STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० माघ २, मंगलबार

    रुस-युक्रेन युद्धमा मृत्यु हुने नेपालीको संख्या ११ पुग्‍यो

    काठमाडौं - रुसी सेनामा भर्ती भएका लमजुङको दुधपोखरी गाउँपालिका-१, घमारचोकका ३२ वर्षीय साजन गुरुङको मृत्यु भएको छ। उनीसँगै रुस-युक्रेन युद्धमा मारिने नेपालीको संख्या ११ पुगेको छ।  मृतक साजनका बुबा श्रीमान गुरुङका अनुसार पुस १६ गते राति ८–९ बजेतिर अन्तिम भिडियो कल भएको र त्यसपछि सम्पर्क हुन नसकेकोमा एकाएक सामाजिक सञ्जालमा आफ्नो छोराको मृत्यु भएको खबर सार्वजनिक भएको बताए। रुसी सेनामा भर्ना भएका उनका...

  • २०८० माघ २, मंगलबार

    लामो समयपछि पर्‍यो पानी

    काठमाडौँ - लामो समयपछि देशका विभिन्न ठाउँमा पानी परेको छ। जाडो मौसम सकिन लाग्दा पनि खडेरी नहटिरहेका बेला मंगलबार दिउँसो पूर्वी र मध्य नेपालमा पानी परेको छ।  मौसम पूर्वानुमान महाशाखाले मंगलबार दिउँसो काठमाडौँ उपत्यकासहितको मौसम बदली हुने अनुमान गरेको थियो। मंगलबार दिउँसो पूर्वी नेपालका इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु तथा मध्य नेपालमा केही भागमा पनि पानी परेको छ। ...

  • २०८० माघ २, मंगलबार

    काठमाडौं उपत्यकाका ५३ वटा भवन र चार पुल भूकम्पीय उच्च जोखिममा

    काठमाडौं- काठमाडौं उपत्यकाका ५३ वटा भवन र चार पुल भूकम्पीय उच्च जोखिममा रहेका छन् । मंगलबार २६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस कार्यक्रममा बोल्दै उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले उपत्यकामा ५३ वटा भवन र चार सडक पुल भूकम्पीय जोखिममा रहेको जानकारी दिए । तर, सरकारले अहिलेसम्म ती संरचनाको पुननिर्माणको प्रक्रिया भने अघि बढाएको छैन । उनका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा...

  • २०८० माघ २, मंगलबार

    निफको सातौँ संस्करणमा ४० देशका ८८ फिल्म देखाइने

    नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा वर्षेनी हुँदै आएको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ)को सातौं संस्करण आगामी चैत्र १ देखि ५ गतेसम्म हुने भएको छ ।  मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच महोत्सवको घोषणा गरिए अनुसार महोत्सवमा यो वर्षपनि अघिल्ला वर्षझैँ विश्वका विभिन्न कुनामा बनेका उत्कृष्ट फिल्म देखाइने भएको छ ।  महोत्सवमा समसामयिक विषयमा स्वदेशी तथा विदेशी...

  • २०८० माघ १, सोमबार

    टुँडिखेल अपडेटः भीडमा च्यापिएर घाइते हुने प्रहरीसहित ११ जना पुगे

    काठमाडौं- काठमाडौंको टुँडिखेलमा आज थारू र मगर समुदायको माघी मेलाका क्रममा भीडभाडमा च्यापिएर घाइते हुनेमा ११ जना पुगेका छन् । जसमा १ प्रहरी पनि घाइते छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घाइते हुनेमा वर्ष १२ की त्रिसणा मगर, वर्ष १२ कै अञ्जना  तामाङ, वर्ष १९ की रेजिना घले, वर्ष १६ की निकिता मगर, वर्ष ३० की रेखा चौधरी छन्।  त्यस्तै, वर्ष १६ की अनिसा केसी, वर्ष २५ की कल्पना चौधरी, वर्ष २२ की...

  • २०८० माघ १, सोमबार

    मेलम्ची उद्घाटनमा बालेनको व्यंग्य– 'एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार'

    काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मेलम्चीको पानी वितरणमा पटकपटक भएको उद्घाटनको विषयमा व्यंग्य गरेका छन् । बालेनले, ‘हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार, एउटै परियोजना बारम्बार उद्घाटनको विश्व कीर्तिमान कायम गरेर’ भन्दै व्यंग्य गरेका हुन् ।  उनले अहिलेसम्म एउटै आयोजनाको पाँच पटक उद्घाटन गरेको भन्दै तिथिमिति समेत राखेका छन् । प्राविधिक जोखिमको आकलन र समाधान...

  • २०८० माघ १, सोमबार

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

    काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।  निगमले मंगलबार बिहान १ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँका दरले घटाएको हो। सोमबार दिउँसो इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोल १.२६ रुपैयाँ र डिजेल ०.८३ रुपैयाँ प्रतिलिटर घटेर आएकाले नेपाली बजारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

  • २०८० माघ १, सोमबार

    इमाडोलमा इनारमा खसेकी महिलाको उद्धार

    ललितपुर - ललितपुरको इमाडोलमा इनारमा खसेकी महिलाको उद्धार भएको छ। सोमबार बिहान ९:५० बजे महालक्ष्मी नगरपालिका इमाडोल कृष्णमन्दिर नजिकै एक घरमा खसेकी महिलाको उद्धार भएको प्रहरी वृत्त सातदोबाटोका डिएसपी उमेश जोशीले जानकारी दिए।  दोलखा घर भई इमाडोलमा डेरा गरी बस्ने २८ वर्षीया न्यूतन प्रधानलाई उपचारको लागि पाटन अस्पताल लगिएको छ। उनको खुट्टामा चोट लागेको हुनसक्ने प्रहरीले जनाएको छ।  प्रहरीका अनुसार उनी...

  • २०८० माघ १, सोमबार

    आजदेखि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु

    काठमाडौँ - आजदेखि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु भएको छ । सोमबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट प्रधानमन्त्री प्रचण्डले मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरण कार्यको शुभारम्भ गरेका हुन्। सिंहदरबारस्थित सार्वजनिक धारा खोलेर पानी पिउँदै उनले मेलम्चीको पानी पुन : वितरण कार्यको शुभारम्भ गरेका हुन्।  कार्यक्रममा खानेपानीमन्त्री महेन्द्र यादव, सञ्चारमन्त्री रेखा...

  • २०८० माघ १, सोमबार

    माघी मनाउने भीड टुँडिखेलमा अनियन्त्रित हुँदा आठजना घाइते

    काठमाडौं- काठमाडौंको टुँडिखेलमा माघी पर्व मनाउन पुगेका मानिसको भीड अनियन्त्रित भएको छ । सोमबार मगर समुदायको माघे संक्रान्ति र थारु जातिको माघी पर्व मनाउन टुँडिखेल पुगेको भीड अनियन्त्रित भएको हो । त्यसक्रममा भागदौड हुँदा आठजना घाइते भएका छन् । उनीहरू टुँडिखेलबाट बाहिरिने क्रममा भागदौड भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिए । राष्ट्रिय ट्रमा सेन्टरमा घाइतेको उपचार भइरहेको छ । भागदौड...

  • २०८० पौष २९, आइतबार

    काठमाडौं आइपुग्यो मेलम्चीको पानी, भोलिदेखि वितरण

    काठमाडौं- वर्षायाममा मेलम्ची नदीमा आएको बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुगेपछि बन्द भएको मेलम्चीको पानी मर्मतपछि फेरि काठमाडौं आइपुगेको छ । पानी संकलन तथा प्रशोधन केन्द्र सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी आइरहेको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा रहेको धारा खोलेर मेलम्चीको खानेपानी वितरणको पुनः...

  • २०८० पौष २९, आइतबार

    न्यायाधीश पत्नीले सर्वोच्च परिसरमा गरिन् आत्मदाह प्रयास

    काठमाडौं - न्यायाधीश भुवन गिरीकी पत्नीले सर्वोच्च अदालत परिसरमै आत्मदाहको प्रयास गरेकी छन् । सर्वोच्च अदालत पुगेकी उनले केहीबेरअघि त्यहाँ आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ । उनले आफैंमाथि पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ । उनले आफ्नो शरीरमा पेट्रोल खन्याउन लागेपछि प्रहरीले रोकेको थियो । प्रहरीसले उनीसँग रहेको पेट्रोलको बोतल र सलाई खोसेर नियन्त्रणमा लिएको जनाएको छ ।...

Pages