रा कागजात ९ट्राभल डकुमेन्ट० बनाउन उनीहरुले तस्करहरुलाई २० हजारदेखि कहिलेकाहिँ ५० हजार अमेरिकी डलरसम्म बुझाउँछन् । यो रकम उनीहरुको बसोबास र अस्पतालको बसाईमा समेत खर्च हुन्छ । बच्चा जन्माउन...


