-
२०८० मङ्सिर ५, मंगलबार
घरेलु मैदानमा नेपाल यमनसँग २-० ले पराजित
काठमाडौं- फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । समूह एच अन्तर्गत मंगलबार घरेलु मैदानमै नेपाल यमनसँग २-० ले पराजित भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा यमनलाई जित दिलाउन वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ओमार अब्दुल्लाह अल-दाही र मोहम्मद अब्दुल्लाह अल-दाहीले दोस्रो हाफमा गोल गरे । ओमारले ७२ औं...
-
२०८० मङ्सिर ५, मंगलबार
टुल्के दाई आउने
कलाकार तथा निर्देशक सरोज दाहालको निर्देशनमा टेलिचलचित्र टुल्के दाइ आउने भएको छ। मंसिर १५ गते शुक्रवार देखि आउन लागेको टुल्के दाइको प्रोमो Tulke Dai Official युट्युब च्यानलमा सार्बजनिक भएको छ। सामाजिक र पारिवरिक कथा बस्तु बोकेको टुल्केदाइ टेलिसिरियलमा टुल्के दाइको भुमिका बाबुराम शाक्यले निर्वाह गरेका छन्। बाबुराम शाक्यको साथमा मायादेबी श्रेष्ठ, सरोज दाहाल, रश्मी भट्ट, कृष्ण भक्त महर्जन, बद्री...
-
२०८० मङ्सिर ५, मंगलबार
सरला श्रेष्ठका गीतहरु समावेश ‘शारदा’ को विशेषांक लोकार्पण
लामो समयदेखि अमेरिकामा रहेर स्वास्थ्यकर्मीको रुपमा कार्यरत सरला श्रेष्ठ करिव साढे तीन दशकदेखि नेपाली साहित्यको क्षेत्रमा अनवरत रुपमा सक्रिय रहँदै आउनु भएकी एक साहित्यकार, गीतकार तथा सर्जक हुन् । गीतकार श्रेष्ठले २०४५ सालभन्दा अघिदेखि साहित्य–सिर्जनाको क्षेत्रमा चलाउन थालेको कलम आज पनि निरन्तर अघि बढिरहेको छ । समाजसेवीको रुपमा समेत सक्रिय रहँदै आएकी गीतकार श्रेष्ठद्वारा विगतदेखि हालसम्म रचना...
-
२०८० मङ्सिर ५, मंगलबार
“यो मन त मेरो नेपाली हो” निर्माण हुने
हालै प्रदर्शनमा आएका परदेशी २ , पशुपति प्रसाद २ - भस्मे डन र दिमाग खराब चलचित्रले दर्शकहरुको मन जित्न सफल भए पछी चलचित्र निर्माणको क्रम बढ्न थालेको छ । यसै क्रममा नयाँ नेपाली कथानक चलचित्र “यो मन त मेरो नेपाली हो” निर्माण हुने घोषणा भएको छ । पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुतीमा मित्र प्रधान (नर ) को प्रस्तुतिमा निर्माण हुन् लागेको चलचित्र “यो मन त मेरो नेपाली हो” ले विदेशमा रहेका...
-
२०८० मङ्सिर ५, मंगलबार
दुर्गा प्रसाईंको प्रदर्शन बल्खुमा
काठमाडौं- मंसिर ७ मा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले आयोजना गर्न लागेको प्रदर्शनको कार्यक्रम स्थल बल्खुमा तोकिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रसाईंलाई बल्खुमा प्रदर्शन गर्न दिने निर्णय गरेको हो । माइतीघरमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि युवा संघले पनि काठमाडौंको तीनकुनेमा कार्यक्रम गर्ने...
-
२०८० मङ्सिर ५, मंगलबार
बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्साना कपाली
काठमाडौं - बीबीसीकाे सन् २०२३ मा विश्वका सबैभन्दा प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्साना कपाली परेकी छन् । बीबीसीले सार्वजनिक गरेको सय प्रभावशाली महिलाको सूचीमा नेपालकी कपाली पनि अटाएकी हुन् । ट्रान्सजेन्डर मानवअधिकारवादी अभियन्ता कपालीले यौनिक तथा अल्पसंख्यक लैंगिक समूहकाे अधिकारका लागि लड्दै आएकी छिन् । नेपालकै स्थानीय नेवार समुदायकी कपालीले हुर्किँदै गर्दा आफ्नो परिचयबारे...
-
२०८० मङ्सिर ५, मंगलबार
विश्वकप छनाेटमा आज नेपाल यमनविरुद्ध खेल्दै
काठमाडौं - फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एसिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज साँझ ७ बजेदेखि खेल सुरु हुनेछ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले यमनविरुद्धको खेलमा नेपालले जित निकाल्ने बताए । उनले यसअघि संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको खेलले पनि नेपाली टोलीको मनोबल उच्च...
-
२०८० मङ्सिर ४, सोमबार
निषेधाज्ञापछि युवा संघको प्रदर्शनस्थल तीनकुनेमा
काठमाडौं- युवा संघले मंसिर ७ मा आयोजना गरेको प्रदर्शनको स्थान परिवर्तन गरेको छ । युवा संघका अध्यक्ष क्षितिज थेबेले सोमबार विज्ञप्ति जारी गर्दै माइतीघर मण्डलामा आयोजना गरिएको कार्यक्रम उही समयमा तीनकुनेमा सारिएको जनाएका छन् । जिल्ला प्रशासन कार्यालयले सोमबारबाट एक महिनासम्मका लागि माइतीघर मण्डलादेखि नयाँबानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरेपछि युवा संघले कार्यक्रमको स्थान परिवर्तन गरेको हो...
-
२०८० मङ्सिर ४, सोमबार
माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा
काठमाडौं- जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला सुरक्षा समिति, काठमाडौंले गरेको सिफारिसका आधारमा सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म निषेधित क्षेत्र तोक्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए । प्रशासनको निर्णय अनुसार, पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै...
-
२०८० मङ्सिर ४, सोमबार
भूकम्प प्रभावितका लागि घर बनाउने टोली पठाउने कांग्रेसको निर्णय
काठमाडौं - नेपाली कांग्रेसले भूकम्पबाट प्रभावितहरूका लागि घर बनाउन जाजरकोट र रुकुम पश्चिममा दक्ष जनशक्तिसहितको टोली पठाउने निर्णय गरेको छ । सोमबार बिहान सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको पदाधिकारी बैठकले भूकम्प प्रभावितका लागि घर बनाइदिन इन्जिनियर र डकर्मीसहितको टोली पठाउने निर्णय गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । उनका अनुसार भूकम्प प्रभावित जाजरकोट र...
-
२०८० मङ्सिर ४, सोमबार
टिकटक प्रतिबन्धविरुद्ध प्रयोगकर्ता आन्दोलित
काठमाडौं- सरकारको टिकटकलाई प्रतिबन्ध लगाउने निर्णयविरुद्ध टिकटक प्रयोगकर्ताहरू आन्दोलित बनेका छन् । गत दुई महिनामा टिकटकको माध्यमद्वारा साइबर पीडित ५ सय ४८ जना रहेको साथै फेसबुकबाट ३ हजार ७ सय ७८ जना पीडित भएको तथ्याङ्क दिँदै प्रत्येक १०० जना साइबर पीडितमध्ये ७ जना टिकटक र ८० जना फेसबुक मार्फत पीडित देखिएको उनीहरूले उल्लेख गरेका छन् । उक्त तथ्याङ्कका आधारमा प्रतिबन्ध टिकटकमा होइन, फेसबुकमा लगाउनु...
-
२०८० मङ्सिर ३, आइतबार
सुन्दरताको परम्परागत मान्यता तोड्दै मिस युनिभर्समा दीपिका
मिस युनिभर्स २०२३ मा नेपालबाट प्रतिनिधित्व गरेकी जेन दीपिका गारेट एलिजाबेथ ग्यारेट उत्कृष्ट २० मा पुगेर बाहिरिएकी छन्। उनले प्लस साइज मोडल को रूपमा अन्तर्राष्ट्रिय मिडियामा समेत चर्चा बटुलेकी थिइन्। दीपिकाले उत्कृष्ट २० मा पर्न सफल हुँदा सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेकी छन्। “शीर्ष २० मा मेरो समर्थन गर्ने मानिसहरूप्रति आभारी छु। मैले मेरो तर्फबाट सबैभन्दा राम्रो गर्ने कोसिस गरें। म संसारभर...


