STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० पौष २९, आइतबार

    सुरु भयो काठमाडौँ महानगरको नगरसभा

    काठमाडौँ - काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभा सुरु भएको छ । आइतबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा महानगरपालिकाको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो नगरसभा सुरु भएको हो । महानगरपालिकाले नगरसभामार्फत बजेट संशोधन समेत गर्ने तयारी गरेको छ । २५ पुसमा नगर सभा गर्ने महानगरले तयारी गरेपनि विविध कारणबस रोकिएको थियो ।

  • २०८० पौष २९, आइतबार

    रहेनन् जनगायक भृगुराम श्रेष्ठ

    नेपालभाषाको साथै नेपाली संगीत र कला क्षेत्रका वरिष्ठ गायक कलाकार भृगुराम श्रेष्ठको निधन भएको छ । पेटको क्यान्सरबाट पिडित वरिष्ठ गायक कलाकार श्रेष्ठको आज साँझ ५ बजेर २० मिनेटमा वीर अस्पतालमा निधन भएको हो । पेटको क्यान्सर भएको पत्ता लागेपछि केही समय देखि उनी वीर अस्पतालमा उपचाररत थिए । सोही अस्पतालमा उपचारको क्रममा आज उनको निधन भएको हो । ६ दशक बढि कला क्षेत्रमा निरन्तर योगदान दिएका श्रेष्ठको ‘...

  • २०८० पौष २९, आइतबार

    राष्ट्रियसभाका उम्मेदवारले चुनाव प्रयोजनका लागि ३ लाख ५० हजार खर्च गर्न पाउने

    काठमाडौँ - निर्वाचन आयोगले  माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तोकेको छ । सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ (१) सँग सम्बन्धित अनुसूची-१ ले तीन लाख पचास हजार रुपैयाँसम्म खर्च गर्न सक्ने गरी हद तोकिको हो । उक्त खर्च मतदाता...

  • २०८० पौष २८, शनिबार

    दाङमा यात्रुबस दुर्घटना, ज्यान गुमाउनेको संख्या १२ पुग्यो

    दाङको भालुवाङमा एक यात्रुबस राप्ती नदीमा खस्दा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ। इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार शनिबार बिहान पौने १ बजेसम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो। तर मृतकहरूको पहिचान खुल्न सकेको छैन। सबै शवलाई लमही अस्पताल पठाइएको छ । दुर्घटनामा घाइते २३ जनालाई उपचारका लागि बुटवल र नेपालगञ्ज पठाइएको छ। नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रु बस शुक्रबार...

  • २०८० पौष २७, शुक्रबार

    नागरिक उन्मुक्ति पार्टी अध्यक्षमा रेशम चौधरी सर्वसम्मत

    काठमाडौं- नागरिक उन्मुक्ति पार्टी अध्यक्षमा रेशम चौधरी सर्वसम्मत भएका छन् ।  यसअघि उनी पार्टीको संरक्षक मात्र थिए । निर्वाचन कार्यतालिका अन्तर्गत निर्धारित समयसम्म उनको मात्रै उम्मेदवारी परेपछि चौधरी सर्वसम्मत भएका हुन् । टीकापुर घटनामा जेल परेपछि पार्टीको अध्यक्षमा उनकी पत्नी रञ्जिता श्रेष्ठ अध्यक्ष भएकी थिइन् । चौधरीलाई अध्यक्षको लागि रोशन थापा प्रस्ताव बस्दा सानु शाक्यले समर्थन गरेका थिए । ...

  • २०८० पौष २७, शुक्रबार

    अफगानिस्तानमा ६.४ म्याग्निच्युडको भूकम्प

    काठमाडौं - उत्तरी अफगानिस्तानमा ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट कुनै पनि मानवीय क्षति नभएको बताइएको छ । उत्तरी बदख्शान प्रान्तको जुर्म जिल्लामा केन्द्रबिन्दु भएर भूकम्प गएको हो । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) ले २०६.६ किलोमिटर गहिराइमा रहेको भूकम्पको केन्द्रबिन्दु शुरुमा ३६.५१ डिग्री उत्तर अक्षांश र ७०.६० डिग्री पूर्वी देशान्तरमा रहेको बताएको छ । भूकम्पको धक्का बदख्सानको...

  • २०८० पौष २७, शुक्रबार

    माइकल ज्याक्सनको बायोपिक २०२५ मा रिलिज हुने

    काठमाडौं- आफ्नो गायिका र नृत्यबाट विश्वभर फ्यान कमाएका प्रख्यात गायक माइकल ज्याक्सनको जीवनकथा चाँडै पर्दामा हेर्न पाइने भएको छ । ‘पप किङ’को बायोपिक निर्माणका लागि हालका दिनमा तीब्र काम भइरहेको छ । यो फिल्म सन् २०२५ मा थिएटरमा आउने निर्माण पक्षले जनाएको छ । यसको निर्माणको काम यही जनवरी २२ बाट सुरु हुनेछ । फिल्ममा एन्टोनी फूक्वाको निर्देशन रहनेछ । यो प्रोजेक्ट लायन्सगेटको सहयोगमा निर्माण हुनेछ ।...

  • २०८० पौष २७, शुक्रबार

    मेलम्चीको सुरुङबाट पानी पठाउन थालियो

    काठमाडौं- मेलम्ची खानेपानी आयोजनाले सिन्धुपाल्चोक अम्बाथानस्थित हेडवर्क्सबाट सुरुङमा पानी पठाउन थालेको छ । अहिले टनेल सफा गर्ने प्रयोजनका लागि बाँध रहेको स्थलबाट सुरुङमा पानी पठाइएको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए । उनका अनुसार सुरुङ सफा गरिएको धमिलो पानी अम्बाथान, ग्यालथुम र सुन्दरीजलमा रहेका अडिट टनेलबाट निकालिनेछ । सुरुङमा पठाएको पानी धमिलो हुन छाडेपछि पूर्ण...

  • २०८० पौष २७, शुक्रबार

    थारू लोकसंस्कृति जगेर्ना गर्न ‘माघ म्याला’

    काठमाडौँ- थारू समुदायको लोकसंस्कृति जगेर्ना गर्ने उद्देश्यले बेलौरी नगरपालिकामा ‘माघ म्याला’ आयोजना गरिएको छ । थारू कल्याणकारिणी सभाको आयोजनामा म्याला आयोजना गरिएको हो । मेला तीन दिनसम्म सञ्चालन हुने भएको छ । म्यालामा थारू समुदायको लोकसंस्कृति झल्कने गहना, पहिरन, खाद्य सामग्री, सहन-सहन, लोककथा, गीत, भाषा, साहित्यसम्बन्धीका वस्तुहरू प्रदर्शनीमा राखिएका छन् । थारुसँग सम्बन्धित राष्ट्रियस्तरका...

  • २०८० पौष २६, बिहिबार

    नेपालभाषाका हजारौं पुस्तकहरु अब विश्वको हरेक कुनाकाप्चामा पढ्न सकिने

    काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विहिबार त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभागको ई लाईब्ररीको समुद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा मन्तव्य राख्ने क्रममा  नेपालको भाषा, कला, साहित्य, संस्कृति सम्वन्धि पुस्तकहरुलाई विश्वव्यापीकरण गर्नुपर्नेमा जोड दिएकी छिन्  ।  समारोहमा बोल्दै प्रमुख अतिथि डंगोलले नेपालभाषाको साथमा नेपालकै विभिन्न भाषा, कला, साहित्य, संस्कृतिलगायत...

  • २०८० पौष २५, बुधबार

    एसईई चैत पहिलो हप्ता, अब सबै विषयमा ३५ ल्याए मात्र पास

    काठमाडौं- यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत पहिलो हप्ता हुने भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोर्ड अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार नै चैतको पहिलो हप्ता परीक्षा हुने बताएका हुन् । ‘यो वर्षको एसईई क्यालेन्डर अनुसार नै चैतको पहिलो हप्ता हुन्छ । माघको पहिलो हप्ता रुटिन निकाल्छौं’, उनले भने । संसद्मा छलफलको क्रममा रहेको विद्यालय शिक्षा विधेयकमा भएको एसईईसम्बन्धी...

  • २०८० पौष २५, बुधबार

    पीचमै ढलेका ब्याट्सम्यानको मृत्यु

    काठमाडौं- भारतको नोएडामा भएको क्रिकेट खेलमा पीचमै ढलेका एक ३४ वर्षीय ब्याट्सम्यान विकास नेगीको मृत्यु भएको छ ।उनको हृदयघातबाट मृत्यु भएको चिकित्सकले बताएका छन् । अन्य ब्याट्सम्यान र फिल्डिङ टीमका खेलाडीले उनलाई तत्काल सीपीआर दिन थाले पनि खेलाडीको घटनास्थल मै मृत्यु भएको थियो । उनी एक इन्जिनियर थिए जो नोएडामा कर्पोरेट लिग खेल्दै थिए । नोएडामा कर्पोरेट लिगको दौरान माभेरिक्स ११ र ब्लेजिङ बुल्सबीचको...

Pages