STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० मङ्सिर १, शुक्रबार

    भूकम्पपीडितका लागि इयूकाे २८ करोड ८० लाख सहयाेग

    काठमाडाैं - युरोपेली सङ्घ (इयू)ले भूकम्पबाट सबैभन्दा धेरै प्रभावित नेपालीको सहायोगार्थ रु २८ करोड ८० लाख प्रदान गर्ने भएको छ । इयूले मानवीय सहायतास्वरुप उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो । आवास, शुद्धपेय जल, सरसफाइमा पहुँच सुनिश्चित गर्ने तथा स्वास्थ्यसम्बन्धी सेवाका निम्ति जाजरकोट भूकम्पपीडितलाई मानवीय सहायतास्वरुप उक्त रकम प्रदान गर्ने निर्णय भएको यहाँस्थित यु्रोपेली सङ्घको प्रतिनिधिमण्डलले...

  • २०८० कार्तिक ३०, बिहिबार

    हङकङसँग नेपाल पराजित

      काठमाडौँ - चार देश सम्मिलित टी-ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपाल हङकङसँग पराजित भएको छ । हङकङ क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपाल हङकङसँग ९ विकेटले पराजित भएको हो । नेपालले दिएको ५७ रनको लक्ष्य हङकङले नौ ओभरमै एक विकेट गुमाउँदै पूरा गर्‍यो । यस हारसँगै नेपालको फाइनल खेल्ने सपना समाप्त भएको छ । नेपाललाई पराजित गरेसँगै लगातार दुई जित निकालेको हङकङ भने प्रतियोगिताको...

  • २०८० कार्तिक ३०, बिहिबार

    काठमाडौँमा छठ पर्वको तयारी सुरु

      काठमाडौं - उपत्यकाका विभिन्न स्थानमा रहेका नदी तथा पोखरीहरुमा छठी माईको पूजाका लागि तयारीको काम अन्तिम चरणमा पुगेको छ । छठ पर्वको मुख्य दिन छठी माईको पूजाका लागि काठमाडौंको कमल पोखरी, गौरीघाट, नागपोखरी, गहनापोखरी, ललितपुरकाे कुपण्डोल लगायतका स्थानहरुमा यसको तयारीको काम अन्तिम चरणमा पुगेको हो । काठमाडौंको विभिन्न १३ स्थानमा छठ पर्वको तयारी भइरहेको छ । कमल पोखरी छठ कमिटीका अध्यक्ष राजेन्द्र...

  • २०८० कार्तिक ३०, बिहिबार

    दार्चुलामा गाउँपालिका अध्यक्ष चढेको जिप दुर्घटना

    काठमाडौं- दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जिप दुर्घटना भएको छ । नौगाड–२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड–३ बगडस्थित जामिरमा आज दिउँसो दुर्घटनामा परेको थियो । दुर्घटनामा परी चालक जयभान सिंह ठगुन्ना गम्भीर घाइते भएका छन् भने गाउँपालिका अध्यक्ष धामीलाई सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक...

  • २०८० कार्तिक ३०, बिहिबार

    जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा नेपालले उठाउने एजेण्डा के हुन् ?

    काठमाडौँ - सरकारले जलवायु परिवर्तन सम्बन्धी सम्मेलनलाई अवसरका रुपमा प्रयोग गर्ने बताएको छ । युएईको दुबईमा मंसिर १४ देखि २६ गतेसम्म हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २८ औँ सम्मेलन (कोप–२८) मा नेपालले जलवायु परिवर्तनबाट परेको प्रभावका बारेमा आफ्ना एजेण्डा गहन रुपमा प्रस्तुत गर्ने सरकारको तयारी छ । वन तथा वातवरण मन्त्रालयका सहसचिव...

  • २०८० कार्तिक ३०, बिहिबार

    सूर्य उपासनाको पर्व ‘छठ’

    महोत्तरी– सूर्य उपासनाको महापर्व छठ व्रतको तयारी थालिएको छ । मधेशको प्राचीन मिथिला क्षेत्रको लोकपर्व मानिने छठका लागि वर्तालुले आज कात्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा–अर्बाइन’ विधिसँगै तयारी थालेका हुन् । सामान्यतया कात्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुरु हुने भनिए पनि एक दिनपूर्व नै उसिनिएका धानको चामल, कोदो, माछा–मासु, मुसुरोसहितका धार्मिक अनुष्ठानका लागि अशुद्ध मानिएका खाद्यवस्तु...

  • २०८० कार्तिक ३०, बिहिबार

    तिहारमा जुवातास खेल्ने १६५ जना काठमाडौंबाट पक्राउ, ३५ लाख बरामद

    काठमाडौं- तिहारमा तास, लङ्गुरबुर्जा र जुवा खेलेको आरोपमा प्रहरीले १६५ जनालाई काठमाडौं उपत्यकाका तीन जिल्लाबाट पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट ३४ लाख ६२ हजार ८ सय ८५ रुपैयाँ बरामद गरेको छ ।  यही कात्तिक ११ गतेदेखि बिहीबार बिहानसम्म काठमाडौंका १३, ललितपुरका ४ र भक्तपुरका २ स्थानबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले ६९...

  • २०८० कार्तिक ३०, बिहिबार

    ‘दिमाग खराब’को प्रदर्शन नरोकिने, भयो आंशिक सहमति

    काठमाडौं- फिल्म ‘दिमाग खराब’को प्रदर्शन स्थगित नहुने भएको छ । बिहीबार फिल्म निर्माता र प्रदर्शक संस्था चलचित्र सङ्घबीच प्रदर्शनलाई निरन्तरता दिने निर्णय भएको हो । संघको कार्यालय विशालनगरमा बसेको बैठकपछि महासचिव नरेन्द्र महर्जनले दर्शकको मागअनुसार शो बढाउँदै जाने कुरामा सहमति जुटेको बताए । चलचित्र संघले बैठकबारे विज्ञप्तिमार्फत पनि जानकारी दिएको छ । तर, फिल्म चलिञ्जेल ५० प्रतिशत शेयर कायम...

  • २०८० कार्तिक ३०, बिहिबार

    संस्कृति जोगाउन दलित समुदाय अग्रसर

    रामपुर, देउसीभैलो खेल्ने नाममा समाजमा तडकभडक भित्रिएको छ । सहरबजारमा मात्र नभई गाउँघरमा परम्परागत संस्कृति संरक्षणभन्दा पनि आधुनिकताका नाममा विकृति–विसङ्गति बढ्दै गएको छ ।तिहार अर्थात भाइटीकामा खेलिने देउसीभैलोमा मौलिकपन हराउन थालेपछि सिर्जनशील दलित मुक्ति समाज रामपुर नगरपालिका–३ रजघरा पाल्पा भने परम्परागत संस्कृति संरक्षणमा लागेको छ । समाजले गाउँ–गाउँमा देउसीभैलोमार्फत मौलिकता जोगाउन सन्देश...

  • २०८० कार्तिक ३०, बिहिबार

    टिकटकमाथि प्रतिबन्धःभ्रम र यथार्थ

    काठमाडौँ, नेपाल सरकारको गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपश्चात त्यसमाथि राष्ट्रियस्तरमा बहस भइरहेको छ । नेपालजस्तो लोकतान्त्रिक मुलुकका लागि यस्ता बहसहरू स्वभाविक मात्र नभएर स्वागतयोग्य पनि छन् । लोकतन्त्रको सुदृढीकरण र विकासका निम्ति यस्ता बहसहरू भइरहनेछन् र राज्यले खुल्ला हृदयले स्वागत गरिरहनुपर्दछ । यो आलेख टिकटक प्रतिबन्ध गर्नुपर्नाको कारण एवं...

  • २०८० कार्तिक २९, बुधबार

    आज दिनभर रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर खुला रहने

    काठमाडौँ - प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि खेलेको छ । भाइटीकाका अवसरमा बुधबार बिहानैदेखि मन्दिर खोलिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । मन्दिर वर्षमा एक दिन भाइटीकाका दिनमात्र खुल्ने भएकाले त्यसका लागि सबै तयारी गरिएको र भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना एवं दर्शन गर्न पाउने...

  • २०८० कार्तिक २९, बुधबार

    टिकटक बन्द नगरे आइएसपीहरूलाई कारबाही गर्ने प्राधिकरणको चेतावनी

    काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल टिकटक बन्द नगरे इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ । प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै मन्त्रिपरिषद्‌ले सोमबार गरेको निर्णय कार्यान्वयन गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको हो । प्राधिकरणको निर्देशन र आदेशको पालना गर्नु इन्टरनेट सेवा प्रदायकको कर्तव्य हुने भन्दै उसले निर्देशन पालना नगरे दूरसञ्चार ऐन, २०५३ को...

Pages