STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७९ श्रावण ५, बिहिबार

    नेविसंघले जलायाे गभर्नरको पुत्ला

    काठमाडौं - ​​​​​​​​​​​​​​सत्तारुढ दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी (नेवि) संघले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पुत्ला जलाएका छन् ।   एमालेको आर्थिक तथा योजना विभागमा एम. अधिकारीको नाम आएपछि उक्त व्यक्ति गभर्नर अधिकारी भएको दाबी गर्दै नेवि संघले उनको पुत्ला जलाएका हुन् ।  बिहीबार संघमा आवद्ध विद्यार्थीहरुले भृकुटीमण्डपको सडकमा गभर्नर अधिकारीको कार्टुन बनाएर प्रदर्शनपछि पुत्ला...

  • २०७९ श्रावण ५, बिहिबार

    प्रधानमन्त्री देउवाले ​​भारतका नवनिर्वाचित राष्ट्रपतिलाई दिए बधाई

    काठमाडौं - ​​​​​​​नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतका नवनिर्वाचित राष्ट्रपति द्रौपती मुर्मूलाई बधाई दिएका छन् । बिहीबार उनले ट्विटरमार्फत राष्ट्रपति मुर्मूलाई बधाई तथा शुभकामना दिएका हुन् ।

  • २०७९ श्रावण ५, बिहिबार

    भारतको राष्ट्रपतिमा द्रौपती मुर्मू निर्वाचित

    एजेन्सी - भारतको राष्ट्रपतिमा द्रौपती मुर्मू निर्वाचित भएकी छन् । विपक्षी उम्मेदवार यशवन्त सिन्हालाई हराएर एनडीएकी मुर्मू राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । उनका प्रतिद्वन्द्वी सिन्हाले हार स्वीकार गर्दै मुर्मूलाई जितको लागि बधाई दिएका छन् । भारतको राष्ट्रपति चयनका लागि इलेक्ट्रोरल कलेजमा १० लाख ८६ हजार ४३१ मत आवश्यक हून्छ । कुनै पनि उम्मेदवारलाई जित्न ५ लाख ४३ हजार १२६ मत चाहिन्छ । तेस्रो चरणमा...

  • २०७९ श्रावण ५, बिहिबार

    श्रीलङ्काको राष्ट्रपतिमा रनिल विक्रमसिङ्घे निर्वाचित

    एजेन्सी- श्रीलङ्काको राष्ट्रपतिमा रनिल विक्रमसिङ्घे निर्वाचित भएका छन् ।बुधबार श्रीलङ्काको संसदमा भएको निर्वाचनमा कार्यवाहक राष्ट्रपति विक्रमासिङ्घे १३४ मतका सात नयाँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् । सभामुख महिन्दा यापा अबेवर्देनाले सदनलाई निर्वाचन परिणाम सुनाउँदै विक्रमसिङ्घेका मुख्य प्रतिद्वन्द्वी एसएलपिपीका सांसद दुल्लस अलाहापेरुमाले ८२ मत र नेसनल पिपल्स पावर (एनपिपी)की नेत्री अनुरा कुमारा...

  • २०७९ श्रावण ५, बिहिबार

    नेपाली टिमबाट राजिनामा दिएका पुबुदु क्यानाडा राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त

    काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु दसानायके क्यानाडा राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएका छन् । पारिवारिक कारण देखाउँदै नेपाल छाड्ने निर्णय गरेका उनले आज पत्रकार सम्मेलन गर्दै राजीनामाबारे औपचारिक जानकारी गराएका थिए । उनको राजीनामा घोषणा भएको दुई घण्टा नबित्दै क्यानाडाले उनलाई प्रशिक्षकमा नियुक्त गरेको बताएको छ । ​​​​​गत मङ्सिरमा...

  • २०७९ श्रावण ५, बिहिबार

    ललितपुले २०७९/८० लाई ‘सुशासन वर्ष’को रुपमा मनाउने

    काठमाडौं - ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९८० लाई ‘सुशासन वर्ष’ का रुपमा मनाउने भएको छ । बुधबार ललितपुर महानगरपालिकाको नगर सभाबाट चालु आर्थिक वर्ष २०७९८० को नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गर्दै विभिन्न योजना तर्जुमा गरिएको सम्बन्धमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमार्फत यस्तो जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै महानगरपालिका मेयर चिरीबाबु महर्जनले चालु आर्थिक वर्ष सुशासन...

  • २०७९ श्रावण ४, बुधबार

    भित्री सहरका लागि काठमाडौं महानगरले किन्यो तीनवटा दमकल

    काठमाडौं - काठमाडौं महानगरपालिकाभित्रका भित्री सहरका लागि उपयोगी ३ वटा दमकल ल्याएको छ । काठमाडौं महानगरको विपद व्यवस्थापन विभागले १० फुटको भित्री बाटोमा पनि जानसक्ने खालको दमकलहरु ल्याएको हो । एक वर्षअघि नै टेन्डर गरेर इन्डोनेसियाबाट ल्याउने गरी खरिद सम्झौता भएको थियो । तत्कालीन मेयर विद्यासुन्दर शाक्यले करिब २ करोड लागतमा यी दमकलहरु किन्ने निर्णय गरेका थिए । विपद् व्यवस्थापन विभागका प्रमुख...

  • २०७९ श्रावण ४, बुधबार

    काठमाडौं महानगरको अपील, ‘७ दिनसम्म घरबाट फोहोर बाहिर ननिकालौँ’

    काठमाडौं- ७ दिनसम्म घर, पसल तथा व्यवसायबाट उत्पादन हुने फोहोर बाहिर ननिकाल्न काठमाडौं महानगरपालिकाले अपिल गरेको छ । आज काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको फोहोरमैला व्यवस्थापन समितिको बैठकले बञ्चरेडाँडा पुग्ने सडक निर्माण कार्यमा सघाउ पुर्याउन यस्तो निर्णय गरेको हो । फोहोर व्यवस्थापनको कामलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उपायबाट समाधान गर्ने प्रयास गर्नुपर्छ...

  • २०७९ श्रावण ४, बुधबार

    छानबिन समितिले निवर्तमान अर्थमन्त्री शर्मासँग बयान लिने

    काठमाडौं - संसदीय छानबिन विशेष समितिले बिहीबार (भोलि) निःर्वतमान अर्थमन्त्री शर्मालाई बोलाएर छलफल गर्ने भएको छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको समितिको बुधवार बसेको बैठकले सोधपुछको लागि निःर्वतमान अर्थमन्त्री शर्मालाई बोलाउने भएको हो । समितिका सचिव सुरेन्द्र अर्यालले आजको बैठकमा अर्थमन्त्री, अर्थ मन्त्रालयभित्र अनधिकृत घुसपैठसम्बन्धी समाचार लेख्ने दुई पत्रकार...

  • २०७९ श्रावण ४, बुधबार

    बोरिङ खन्दा निस्केकाे ग्याँस १७ घण्टापछि बन्द

    काठमाडौं - काठमाडौंको जोरपाटीमा बोरिङ खन्दा लेदोसहित निस्केकाे ग्याँस आउन १७ घण्टापछि बन्द भएकाे छ । गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीमा बाेरिङ खन्ने क्रममा मंगलबार बिहानदेखि मिथेन ग्याँससहितको बालुवा र पानीको फोहोरा निस्केकाे थियाे । नगरपालिकाका मेयर दीपक रिसालले आज बिहान करिब ३ बजेदेखि माटो र ग्याँस मिश्रित मुस्लो निस्किन बन्द भएको जानकारी दिए । अहिले त्यस वरपर ट्यांकरकाे पानी हालेर सरसफाइ...

  • २०७९ श्रावण ४, बुधबार

    एक करोड राशीको रियालिटि शो हुने घोषणा

    अहिले मनोरन्जन संसारमा रियालिटि शो हरुको लोकप्रियता धेरै बढीरहेको छ । यसै क्रममा इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाको आयोजनामा विश्वभर फैलिएर रहेका नेपाली भाषीहरुलाई समेट्ने गरी एउटा विश्वव्यापी स्तरको रियालिटि शो आयोजना गर्ने कुराको हालै घोषणा गरिएको छ । राजधानीको मेरियट होटलमा सोमबार आयोजना गरिएको एक कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष डिल्ली अधिकारीले गरेको घोषणा अनुसार...

  • २०७९ श्रावण ३, मंगलबार

    गायिका दिलमाया सुनारको हत्या भएको प्रहरीको निष्कर्ष

    काठमाडौं - गत असार ११ गते आफ्नै कोठामा मृत भेटिएकी लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ।  प्रहरी वृत बालाजुका डीएसपी गौतम मिश्रका अनुसार प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान सकाएर सरकारी वकिल समक्ष प्रतिवेदन बुझाएको छ।  उनी आफ्नै कोठाको बेडमा मृत भेटिएकी थिइन्। उनका प्रेमी भनिएका सिन्धुपाल्चोक साँगाचोकगढीका सुर्य भन्ने खिलबहादुर श्रेष्ठले नै हत्या गरेको भन्दै...

Pages