-
२०८० मङ्सिर ६, बुधबार
प्रदर्शनीमार्गमा युवा संघको राँके जुलुस
काठमाडौं - नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले काठमाडौंको प्रदर्शनीमार्गमा बुधबार साँझ राँके जुलुस निकालेको छ । मंगलबार पनि युवा संघले तीनकुनेमा राँके जुलुस निकालेको थियो । भोलि बिहीबार युवा संघले तीनकुनेमा प्रदर्शन गर्दैछ । त्यस्तै, दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानले पनि बल्खुमा प्रदर्शन गर्दैछ । दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानलाई चुनौती दिँदै युवा संघले प्रदर्शन गर्न लागेको हो ।
-
२०८० मङ्सिर ६, बुधबार
एमालेको संकल्प यात्राको कार्ययोजना पारित, ओलीले झुलाघाटमा उद्घाटन गर्ने
काठमाडौं - नेकपा एमालेले १४ मंसिरमा मध्यपहाडी लोकमार्गमा सुरु गर्ने झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको कार्ययोजना पारित गरेको छ । बुधबार बसेको केन्द्रीय कमिटी बैठकले उक्त पदयात्रा कार्यक्रमको कार्ययोजना पारित गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार यो यात्राको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले १४ मंसिरको विहान साढे ८ बजे बैतडीको झुलाघाटमा राष्ट्रिय...
-
२०८० मङ्सिर ६, बुधबार
चिसोले जाजरकोटमा मृत्यु हुनेको संख्या १३ पुग्यो
जाजरकोट- अत्यधिक चिसोका कारण जाजरकोटको नलगाड नगरपालिका-४ पीपलचौरमा त्रिपालमुनि बस्दै आएकी महिलाको मृत्यु भएको छ । वडाध्यक्ष बद्री पन्तका अनुसार मुटु तथा बाथरोगपीडित २८ वर्षीय धनकुमारी खत्रीको बुधबार बिहान मृत्यु भएको हो । धनकुमारी बारेकोट गाउँपालिका-८ लैखम नजिकै अँधेरीखोलामा माइतीघरमा श्रीमान् विष्णु खत्रीसँगै कुखुरापालन व्यवसाय गर्दै आएकी थिइन् ।खत्री दम्पती घर भत्किएपछि कात्तिक २५ गते नै...
-
२०८० मङ्सिर ६, बुधबार
भारतले दिएको १५ वटा मुर्रा राँगा नेपाल आइपुग्दै
काठमाडौं - भारतले अनुदानमा दिएको उन्नत जातको १५ वटा मुर्रा राँगा बुधबार नेपाल ल्याइँदैछ । गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल–भारत कृषि तथा पशुपन्छीको क्षेत्रमा सहकार्यको समझदारी भएको थियो । जसअनुसार भारतले नेपालको दुग्ध र मासु विकासका लागि उन्नत जातको मुर्रा राँगा उपलब्ध गराउने घोषणा गरेको थियो । नेपाल–भारत कृषि तथा पशुपन्छीको क्षेत्रमा सहकार्यको...
-
२०८० मङ्सिर ६, बुधबार
भोलिको प्रदर्शन : ७ हजार सुरक्षाकर्मी परिचालन, ड्रोनबाट पनि निगरानी
काठमाडौं- बल्खु र तीनकुनेमा बुधबार हुने प्रदर्शनको सुरक्षाका लागि उपत्यका प्रहरी कार्यालयले एकीकृत सुरक्षा योजना बनाएर लागू गरेको छ । बल्खुमा दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले प्रदर्शन आयोजना गरेको छ । त्यस्तै, नेकपा एमाले निकट युवा संघले तीनकुनेमा प्रदर्शन आयोजना गरेको छ । प्रदर्शनको सुरक्षा व्यवस्थापनका लागि करिब ७ हजार सुरक्षाकर्मी...
-
२०८० मङ्सिर ६, बुधबार
भोलि अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन ट्राफिक प्रहरीको अनुरोध
काठमाडौं- ट्राफिक प्रहरीले भोलि काठमाडौंमा अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन आग्रह गरेको छ । बुधबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना प्रकाशित गर्दै सडकको अवस्था बुझेर मात्र सवारीसाधन लिएर निस्कन अनुरोध गरेको हो । मंसिर ७ गते (भोलि) काठमाडौंमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघले विरोध प्रदर्शनका छुट्टाछुट्टै कार्यक्रम आयोजना...
-
२०८० मङ्सिर ६, बुधबार
ज्योती फिल्मस् म्युजिक अवार्डको फिनाले दुबईमा हुने
विगत चारपाँच वर्ष देखि फिल्म र म्युजिक विधामा पुरस्कारको कार्यक्रम गर्दै आएको ज्योति फिल्मस् म्युजिक अवार्ड– २०८० अवार्डको पाँचौं संस्करण आगामी पुस १ गते दुबईमा सम्पन्न हुने भएको छ । अवार्ड हुने मिति घोषणा गर्दै उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । रोयल मुभिज प्रालिको प्रस्तुतीमा बिगत चार बर्ष संस्करण नेपालमा आयोजना हुँदै आइरहेको ज्योति फिल्मस् म्युजिक अवार्ड यस वर्षको पाँचौं संस्करणको...
-
२०८० मङ्सिर ६, बुधबार
फलाक नाकाबाट तस्करीकाे ३३ किलो सुन भित्रियो
दोलखा- दोलखाको लामाबगर फलाक नाका हुँदै ३३ किलो सुन भित्रिएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । लामाबगर फलाक नाका हुँदै सुन भित्रिएको र सोबापतको रकम डलर तथा क्रिप्टोकरेन्सीमार्फत भुक्तानी भएको खुलेको छ । सुन तस्करीमा संलग्न अन्य १२ जना अझै फरार छन् । उनीहरूको खोजी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय दोलखा र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मङ्गलबार संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै सुन...
-
२०८० मङ्सिर ६, बुधबार
इजरायल–हमास २४ घण्टाभित्र युद्धविराम हुने
काठमाडौं- कतार, इजिप्ट र अमेरिकाको सक्रियतामा इजरायल र हमास केही समय 'मानवीयताका आधारमा युद्धविराम' गर्न सहमत भएका छन् । सहमतिअनुसार हमासले गाजामा बन्धक बनाएकालाई छाड्ने छ भने इजरायलले पनि प्यालेस्टिनी बन्दीहरूलाई छाड्ने र कम्तीमा ४ दिनका लागि युद्ध रोक्ने छ । कतारको विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै युद्धविरामको समय २४ घण्टाभित्र घोषणा हुने जनाएको छ । सुरुमा ४ दिन युद्ध रोक्ने सहमति...
-
२०८० मङ्सिर ६, बुधबार
शीतलनिवास र प्रधानमन्त्री निवास वरपर निषेधाज्ञा
काठमाडौँ - जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्रपति कार्यालय शीतलनिवास र प्रधानमन्त्री निवास बालुवाटार वरपरका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले गए राति निषेधाज्ञाको आदेश जारी गर्दै यही मङ्सिर ५ गतेदेखि ३० दिनसम्म पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभालगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाइने...
-
२०८० मङ्सिर ६, बुधबार
भिपिएन प्रयोग गरेर टिकटक नचलाउनू : प्रहरी
सरकारले प्रतिबन्ध लगाएको टिकटक चलाउनका लागि प्रयोग भइरहेको भिपिएन र डिएनएस अवैध तथा असुरक्षित रहेकाले त्यसको प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ । यसबाट प्रयोगकर्ताका गोप्य र महत्त्वपूर्ण डाटा चोरी हुनसक्ने भएकाले त्यस्ता अवैध प्रविधिको प्रयोग निरुत्साहित गर्न प्रहरीले आग्रह गरेको हो । नेपाल सरकार मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको निर्णयबाट पूर्ण रूपमा प्रसारणमा बन्देज लगाएको सामाजिक सञ्जाल...
-
२०८० मङ्सिर ५, मंगलबार
टिकटक प्रतिबन्धमा सर्वोच्चले दिएन अन्तरिम आदेश
काठमाडौं- सर्वोच्च अदालतले टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अस्वीकार गरेको छ । न्यायाधीश विनोद शर्माको इजलासले रिट निवेदकको माग अनुसार सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयले अभिव्यक्ति स्वतन्त्रता हनन गरेको भन्दै...


