-
२०८० माघ ९, मंगलबार
नक्कली शैक्षिक प्रमाणपत्रधारी डाक्टर पक्राउ
काठमाडौं- नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी जागिर खाएको आरोपमा प्रहरीले चिकित्सक सम्बुद्ध भट्टाचार्यलाई पक्राउ गरेको छ । सोमबार उपत्यका अपराध अनुसन्धान कार्यालयले डा. भट्टाचार्यलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । भट्टाचार्यलाई धवलागिरि हिमाल पोलिक्लिनिक बसुन्धाराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट त्रिवि शिक्षण अस्पतालको परिचयपत्र पनि...
-
२०८० माघ ९, मंगलबार
सप्तरीमा प्रहरीसँगको झडपमा मन्त्रीसहित ३ जना सांसद घाइते
काठमाडौं- सप्तरीमा जनमत पार्टी र प्रहरीबीच सामान्य झडप भएको छ । मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताले अवरोध गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो । यसै क्रममा मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव, प्रदेश सांसदहरु सतिश सिंह, रञ्जु खंग र भाग्यश्री चौधरी घाइते भएको जनमतका सचिव विपी साहले बताए । उनीहरुलाई प्रहरीको लाठी लागेको छ । जिल्ला प्रहरी कार्यालय...
-
२०८० माघ ९, मंगलबार
काठमाडौं महानगरअगाडि फुटपाथ व्यवसायीको विरोध प्रदर्शन
काठमाडौं- काठमाडौं महानगरपालिका अगाडि फुटपाथ व्यवसायीले प्रदर्शन गरेका छन् । महानगर प्रहरीले फुटपाथ व्यवसायीहरुको ठेला, गाडा, साइकल, डोको लगायतका सामान जफत गरेपछि उनीहरुले सोमबार महानगर कार्यालय काठमाडौं प्लाजा अगाडि प्रदर्शन गरेका हुन् । पछिल्लो समय नगर प्रहरीले थप कडाइ गरेपछि व्यवसायीहरु आन्दोलनमा उत्रेका हुन् । फुटपाथ तथा साना व्यवसायीहरुले अहिले काठमाडौं प्लाजाको पुतली सडक तर्फ रहेको मुलगेटमा...
-
२०८० माघ ९, मंगलबार
आजदेखि न्यूरोड क्षेत्रको सडकमा पार्किङ निषेध
काठमाडौं- काठमाडौं महानगरपालिकाले मङ्गलबारदेखि न्यूरोड क्षेत्रको कालोपत्र सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ । महानगरले काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्यूरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले विकल्पमा काठमाडौं टावरमा तीन सयवटा चारपाङ्ग्रे र सात सयवटा दुईपाङ्ग्रे सवारी साधन पार्किङ गर्न...
-
२०८० माघ ७, आइतबार
एसईई परीक्षा आगामी चैत १५ गतेबाट हुने
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १५ गतेबाट सुरु हुने जनाएको छ । बोर्डको आइतबार बसेको बैठकले एसइईको परीक्षा चैत १५ देखि २७ गतेसम्म गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभयो । उहाँका अनुसार चैतको पहिलो हप्ता एसइई परीक्षा सुरु गर्ने योजना रहे पनि होली पर्व परेका कारण चैत दोस्रो हप्ताबाट परीक्षा सुरु गर्ने निर्णय भएको हो । यसवर्षदेखि...
-
२०८० माघ ७, आइतबार
अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरूद्ध पक्राउ पुर्जी जारी
सुर्खेत- १५ वर्ष अघि भएको हत्या घटनामा नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गत शुक्रबार जिल्ला अदालत सुर्खेतबाट सिंहसहित छ जनाविरुद्ध पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिए । २०६५ फागुन २६ गते साँझ कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको खुकुरी प्रहार गरि...
-
२०८० माघ ७, आइतबार
सार्वजनिक स्थानमा बेच्न राखिएका सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिँदै काठमाडौं महानगर
काठमाडौं- काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा बिक्री वितरण गर्न राखिएका सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिएको छ । आइतबार महानगरले सार्वजनिक स्थानबाट एक सय मिटरको दूरीमा बेच्न राखिएको सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिइरहेको महानगरीय प्रहरी बलका प्रहरी उपरीक्षक विष्णु जोशीले जानकारी दिए । उनकाअनुसार अहिले नगर प्रहरी बलले सार्वजनिक स्थलबाट एक सय मिटरको दूरीमा बेच्न राखिएका खैनी, गुट्खा, पानपराग...
-
२०८० माघ ७, आइतबार
यु-१९ विश्वकप : नेपाल न्युजिल्यान्डसँग पराजित
काठमाडौं - यु-१९ विश्वकपको पहिलो खेलमा नेपाल पराजित भएको छ। नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको हो। न्युजिल्यान्डले दिएको ३०३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरको खेलमा ९ विकेट गुमाएर २३८ रनमात्र बनायो। नेपालका लागि सर्वाधिक रन अर्जुन कुमालले बनाए। १०४ बल खेलेका अर्जुनले १२ चौकाको मद्धतले ९० रन बनाए। त्यस्तै तिलक भण्डारी र सुवास भण्डारीले ३७ रनको साझेदारी खेलेका थिए। तिलक १७ रन र...
-
२०८० माघ ७, आइतबार
‘आर्यमञ्जुश्री नामसंगीति गाथा’ पुस्तक लोकार्पण
नामसंगीति वाचन गुरु चित्रवीर बज्राचार्यले आफ्नो भीमरथारोहणको अवसरमा “आर्यमञ्जुश्री नासंसंगीति गाथाको नेपालभाषा अनुवाद र धर्मश्री मित्रको कथा” समेत समेटेर पुस्तक प्रकाशन गरी नामसंगीति वाचनमा सक्रिय सयौंलाई उपहारस्वरुप प्रदान गर्नुभएको छ । शनिवार आयोजित एक समारोहमा सो पुस्तक लोकार्पण गरिएको हो । नामसंगीति वाचन गुरु बज्राचार्यका छोराहरु सुरजबीर बज्राचार्य, संजिववीर, सुदिजवीर तथा बुहारीहरु रमा...
-
२०८० माघ ७, आइतबार
मधेस सरकारले बनायो हिन्दी भाषामा मधेस गान
काठमाडौं- बलिदानी दिवसको अवसरमा माघ ५ गते मधेस सरकारले मधेस गान सार्वजनिक गरेको छ । मधेस सरकारले आयोजना गरेको बलिदानी दिवस कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथि थिए । सोही कार्यक्रमबाट सरकारले मधेस गान भन्दै सार्वजनिक गरिएको हो । ‘मधेस है अपनी आनबान, जीवनधारा है मधेस, मधेस मे बस्ती जान हमारी, प्राण से प्यारा मधेस, मधेस हमारा जिने का मक्सद, रगरग बसा मधेस,...
-
२०८० माघ ७, आइतबार
‘अखण्ड भारत’ नक्सामा नेपाली भूभाग समेटिएको विषयमा सर्वोच्चले माग्यो सरकारसँग जवाफ
काठमाडौं- भारतीय संसद्को नयाँ भवनभित्र राखिएको ‘अखण्ड भारत’ को भित्ते नक्सामा नेपालको भूभाग समेटिएको विषयमा सर्वोच्च अदालतले सरकारसँग जवाफ मागेको छ । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले पुस २६ गते सरकारको धारणा किन सार्वजनिक नगरेको र भारतलाई औपचारिक रुपमा किन पत्राचार नगरेको भन्दै १५ दिनभित्र जवाफ पेस गर्न आदेश दिएको छ । भारतको संसद् भवनमा टाँसिएको ‘अखण्ड भारत’ नाम दिइएको नक्सामा नेपालको...
-
२०८० माघ ७, आइतबार
काठमाडौँ महानगरको श्रम बैंकमा दुई हजार आवेदन
काठमाडौँ - काठमाडौँ महानगरपालिकाको श्रम बैंकमा दुई हजार आवेदन परेका छन् । गत भदौ पहिलो साता महानगरले बेरोजगार जनशक्तिलाई श्रम बैंकमा आबद्ध हुन गरेको मागअनुसार हालसम्म दुई हजार आवेदन आएको महानगरको प्रशासन महाशाखा प्रमुख सरिता राईले जानकारी दिनुभयो । प्रमुख राईका अनुसार महानगरले आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजनाअन्तर्गत श्रम बैंक सञ्चालन गर्ने नीति लिएको...


