STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० फाल्गुण २०, आइतबार

    नइको नाममा सिक्का र टिकट लोकार्पण हुनु भनेको गौरवमय क्षण घोषित

    नेपालको वाङ्गमय क्षेत्रको श्रीवृद्धिमा सकृय प्राज्ञिक संस्था नइ प्रकाशनको रजत वर्ष प्रवेश गरेको अवसरमा नेपाल राष्ट्र बैंकबाट टकमरी भएको एक सय रुपिंया को सिक्का र दस रुपिंया दरको हुलाक टिकट नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला, महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी र नेपाल राष्ट्र बैंकका सञ्चालक तथा पूर्वडिपुटी गभर्नर चिन्तामणि शिवाकोटीले  सामूहिक रुपमा लोकार्पण गर्नुभयो ।  नेपाल...

  • २०८० फाल्गुण १८, शुक्रबार

    नाइट क्लबमा काम गर्ने युवतीमाथि सामूहिक बलात्कार

    काठमाडौँ - नाइट क्लबमा काम गर्ने युवतीमाथि काठमाडौँको गोठाटारमा सामूहिक बलात्कार भएको छ । माघ २० मा दुई जना मिलेर २२ वर्षीया युवतीलाई गोठाटारस्थित एउटा होटलमा बलात्कार गरेका हुन् । बलात्कारमा संलग्न आरोपमा प्रहरी वृत्त नयाँ बानेश्वरले सिन्धुपाल्चोक घर भएका पदम घयाम्जो तामाङलाई पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौँले तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको जिल्ला प्रहरी परिसर...

  • २०८० फाल्गुण १८, शुक्रबार

    टोखामा एक व्यक्तिले गरे आत्मदाह प्रयास

    काठमाडौं - काठमाडौंको टोखा नगरपालिका–१ को चेकपोष्ट नजिक जंगलमा एक जना व्यक्तिले आफैंलाई पेट्रोल छर्किएर आत्मदाह गर्ने प्रयास गरेका छन् । नुवाकोटको लिखु गाउँपलिका–१ स्थायी घर भएका अन्दाजी ३० वर्षीय विकल्प खड्कालाई आफैंलाई आगो लगाएको अवस्थामा प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए । उनलाई उद्धार गरेर कीर्तिपुरस्थित बर्न सेन्टरमा लगिएको छ । तर, उनको अवस्था...

  • २०८० फाल्गुण १८, शुक्रबार

    नामिबियामाथि नेपालको तीन रनको रोमाञ्चक जित

    काठमाडौँ - त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार खेलिएको खेलमा नेपाल विजयी भएको छ । आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई तीन रनले हराएको हो । जितसँगै नेपालले फाइनल प्रवेशको सम्भावना पनि जिवितै राखेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ८० रन बनाएको थियो । जवाफी...

  • २०८० फाल्गुण १८, शुक्रबार

    कामपाका ११८ औषधि पसल मापदण्डविपरीत

    काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालन नगरेको जनाएको छ । कामपा स्वास्थ्य विभागले गत असोज २१ गतेदेखि औषधि पसलको अनुगमन थालेको थियो । अहिलेसम्ममा वडा नं १, २ र ३ का अधिकांश र अन्य वडामा गरिएको अनुगमनका क्रममा उक्त सङ्ख्या ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालन नगरेको पाइएको विभागले जनाएको छ । वडा नं १४ कलङ्कीमा सञ्चालित मिसन फार्मेसीले...

  • २०८० फाल्गुण १८, शुक्रबार

    बैंकिङ क्षेत्र त्रसित र भयभित छ: सिबिफिन

      बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) ले कर्जा दुरुपयोगको विषयलाई लिएर बैंकका कर्मचारी पक्राउ पर्दा समग्र बैंकिङ क्षेत्र त्रसित र भयभित बन्न पुगेको बताएको छ । सिबिफिनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै धितो र कर्जा प्रवाहका विषयमा प्रचलित नियम तथा अन्तर्राष्ट्रिय बैंकिङ अभ्यासबारे गहिरो अध्ययन एवं जानकारीबिनै बैंकरमाथि धरपकड भएको आरोपसमेत लगाएको छ । “धितो र कर्जा प्रवाहका विषयमा...

  • २०८० फाल्गुण १७, बिहिबार

    होस्टेलमा बालिका मृत्युको घटना शंकास्पद

    काठमाडौं– गोरखाको अजिरकोट गाउँपालिका–५ मुच्चोकका दीपेन्द्र पोखरेलले आफ्नी १४ वर्षीय छोरी शालीनको आत्महत्या भनिएको घटनाको अनुसन्धान गरी दोषीलाई कारवाही गर्न माग गरेका छन्। चितवनको रत्ननगर नगरपालिका– १० स्थित एकता शिशु निकेतन विद्यालयमा कक्षा ८ मा अध्ययनरत शालीन १२ फागुनमा सोही स्कुलको होस्टेलमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन्। उक्त घटनाको सत्यतथ्य छानविन गर्न पोखरेलले माग गरेका हुन्। मृतक शालीनका...

  • २०८० फाल्गुण १७, बिहिबार

    बढेर आयो पेट्रोलियम पदार्थको मुल्य

    इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ। आइओसीले बिहीबार नेपाललाई नयाँ मूल्य पठाएको नेपाल आयल निगमले जनाएको छ। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर २१ पैसा र डिजेलमा ८५ पैसा बढाएर पठाएको छ। त्यस्तै खाना पकाउने ग्यासमा भने प्रतिसिलिन्डर २१ रूपैयाँ ६६ पैसा बढाएर पठाएको हो।भारतबाट मूल्य बढेर आए पनि नेपाली बजारमा हाल यी पदार्थको मूल्य यथावत...

  • २०८० फाल्गुण १७, बिहिबार

    राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको सपथ फागुन २१ गते

    काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूको सपथ यही फागुन २१ गते हुने भएको छ। गत माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सदस्यहरूको सपथ फागुन २१ गतेका लागि राखिएको संघीय संसद् सचिवालयले जनाएको छ।  उनीहरूको सपथ अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरको ल्होत्से हलमा  हुनेछ। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६८ को उपदफा ९२० अनुसार कुनै...

  • २०८० फाल्गुण १७, बिहिबार

    हाजिर जमानीमा रिहा भए 'पीडित' लघुवित्तका ऋणीहरू

    काठमाडौं– संसद् भवन परिसरमा प्रवेश गरेको आरोपमा पक्राउ परेका 'पीडित' लघुवित्तका ऋणीहरू रिहा भएका छन्। उनीहरूलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले हाजिर जमानीमा छाडेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। देशका विभिन्न स्थानबाट काठमाडौं आएका लघुवित्त ऋणीहरू फागुन १४ गते नाराबाजी गर्दै संसद् भवन प्रवेश गरेका थिए। प्रहरीले ४८ महिला र एक पुरुषलाई पक्राउ गरेको थियो भने...

  • २०८० फाल्गुण १७, बिहिबार

    फुटपाथ व्यवसायीलाई काठमाडौं महानगर प्रहरीको निर्मम कुटपिट

    काठमाडौं - बुधबार समसाँझ काठमाडौंको सुन्धारा क्षेत्रमा निस्किएका फुटपाथ व्यवसायीलाई काठमाडौं महानगर प्रहरीले निर्मम कुटपिट गरेको छ । महिलामाथि निर्मम तरिकाले लाठी हानेको भिडियो पनि सार्वजनिक भएको छ । फुटपाथमा निस्किएका व्यवसायीलाई उनीहरुले निर्मम तरिकाले लाठी हानेका थिए । प्रहरी बलसँगको झडपमा परेर कैयौं व्यवसायी घाइते भएका छन् । घाइतेहरु अस्पतालमा भर्ना भएका छन् भने केही डिस्चार्ज भएका छन् ।...

  • २०८० फाल्गुण १६, बुधबार

    नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित

    काठमाडौं– त्रिकोणात्मक टी–२० आई सिरिजको दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको छ। १८५ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८२ रन मात्रै बनाउन सक्यो।  दीपेन्द्र सिंह ऐरी र कप्तान रोहित पौडेलले अर्धशतकीय पारी खेले पनि अन्तिम ओभरमा चुक्दा नेपालले जित निकाल्न सकेन। अन्तिम ओभरको दोस्रो बलमा दीपेन्द्र सिंह ऐरीले छक्का मारेपछि नेपाललाई...

Pages