STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० फाल्गुण १६, बुधबार

    आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने माओवादीको निर्णय

    काठमाडौं– नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा चुनावी गठबन्धन नगर्ने निर्णय गरेको छ। पेरिसडाँडास्थित पार्टी कार्यालयमा बुधबार बसेको स्थायी समिति बैठकमा माओवादीले अब आउने निर्वाचनमा एक्लै निर्वाचन लड्ने निर्णय गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले बताए।  नेपाली कांग्रेसको फागुन ७ देखि १० गतेसम्म भएको महासमिति बैठकले गठबन्धन नगरी चुनाव लड्ने निर्णय गरेको विषय पनि स्थायी समिति बैठकमा छलफल...

  • २०८० फाल्गुण १६, बुधबार

    ‘काँडेतार’ चलचित्र टोलिद्वारा रत्नपार्कमा हस्ताक्षर संकलन

    काठमाडौं– नयाँ नेपाली फिल्म ‘काँडेतार’ को टोलिले देशभरको सिमानामा काँडेतार लगाउनु पर्ने मागसहित हस्ताक्षर संकलन गरेको छ । फिल्मका निर्देशक तथा कलाकारसमेत रहेका नवल खड्काले सञ्चालन गरेको अभियानमा मंगलबार रत्नपार्कमा हस्ताक्षर संकलन कार्यक्रम गरिएको थियो । आफूले फिल्म ‘काँडेतार’ को विशेष शो गर्दा देशभरमा विभिन्न स्थानमा हस्ताक्षर अभियान सञ्चालन गरेको र आज थप संकलन गरिएको खड्काले बताएका छन् ।...

  • २०८० फाल्गुण १६, बुधबार

    गलत तथ्यमा उभिएर गौरव कायम गर्न नसक्ने फोनिजको दावी

    नेपाल पत्रकार महासंघले गलत तथ्यमा उभिएर गौरव कायम गर्न नसक्ने भन्दै महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ कायम गर्न माग नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) ले माग गरेको छ। फोनिजले मंगलबार नेपाल पत्रकार महासंघलाई स्मरणपत्र बुझाउँदै विसं २००८ साल जेठमा नेपाली पत्रकारहरुलाई पहिलो पटक संगठित गर्ने स्वर्गीय श्रेष्ठलाई संस्थापक अध्यक्ष कायम राख्न माग गरेका हुन्।फोनिजका केन्द्रीय...

  • २०८० फाल्गुण १५, मंगलबार

    टी–२० आई शृङ्खला: नेपाल नामिबियासँग २० रनले पराजित

    काठमाडौं– त्रिकोणात्मक टी–२० आई शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ। त्रिवि क्रिकेट मैदानमा २०७ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको नेपाल १८.५ ओभरमा १८६ रन बनाउँदा अलआउट भयो।  नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४८ रन बनाए। यस्तै, कप्तान रोहित पौडेलले ४२ रन बनाए। कुशल मल्लले ३२ तथा सोमपाल कामीले २६ रन बनाए।   नामिबियाविरुद्ध जवाफी ब्याटिङ थाल्दा नेपालले...

  • २०८० फाल्गुण १५, मंगलबार

    ललितपुरका किसानले पनि गरे दूध पोखेर प्रदर्शन

    काठमाडौं - किसानहरुले ललितपुर जिल्ला प्रशासन कार्यालय अगाडि दूध पोखेर प्रदर्शन गरेका छन्। उत्पादन गरेको दूध बिक्री नभएको र भुक्तानी नपाएको भन्दै ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको अगुवाइमा किसानका संगठनहरुले मंगलबार दूध पोखेर प्रदर्शन गरेका हुन्। यसअघि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एक दर्जन बढी किसान संगठनले सरकारसमक्ष १६ बुँदे माग राख्दै आन्दोलित हुने जनाएका थिए। किसानको दुग्धजन्य...

  • २०८० फाल्गुण १५, मंगलबार

    पूर्वयुवराज पारस शाहले स्कुल बसलाई पेस्तोल ताकेको आरोप

    काठमाडौं– पूर्वयुवराज पारस शाहले चितवनको एउटा विद्यालयको स्कुल बसलाई पेस्तोल ताकेको आरोप लागेको छ। भरतपुरस्थित सनराइज इङ्गलिस बोर्डिङ स्कुलको बस गत बुधबार विद्यार्थी बोकेर घरघर पुर्‍याउन गइरहेको बेला पूर्वयुवराज पारसले ड्राइभरलाई थर्काउँदै गाडीतर्फ पेस्तोलसमेत ताकेको प्रत्यक्षदर्शीको भनाइ छ। सोही विद्यालयमा आफ्नो बच्चा पढाइरहेका नेपाल क्रिकेट संघ (क्यान) बागमती प्रदेश कार्यसमिति सदस्य अनिल...

  • २०८० फाल्गुण १५, मंगलबार

    भक्तराजको पार्थिक शरीरमा राष्ट्रिय झण्डा ओढाइयो

    काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यले दिएको योगदानले गीत–सङ्गीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा र दिशानिर्देशन गरिरहने बताएका छन्।  आज नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान पुगी आचार्यको पार्थिव शरीर श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री दाहालले आचार्यको योगदान मुलुकका लागि महत्वपूर्ण रहेको स्मरण गरे। उनले स्व आचार्यको पार्थिव...

  • २०८० फाल्गुण १४, सोमबार

    प्रदर्शनकारी संसद भवनमा प्रवेश गरेको घटनाप्रति गृहको गम्भीर समीक्षा

      काठमाडौं - सुरक्षा घेरा तोडेर संसद भवनभित्र लघुवित्त पीडितहरू प्रवेश गर्नू गम्भीर सुरक्षा लापरबाही भएको गृह मन्त्रालयले निष्कर्ष निकालेको छ। तर, घटना किन र कसको लापरबाहीले भयो भन्ने कुरा थाहा पाउनचाहिँ छानबिन समितिको प्रतिवेदन कुर्नुपर्ने भएको छ। घटनामा गम्भीर लापरबाही भएको निष्कर्ष निकालेको गृह मन्त्रालयले त्यहाँ खटिएका ३२ जना प्रहरी अधिकारीहरूलाई हटाउने निर्णयसमेत गरेको छ। गृहको निर्णयलगत्तै...

  • २०८० फाल्गुण १४, सोमबार

    क्रिकेट खेलाडीको तलब एक लाख पुग्यो

      काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट खेलाडीहरूको ग्रेड छुट्याएको छ। क्यानले पुरुषतर्फ ३० जना र महिलातर्फ १९ जना खेलाडीको ग्रेड छुट्याएको हो। ए, बी, सी, डी र इमर्जिङ क्याटोगरी गरी पाँच वर्गमा छुट्याइएको पुरुषतर्फका खेलाडीहरूको तलब पनि एक लाख पुर्‍याइएको छ।  एमा पर्ने पुरुष खेलाडीको मासिक तलब एक लाख हुने क्यानका सचिव पारस खड्काले जानकारी दिएका छन्। त्यस्तै बीका खेलाडीलाई ७० हजार, सीका...

  • २०८० फाल्गुण १४, सोमबार

    संसद् भवनमा खटिएका ३२ सुरक्षाकर्मीको जिम्मेवारी खोसियो

    काठमाडौं - नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षार्थ खटिएका प्रहरी निरीक्षकसहितको टोलीलाई प्रहरी प्रधान कार्यालय, नक्सालले एकैसाथ जिम्मेवारीबाट हटाएको छ । लघुवित्तका ऋणीहरुको टोली संसद् भवन परिसरभित्र प्रवेश गरेपछि गृह मन्त्रालयको नेतृत्वमा संसद् भवन परिसरमा खटिएको सुरक्षा टोलीलाई हटाइएको हो । प्रहरी उच्च स्रोतका अनुसार, यसरी जिम्मेवारीबाट हटाइनेमा इन्स्पेक्टरसहित ३२ जना छन् ।  सोमबार दिउँसो भएको...

  • २०८० फाल्गुण १४, सोमबार

    चर्चित गजल गायक पंकज उधासको निधन

    चर्चित गजल गायक पंकज उधासको ७२ वर्षको उमेरमा आज निधन भएको छ । उनको निधनको जानकारी उनकी छोरी नायबले सामाजिक सञ्जालमा दिएकी छिन् ।  गजल गायक विगत केही दिनदेखि बिरामी थिए । पंकजले चर्चित गजल ‘चिठी आयी’ बाट निकै चर्चा पाएका थिए । पंकजको जन्म १७ मे १९५१ मा गुजरातको जेतपुरमा भएको थियो । उनी आफ्ना तीन भाइहरूमध्ये कान्छो थिए । उनको परिवार राजकोट नजिकैको चरखाडी नामक सहरको थियो। उनका हजुरबुबा एक जमिन्दार र...

  • २०८० फाल्गुण १४, सोमबार

    गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

    वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ। उनको आइतबार ८१ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। अस्वस्थ भएपछि आचार्यलाई ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो। तर, अस्पताल लग्ने क्रममा बाटोमै मृत्यु भएको संगीतकार हरि लम्सालले बताए।    धनकुटामा जन्मिएका आचार्य भजन शिरोमणिको उपनामबाट परिचित थिए। उनले गाएका हजार सपनाहरुको, जति चोट दिन्छौँ, मुटु जलिरहेछ लगायत गीतहरु निकै...

Pages