-
२०७५ चैत्र ८, शुक्रबार
भारतीय प्रहरीको सहयोगमा १७ दिनपछि अपहरणमुक्त, दुई अपहरणकारी पक्राउ
महोत्तरी जिल्लाको गौशाला नगरपालिका–८ बाट अपहरणमा परेका एक व्यक्तिलाई महोत्तरी प्रहरीले भारतीय प्रहरीको सहयोगमा १७ दिनपछि अपहरणमुक्त गराएको छ । गत फागुन १९ गते अपहरणमा परेका गौशाला नगरपालिका–८ बस्ने २९ वर्षीय सुरेश साहलाई महोत्तरी प्रहरीले भारत बिहारको बेतियास्थित ९एसटीएफ० प्रहरीको सहयोगमा हिजो बिहीबार अपहरणमुक्त गराउन सफल भएको प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो । फागुन २२ गते...
-
२०७५ चैत्र ८, शुक्रबार
विद्युत् चुहावट गर्ने ७८ लाई कारवाही
नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले चालू आर्थिक वर्ष २०७५÷७६ को आठ महीनाको अवधिमा विद्युत् चुहावट गर्ने ७८ जनालाई कारवाही गरेको छ । वितरण केन्द्रले मिटर वाइपास गर्ने, मिटरमा पूरा खपत हुन नदिने, मिटरमा अन्य वस्तु प्रयोग गर्ने, मिटरको सिल तोड्नेलगायत कार्य गर्ने ७८ लाई कारवाही गरेको हो । केन्द्रका प्रमुख शिव गोशलीले अनधिकृत बिजुली प्रयोग गर्ने ग्राहकबाट कारवाहीस्वरुप रु तीन लाख ४७ हजार...
-
२०७५ चैत्र ८, शुक्रबार
बाउन्न विद्यार्थीले एसइई दिन नपाउने
यस वर्ष जिल्लाबाट ५२ विद्यार्थीले माध्यामिक शिक्षा परीक्षा ९एसइई० मा सहभागी हुन नपाउने भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई चितवनका अनुसार ७५ प्रतिशत हाजिर नपुगेका कारण उनीहरु परीक्षामा सामेल हुन नपाएका हुन । इकाई, परीक्षा शाखाका नायब सुब्बा रघुनाथ अधिकारीले पढ्दै गर्दा विवाह गरेका, आर्थिक अवस्था कमजोर भएर विद्यालय जान नपाएका विद्यार्थीको हाजिर नपुगेको बताउनुभयो । गत शैक्षिक सत्रमा जिल्लाका ९७...
-
२०७५ चैत्र ८, शुक्रबार
प्रधानमन्त्रीद्वारा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन
प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीको भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरी प्रगतिको जानकारी लिनुभएको छ । आज बिहान भैरहवा आउनुभएको प्रधानमन्त्री ओलीले सो विमानस्थलको हालसम्मको कार्यप्रगति सन्तोषजनक भएको भन्दै निर्माण कार्यलाई थप गति दिई चाँडो सञ्चालनमा ल्याउन निर्देशन दिनुभयो । प्रधानमन्त्री ओलीका साथ संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर...
-
२०७५ चैत्र ८, शुक्रबार
नेतृत्वविहीन ‘नेपाल विद्यार्थी सङ्घ’
नेपाल विद्यार्थी सङ्घ ९नेविसङ्घ० अहिले नेतृत्वविहीन अवस्थामा पुगेको छ । नेविसङ्घ को ११औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले राजीनामा दिइसकेको अवस्थामा पनि तदर्थ समिति गठन नहुँदा नेविसङ्घ नेतृत्वविहीन बन्न पुगेको छ । नेपाली काङ्ग्रेसका प्रमुख भ्रातृ संस्थाका रुपमा रहेको नेविसङ्घको विसं २०७३ साउनमा सम्पन्न ११औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महरले विसं २०७५ माघमा राजीनामा दिएसँगै नेविसङ्घ...
-
२०७५ चैत्र ८, शुक्रबार
संस्कृत सङ्गोष्ठी सम्पन्न
नेपाल–भारत संस्कृत अध्ययन केन्द्र स्थापना, योग र आयुर्वेदलाई प्रवद्र्धनलगायत सात बुँदे घोषणापत्र जारी गर्दै तीनदिने अन्तर्राष्ट्रिय संस्कृत सङ्गोष्ठी राजधानीमा सम्पन्न भयो । भारत सरकार संस्कृति मन्त्रालय, भारतीय राजदूतावास र विवेकानन्द सांस्कृतिक केन्द्रको आयोजनामा मङ्गलबारदेखि सङ्गोष्ठी शुरु भएको थियो । सङ्गोष्ठीमा दुई देशका गरी ५०० भन्दा बढी संस्कृतका विद्वान्को सहभागिता रहेको थियो । संस्कृतको...
-
२०७५ चैत्र ८, शुक्रबार
पानीको समस्या टार्दै इच्छाकामना
हिउँद लागेसँगै पानीका लागि मुहान खोज्दै भौंतारिनुपर्ने इच्छाकामनाको लेवाटार क्षेत्रका बासिन्दा यसवर्ष भने घरका धारामा नै पानी आउने भएपछि खुशी भएका छन् । चैतदेखि असारसम्म उनीहरु त्रिशूली किनारमा झरेर मूल खोज्दै हिँड्नु पर्दथ्यो तर जनप्रतिनिधि आएसँगै उनीहरुले यसवर्षको हिउँदमा पानीका लागि धाउन नपर्ने भएको छ । इच्छाकामना गाउँपालिका–४ लेवाटारमा त्रिशूली नदी किनारमा मुहानलाई संरक्षण गरेर १५ हजार लिटरको...
-
२०७५ चैत्र ८, शुक्रबार
वैदेशिक रोजगार विभागका नासु घुससहित पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग बुद्धनगरमा कार्यरत नायब सुब्बा रामकुमार फुयाँललाई रु ६० हजार घुस लिएको आरोपमा रकमसहित नियन्त्रणमा लिएको छ । वैदेशिक रोजगारको लेनदेनको कागजमा साक्षी बसेका सेवाग्राहीलाई निजविरुद्ध उजुरी परेको र निजको नाममा पक्राउ पूर्जी जारी गरिदिन्छु भन्दै पटकपटक कार्यालयमा बोलाएर डरधम्की देखाई सेवाग्राहीसँग घुस मागेको अख्तियारले आरोप लगाएको छ । नासु...
-
२०७५ चैत्र ८, शुक्रबार
रासायनिक मल उद्योगमा विस्फोट, ४४ जनाको मृत्यु
पूर्वी चीनको जिआङसु प्रान्तको याङचेङ जिल्लामा रहेको एउटा रासायनिक मल उद्योगमा ठूलो विस्फोट हुँदा ४४ जनाको मत्ृयु हुनको साथै अन्य ९० घाइते भएका छन् । उद्धारकार्यको प्रमुख कार्यालयले शुक्रबार सो जानकारी दिएको छ । यद्यपीमा यस विस्फोटमा परी घाइते भएका करिब ६ सय ४० व्यक्ति उपचारार्थ अस्पताल पुगेका थिए । ती मध्य ३२ जनाको स्थिति गम्भीर रहेको र ५८ जनाको नराम्ररी घाइते भएका बताइएको छ । पाँच सय भन्दा बढी...
-
२०७५ चैत्र ८, शुक्रबार
सडक खन्दा चाँदीका सिक्का फेला
बर्दियाको बारबर्दिया नगरपालिका–६ सोनपुरदेखि जोगनपुरसम्म सडक खन्ने क्रममा चाँदी र तामाका सिक्का फेला परेको छ । प्रहरी नायब उपरीक्षक मदनजित महराले माटोको घैंटोमा राखिएको ५४ मिलिग्राम बराबरको पाँच थान चाँदीका सिक्का र सात केजी दुई सय ग्रामको तामाको सिक्का फेला परेको बताउनुभयो । सडकलाई स्काभेटरबाट खन्दा करीब तीन फिट गहिराइमा चाँदीका सिक्का र तामाका सिक्का फेला परेको प्रहरीेले जनाएको छ । ती सिक्का...
-
२०७५ चैत्र ८, शुक्रबार
बाघदरबार भत्काउन नमिल्ने
काठमाडौँ महानगरपालिकाले बाघदरबार भत्काएर नयाँ भवन बनाउन नपाउने भएको छ । गोर्खा भूकम्पका कारण पूर्णरुपमा क्षति पुगेको उक्त दरबार भत्काएर नयाँ बनाउने कामनपाको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेकाले सो योजना बिफल भएकोे हो । सर्वोच्चले काठमाडौँ महानगरपालिकाको कार्यालय रहेको भवन अर्थात् बागदरबार नभत्काउन आदेश दिएको छ । बाघदरबार नभत्काउन माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनमा गत मङ्गलबार...
-
२०७५ चैत्र ८, शुक्रबार
खानेपानीको बीमा
कर्णालीमै पहिलो पटक जुम्लाका दुई खानेपानी आयोजनाको बीमा गरिएको छ । कुनै पनि प्राकृतिक प्रकोपका कारण खानेपानी आयोजनामा क्षति पुग्न गई खानेपानीबाट स्थानीय वञ्चित हुन नपरोस् भन्ने ध्येयले कर्णालीमै पहिलो पटक जुम्लाका दुई खानेपानी आयोजनाको बीमा गरिएको हो । हिमा गाउँपालिका– ३ स्थित रु ५२ लाख ३० हजारको जोगिबाडा खानेपानी आयोजना र वडा नं– ७ स्थित रु ५५ लाख २२ हजारको माथिकुडू खानेपानी आयोजनाको बीमा गरिएको...


