-
२०८० फाल्गुण २३, बुधबार
नयाँ गठबन्धनमा मिल्यो मन्त्रालय भागबन्डा, को कुन मन्त्री बन्दै
सत्ता गठबन्धनले मन्त्रालय भागबन्डामा लगभग सहमति गरेका छन्। बुधबार दिउँसो बालुवाटारमा बसेको गठबन्धन बैठकले दलहरूले लिने मन्त्रालय टुंगो लगाएका हुन्। सहमतिअनुसार नेकपा (माओवादी केन्द्र) बाट उपप्रधान तथा परराष्ट्र मन्त्री वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ हुनेछन्। अर्थमन्त्री पनि माओवादीले नै लिने सहमति भएको छ। उपमहासचिव वर्षमान पुनलाई अर्थमन्त्री बनाउने माओवादीको निर्णय छ। नेकपा (एमाले) बाट सचिव...
-
२०८० फाल्गुण २२, मंगलबार
किशोरी हत्या प्रकरणका आरोपी जंगलबाट पक्राउ
काठमाडौँ - मोरङको पथरीमा धारिलो हतियार प्रयोग गरी भएको किशोरीको हत्या आरोपमा एकजना पक्राउ परेका छन्। उक्त घटनाको २४ घण्टा नबित्दै पक्राउ पर्नेमा मोरङको ग्रामथान गाउँपालिका–४ निवासी ३८ वर्षीय धीरेन चौधरी छन्। प्रहरी वरिष्ठ उपरीक्षक नवराज कार्कीको टोलीले घटनाको भोलिपल्टै चौधरीलाई बेलबारीस्थित भाउन्नेकाे जंगलबाट पक्राउ गरेकाे हाे। मोरङको पथरीशनिश्चरे–७ लामाटोलमा सोमबार राति १५ वर्षीया किशोरीको...
-
२०८० फाल्गुण २२, मंगलबार
कांग्रेसले गर्यो प्रतिपक्षमा बस्ने निर्णय
काठमाडौं– नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको विश्वासको मत फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको छ। मंगलबार अपराह्न कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मत फिर्ता लिने निर्णय गरेको हो । बैठकको निर्णय सुनाउँदै उपसभापति धनराज गुरुङले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल...
-
२०८० फाल्गुण २२, मंगलबार
‘सुसाइड नोट’ शालीनले नै लेखेको पुष्टि
काठमाडौं– चितवनको रत्ननगर नगरपालिका १० स्थित एकता शिशु निकेतनको होस्टेलमा मृत भेटिएकी १४ वर्षीया शालीन पोखरेलको भनिएको ‘सुसाइड नोट’ उनैले लेखेको पुष्टि भएको छ। शालीनले आत्महत्याअघि लेखेको ‘सुसाइड नोट’ उनकै भएको पुष्टि नेपाल प्रहरीको फरेन्सिक ल्याबको परीक्षणबाट भएको हो। प्रहरी प्रधान कार्यालयस्थित स्रोतले फरेन्सिक ल्याबमा गरिएको परीक्षणबाट उक्त ‘सुसाइड नोट’ शालीनले नै लेखेको पुष्टि भएको जनाएको छ...
-
२०८० फाल्गुण २२, मंगलबार
किन भयो फेसबुक लगआउट?
काठमाडौं– मेटा मातहतका सोसल मिडिया प्लाटफर्म फेसबुक, फेसबुक मेसेन्जर र इन्स्टाग्राम विश्वभर नै अवरुद्ध भएका छन्। योसँगै करोडौँ प्रयोगकर्ताहरूले यी प्लेटफर्ममा रहेका आफ्ना खातामा लगइन गर्न सकेका छैनन्। नेपाली समय अनुसार बेलुकी करिब ९ बजेतिर एक्कासि यी प्लेटफर्मका अकाउन्ट लगआउट भएका छन्। त्यसपछि लगइन गर्न खोज्दा पनि प्रयोगकर्ता सफल भएका छैनन्। फेसबुकको आन्तरिक श्रोतलाई उधृत गर्दै डेलीमेलले जनाए...
-
२०८० फाल्गुण २२, मंगलबार
रास्वपा मागे उपप्रधान र गृह
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा उपप्रधान र गृहसहित अरू तीन मन्त्रालय माग गरेको छ । चार मन्त्रालय पाउनुपर्ने रास्वपाको अडान छ । रास्वपा सभापति एवं संसदीय दलका नेता रवि लामिछानेलाई सरकारमा पठाउन गृह मन्त्रालयलाई ‘बटमलाइन’ बनाइएको छ । यस्तै, भौतिक पूर्वाधार तथा यातायात‚ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सहरी विकास मन्त्रालय पनि पार्टीले माग गरेर छलफल गरिरहेको ती नेताको...
-
२०८० फाल्गुण २२, मंगलबार
नेपाललाई हराउँदै नेदरल्यान्ड्सले जित्यो ट्वान्टी–२० शृंखलाको उपाधि
काठमाडौं - टी–२० आई त्रिकोणात्मक सिरिजअन्तर्गत मंगलबार कीर्तिपुरमा भएको फाइनल भिडन्तमा नेपाल पराजित भएको छ। नेपाललाई नेदरल्यान्ड्सले ४ विकेटले पराजित गर्दै उपाधि जित्न सफल भएको छ। नेपालले दिएको १८५ रनको लक्ष्य १९.३ ओभरमा ६ विकेट गुमाउँदै भेट्टाउन सफल भयो। नेपाललाई घरेलु मैदानमा नै स्तब्ध पार्दै नेदरल्यान्ड्सले नामिबिया सम्मिलित टी–२० आई त्रिकोणात्मक सिरिजको उपाधि चुम्यो।यससँगै नेदरल्यान्ड्सले...
-
२०८० फाल्गुण २२, मंगलबार
आठ जना बाल प्रतिभालाई ‘नइ बाल पुरस्कार’
नेपालको साहित्यिक क्षेत्र एवं सामाजिक क्षेत्रको उन्नयन मा सकृय प्राज्ञिक संस्था नइ प्रकाशनले आआफ्नो ठाउँबाट प्रतिष्ठा आर्जन गर्ने ४ वर्षदेखि १५ वर्षसम्मका आठ जना बालबालिकालाई २०७९ सालको ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । ‘नइ देरुनीखपू बाल पुरस्कार’बाट पुरस्कृत हुनेहरूमा बहुआयामिकतर्फ आयुषा लम्साल, साहित्यतर्फ कुञ्जल शुभेच्छु लुइँटेल, चित्रकलातर्फ रेजिना बोहोरा, सङ्गीततर्फ...
-
२०८० फाल्गुण २२, मंगलबार
पशुपतिनाथ क्षेत्रमा महाशिवरात्रि पर्वको तयारी
काठमाडौँ, २२ फागुन स् महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर क्षेत्रमा मासुजन्य पदार्थ एवं मदिरा बिक्रीमा रोक लगाइएको छ । यही फागुन २५ गते शुक्रबार परेको महाशिवरात्रि पर्वलाई मध्यनजर गरेर सो निर्णय गरिएको हो । महाशिवरात्रिका लागि यतिखेर पशुपति क्षेत्रमा साधुसन्तहरु आउने क्रम सुरु भइसकेको छभने पाशुपत क्षेत्रको सजावटको काम पनि सुरु भएको पशुपति विकास कोषले जनाएको छ । जिल्ला...
-
२०८० फाल्गुण २२, मंगलबार
आदिवासी जनजातिको भाषा, संस्कृति प्रबर्द्धनका लागि महोत्सव
चितवन, २२ फागुनस् आदिवासी जनजातिको भाषा, संस्कृति प्रबर्द्धन गर्न महोत्सवको आयोजना गरिने भएको छ । आगामी चैत ९ गतेदेखि १८ गतेसम्म नारायणी नदी किनासमा ‘प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापार महोत्सव’ आयोजना गर्न लागिएको हो । आदिवासी जनजाति महासङ्घको आयोजनामा हुन लागेको महोत्सवको तयारी भइरहेको आज यहाँ पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । महोत्सवमा तीन सय प्रदर्शनी कक्ष रहने छन् । भरतपुर भ्रमण...
-
२०८० फाल्गुण २२, मंगलबार
मन्त्री टुङ्ग्याउन छलफलमा व्यस्त मधेस केन्द्रित दल
सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्ग्याउनेलगायत मुलुकको समसामयिक परिस्थितिबारे समीक्षा गर्न मधेस केन्द्रित राजनीतिक दलहरु छलफलमा जुटेका छन् । जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टी नयाँ परिस्थितिमा पार्टीको आगामी रणनीति बनाउन बैठक र परामर्शमा केन्द्रित भएका हुन् । जनमत पार्टीको सचिवालय बैठक भर्खरै सुरु भएको छभने जसपाको कार्यकारिणी समिति बैठक भोलि...
-
२०८० फाल्गुण २१, सोमबार
प्रचण्ड धोकेबाज रहेछन् : देउवा
काठमाडौं– २०७९ पुस १० मा बनेको गठबन्धन ब्युँतिँदै राजनीतिमा नयाँ ‘ट्वीस्ट’ आएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी र पूर्वपदाधिकारीसहित केन्द्रीय सदस्य शेखर कोइरालालाई सोमबार बिहान बूढानिलकण्ठमा बोलाए। पार्टी पदाधिकारी र पूर्वपदाधिकारीलाई देउवाले पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरे। देउवाले प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष...


