STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० मङ्सिर ८, शुक्रबार

    दुर्गा प्रसाईंको समर्थनमा निस्किएका २६ जना तीनकुनेबाट पक्राउ

    काठमाडौं- दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को समर्थनमा निस्किएकालाई प्रहरीले धमाधम पक्राउ गरेको छ ।  प्रसाईँले प्रदर्शन स्थल घोषणा गरेको तीनकुनेबाट अहिलेसम्म २६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर स्रोतले जानकारी दिएको छ ।  तीनकुनेबाट पक्राउ पर्नेमा राप्रपामा आवद्ध पशुपति कठायत, श्याम तिमल्सिना र आङनिमा शेर्पासहित २६ जना छन् । पक्राउ...

  • २०८० मङ्सिर ७, बिहिबार

    माघ ११ गते राष्ट्रिय सभा निर्वाचन गर्न सरकारलाई निर्वाचन आयोगको प्रस्ताव

    काठमाडौं - निर्वाचन आयोगले सरकारलाई राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि माघ ११ गतेको मिति प्रस्ताव गरेको छ।  बिहीबार माघ ११ गते निर्वाचन गर्नेगरी मिति तोक्न सिफारिस गरेिएको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।  आयोगका पदाधिकारीहरूले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' समक्षलाई भेटेर मिति प्रस्ताव गरेको हो। प्रधानमन्त्रीले पनि आयोगले तोकेअनुसार नै...

  • २०८० मङ्सिर ७, बिहिबार

    दुर्गा प्रसाईं पक्षको प्रदर्शनमा २८ जना घाइते

    काठमाडौं- बल्खुमा प्रहरी र दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ पक्षबीच झडप हुँदा २८ जना घाइते भएका छन् । बिहीबार दिउँसो बल्खुमा प्रदर्शनकारीले प्रहरी घेरा तोड्न खोजेपछि बल प्रयोग भएको थियो । सोही क्रममा प्रहरीले बल प्रयोग गरेको थियो । झडपमा प्रहरीसहित २८ जना घाइते भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेशराज मैनालीले जानकारी...

  • २०८० मङ्सिर ७, बिहिबार

    प्रेम चलाउनेमाथि कुटपिट गर्ने ६ जनालाई २ वर्ष कैदको फैसला

    काठमाडौं - जिल्ला अदालत काठमाडौंले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद सजाय सुनाएको छ । चलाउनेलाई २८ लाख १७ हजार ५ सय ९३ रूपैयाँ  क्षतिपूर्ति भराउन पनि अदालतले आदेश दिएको छ। प्रतिवादीहरूबाट दामासाही रूपमा यो रकम भराउनुपर्ने अदालतको फैसला छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासले यो फैसला गरेको हो। अभियुक्तहरू रुपेश शाह,...

  • २०८० मङ्सिर ७, बिहिबार

    दुर्गा प्रसाईंको समूहले शुक्रबार तीनकुनेमा प्रदर्शन गर्ने

    काठमाडौं - व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र बचाउ महाअभियान’ले भोलि (शुक्रबार) बाट तीनकुनेमा प्रदर्शन गर्ने भएको छ।  अभियानको पहिलो दिन आज (बिहीबार) बल्खुमा प्रदर्शन गरेको सो समूहले भोलिबाट तीनकुनेमा प्रदर्शन हुने बताएको हो। प्रसाईंले भोलि ११ बजेबाट तीनकुनेमा प्रदर्शन गर्ने जानकारी दिए।  ‘निरन्तर प्रदर्शन जारी रहन्छ, अब हामी तीनकुनेमा भोलि ११ बजे जम्मा हुन्छौं,’ उनले बिहीबार अपरान्ह भने...

  • २०८० मङ्सिर ७, बिहिबार

    युवा संघको तीनकुनेमा सरकारविरुद्ध प्रदर्शन

    काठमाडौँ - नेकपा एमाले निकट युवा संघले काठमाडौँको तीनकुनेमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।  प्रदर्शनमा नेकपा एमालेका नेता महेश बस्नेत लगायत युवासंघका नेता, कार्यकर्ताहरु रहेका छन् । युवा संघका नेता कार्यकर्ताहरूले पार्टीको झण्डासहित तीनकुनेमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले भ्रष्टाचार, अपराध लगायतका बेथितिबिरुद्ध नारा लेखिएका प्लेकार्डहरु बोकेर विरोध जनाएका छन् । सहभागी प्रदर्शनकारीहरुले...

  • २०८० मङ्सिर ७, बिहिबार

    बल्खुमा प्रहरीले हान्यो अश्रुग्यास र पानीको फोहोरा

    काठमाडौं - काठमाडौंको बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप भएको छ । बल्खुमा चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रदर्शनस्थलमा दुर्गा प्रसाईंले सम्बोधन गरेपछि एक व्यक्तिले मञ्चबाटै निषेधित क्षेत्र तोडेर त्रिपुरेश्वरतर्फ जाने घोषणा गरेका थिए । त्यसपछि प्रदर्शनकारीको समूह बल्खुचोकबाट कालिमाटी हुँदै त्रिपुरेश्वर आउने सडकतर्फ...

  • २०८० मङ्सिर ७, बिहिबार

    बल्खुमा दुर्गा प्रसाईं र युवा संघका कार्यकर्ताबीच झडप

    काठमाडौं- बल्खुमा युवा संघ र दुर्गा प्रसाईं समर्थकबीच झडप भएको छ । कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समर्थक र युवा संघका कार्यकर्ताबीच झडप भएको हो । झडपपछि प्रहरीले माइकिङ गरेर आआफ्ना कार्यक्रम स्थलमा जान भनेको छ । अहिले सुरक्षाकर्मीले त्यहाँको स्थिति नियन्त्रणमा लिएको छ । बल्खु क्षेत्रमा थप सुरक्षाकर्मी केन्द्रित गरिएको छ । बल्खुमा विभिन्न ठाउँबाट...

  • २०८० मङ्सिर ७, बिहिबार

    नेपाल संवत्‌लाई सरकारी दस्तावेजमा उल्लेख गर्न नेवार समुदायको भूमिका महत्त्वपूर्ण छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको मौलिक संवत्‌का रूपमा नेपाल संवत् स्थापित भएको बताएका छन् । नेपाल संवत् मूल समारोह समितिद्वारा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्रीले हरेक राष्ट्रको मौलिक संवत् प्रचलनमा रहेको सन्दर्भमा नेपाल संवत् पनि नेपालको मौलिक संवत् भएको बताएका छन् । विसं २०६५ मा आफू नेतृत्वको सरकारले नै नेपाल संवत्‌लाई राष्ट्रिय संवत् घोषणा गरेको स्मरण गर्दै...

  • २०८० मङ्सिर ७, बिहिबार

    दुई मोटरसाइकल ठोक्किँदा तीनजनाको मृत्यु

    काठमाडौं - सिरहामा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु र एक घाइते  भएका छन्। सिराहा नगरपालिका-१९ सन्हैठास्थित नयाँ चोकमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। बुधबार राति पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स २ प ४५३१ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प १८५० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका...

  • २०८० मङ्सिर ७, बिहिबार

    चित्लाङ आसपास केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प

    काठमाडौँ - मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले बिहान १ बजेर १९ मिनेटमा ४ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको हो । भूकम्पको केन्द्रबिन्दु काठमाडौँ नजिकै भएकाले कडा धक्का महसुस भएको थियो ।  यसअघि गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्द्र भएर शक्तिशाली भूकम्प गएको थियो । सो भूकम्पबाट ठुलो धनजनको क्षति भएको थियो । 

  • २०८० मङ्सिर ७, बिहिबार

    आज दुर्गा प्रसाई र महेश बस्नेत आमने सामने

    काठमाडौँ - नेकपा एमालेका नेता महेश बस्नेत र विवादीत मेडिकल व्यवसायी दुर्गा प्रसाईँबीच आन्दोलनको जुहारी चलेको छ । एकले अर्कोलाई सकेसम्म तेजोबोध गर्ने प्रपञ्चमा लाग्दा हिंसा भड्किने खतरा समेत उत्तिकै छ ।  आज मंसिर ७ गते उनीहरुले गर्ने भनेको जनप्रदर्शनमा काठमाडौं प्रशासनले लिएको निर्णय र यस्तो आन्दोलनको सुत्रपात किन र कसरी भयो त ? राजसंस्था फर्काउने र नागरिक बचाउने नाममा अराजक गतिविधिलाई पछ्याउदै...

Pages