STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० माघ ७, आइतबार

    यू-१९ विश्वकप क्रिकेट : आज नेपाल न्युजिल्याण्डसँग खेल्दै

    काठमाडौं- यू-१९  विश्वकप क्रिकेटमा नेपालले पहिलो खेल न्युजिल्याण्डसँग खेल्दै छ । खेल आज दिउँसो पौने २ बजे हुनेछ । यू-१९ विश्वकपमा नेपालले ८ वर्षपछि न्युजिल्याण्डसँग खेल्न लागेको हो। यू-१९ विश्वकपमा नेपाल र न्युजिल्याण्डबीचको यो तेस्रो भेट हो । यसअघिका दुवै खेलमा नेपालले जित निकालेको थियो । नेपाल र न्युजिल्याण्डबीच सन् २००६ को विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा भएको थियो । आइतबार दक्षिण अफ्रिकामा...

  • २०८० माघ ५, शुक्रबार

    “माया मिष्ट्री” उपन्यासका लेखक श्रेष्ठको गीतमा निर्देशक जोशीको म्युजिक भिडियो

    कम समयमा नै मेरै चर्चा बटुल्न सफल उपन्यासय “माया मिष्ट्री” उपन्यासका लेखक मोहन के. श्रेष्ठको शब्द रचना रहेको  गीत “खुसि मागेको थिएँ” को म्यूजिक भिडियोको एक कार्यक्रमका बीच बिहिवार सार्वजनिक गरिएको छ । नेपालभाषाका चर्चित साहित्यकार नबीन प्रकाश श्रेष्ठ ले प्रमूख अतिथी का रुपमा सार्वजनिक गरिएको सो भिडियोको निर्देशन नेपालभाषाको गीत संगीत एवं चलचित्र लगायतका मनोरन्जन क्षेत्रका एक अग्रज कलाकर्मि पवन...

  • २०८० माघ ५, शुक्रबार

    वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको निधन

    काठमाडौँ- वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको बिहीबार निधन भएको छ ।  पारिवारिक स्रोतका अनुसार बिहीबार राति साढे १२ बजे उनको निधन भएको थियो । दिउँसो स्वास्थ्यमा केही समस्या देखिएको र राति अझ चापेपछि अस्पताल लाने क्रममै उनको निधन भएको परिवारले जनाएको छ । उनलाई भ्याली अस्पताल लगिएको थियो । गायक वैद्य ७७ वर्षका थिए ।  उनका दुई छोरी र एक छोरा छन् । भर्खरै मात्रै उनलाई गंकी बसुन्धरा प्रतिष्ठानबाट...

  • २०८० माघ ४, बिहिबार

    सेतो मच्छिन्द्रनाथको महास्नान सम्पन्न

    काठमाडौंको जनबहालमा रहेका सेतो मच्छिन्द्रनाथ (जनबहाःद्यः) को महास्नान आज विहिवार सम्पन्न भएको छ । आज पौष शुक्ल अष्टमीका दिन काठमाडौंको जनबहालमा विधिपूर्वक सेतो मछिन्द्रनाथको महास्नान सम्पन्न गरिएको हो । सेतो मच्छिन्द्रनाथको महास्नानको यस परम्परालाई स्थानीय भाषामा ‘धलिं लुइगु’ भन्ने गरिन्छ । स्थानीय नेवार भाषामा दहिलाई ‘धौ’ भनिन्छ भने धलिं लुइगु भनेको दहिले नुहाइदिनु हो । सेतो मच्छिन्द्रनाथको...

  • २०८० माघ ४, बिहिबार

    प्रधानमन्त्री प्रचण्ड युगान्डा प्रस्थान

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगान्डा प्रस्थान गरेका छन्। असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड आज (बिहीबार) बिहान युगान्डा प्रस्थान गरेका हुन्।  सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ। प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गङ्गा दाहाल,...

  • २०८० माघ ४, बिहिबार

    जाजरकोटका डाक्टरलाई मासिक १ लाख भत्ता !

    जाजरकोट - भूकम्प प्रभावित जाजरकोटको जिल्ला अस्पतालमा काम गर्ने डाक्टरलाई नेपाल मेड नेपाल नामक संस्थाले प्रति महिना तलबबाहेक थप एक लाख भत्ता दिने भएको छ। कर्णाली प्रदेश सरकारले जाजरकोट अस्पतालका लागि नवौं तहको कन्सल्टेन्ट जनरल फिजिसियन, कन्सल्टेन्ट सर्जन, कन्सल्टेन्ट अब्स्टेट्रिसियन एण्ड गाइनेकोलोजिस्ट, कन्सल्टेन्ट पेडियाट्रिसियन, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट...

  • २०८० माघ ४, बिहिबार

    दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात

    काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात गरिएको छ । बिहीबार दिउँसो करिब २ बजे बागलुङ नगरपालिका–२, लोकतान्त्रिक चोकमा उनीमाथि हातपात गरिएको प्रहरीले जनाएको छ । उक्त स्थानमा प्रसाईं पक्षबाट सभा आयोजना गरिएको थियो । सभामा करिब २०० मानिस सहभागी थिए । सोही क्रममा उनीमाथि हातपात गरिएको प्रहरीले जनाएको छ । प्रसाईंमाथि हातपातको आरोपमा बागलुङ–७ का ३७ वर्षीय रामकान्त गौतमलाई प्रहरीले...

  • २०८० माघ ३, बुधबार

    जिबी राई र रवि लामिछानेविरुद्ध युवराज सफलले दिए उजुरी

    काठमाडौँ - ग्यालेक्सी फोर के टेलिभिजनका अध्यक्ष जीवी राई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी परेको छ । टेलिभिजनका अध्यक्ष राई र तत्कालीन एमडी तथा रास्वपा सभापति लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै युवराज पौडेल ‘सफल’ ले उजुरी दर्ता गराएका हुन् । ‘सहकारी ऐनभन्दा बाहिर गई कारोबार गरी सहकारी सम्बन्धी कसुरमा संलग्न उल्लेखित सहकारीका...

  • २०८० माघ ३, बुधबार

    सामाजिक सञ्जालमा गौशाला २६ को तस्बिर सार्वजनिक गर्ने व्यक्ति पक्राउ

    काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा पीडित किशोरी गौशाला–२६ को वास्तविक तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले संखुवासभाको चिचिला गाउँपालिका–३ का ३२ वर्षीय केशरमान राईलाई पक्राउ गरी काठमाडौं ल्याएको हो । राईले सो मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसलापछि त्यसबारे टिप्पणी गर्दै सामाजिक सञ्जालमार्फत पीडित किशोरीको...

  • २०८० माघ ३, बुधबार

    गंगालाल हृदयरोग केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ल

    काठमाडौँ - सरकारले गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ललाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मल्ललाई सो नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।  त्यस्तै सरकारले नरदेवी चिकित्सालय आयुर्वेद विकास समितिको अध्यक्षमा रमेशचन्द्र न्यौपानेलाई नियुक्त गरेको छ ।

  • २०८० माघ ३, बुधबार

    त्रिविले माघ १५ गतेदेखि ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिने

    काठमाडौं- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिने व्यवस्था गर्ने भएको छ । त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको मङ्गलबारको बैठकले परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूबाट दिइने सेवालाई यही माघ १५ गतेदेखि अनलाइनबाट दिने व्यवस्था मिलाउने निर्णय गरेको हो । ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाण पत्र,...

  • २०८० माघ ३, बुधबार

    ब्रह्मटोलमा आगलागी : जलेर एक जनाको मृत्यु

    काठमाडौँ - काठमाडौँमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका-१२ ब्रम्हटोल बस्ने देव नारायण डंगोलको घरमा विद्युत् सर्ट भई बुधबार बिहान आगलागी हुँदा उनको छोरा ४५ वर्षीय राजेन्द्र मान डंगोलको जलेर मृत्यु भएको हो ।

Pages