STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७९ आषाढ २९, बुधबार

    नेपालद्वारा स्कटल्यान्ड ५ विकेटले पराजित

    घातक बलिङ र सन्तुलित ब्याटिङको मद्दतमा नेपालले आइसिसी विश्व कप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली स्कटल्यान्डलाई ५ विकेटले हराएको छ । नेपालको जित आदिल आलम, सोमपाल कामी, आसिफ शेख र रोहित पौडेलको प्रदर्शन उत्कृष्ट रह्यो । लिग टु को सबैभन्दा बलियो मानिएको टोली स्कटल्यान्डविरुद्ध बलिङ र ब्याटिङ दुवै पक्षमा सन्तुलित प्रदर्शन गर्दै नेपालले स्कटल्यान्ड भ्रमणमा पहिलो जित दर्ता गर्न सफल भएको हो...

  • २०७९ आषाढ २९, बुधबार

    संसदीय विशेष समितिद्वारा अर्थ मन्त्रालयको निरीक्षण

    काठमाडौं - निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा बिचौलिया सामेल गराएको सम्बन्धमा छानवीन गर्न बनेको संसदीय विशेष समितिले अर्थ मन्त्रालयको स्थलगत निरीक्षण गरेको छ । बुधबार अपरान्ह अर्थ मन्त्रालय पुगेर ११ सदस्यीय सो संसदीय विशेष समितिले त्यहाँ जडान गरिएको सिसीटिभी फुटेजको स्थलगत निरीक्षण गर्दै विस्तृत जानकारी लिएको हो । त्यहाँको कार्यकक्षमा जडान गरिएको सिसीटिभीको संरचना, कन्ट्रोल...

  • २०७९ आषाढ २९, बुधबार

    तेस्रोपटक सभापति बन्छु : देउवा

    काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई काम गर्न नदिइएको खण्डमा फेरि तेस्रोपटक पार्टी सभापति हुने बताएका छन् । बुधबार केन्द्रीय समिति बैठकमा डा. शेखर कोइराला पक्षले आफूविरुद्ध भेला गरेपछि सभापति देउवाले आफूलाई काम गर्न नदिइएको खण्डमा फेरि पार्टी सभापति बन्ने बताए । उनले भने, ‘‘तपाईँहरुले मलाई काम गर्न दिनु भएन भने पार्टीको विधान संशोधन गरेर मैले तेस्रो पटक सभापति उठ्नुपर्ने...

  • २०७९ आषाढ २९, बुधबार

    उपत्यकामा मात्रै १२५ जनामा सङ्क्रमण पुष्टि

    पछिल्ला केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । आज एकै दिन २०० बढी सङ्क्रमित फेला परेका छन् । स्वाथ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज तीन हजार बढी नमूना परीक्षण गर्दा २०६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।     गत २४ घन्टामा दुई हजार ८२ नमूनाको पिसिआर विधिबाट परीक्षण गर्दा १७७ र एक हजार ९३ नमूनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २९ गरी कुल २०६ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका...

  • २०७९ आषाढ २९, बुधबार

    भृकुटीमण्डपको ह्वील चेयर गोदाममा आगलागी, निभाउने कार्य जारी

    काठमाडौँ प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आज अपराह्न आगलागी भएको छ । प्रहरीका अनुसार यहाँस्थित ह्वील चेयरको गोदाममा आगलागी भएको हो । अहिले विभिन्न क्षेत्रका दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराले केही अघि मात्रै आगलागी भएको र निभाउने कार्य जारी रहेको राससलाई जानकारी...

  • २०७९ आषाढ २९, बुधबार

    देउवा सरकारको एक वर्ष पूरा, ४२ उपलब्धि सार्वजनिक

    काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको एक वर्ष पुगेको छ। दुईपटक संसद विघटनलाई बदर गरेको सर्वोच्च अदालतको परमादेशमा देउवा २०७८ असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए। देउवाले केपी ओलीलाई विस्थापन गर्दै सत्ता सम्हालेको बुधबार एक वर्ष पुगेको हो। प्रधानमन्त्रीको सचिवालयले देउवाको एक वर्षे कार्यकालमा भएका ४२ वटा उपलब्धि सार्वजनिक गरेको छ। देउवा सरकारले एक...

  • २०७९ आषाढ २९, बुधबार

    ब्रह्माण्डको पहिलो रंगिन तस्वीर सार्वजनिक

    एजेन्सी - अमेरिकाले ब्रह्माण्डको पहिलो पूर्ण रंगिन तस्वीर सार्वजनिक गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र नासाका शीर्ष अधिकारीहरूले ह्वाइट हाउसमा आयोजित एक समारोहकाबीच तस्वीर सार्वजनिक गरेका हुन् । तस्वीर सार्वजनिक गर्दै राष्ट्रपति बाइडेनले अमेरिकीहरूको क्षमता भन्दा बाहिर केही पनि कुरा नरहेको बताए । 'यी तस्वीरहरूले संसारलाई अमेरिकाले ठूला कामहरू गर्न सक्छ भनेर प्रमाणित गरेकाे छ । हाम्रो...

  • २०७९ आषाढ २९, बुधबार

    काठमाडौँ उपत्यकामा अनलाइनबाट मतदाता नामावली दर्ता सुरु

    काठमाडौं-  निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली सङ्कलनको कार्यलाई सरलीकरण गर्दै अनलाइनबाट नै फाराम भरी मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको छ । आयोगले उक्त कार्य नमूना परियोजनाका रुपमा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर मंगलबारदेखि सुरु गरेको छ । फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाइनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोग, नेपालको...

  • २०७९ आषाढ २९, बुधबार

    श्रीलंकामा राष्ट्रिय आपत्तकाल घोषणा

    काठमाडौं - श्रीलंकामा राष्ट्रिय आपत्तकाल घोषणा गरिएको छ । राष्ट्रपति गोटाबाया राजापक्ष देश छाडेर भागेपछि पछिल्लो अवस्थालाई मध्यनजर गर्दै आपत्काल घोषणा गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । समाचार संस्था एएफपीसँग प्रधानमन्त्री कार्यालयका प्रवक्ता डिनुक कोलोम्बागेले राष्ट्रपति मुलुकबाहिर रहेकाले देशको पछिल्लो अवस्थाको सामना गर्न आपतकाल घोषणा गरिएको बताएका छन् । मंगलबार राति राष्ट्रपति राजापक्ष...

  • २०७९ आषाढ २९, बुधबार

    पहिचानका आधारमा प्रदेशको नाम नराखिए सशस्त्र संघर्ष : गोपाल किराती

    काठमाडाैं - माओवादी कम्युनिष्ट पार्टी नेपालका संरक्षण गोपाल किरातीले प्रदेश १ को नामाकरण पहिचानका आधारमा नभए बन्दुक उठाउने चेतावनी दिएका छन् । एक विज्ञप्ति जारी गर्दै विगतमा पनि आफूले हतियार उठाएर सशस्त्र संघर्ष गरेको र फेरि परेको खण्डमा संघर्ष गर्न तयार रहेको चेतावनी दिएका हुन् । विज्ञप्तिमा भनिएको छ– ‘पहिचान विरोधी शासकहरु गोर्खाली अन्धराष्ट्रवाद कायम राख्ने अपराध नै गर्दछन् भने हामीले महान...

  • २०७९ आषाढ २९, बुधबार

    उपसभामुखको निर्वाचन शुक्रबार हुने

    काठमाडौं - झण्डै तीन वर्षदेखि रिक्त प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन शुक्रबार हुने । सभामुख अग्नि प्रसाद सापकोटाले बुधबारको प्रतिनिधि सभा बैठकमा उपसभामुख चयनका लागि निर्वाचनको मिति तोकेका हुन् । सभामुख सापकोटाले प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीलाई उपसभामुख चयनबारे सूचना प्रकाशित गर्न समेत निर्देशन दिएका छन् । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले २०७६ माघ ६ गते राजीनामा दिएपछि उक्त पद...

  • २०७९ आषाढ २९, बुधबार

    गुरुजनप्रति सम्मान प्रकट गरि गुरु पूर्णिमा मनाइँदै

    काठमाडौं - आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष...

Pages