-
२०८० फाल्गुण १४, सोमबार
राजेन्द्र महतोद्वारा लोसपा परित्याग
काठमाडौँ - लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्यागको घोषणा गरेका छन् । केही समयदेखि पार्टीमा छुट्टै अभियानका लागि गृहकार्य गरिरहेका उनले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर औपचारिक रूपमा ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियानको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा महतोले तत्कालका लागि आफूले अभियान घोषणा गरेको र पार्टीको आकार भने ग्रहण...
-
२०८० फाल्गुण १४, सोमबार
भूकम्पप्रभावित तीन हजार व्यक्तिले लिए प्रजनन स्वास्थ्य सेवा
त्रिवेणी रुकुम पश्चिमममा सञ्चालन भएको बृहत् प्रजनन स्वास्थ्य शिविरबाट रुकुम पश्चिममा दुई हजार आठ सय ७० जनाले प्रजनन स्वास्थ्य सेवा लिएका छन् । गत कात्तिक १७ गते गएको भूकम्पप्रभावित दुई स्थानीय तह आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाका नागरिकले प्रजनन स्वास्थ्य शिविरमार्फत उक्त सङ्ख्यामा सेवा लिएका हुन् । नेपाल परिवार नियोजन सङ्घको आयोजना, आइपिपिएफ परियोजनाको सहयोग र जिल्ला स्वास्थ्य...
-
२०८० फाल्गुण १४, सोमबार
सुन तस्करी प्रकरणमा कलेज सञ्चालक पक्राउ
सुन तस्करी प्रकरणमा एक कलेज सञ्चालक पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पर्वत फुलबारी-२ घर भएका काठमाडौँको डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङलाई आज पक्राउ गरेको छ । दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धानका क्रममा गुरुङ योजनाकार रहेको पत्ता लागेपछि गुरुङलाई सामाखुसीबाट पक्राउ गरिएको केन्द्रीय...
-
२०८० फाल्गुण १३, आइतबार
नेदरल्याण्ड्ससँग नेपाल ८ विकेटले पराजित
काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलाको अन्तिम खेलमा नेपाल पराजित भएको छ। नेपालले दिएको एक ७३ रनको लक्ष्य नेदरल्याण्ड्सले ३७.५ ओभर खेल्दै २ विकेट गुमाएर भेट्टाएको हो । ललित राजवंशी र दिपेन्द्रसिंह ऐरीले एक/एक विकेट झारे। टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ७२ रन मात्र बनाउन सक्यो। नेपालका लागि कुशल भुर्तेलले...
-
२०८० फाल्गुण १३, आइतबार
बच्चा चोरी गर्ने महिलालाई ५ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं– प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीबाट बच्चा चोरेको आरोपमा पक्राउ परेकी महिलालाई अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ। फागुन ११ मा दैलेख घर भएकी २४ वर्षीया मनकुमारी सिंहले प्रसूति तथा स्त्रीरोग अस्पतालबाट २६ दिनको बालिका चोरी गरेकी हुन्। सिंहलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीले...
-
२०८० फाल्गुण १३, आइतबार
वीरेन्द्रनगर गोली काण्ड : भारतीय सुटरसहित पाँच जना पक्राउ
सुर्खेतको वीरेन्द्रनगरमा शनिबार राति एक जना व्यक्तिलाई लक्षित गरी गोली चलेको छ। वीरेन्द्रनगरका स्थानीय विनोद गिरीले चलाएको गाडीलाई लक्षित गरी गोली चलाइएको थियो। गाडीको चालक बसेका ठाउँमा लक्षित गरी एक राउण्ड गोली चलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। गोली चले पनि गिरीलाई भने लागेको छैन। राति पौने ९ बजेतिर वीरेन्द्रनगर–१ गौरीटोलमा गिरीले आफैँले चलाएको गाडीमा गोली प्रहार भएको थियो। घटनामा...
-
२०८० फाल्गुण १३, आइतबार
निफको ओपनिङ फिल्मको रुपमा ‘आनी छोइङ डोल्मा’
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हरेक वर्ष हुँदै आएको नेपाल अन्तरराष्ट्रीय चलचित्र महोत्सवमा यसपटक आनी छोइङ डोल्माको जीवनी प्रेरित डकुमेन्ट्री ‘आनी छोइङ डोल्मा : नथिङ इम्पोसिबल’ नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को ओपनिङ फिल्म रहने भएको छ । यो फिल्म चैत्र १ गते साढे तीन देखाइने कुरा फेस्टिभल अध्यक्ष केपी पाठकले जानकारी गराए अनुसार यो फिल्म जेनिफर लिन र सान बाई निर्देशित...
-
२०८० फाल्गुण १३, आइतबार
वैशाख १५ गते दुई ठाउँमा उपनिर्वाचन
काठमाडौं - निर्वाचन आयोगले पूर्वसभामुख सुवास नेम्वाङको निधनपछि रिक्त भएको इलाम–२ मा आगामी वैशाख १५ गते उपनिर्वाचन गराउने भएको छ । आयोगको आइतबार बसेको बैठकले इलाम–३ मा वैशाख १५ मा उपनिर्वाचन गराउने निर्णय गरेको हो । आइतबार बसेको आयोगको पदाधिकारी बैठकले इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ को उपनिर्वाचन वैशाख १५ गते गर्ने निर्णय लिएको हो। इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य...
-
२०८० फाल्गुण १२, शनिबार
हास्य कलाकार गणेश ईशाराले एकल ‘अल नेपाल कमेडी शो’ सुरु गर्ने
गायनसंगै समाजसेवामा समेत सकृय चर्चित हास्य कलाकार गणेश ईशाराले एकल शो को रुपमा ‘अल नेपाल कमेडी शो’ कार्यक्रम सुरुगर्ने भएका छन् । ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने नाराका साथ ईशाराको एकल ‘अल नेपाल कमेडी शो’ कार्यक्रम २०८१ बैशाख ६ गते काठमाडौंस्थित राष्ट्रिय नाचघरबाट प्रारम्भ गर्ने भएका छन् । कलाकार इशाराले ‘सदन हल र भट्टी पसल उस्तै’, ‘साँढेतन्त्र’ र ‘भद्रगोल डटकम’ आदि प्रहशन प्रस्तुत गर्ने...
-
२०८० फाल्गुण ११, शुक्रबार
रेखा थापालाई अमेरिकामा पुत्री लाभ
नेपाली चलचित्र जगत कि चर्चित नायिका रेखा थापाले शुक्रबार पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी छन्। उनले अमेरिकामै छोरीलाई जन्म दिएपछि सामाजिक संजालमा छोरीको तस्वीर समेत सार्वजनिक गरेकी छिन्। अहिले रेखा र छोरीको स्वास्थ्य अवस्था राम्रै रहेको बताइएको छ। रेखाका श्रीमान बलराम शाही ठकुरीले अहिले अमेरिकामा पत्नी र छोरीको हेरचाह गरिरहेका छन्। रेखाले छोरीको नाम समेत राखिसकेकी छिन्। रेखाले राखे अनुसार...
-
२०८० फाल्गुण ११, शुक्रबार
पूर्व मिस् नेवाः सहित चार जनालाई ‘नइ पुरस्कार’
नेपालको वाङमय क्षेत्रको प्राज्ञिक संस्था नइ प्रकाशनले चार जना प्रतिभाशाली व्षक्तित्वहरूलाई २०७९ सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको कुरा एक विज्ञप्ति मार्फत जानकारी गराएको छ । नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले जानकारी गराए अनुसार जनचेतनाको संवर्द्दनका लागि नेपाली भाषाका माध्यमबाट अभिनय, नाटक, सिर्जना र हास्यव्यङ्ग्यका क्षेत्रमा विशिष्ट योगदान दिएबापत शैलेन्द्र सिम्खडालाई...
-
२०८० फाल्गुण १०, बिहिबार
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा केशरजंग बराल नियुक्त
काठमाडौं– त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर केशरजंग बराल नियुक्त भएका छन्। विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रिक्त उपकुलपति पदमा बिहीबार बराललाई नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वको उपकुलपति छनोट तथा सिफारिस समितिले चित्रबहादुर बुढाथोकी, बराल र टंकनाथ धमलाको नाम सिफारिस...


