STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० मङ्सिर ३, आइतबार

    भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो विश्वकप क्रिकेटको उपाधि

    काठमाडौं- अष्ट्रेलियाले घरेलु टोली भारतलाई स्तब्ध पार्दै विश्वकप क्रिकेटको उपाधि जितेको छ । अहमदाबादमा भएको फाइनल खेलमा भारतले उपाधिका लागि २४१ रनको लक्ष्य दिएको थियो । अष्ट्रेलियाले ४३ ओभरमा मात्र ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि  ट्राविस हेडले तेस्रो विकेटका लागि मार्नश लाबुशेनसँग १९२ रनको साझेदारी गरे । जितका लागि मात्र २ रन चाहिएको बेला उनी १३७ रन बनाएर आउट भए । यसअघि भारतले विराट...

  • २०८० मङ्सिर ३, आइतबार

    अस्ताउँदो सूर्यलाई अर्घ दिई सकियो छठ पर्व

    काठमाडौं- छठ पर्वका तेस्रो दिन व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । छठ पर्वको मुख्य दिन कात्तिक शुल्क षष्टिमा अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिने चलन छ । छठ कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व हो । तराई मधेसका जिल्लाहरूमा खोला, नदी, तलाउ, पोखरीमा विशेष सजिसजाउ गरी धूमधामका साथ पूजा आराधना भइरहेको छ ।  व्रतालु पुरुष तथा महिलाहरूले...

  • २०८० मङ्सिर ३, आइतबार

    तीनजना साधकलाई त्रिमूर्ति पुरस्कार

    त्रिमूर्ति निकेतनले छ दशकदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिमा समर्पित रहँदै शास्त्रीय छन्दकविताको रचना एवम् छन्दकाव्यको प्रचार अभियानमा समेत संलग्न भई विशिष्ट योगदान गर्नुहुने प्रा.मुकुन्दशरण उपाध्यायलाई ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । साथै बहुचर्तित मालती मङ्गले नाटकमा मङ्गलेको सफल भूमिकाका अतिरिक्त दर्जनौँ नाटकमा उत्कृष्ट अभिनय गरेर जनप्रियता हासिल गर्नुहुने श्री...

  • २०८० मङ्सिर २, शनिबार

    जाडो छल्न नेपाल आइपुगे चरा

    बेलबारी - जाडो छल्न चरा विगतमा झैँ यस वर्ष पनि नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन् । मङ्सिरको आगमनसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरू भएको हो । सुनसरी, सप्तरी र उदयपुरको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा चराको बासस्थान बनेको छ । कोशीटप्पुमा बर्सेनि नयाँनयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि विगत वर्षमा झैँ झुण्डझुण्डमा आउने चराको सङ्ख्यामा भने कमी आएको राष्ट्रिय...

  • २०८० मङ्सिर २, शनिबार

    महिला टी–२० सिरिज : नेपालले जापानलाई हरायो

    काठमाडौं - चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई पराजित गरेको छ । नेपालले जापानलाई ६७ रनले हराएको हो । हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला ब्याटिङ गर्दै नेपालले चार विकेट गुमाएर एक सय १३ रन बनाएको थियो । नेपालका लागि रुविना...

  • २०८० मङ्सिर २, शनिबार

    छठका लागि रानीपोखरी नखुल्ने

    काठमाडौं - २०७२ सालको भूकम्पका कारण बन्द भएको रानीपोखरी छठ पर्वका लागि यसपालि पनि खुलेन । यसवर्ष कसैले पनि छठका लागि रानीपोखरी खोल्नुपर्ने माग नगरेकाले नखोलिएको काठमाण्डौ महानगरपालिकाले जनाएको छ । गएको वर्ष पुनर्निर्माणको काम भैरहेको र महानगरलाई हस्तान्तरण नभएको हुँदा खोलिएको थिएन । महानगरले छठका लागि कमलपोखरी र जलाशयलाई सरसफाइ गरी तयार पार्ने काम गरिसकेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी...

  • २०८० मङ्सिर २, शनिबार

    धनगढीको सारथी अस्पतालसहित ८ वटा पसलमा आगलागी

    काठमाडौं - धनगढीमा विद्युत सर्ट भएर आगलागी भएको छ । धनगढीको मुख्य बजारमा रहेको खाद्य संस्थानको भवनमा रहेको सारथी अस्पतालसहितका पसलमा शनिबार बिहान करिब १ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । जिल्ला प्रमुख प्रहरी उपरीक्षक (एसपी) देवेन्द्र पालले विद्युत सर्ट भएर आगलागी हुँदा सारथी अस्पताल, भण्डारी सुज सेन्टर लगायतका पसलमा क्षति पुगेको जानकारी दिए । स्थानीय दलबहादुर भण्डारीले सञ्चालन गरेको सुज...

  • २०८० मङ्सिर १, शुक्रबार

    इजराइल–हमास युद्धका चुनौतीविरुद्ध एकजुट हुन मोदीको आग्रह

    नयाँदिल्ली - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार एक सयभन्दा बढी मुलुकको भर्चुअल सम्मेलन बोलाएर इजराइल–हमास युद्धका कारण बढ्दो चुनौतीको सामना गर्नका लागि एकजुट हुन विकासशील देशका नेताहरूलाई आग्रह गरेका छन् । “यो समय ग्लोबल साउथ मुलुकहरू बृहत्तर विश्वव्यापी हितका लागि एकजुट हुनुपर्छ,” विकासशील राष्ट्रहरूलाई उल्लेख गर्दै उनले भने । गत सेप्टेम्बर २० मा शीर्ष विश्व अर्थतन्त्रहरूको समूहको...

  • २०८० मङ्सिर १, शुक्रबार

    प्रधानमन्त्रीले गरे आँबुखैरेनीमा अस्पतालको उद्घाटन

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तनहुँको आँबुखैरेनी–३ मा निर्मित अस्पतालको शुक्रबार उद्घाटन गरेका छन् । सञ्चालनमा आएको एक वर्षपछि उक्त अस्पतालको प्रधानमन्त्री दाहालले उद्घाटन गरेका हुन् । आँबुखैरेनी गाउँपालिकाले गत वर्षको मङ्सिर १ गतेदेखि स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पतालका रुपमा सेवा सुरु गरेको थियो । अस्पतालबाट आकस्मिक, आधारभूत प्रयोगशाला, एक्स–रे, भिडियो एक्स–रे, इसिजी...

  • २०८० मङ्सिर १, शुक्रबार

    टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट

    काठमाडौं– भिडिओ सेयरिङ एप ‘टिकटक’ प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता गरिएको छ ।  टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णय फिर्ताको मागप्रति परेका रिट निवेदन दर्ता गरिएको सर्वोच्चले जनाएको छ ।  आज (शुक्रबार) उक्त एप प्रतिबन्धविरुद्ध ८ वटा रिट निवेदन दर्ता भएको सर्वोच्च अदालतले बताएको छ ।  सरकारको निर्णयविरुद्ध परेका रिट निवेदनहरूमाथि यहीँ मङ्सिर ४ गते प्रारम्भिक सुनुवाइ हुने भएको छ । त्यसका...

  • २०८० मङ्सिर १, शुक्रबार

    दक्षिण अफ्रिकालाई हराउँदै अस्ट्रेलिया विश्वकपको फाइनलमा

    काठमाडौँ - अस्ट्रेलिया जारी क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ । सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलिया विश्वकपको फाइनलमा पुगेको हो । दक्षिण अफ्रिकाले दिएको २१३ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४७.२ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यसअघि टस जितेर पहिला ब्याटिङ गर्दै दक्षिण अफ्रिकाले ४९.४ ओभरमा अल आउट हुँदै २१२ रन बनाएको थियो । अब फाइनलमा अस्ट्रेलियाले...

  • २०८० मङ्सिर १, शुक्रबार

    छठ पर्व सुरु, आज नहाय खाय

    काठमाडौं- सूर्यको उपासना गरी मनाइने छठपर्व आजदेखि विधिवत सुरु भएको छ । चार दिनसम्म नियम र निष्ठापूर्वक मनाइने छठको पहिलो दिन आज नहाय खाय हो । ब्रतालुले आज स्नान गरी अरबा अरबाईन भोजन गर्ने गर्दछन् । परिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठपर्वको दोस्रो दिन भोलि शनिबार व्रतालुले प्रसादको रुपमा चामल, सक्खर र दूध मिसाएर बनाएको खीर खान्छन् । त्यसलाई खरना भन्छन् ।  तेस्रो...

Pages